“ सिद्धार्थ ” "सिद्धार्थ" हर्मन हेस्से
सिद्धार्थ उपन्यास नोबल पुरस्कार बिजेता जर्मन लेखक हर्मन हेसे ( सन् १८७७ – १९६२) द्वारा लेखिएको आध्यात्मिक उपन्यास हो । हेसे पहिलो बिश्व युद्धताका भारत भ्रमणमा आएका थिए । करिब ६ बर्ष लामो भारत बसाईको क्रममा संगठित हिन्दु-बैद धर्मको पारस्पारिक अध्यनबाट लेखिएको यो उत्कृष्ट कृति हो । लेखकले मुलतः ब्यक्ति भित्रको आध्यात्माबाद र आत्माअनुभुतिको यात्रामा आइपर्ने सम्भाबित घटनाहरुलाई ज्यादै मिहिन ढङ्गले लिपिबद्ध गरेका छन । आफुभित्रको ज्ञानको भोकलाई अरु कसैले पनि पुरा गर्न सक्दैन्न र कुनै पनि ज्ञान सजिलै प्राप्त गर्न नसकिने र त्यसको लागि ठुलो मुल्य चुकाउन सक्नुपर्दछ । भौतिक रुपले छुन नसकिने अनि शब्दले व्याख्या गर्न नसकिने कुरा नै सत्य हो । ज्ञान भनेको ब्यक्ति स्वांयमले जीवन जिउदै जादा महसुस गर्ने एक स्वतन्त्र अनुभव हो भन्ने कुरा सिद्धार्थ उपन्यासमा पाउन सकिन्छ ।
कथाको प्लटः
हिन्दु धर्म संस्कार र परम्परा अनुसार सिद्धार्थको जीबनयापन भइरहेको हुन्छ । आफ्नो बाबुको आज्ञा पालन गर्नु, बिहान बेलुकाको नित्य कर्म गर्नु र परम मित्र गोबिन्दसँग मिलेर पबित्र शब्द ओम् (ॐ) को साधाना गर्नु उनको दैनिकि हो । सिद्धार्थ भित्र ज्ञानको तृष्णा, संसार प्रति बैराग्यता छ र आफ्नो अस्तित्व सम्वन्धि हजारौँ प्रश्नहरु छन् जुन परम्परागत हिन्दु शास्त्रका कथित ज्ञानले पुरा गर्न सक्दैन ।
एक साझ गाँउको बाटो भएर श्रमन (सन्यासि)हरु गहिरहेका हुन्छन् । उनिहरुको जीबन शैलि, संसार प्रतिको दृष्टिकोण र भौतिक सम्पति प्रतिको बैराग्यले सिदार्थलाई प्रभाब पार्छ र उनि त्यहि बखत श्रमन बन्ने संकल्प गर्छन । भोलिपल्टको सुर्यदय हुनुपुर्व सिद्धार्थ र गोबिन्द गाँउ छोडी श्रामनहरुको समुहको खोजिमा निस्किसकेका हुन्छन् । साझ पर्ने बेलासम्ममा श्रमनहरुको समुहलाई उनिहरुले भेट्टाउछन् ,उनिहरुलाई आफ्नो समुहमा स्विकार गर्छन् र श्रमनले पालना गर्नुपर्ने नियम अनुशासनहरु सिकाउछन् । श्रमनहरूसँग बस्दै गर्दा सिद्धार्थले आफुमा धेरै प्रयोगहरु गरेर आफुलाई भौतिक संसारको माया मोह, पिडा र दुःख बाट टाढा पुर्याएका हुन्छन् । यति छोटो समयमा सिदार्थमा आएको परिवर्तनले सबै खुसि हुन्छन् र भबिष्यमा चाढै नै सिद्धार्थ माहाज्ञानि बन्ने र निर्वाण पाउने उनका गुरुहरु बताउछन् । सिद्धार्थलाई श्रमन जिवनको नियमित साधना, दिनचर्याले पनि आफ्नो तृष्णा नमेटिने देखेपछि उनिहरु एकदिन सन्यासिहरुको समुहलाई छोडेर गौतम बुद्धलाई भेट्न बौद्ध शिबिरको खोजिमा निस्कन्छन् ।
