Part 5
मेरो मुखबाट मासुको स्मेल आएछ, उसले मालई दुई-दुई चोटी ब्रस गर्न लागाई ।
उनि सधै जस्तै टिउसनमा मात्र आउथिन । कहिले काहीँ
उनी टिउसन आउदिनन् रे भन्ने सुनेपछि मलाई त्यो दिन भर नै नरमाईलो लाग्थ्यो । बेलुका
तिर म फोन गरेर उनको हालखबर सोध्थे अनि आज दिनभरको घटनाहरू सुनाउथे । उनिसँग भेट नहुदाको न्यास्रो म फोनमा बोलेर पुरा गर्थे
। हाम्रो मित्रता यति गहिरो थियो कि, साझ त्यो बस कुर्ने ठाँउमा वरीपरी पसलका
मान्छेहरूले हामी मध्ये एक जनालाई मात्र देखनन् भने पनि तिम्रो साथी खोई त आज भनेर
सोघ्न थालेका थिए । मान्छेहरुको हाम्रो मित्रताको कति ख्याल गर्दा रैछन् भनेर खुसी
लाग्यो । हामी सधै त्यहाँ उभिदा सोले फिल्मको गित,ए दोस्ती हम् नही तोडेङ्गे’
गुनगुनाई रहन्थ्यौँ ।
पुस २४ मा मेरो जन्मदिन थियो, हामी बिच पहिल्लै
कुराहरू हुँदा उसलाई मैले जन्मदिनको बारेमा भनेकी थिए । उसलाई त पछि सम्म पनि याद
रहेछ । उसले रातको बाह्र बज्ने बित्तिकै
मलाई फोन गरेर मेरो बर्थ डे को फस्ट उईस गरेकी थिई । म त मस्त निन्द्रामा थिए ।
उसको फोनले मेरो निन्द्रालाई बिथोलिदियो । रातभर हामीले कुरा गर्यौ । अब सुत्यौँ
भनेर घडी हेर्दात रातको तीन बजिसकेको थियो ।
हामी एक अर्कालाई कहिले कलेजका केटाहरू, कहिले
स्कुलका सरहरूको नाम जोडेर जिस्काउने गर्थ्यौ । हामी लभ र रिलेशनसिपमा त्यति
सिरियस थिएनौ, केबल रमाईलोको लागी एक अर्कालाई चिढ्याउथ्यौ । वास्तबमा हामी आफ्नो
मित्रतामा यति ब्यस्त थियौ कि हामीलाई प्रेममा पर्ने फुर्सद नै थिएन र कहिल्लै
आवश्यकता पनि परेन । बरू हामी नै एक अर्कालाई ब्बाईफ्रेण्ड र गर्लफ्रेण्ड भनेर
जिस्काउथ्यौ । प्रेमले हाम्रो मित्रतालाई कहिलै भुल्नदिनेछैन भनेर वाचा पनि गरेका
थियौँ तर के थाहा पछि त्यहि प्रेमले नै हाम्रो मित्रता टुटाउछ भनेर ।
मैले त्यो दिन स्कुलमा सर म्यामहरुलाई आज मेरो
बर्थ डे हो, एकछिन पर्खनुस है, आज मेरो तर्फबाट मःमः पार्टी छ भनेर साझ पाँच बजे
सम्म राखेको थिए । दुई तीन जना घरमा काम छ भनेर जानु भयो । हामी पाँच जना थियौँ,
मेरो टिउसन क्लास सकिएपछि हामी स्कुल माथीको क्याफेमा गयौँ, त्यहाँ मैले सबैको
लागि मःम र चिसो अडर गरे ।
मःम कुरीरहेको बेला पार्वती बाथरुम जान्छु भनेर
बाहिर निस्किएकी थिई आउदा त स्प्राईज भन्दै मेरो लागि केक र बर्थ डे गिफ्ट लिएर
आईछ । मैले त केक काट्ने कुरा सोचेकै थिईन । उसले त साञ्चिकै मलाई स्प्राईज पो दिई
। त्यो बेला म कम्ता खुसी भइन । उसलाई अगालो हालेर म रोए । त्यहाँ हुनुभएको सर
म्यामहरू पनि छक्क पर्नु भयो हाम्रो दोस्ति देखेर । हुन त पार्वतीलाई भेट्नु भन्दा
पहिले मैले अरुलाई भेटेकी हुँ तर पहिला भेटेको भन्दैमा सम्बन्ध गाढा नहुने रहेछ ।
त्यो साझ पार्वती मेरै घरमा बसि । हामीले घरमा
फेरी केक काट्यौ परिवारसँग बसेर । त्यो दिन मटन र बफ दुबैको मासु पाकेको थियो हाम्रो
घरमा किनकी पार्वतीले बफ खाँदिन थिई । खाना खाने बेलामा मैले उसलाई तिमीले खाएको
मासु त ठुलो खसीको हो नि भनेर जिस्काए । उसले हरेक पल्ट मासु खाँदा सुधेर मात्र
