Thursday, July 28, 2022

"MERO EUTA SATHI CHAA" by Pradip Devkota "Musafir" “मेरो एउटा साथी छ” -प्रदिप देवकोटा ‘मुसाफिर’

 Part 4

वास्तवमा त्यो दिन मासु मिठो भएको रहेनछ, हाम्रो मित्रताको स्वाद मिठो भएको रहेछ । मैले अहिले पो महसुस गर्दै छु ।



मेरो लागी पार्वती एउटा लत बनिसकेकी थिई । उ एक दिन मात्र स्कुल आईन भने पनि मलाई कस्तो खुलदुली भइरहन्थ्यो । हामीहरू बिचको घनिष्टता देखेर  स्कुलमा सर म्यामहरूले पनि हामीलाई जिस्काउन थाल्नु भयो । म दिनभर उहाँहरू सँगै काम गरेपनि त्यति राम्रो सँग खुल्न सकेको थिईन जति बेलुका एक घन्टा मात्र भेटेकी पार्वतीसँग खुलेकी थिए । वास्तममा मायाँ भन्ने कुरा धेरै समय सँगै बसेर नहुने रैछ, कसै सँग मन मिल्यो भने थोरै समयको साथ पनि काफि हुने रहेछ ।

 हामी दिनमा सँगै नभएपनि राति अबेरसम्म फोनमा कुरा गरेर बिताउथ्यौ । हाम्रो कुराहरु ज्यादै सामान्य खालका हुन्थे, बेलुका तरकारीमा के खाएको, भोलि कस्तो लुगा लगाएर स्कुल आउने, स्कुलमा कुन सरले कुन मिसलाई मन पराउछ, घरमाको पाहुना आयो, छिमेकीले के भन्यो यस्तै यस्तै कुराहरु गरेर हामी समय कटाउथ्यौँ । हाम्रो कुराहरू यतिधेरै हुन्थ्यो कि हामी अघी भर्खर साझमा छुट्टिएका हौँ जस्तो नै लाग्दैन थियो ।

कुरैकुरामा मैले एकदिन पार्वतीलाई “तिमी पनि यहि स्कुलमा पढाउन आउन, यसरी एक घन्टा टिउसन पढाएर मात्रै त रमाईलो भएन” भने ।

हाम्रो स्कुलमा भ्याकेन्सि खुलेको थिएन फेरी उनले आफुले  दिउसो पढाउने स्कुलमा पनि सल्लाह गर्नु पर्ने थियो। पढाईको बिचैमा स्कुल छोड्न मिल्दैन थियो । यदि हाम्रो स्कुलमा भ्यालेन्सि खुल्यो भने जसरी पनि ज्वाईन हुने कुरो गरिन । मलाई चहिँ कैले पार्वती हाम्रो स्कुलमा ज्वाईन हुन्छिन् र दिनभर गफ गर्न पाईन्छ भन्ने लागी रह्यो ।

पार्वती मेरो घरमा पनि धेरै चोटी गईसकेकी थिई बरु म चाँही उसको घर गएकी थिईन । अब रिसाउने पालो उसको थियो । मैले पनि सधै केही न केही बाहाना बनाउथे । दशैमा आउछु भनेर धेरै चोटी ढाँटेको थिए । यसै बिचमा दशै बिदा सुरू भयो । पार्वतीले फेरी मलाई आफ्नो घर आउन कर गर्न थालि । मेरो पुरानो प्रमिस सम्झाएर ब्ल्याक मेल गर्न थालि । यसपलि दशैमा टिका लाउन उसको घर नगए हाम्रो फ्रेण्डसिप सकिने धम्कि पनि दिई ।

हरेक दशैमा म चितवन मामाघर जान्थे । वर्षमा एक दुईचोटि मात्र जाने भएर होला, मामाघर गएपछि सितिमिति फर्कन दिनुहुन्नथ्यो । हप्तादश दिन त बस्नै पर्थ्यो मैले । यसपाली पार्वतीको घरमा पनि जानु पर्ने थियो त्यसैले मामाघरमा के बाहाना बनाएर छिटो ऊम्कने होला भनेर सोच्न थाले । यता पार्वतीले पनि कहिले काठमाण्डौ फर्किन्छौ भनेर सोधेको सोधै गर्थि । घरमा मम्मिलाई फोन गरेर मामाघरमा कुरा मिलाउन लगाए । मैले पनि धेरथोर झुट बोल्नु पर्यो पार्वतीको खातिर । यसरी जीवनमा पहिलो पटक झुट बोलेर एक दिन मात्रै बसेर म मामाघरबाट फर्किएकी थिए ।