बौद्ध शिबिरमा पुगेपछि उनिहरुले सयौको संख्यामा रहेक चिवरधारी भिक्षुहरु जो हरेक बिहान भिक्ष्याटनको लागि भिक्षापात्र बोकेर गाँउ गाँउ डुलेका देख्छन् । त्यहि भिडमा भगवान बुद्ध पनि हुन्छन जस्लाई सिद्धार्थले टाढै बाट सजिल्लै चिन्छन् । बुद्धको शालिनता, सरल जिबन शैलि र उनको ज्ञानको प्रभाबले गोबिन्द बौद्ध भिक्षु बन्छन् । सिद्धार्थलाई तथागत सँगको संबादले पनि आर्कषर्ण गर्न सक्दैन किनकी उनि बास्तविक ज्ञान, मुक्त्ति जिवन भोगाईबाट लिन चाहन्छन् । उनि बास्तबिक ज्ञानको लागी आफु भौतिक संसारमा जाने र त्यसलाई भोगेर नै मुक्त्ति लिने उद्वेष्यले उनि शहर पस्छन् ।
शहरमा उनको भेट परमसुन्दरी कमलासँग हुन्छ जो वेश्यालय चलाएर बसेकी हुन्छिन् । सिद्धार्थ कमलाबाट भौतिक सुख र संसारिक माया गर्ने तरिका सिक्न चाहान्छन् किनकी आजसम्म उनी स्त्री सुखबाट बञ्चित थिए । कमला सँगको सहायताले उनले शहरकै धनि कामास्वामीको घरमा जागिर पनि पाउछन् । उनको बिद्धब्ताले ब्यपारमा धेरै नाफा कमाउछन् र सिद्धार्थ चाढै नै धनि बन्न पुग्छन् । समय सँगै उनि धनि बन्दै जादा आफुभित्रको सन्यासि पनलाई पनि बिर्सिएर वेश्याबृत्ति, मदिरा सेवन र जुवामा लिप्त हुन्छन् । यसरी भौतिक सुख सुबिधामा रमाएको दुई दशकपछि मात्र उनलाई आफ्नो जिवनको लक्ष्य र आफ्नो यात्राको बोध हुन्छ । जति धेरै धन सम्पति र सुख सुबिधा आर्जन गरेपनि उनि भित्रको त्यो भोक , संसार प्रतिको बितृष्णा अझै भित्र कतै बाकि रहेको हुन्छ र एक रात उनि सुटुक्क शहर र कमलालाई पनि छोडेर जङ्गल तिर लाग्छन् ।
शहरमा आफुले भोगेको जिवन शैलि र लक्ष्यबाट चिउत हुनुपर्दाको हिनताले उनलाई भित्रभित्रै जलाउछ । उनले आफ्नो बाँकी जिवन त्यहि नदिमा बिसर्जन गर्न चाहन्छन् तर केहिबेरमा उनि बेहोस भएर ढल्छन् । होसमा आउदा सिद्धार्थ बौद्ध भिक्षु बनेका गोबिन्दका साथमा हुन्छन् । सिद्धार्थले गोबिन्दलाई चिनिहाल्छन् तर गोबिन्दले सिद्धार्थलाई चिन्न सक्दैनन् किनकी उनको शरिरमा खानदानि पोसाक हुन्छ, शरिरबाट हरहर अत्तरको वासना आईरहेको हुन्छ । यस्तो धनि सम्पन्नशालि ब्यक्ति सिद्धार्थ हुन सक्छन् भन्ने गोबिन्दलाई लागेको हुदैन। गोबिन्दसँगको कुराकानी पछि सिद्धार्थ नदि किनारमा रहेको एउटा माझि बाशुदेवको कुटीमा शरण लिएर बस्छन् ।
