Monday, September 5, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 10:

कि यो आफ्नो खुसीले विदेश जान्छ कि मैले खोजेकी केटीसँग बिहे गर्छ नत्र जता जान मन छ गए हुन्छ, बाटो खुल्ला छ ।”




आकंक्षाको घाँसको भारी पुगेकै थिएन ।  भारी नपुगी घर जान मनिन् । यतिकै गए भने त बा’ले मार्छन् भनेर त्यहि  काटेको हातले सकिनसकी घाँस काट्न थाली ।

“अझै अर्को दुईटा औला नि काट्न मन छ, तँलाई ?”

 “भारी पुराइदेन त ।” उसले हाँतको हसिया म भए तिर फालि ।

मैले मच्चि मच्चि घाँसको काँटेको उसले हेरीरही । बेला बेला “ भो ! पर्दैन तैले काट्न, घर जाम् हिँड” भन्थी तर मलाई त आफ्नो माँया जताउनु थियो । भारी नपुराई कसरी छोड्न सक्थे र । फर्कने बेलामा पनि घाँसको भारी मैले नै बोकेर घर सम्म ल्याईदिए ।

आकांक्षाको घाँसको भारी मैले बोकेको देख्नेहरू मुसुमुसु हाँस्दै हामीलाई जिस्काउन थाले ।

“काठमाण्डौ बाट घर आऊन पाएको छैन् घाँसको भारी बोक्न हतार भईसकेछ यस्लाई।”

“ तँ दशैको लागी भनेर घर आ’को कि घाँसको भारी बोक्न आ’को हो, बुझ्नै सकिएन त?” कोहि अलि बढी नै जिस्काउथे।

“ यसले आफ्नो श्रीमतिलाई त भारी बोकेर भएपनि सुख्खले पाल्छ । यसलाई जिन्दगीभर यसैगरी भारी बोकाएस् है आकाँक्षा तैले ।”

कसैले जिस्काईदिदाँ पनि बेग्लै आनन्द हुने रहेछ । मलाई त मजै आइरहेको थियो तर आकांक्षा भने लाजले भुतुक्कै भएकी थिई । उसलाइ अरूको भन्दा पनि बा”ले देखे भने के भन्ने होला भन्ने पिर परेको थियो होला ।

गोठ छेउ घाँसको भारी बिसाएपछि म आफ्नो घर तिर जादै थिए, उसले मलाई रोक्दै भनि, “आशुतोष, तिमीसँग धेरै कुरा गर्नु छ, हामी बेलुका तिर भेटौँ न है ।”

“के कुरा हो र ? अहिल्लै भन्न मिल्दैन र ?”

“ बेलुका भन्छु नि है । माथी डाँडाको चौरमा आउ है ।”

 

साँझ पर्नु भन्दा अगाडी नै म डाँडाको चौरमा आकांक्षालाई कुर्न थाले । साझ ढल्केर झमक्क रात पर्ने बेला सम्म पनि आकांक्षा भेट्न  आईन । उसलाई दर्जनौ पटक फोन पनि गरे तर मोबाईल स्विच आफ थियो ।उसैले भेट्छु बनेकी, अनि मलाई यसरी घन्टौँ कुराएर पनि उ किन आईन, मैले बुझ्नै सकिन ।

मैले पढाईको कारण देखाएर जागिर छोड्ने कुरा गरेको थिए जुन बा’आमालाई मन परेको थिएन । त्यसमाथी आकाँक्षासँग मेरो सम्बन्ध पनि म आऊनु भन्दा पहिल्लै गाऊ भरी छरपस्ट भईसकेछ । म सोच्थे, हाम्रो सम्बन्ध, हाम्रो कुराकानी हामी मात्रैमा सिमित होला तर होइन रहेछ । हाम्रो प्रेम सम्बन्धको बारेमा पुरा गाँउ परिचित रैछ, त्यहि भएर त गाउँले हरू खुलम्खुल्ला हामीलाई जिस्काउने आँट गर्दा रहेछन् त । आधा रातमा कसैले थाहा नपाउने गरि बोल्दा पनि कसरी सबै गाँलेलाई थाहा भयो । सायद भित्ताको पनि कान हुन्छ भनेको यहि भएर होला ।