खान थालि । मलाई साह्रै माँया लागेर आयो अनि मैले बफ र मटन छुट्टा छुट्टै फाकाएको
हो , यसमा मिसमास गरेको छैन भनेपछि मात्र उसको मुख उज्यालो भयो ।
राती सुत्ने बेला हामी एउटै खाटमा सुतेका थियौ,
मेरो मुखबाट मासुको स्मेल आएछ, उसले मालई दुई-दुई चोटी ब्रस गर्न लागाई । त्यतिले
मात्र नभएर मैले ल्वाङ र सुकमेल चपाएर सुत्नु पर्यो । रातभर हामीले आफ्नो अतितको
अनि भबिष्यको बारेमा कुराहरू गर्यौ । साथीहरूको कुरा काट्यौ, आफ्नो कल्पनाको
प्रेमीहरूको कुरा गर्यौ । आधा रात बितिसकेको थियो, भोलि चाढै उठ्नु थियो, त्यसैले
आफ्नो कुरा लाई आधा अधुरै छोडेर सुत्ने कोसिस गर्यौ ।
एकदिन, पहिल्लै देखी पढाईरहनु भएको टिचरले अचानक
स्कुल छोड्नु भएको कुरा सुने । उहाँ प्राईमरी लेभलमा साईन्स र म्याथ पढाउनु
हुन्थ्यो । मलाई पार्वतीको याद आयो । पार्वती हाम्रो स्कुलमा पढाउन आएपनि हुन्थ्यो
नि जस्तो लाग्यो । म उसलाई फोन गरेर सोध्छु भन्दै थिए उसैले फोन गरी । स्कुल प्रशासनले
सुरूमा उसैलाई फोन गरेको रहेछ ।
उ मलाई भन्दै थिई, “ मलाई आज स्कुलबाट फोन आएको
थियो, मेरो लागि एउटा जब खालि छ रे, स्यालरी पनि राम्रो दिन्छु भनेका छन् , म के
गरू ?” मेरो मनकै कुरा गरी उस्ले । मैले खुसी हुदै भने, “वाऊ ! यो पनि सोध्ने कुरा
हो त । भोलिबाट खुरुक्क आउने नि ”
उसले अनकनाउदै भनि, “ हेर न, मैले अहिले काम
गरिरहेको स्कुलमा के भन्ने होला, यसरी पढाईको बिचमा स्कुल छोड्दा राम्रो हुदैन
होला ?”
मैले उसलाई धेरै बेर सम्झाए । उसलाई पनि मेरो
स्कुलमा आउन मन त थियो तर काम गरिरहेको स्कुल छोड्न अप्ठ्यारो पनि थियो । फेरी
वर्षको बिचमा छोड्दा पाउनुपर्ने बाँकी पैसा माग्न पनि गाह्रो हुन्थ्यो । उनले नै
एउटा आईडिया निकालिन्, “ पहिला राम्रो सँग सम्झाउछु, पछि मानेनन् भने पैसा पनि
चाहिदैन्, भोलि देखी मेरो साटो अर्को टिचर खोज्नु भनेर स्कुल छोड्दिन्छु ।” यो
डिसिजन लिन त्यति सजिलो थिएन ।
उनि हाम्रो स्कुलमा धेरै पैसा दिन्छन् भनेर आउन
लागेकी पनि थिईनन्। हाम्रो स्कुल उनको घरबाट झनै टाढा थियो , उनी त सिर्फ मेरो
लागी यो स्कुलमा ज्वाई गर्दै थिईन । यो कुरा मलाई मात्र थाहा थियो । यसरी हाम्रो
कुरा भएको तेस्रो दिन पार्वती हाम्रो स्कुलमा फुल टाईम टिरको रूपमा ज्वाईन भईन् ।
अब त हामी साथमै थियौ, हाम्रो कुरकानी र घुमफिर
पनि बढ्न थाल्यो । स्कुल आउदा सँगै, घर फर्कदा सँगै, शनिवार फिल्म हलमा सँगै ।
हामी धेरै ठाउमा सगै घुम्न जान थाल्यौ । मेरो संगतले पार्वतीले बफ खान थालि, मैले
कुखुरा पनि मन पराउन थाले । मैले उसलाई हल्का हल्का नेवारी पनि सिकाए । केही
रमाईलो कुराहरू सिकी अनि थोरै थोरै नेबारी गाली पनि सिकि ।
हाम्रो लुगाको च्वाईस पनि एउटै थियो, प्रायः हामी
लुगा किन्दा एउटै डिजाईनको दुईवटा लुगा किन्थ्यौ । पसलमा पनि हामीलाई दिदि बहिनि
हो भनेर सोध्थे । हामी मुर्छा परिपरी हास्थ्यौँ । वास्तबमा हामीलाई हास्न कुनै
टपिक नै वाहिदैन थियो। हामी सानो सानो कुरामा पनि घत मानि मानि हँस्थ्यौ ।
“हाम्रो नाक हेर्नु भाछैन, यस्तो चुच्चो र थेप्चो
नाक तपाईलाई दिदीबहिनिको हुन्छ जस्तो लाग्छ” भनेर पसलेलाई उल्लिबिल्लि बनाउथ्यौ ।