बासुदेब र सिद्धार्थ उमेर र बिचारमा परिपक्क छन् । धेरै कुराहरु आपसि संम्वाद बिना नै पनि बुझ्ने गर्छन् । बाशुदेवले सिद्धार्थलाई खेतको काम गर्न, नाऊ चलाउन र नदिको संङ्गित सुन्न सिकाउछन् । नदिसँग सम्बाद गर्न र त्यसको भाबनालाई बुझ्न सिदार्थ चाढै सफल हुन्छन् । एक दिन गौतम बुद्धलाई भेट्न शहरबाट धेरै मानिहरु बौद्ध शिबिर तिर आएका हुन्छन् । त्यस भिडमा कमला र उनको ११ बर्षे छोरा पनि हुन्छ । बाटोमा हिड्ने क्रममा कमलाको सर्पले डसेर मृत्यु हुन्छ र त्यहि पछि सिद्धार्थलाई पनि कमलाको छोरा आफ्नै छोरा भएको थाहा हुन्छ ।
त्यो सानो कुटिमा अब बाशुदेव, सिद्धार्थ र उनको छोरा दुःख सुख गरेर बस्दछन् तर सिद्धार्थको छोरो ति दुई सन्यासि माझिहरुको जिवन शैलिमा रमाऊन सक्दैन किनकी उ शहरमा जन्मे हुर्केकोले यस्ता यावात दुःखसँग जुझ्न सक्दैन । एक दिन घरमा जम्मा भएको अलिकति पैसा चोरेर उ शहर पस्छ । सिद्धार्थ छोरालाई शहर सम्म खोज्न जान्छन् तर अन्तमा निराश भएर फर्कन्छन् ।
सिद्धार्थ र बाशुदेवको दिनचर्या सधै जसरी नै बित्न थाल्छ तर सिद्धार्थको मनमा पुत्र सँगको बिछोडले सताईरहेको हुन्छ । ऊनले जसरी ध्यान र मुक्तिको खोजिमा आफु घर छोडेर आएको सम्झिए, आफ्ना आमा बाबुलाई सम्झिए त्यसपछि उनको छोरा पनि आफुलाई छोडेर जानुलाई स्वाभाबिक ठाने । बाशुदेव सँगको संगतमा उनले नदिको ध्वानि, अभिब्यक्त्ति बुझ्न थाले । आफ्ना मनका भाबनाहरुलाई बुझे । एक दिन वाशुदेब पनि सिद्धार्थलाई कुटिमा छोडेर सधैको लागि जङ्गल तिर लागे ।
केही दिन पछि गोबिन्द घुम्दै शहरमा पुगे जहाँ उनले शहरभन्दा केहि पर नदि किनारमा एक जना माझि बस्छन् जो सिध्द छन् भन्ने कुरा सुने र गोबिन्द त्यो माझिलाई भेट्न जान्छन् । माझिसँगको कुराकानीमा गोबिन्दले ति सिद्ध पुरुष सिद्धार्थ नै हुन भन्ने चिन्छन् । सिद्धार्थसँग फेरी भेट भएकोमा उनि धेरै खुसी हुन्छन् र त्यो रात त्यहि कुटिमा बिताउछन् । कुराकानिको अन्तमा सिद्धार्थले बुद्धत्व पाईसकेको कुरा थाहा हचन्छ र अन्तमा सिद्धर्थले भने झै गोबिन्दले सिद्धार्थको निधारमा चुम्बन गर्छन् र उनले पनि बुद्वत्व प्राप्त गर्छन् ।
संक्षेपमा,