म काठमाण्डौ बाट आएको पर्सीपल्ट देखीनै घरमा मेरो पढाई र जागिरको विषयलाई लिएर चर्काचर्की हुन थाल्यो । पहिला पनि अलिअलि त भएकै थियो । म बेरोजगार भएर बसेको बा’लाई मन परिरहेको थिएन ।

“नेपालमा बसेर जतिसुकै कमाए पनि त्यसले माथी उकास्दैन, नाथे आठ दश हजारको जागिर पनि राम्रो सँग खान सकिनस् । भविष्यमा कसरी गरी खान्छस् ” बा’ भन्नुहुन्थ्यो । उहाँको लागि कमाउने भनेकै कि सरकारी जागिरेले हो कि त खाडिमा गएर पसिना बगाउनेले  हो भन्ने भम्र थियो।

 “दुनियाँको छोराहरू विदेश गएर टन्न पैसा कामएका छन्, शहरमा घर खेत जोडेका छन् । सरकारी जागीर खाएर राम्रो पदमा पुगेका छन्, हाम्रो भने भएको यहि घरबारी पनि बेच्नु पर्ला जस्तो छ ।” खाना खाने बेलामा बा’ले फेरी कुरा झिक्नु भयो ।

“विदेश जानु मन छैन भने न जा, तर भबिष्यको लागी पनि त केही सोच्नु पर्यो । एउटा सानो सरकारी जागिर खाइस भनेपनि गाँउ समाजको भन्ने बाटो त हुदैन्थ्यो बाबु ।” अमा पनि गन्गनाउन थाल्नु भयो ।

“ जागिर भन्ने कुरा पछी खाँदै गरौला तर अहिले खाना त राम्रो सँग खान दिनुस् । मेरो जिन्दगी हो, के गर्नु पर्छ त्यो मलाई राम्रो सँग थाहा छ । अरूको घरको कुरा ल्याएर मलाई नसुनाउनु होला ।” मैले खाँदै गरेको थाल पर सारेर उठेँ । मलाई अब भोक थिएन । म अघाईसकेको थिए परिबारको वचनले अनि समाजले के भन्ला भन्ने  डरले ।

जुठो हात लिएर म बाहिर निस्किए । बा’ आमालाई सराप्दै हुनुहुन्थ्यो , “तैँले गर्दा छोरो बिग्रियो । यसको चालामाला ठिक देखेको छैन मैले । कि यो आफ्नो खुसीले विदेश जान्छ कि मैले खोजेकी केटीसँग बिहे गर्छ नत्र जता जान मन छ गए हुन्छ, बाटो खुल्ला छ ।”

मैले आकंक्षालाई मन पराउने कुरा आमालाई भने । उहाँलाई हाम्रो सम्बन्धको बारेमा पहिल्लै देखी थाहा रहेछ, तर थाहा नभएको जसरी “ए होर ! केटी राम्री छे, सिल-स्वाभाबकि छे, मलाई त मन पर्छ” भन्नु भयो । आमालाई आकंक्षा एकदमै मन पर्छ भन्ने मलाइ पहिल्लै  थाहा थियो । उहाँ खुसी भएको बेला म बेलाबेला जिस्काउदै भन्थे, “आमा ! बुहारी कहिले भित्राउने हो त ?”