काठमाण्डौ आईपुग्न पाएको छैन, पार्वतीको फोन आईसकेको थियो । थकाई पनि राम्रो सँग मरेको थिएन उसले छिटो आफ्नो आउन कर गर्न थालि । “म तिमीलाई तल सम्म लिन आउछु, तिमी घर बाट निस्किहाल त” पो भन्छे । मलाई उसको घरमा जान मन त लागीरहेको थियो, तर नयाँ ठाऊ, नयाँ मान्छेहरुलाई भेट्न धक पनि लागि रहेको थियो ।

म आफ्नो बेस्ट फ्रेण्डको घरमा दशैको टिका थाप्न जादै थिए । देख्नेले पनि के भन्छन् होला, एउटा नेवारकी छोरी बाहुनको घरमा टिका लगाउन जादै थिई । मेरो डरलाई पार्वतीसँगको मित्रताले जितेको थियो । मलाई एक्लै जान अड लागेर मैले बहिनिलाई पनि सँगै जान कर गरे । बिचरी सानी बहिनि, घुम्न जान पाईयो भनेर मख्ख परी ।

साथीलाई त मैले राम्रो सँग चिनेको थिए तर उसको परिवारलाई म पहिलो पटक भेट्दै थिए । पार्वतीले मेरो बारेमा घरमा कुराहरू त पक्कै गरेकी थिई तर उहाँहरुले मेरो बारेमा कस्तो धारणा बनाउनु भएको थियो, मलाई थाहा थिएन । खालि हात के जानु भनेर मैले छर छेउको पसलबाट दुईकिलो स्याऊ, एक दर्जन केरा, एक दर्जन बिस्कुट र एक जम्मु बोत्तल कोक किनेकी थिए । हामी गाडीमा चढिसकेपछि फेरी पार्वतीको फोन आयो । उ घर छेउको पेट्रोलपम्पमा आएर हामीलाई कुरी बसेकी रहिछ, हामी गाडी चढेर आउदै छम् भन्ने थाहा पाएर उ धेरै खुसी भई ।

गाडी पेट्रोल पम्पमा रोकियो । हामी दिदिबहिनी झर्यौ। पार्वती हाम्रो अगाडी मुस्कुराउदै उभिरहेकी थिई । हाम्रो हातको सामान देखेर उ त छक्क परि । माईती आएको चेली जसरी किन कोसेली बोकेर आएको भनेर उल्टै गालि पो गर्न थालि । मैले मेरो मनको डर उसलाई सुनाए । उसले मलाई सम्झाउने तरिकाले भनि, “घरमा तिमी आउने भनेर बाबा मम्मी अघि देखी कुरी रहनु भएको छ, हाम्रो घरमा मेरो भन्दा नि धेरै चिन्ता त तिम्रो गर्छन।” पार्वतीको कुराले मलाई हिम्मत दियो । म मुस्कुराउदै उसको पछि लागे ।

चोकबाट पाँच मिनेट हिँडे पछि हामी पार्वतीको घर पुग्यौँ । पार्वतीको मम्मी आगनको डिलमा बसेर भाडा माझ्दै हुनुहुन्थ्यो । मैले नमस्कार गरे । बाबा भित्र मासु पकाउदै हुनुहुदो रैछ । सायद हामी आउदै छम् भनेर होला यति दुःख गर्नुभएको । बाबा मम्मि दुबैले टिका लगाएर आशिर्वाद दिनु भयो । खै के-के आशिर्वाद दिनुभयो त्यो सबै त सम्झन्न तर तिमीहरूको मित्रता चाहीँ  कहिले पनि नटुटोस् , सधै यसरी नै सँगै रहिरहनु भनेको सम्झन्छु ।

टिका लगाईसके पछि हामीले मासु र चिउरा खायौँ । मलाई कुखुरा मन पर्दैन। मैले आज सम्म कुराको मासु कस्तो हुन्छ टेस्ट पनि गरेको छैन । घरमा सधै बफ पाक्छ, कहिले काहीँ मात्र हो खसीको मासु खाने हामीले घरमा । तर त्यो दिन पार्वतीको घरमा खाएको मासुको स्वाद म जिवन भर कहिल्लै बिर्सिदिन होला । खसिको मासु पनि त्यति मिठो हुदो रहेछ, मैले पहिलो पटक पार्वतीको घरमा स्वाद पाए । वास्तवमा त्यो दिन मासु मिठो भएको रहेनछ, हाम्रो मित्रताको स्वाद मिठो भएको रहेछ । मैले अहिले पो महसुस गर्दै छु । 


No comments:

Post a Comment