प्राचिन कपिलवस्तु राज्यको एउटा सानो गाँउको हिन्दु परिवारमा हुर्किदै गरेको युवा सिद्धार्थको आध्यात्मिक जीवनको यात्रामा भोग्नु परेको विभिन्न उतार चढाबहरु र त्यसबाट सिर्जित परिस्थितिहरु यस उपन्यासमा पाउन सकिन्छ । यस उपन्यासको घटनाक्रमहरू शाक्यमुनि गौतम बुद्धको समान्नतर समयमा रचिएकोले उपन्यास पढिरहदा पाठक स्वंयमले बुद्धकै सुरुवाति जिवनको बास्तबिक सङ्घर्षका घटनाहरु नै पढेको अनुभुति हुन्छ । उपन्यासको शिर्षक "सिद्धार्थ" बाटै पनि हामी अनुमान लगाउन सक्छौ कि लेखकले पाठकलाई बुद्धकै जिवनी नजिकबाट नियाल्ने छुट दिएका छन् ।
बुद्धले ज्ञान प्राप्त गर्दाको तीन महत्वपुर्ण अबस्थाहरु घर परिबार र सुख सुबिधाको त्याग गर्नु, ज्ञानको खोजिमा भौतारिदा गरिएको साधना र त्यसपछि प्राप्त मोक्षलाई यस उपन्यासमा प्रमुख पात्र "सिद्धार्थ " मार्फत समेटिएको छ । मानिस भौतिक जिवनमा बाधिएपनि, संसारिक माँया मोहमा फसे पनि यदि ज्ञानको भोक उभित्र छ भने जसरी पनि मुक्ति पाउनेछ । जसरी कमला पेशा र परिस्थितिले वेश्या भए पनि उनको आखिरी लक्ष्य बुद्धलाई भेट्ने, ज्ञान प्राप्त गर्ने थियो , त्यो केहि हदसम्म पुरा भयो । वेश्या भनेर समाजले तल्लो स्तरमा राखे पनि उनको मनमा भगवान सधै उच्च स्थानमा रहिरहनु भयो , यो नै ज्ञानको उच्चतम बिन्दु हो ।
धर्म शास्त्रमा लेखिएका र विद्वानहरुले भनेका कुरा सबै सत्य नहुन पनि सक्छ । सबै प्रश्नहरुको उत्तर पनि सबैसँग नहुन सक्छ । स्वयम भगवान बुद्धनै सामुन्ने आउदा पनि सिद्धार्थले उहा बाट ज्ञान लिन इन्कार गर्नुले
अरूले दिएको बिचार , प्रवचन, ध्यान र साधना बाट बास्तबिक ज्ञान प्राप्त गर्न सकिदैन भन्ने कुरा बुझाउछ । संसारका कुनै पनि गुरुले ध्यान र बुद्धत्व सिकाउन सक्दैनन् । त्यो त आफुभित्र स्वांयम घट्नु पर्छ ।
सत्यलाई सिमित शब्दबाट व्याख्या गर्न सकिदैन किनकी सत्य असिमित छ । जसरी बुद्धले दुख, सङ्धर्ष, त्याग र तपस्याबाट बुद्धत्व प्राप्त गरे त्यसैगरी अर्को ब्यक्तिले सुख र सरल तरिकाबाट गुरुले सिकाएकै भरमा ज्ञान प्राप्त गर्न सक्दैन् । हरेक मानिस बुद्ध बन्न सक्छन् र त्यो गुण हामी भित्रै छ तर फरक यति मात्र हो कि हामी सबैकुराहरु बाहिरी संसारमा खोजिरहेका हुन्छौ ।
र, अन्तमा हाम्रो जिवन नदि जस्तै सरल, निश्चल र साङ्गितिक हुनु पर्दछ । संसारमा दुःख छ, त्यसको कारण छ, त्यस दुःखबाट मुक्त्ति पाउन सकिन्छ र मुक्त्तिको उपाए हामी भित्रै छ । यहि नै जिवनको अन्तिम सत्य हो ।
No comments:
Post a Comment