आकंक्षाले भेट्नु छ भनेको दिनदेखी आजसम्म भेट्न पाएको थिईन  ।पुरा पुर पाँच दिन पो भईसकेछ । कहिले काँही बहाना बनाएर म उसको घरमा जान्थे तर उ आफ्नै कोठामा बसिरहेकी हुन्थी । बिना काम केटी एल्लै बसेको कोठामा सरासर छिर्नु पनि भएन ।  उसले पनि बा’आमाको अगाडी बोल्न छोडेकी थिई । एकाएक आकांक्षाको मन र उनको परिवारले मलाई हेर्ने नजर नै बद्लिएको थियो । थाहा छैन किन उनिहरूले मलाई सकेसम्म आफ्नो घरमा नआओस् भन्ने जस्तो व्यबहार पो गर्न थालका थिए । आकाँक्षासँग मनखोलेर कुरा गर्ने, माँया साट्ने मेरो मनको धोको मनमै रहला जस्तो छ। जति जति मेरो गाँउमा बस्ने दिन छोटिदै थियो, मेरो मनमा पिडा पनि थपिदै थियो । आखिर आकाँक्षामा  एकाएक यो परिवर्तन कसरी आयो ?

फुलपातिको अघिल्लो दिनदेखी गाँउमा पिङ हाल्ने काम थालियो । बाँस काट्ने, बोक्ने, खरको डोरी बाट्ने काम सबै मिलेर गर्दा पनि  दुई दिनमा बल्ल तल्ल पिङ तयार भयो । लिङ्गे पिङ थापेपछी पो गाँउमा दशै लागेको जस्तो भएको थियो । गाँऊभरिका भुराभुरीको भुल्ने ठाँउ थियो पिङ अनि हाम्रो लागि गफ चुट्ने र समय कटाउने थलो भएको थियो ।

आकंक्षाको घर नजिकै सम्म ठाऊ खोजेर पिङ हालिएको थियो त्यसमा मेरो अलिकति स्वार्थ थियो किनकी पिङको वहानामा भएपनि उसँग भेट होला कि भन्ने झिनो आश थियो । बिना काम पनि म आकांक्षाको घरमा गई रहन्थे । कतै मौका मिलेर बोल्न पाई हालिन्छ की ? उसले भन्न खोजेको खास कुरा के थियो म सुन्न आतुर थिए । कमसेकम उसको कुरा सुन्न मात्र पाएपनि मेरो मन हलुका हुने थियो ।

 पिङ  थापे पछि त मेरो बास नै पिङमा हुन थालेको थियो । बिहानै दुई गाँस भात च्यापेर घरबाट निस्किए पछी म साझ खाना खाने बेलामा मात्र आउथे । मेरो काम नै आकांक्षाको बाटो हेर्दै पिङमा ढुकेर बस्ने बाहेक अरु  थिएन ।

साझ आकांक्षा  पिङमा मलाई खोज्दै आई । उसको अनुहार निन्याउरो थियो, आखाँमा आशु पोखिन खोज्दै थिए । उसलाई के भयो भनेर धेरै पटक सोधे तर उसले एक शब्द पनि बोलिन । हामी त्यँहाबाट अलि पर एकान्त ठाऊमा गयौँ । मान्छेहरूको आवत जावत त्यति नहुने भएकाले त्यो ठाँऊ अलि सुरक्षित थियो ।

आकंक्षा मेरो छात्तिमा मुख लुकाएर रून थालि । सुरूमा मलाई डर लागिरहेको थियो कतै ठुलै घटना पो घट्यो कि भनेर । तर त्यस्तो खास केही भएको जस्तो लागेन । मलाई पनि उसको यति धेरै न्यास्रो लागेको थियो कि झन उसलाई एक पटक पनि भेट्न नपाउदा मलाई कस्तो भयो होला ? धेरै दिनपछी हामी भेट्न पाएका थियौँ त्यसैले उसलाई धित मरूनजेल रुन दिए । उसका ति ताता आशुले मेरो छाति चैँ पोलिरहेको थियो ।

“तिमि मसँग नजिक भएको घरमा बा’ले निको मान्नु भा’छैन । उहाँले हाम्रो संम्बन्धलाई राम्रो नजरले  हेर्नु भा’छैन । मलाइ लाग्दैन की हाम्रो प्रेम सफल हुन्छ भन्ने । मलई डर छ आशु, म तिम्रो बन्न पाउदिन कि भन्ने ।”

“तिमी यो के भन्दै छौ आकाँक्षा ? यो सब कसरी भयो ?”