कहिले काहीँ कसैले सोधेर अति गरे भने भनिदिन्थ्यौ, “ हाम्रो बाबा र मम्मीको
ईन्टरकास्ट म्यारिज हो नि त, त्यहि भएर म चाँही नेबार जस्ती अनि उ चाँही बाहुनि
जस्ती देखिन्छे । अब त विस्वास भयो हजुरलाई ।”
हामी जहाँ जादाँ पिन सँगै, जे कुरा पनि बाढेर आधा
आधा खानै पर्थ्यो । एउटा कुनै कुरा मन परेन भने दुबै जनाले त्यसलाई फर्किएर पनि
नहेर्ने । घरमा हामीलाई मेरो मम्मीले सधै भन्नु हुन्थ्यो, “होईन तिमिहरुको त
आन्द्रा पनि जोडिएको छ कि के हो । एउटाले नखाए आर्कोले पनि नखाने । तिमीहरूले भोलि
पर्सि बिहे गर्यौ भने के गर्छौ ?” हामी पनि के कम थिएम र । मम्मिलाई एकै स्वरमा
भनिदिन्थ्यौ, “बिहे पनि एउटै केटा सँग गर्ने हो, पछि बेहुलालाई काटेर आधा आधा भाग
लगाउने, टाउको एउटालाई, खुट्टा अर्कोलाई ”
त्यसपछि हाम्री घरै थर्कने गरी हाँस्थ्यौँ ।
त्यो वर्ष स्कुलको सेसन राम्रै गरेर सकियो ।
चैतको तेस्रो हप्ता सम्ममा फाईनल एक्जामको रिजल्ट पब्लिस गरेपछि स्कुल बन्द भयो ।
हामी सबैलाई हप्ता दशदिन जतिको छुट्टी दिईएको थियो । त्यो बिदाको दिनहरू हामीले
खुब रमाईलो गरेर मनायौँ । कहिले पार्वतीको घरमा त कहिले मेरो घरमा बस्यौँ । नयाँ
वर्षको दिन दुबै जानाले एक अर्कालाई गिफ्ट किनेर दियौँ । हाम्रो फ्रेण्डसिपलाई
कहिल्लै टुट्न नदिने प्रमिस पनि गर्यौ ।
बैशाख पाँच गतेवाट हाम्रो स्कुलमा नयाँ सेसन सुरू
भयो । जब पहिलो दिन हामीले स्कुलमा स्टाफहरुलाई देख्यौ, हामी त तीन छक्क पर्यौ
किनकी स्कुलमा सबै जना नयाँ टिचरहरू आउनु भएको थियो । हामी दुई र अरु तीन जना
बाहेक पुराना टिचरहरु हुनुहुन्थ्यो बाँकी सबै नयाँ हुनुहुन्थ्यो । रमाईलो कुरा त
के थियो भने सबै टिचरहरु योङ हुनुहुन्थ्यो अनि एकदम फ्रेण्डलि पनि । उहाँहरुको
ग्रुप आएपछि त स्कुलको माहोलनै परिवर्तन भएको थियो ।
बिस्तारै दिनहरू बित्दै गए । सबैकुरा आफुले
सोचेजस्तै हुदै थियो । मेरो व्याचलरको फस्ट ईयरको एक्जाम पनि सकिएको थियो । मलाई
आफ्नो कलेज भन्दापनि स्कुल रमाईलो लाग्न थालेको । नयाँ आउनु भएको सर म्यामहरू पनि
हाम्रो साथी बनिसक्नु भएको थियो । बिदाको दिनहरुमा हामी सबै मिलेर घुम्न जान्थ्यौँ
। कहिलेकाही फोनमा कुराहरू पनि हुन्थ्यो ।
सँञ्चो बिसँञ्चो सोधिखोजी गरिन्थ्यो । उहाँहरुको व्यबाहार देख्दा यस्तो लाग्दैन
थियो कि हाम्रो भेट केही महिना अगाडी मात्र भएको थियो । हामी धेरै पुरानो साथी
जसरी एक आपसमा खुलेर कुरा गर्ने भईसकेका थियौँ ।
एकदिन म खाना खाएर सुत्न लागेको बेला मेरो
मोबाइलमा वसन्तसरको फोन आयो । उहाँले कहिल्लै पनि राती यसरी फोन गर्नु हुदैनथियो ।
कुनै जरूरी काम परेर होला भनेर मेले फोन ऊठाए । उहाँको आवाज सुन्ने बित्तिकै मलाई
मनमा लागिसकेको थियो, वसन्त सर रक्सिले मात्तिनु भएको छ भन्ने । उहाँको बोलि यति धेरै
लड्बडिएको थियो कि मैले उहाँको एउटै कुरा बुझ्न सकिरहेकी थिईन । उहाँ रोएको हो कि
हाँसेको मैले छुट्टाउनै सकिन । मैले दुई पटक सम्म फोन राखिदिए तर उहाँले
बारम्बार कल गरिरहनु भयो । म बाध्य भएर
उहाको कुरा थाले ।
No comments:
Post a Comment