“खई कसरी भयो त्यो त मलाई पनि थाहा छैन् तर गाँउभरी हाम्रो बारेमा धेरै नराम्रो हल्लाहरू चलिरा’छ । घरमा मेरो हरेक दिन जस्तो झगडा पर्छ, अहिले त  हुँदा हुँदा आमा र त्यो सानि बहिनि पनि मसँग बोल्न छाडि सके । थाहा छैन मबाट के गल्ति भयो ?  तिमीलाई थाहा छ, मलाई घरबाट बाहिर निस्किने अनुमति सम्म छैन ?  म आफ्नै घरमा पनि ज्यानमारा कैदीको जस्तो सजाय भोगिरहेको छु ।”

आकांक्षाको कुराले म सतब्ध भए । मलाई लाग्थ्यो हाम्रो सम्बन्ध सुमधुर चलिरहेको छ । आकांक्षा र म यो संसारको सबैभन्दा खुसी जोडी हौँ जस्तो लाग्थ्यो । हाम्रो सम्बन्ध कसैले टुटाउन सक्छ जस्तो लागेको थिएन तर यहाँ त आफ्नै परिवार सम्बन्ध टुटाउन लागी परेको रहेछ ।

आकाँक्षा सितिमिति हार मानेर रुने खालकी केटी त होईन तर उसको यस्तो अबस्था देख्दा लाग्थ्यो उसले निकै ठुलो दुःख भोगिरहेकी छे र त्यस्को मुख्य कारण हाम्रो सम्बन्ध थियो ।

“हामी बाट कुनै गल्ति पो भ यो कि ? ” तिमीले हाम्रो सन्बन्धको बारेमा अरू कस्लाई भनेकी थियौ ?” आकाँक्षा केही  बोलिन ।

 उसको मौनत जति जति बढ्थ्यो , मेरो व्याग्रता झन बढेर जान्थ्यो । मैले फेरी सोधे, “ अलि अलिहल्ला त यसैपनि चलिहाल्छ नि । यति सानो कुरामा यसरी रुनु पर्छ त ?

“तिमीलाई केही पनि थाहा छैन् यहाँ के भई रा’छ  भन्ने तर यत्ति चाहि थाहा पाई राख, मेरो विहे चाढैँ हुदैछ ।”

“ह्वाट ? तिमी यो के भन्दै छौ ? तिम्रो विहेको कुरा कसरी आयो बिचमा ? यो हुनै सक्दैन । तिमि मेरो बिना अरुको हुनै सक्दिनौ ।”

“घरमा कुरा चलिसक्यो । बा’ले केटा पनि हेरिसक्नु भयो । मलाई घरमै हेर्न आउने कुरा छ।यो कुरा धेरै अगाडी बढि सक्यो, आशु।”

आकांक्षा फेरी रुन थालि । यो सब हुदाँपनि अहिले सम्म उसले मलाइ किन भनिन । फेरी आज आएर उ यो सब कुराहरू किन मलाई सुनाई रहेकी छे । आकाँक्षाले त्यो दिन भन्छु भनेको कुरा के यहि थियो ?

उसले मेरो छातिमा आफ्नो रुन्चे अनुहार लुकाउदै भनि जुन मेरो लागि सारा सर्वस्वा थियो । “लभ यु आशु । आई लभ यु सो मच् । म तिमी बिना अरूको हुन चाहान्न । मलाई थाहा छैन तिमी यो सब कसरी गर्छौ तर मलाइ तिम्रो हुनु छ । म केबल तिम्री हुँ, मात्र तिम्री ।” 

No comments:

Post a Comment