Friday, May 21, 2021

Movie Review “ The Pursuit of Happyness” By Pradip Musafir

 

Movie Review “ The Pursuit of Happyness”

यस फिल्मको काहानी एक बिजनेस् म्यान ब्रोकर क्रिश गाडर्नरको बास्तबिक जीवनमा आधारित सङ्धर्ष र सफलताको कथा हो । बिजनेशमा टाट पल्टेर घरबार विहिन हुदाँपनि कसरी सारा समस्याहरुलाई पार गरी सफल हुन सक्छ भन्ने कुरा यस फिल्ममा देखाईएको छ ।


यस काहानिको सुरुवातमा एक ब्यस्त अमेरीकी जीवन शैलि देखाईन्छ जहाँ क्रिश गाडर्नर आफ्नो छोरा किस्टोफोरलाई डे-कियरमा लग्दै छन् । डे कियरको भित्तामा केहि अश्लिल शब्दहरु लेखिएको हुन्छ । त्यो देखेपछि त्यहाँ काम गर्ने कामदारलाई त्यो मेटाउन भन्छ तर उ मान्दैन । क्रिशले आफ्नो बाबुलाई २८ बर्षको उमेरमा हुदा पहिलो पटक भेटेको हुन्छ । उसलाई तेहि बेलादेखी मनमा लागेको हुन्छ  “जब मेरो छोरा हुनेछ, म उसलाई एउटा बाबुको तर्फबाट दिने सम्पुर्ण माँया दिनेछु ।“ र यो पुरा फिल्म यि दुई बाबु छोराको वरिपरी घुम्दछ ।

क्रिश बस स्टमा बस कुरीरहदा एउटा भिखारी आएर उसले बोकिरहेको मेसिनलाई देखाउदै “ टाइम मेसिन हो ! “ भनेर सोध्छ । बास्तबमा त्यो कुनै टाइम मेसिन होइन, एउटा साधरण स्कानर एक्स् रे मेसिन हो जस्ले अन्य मेसिन भन्दा केहि राम्रो तस्बिर खिच्न सक्छ तर यसको मुल्य अरु मेसिन भन्दा थोरै  बढि हुन्छ । अहिले क्रिश आर्थिक संकटमा फसेको हुन्छ र आफ्नो घर खर्च चलाउनलाई उसले प्रति महिना कम्तिमा दुई वटा स्कानर बेच्नु पर्ने हुन्छ ।

उ एक जना डाक्टटरकोमा  त्यो मेसिन बेच्न जान्छ तर डेमो देखाउदा मेसिनले काम गर्दैन । आफ्नो गाडिको पार्किङ फि तिर्न नसक्दा ट्राफिकले उसको गाडि ट्वो गरेर लगिदन्छ । बेलुका खाना खाने बेलामा उसले किचनमा एउटा रुबिक्स् क्यूब देख्छ जुन किस्टोफरलाइ उसको जन्म दिनमा उपहार स्वारुप मिलेको थियो । उ त्यसलाई  मिलाउने कोसिस गर्छ ।

भोलिपल्ट बाटोमा एक सानदार कारबाट एउटा मानिस ओर्लदै गरेको देखेपछि उसले सोध्छ, “ तँपाई के गर्नु हुन्छ र कसरी गर्नु हुन्छ ।“ उसले आफु सेयर बजारमा कारोबार गर्ने कुरा बताऊछ जसको लागि कुनै पनि कलेजको डिग्री आबश्यक नहुने बताउछ ।

अर्को सिनमा क्रिश गार्नर एउटा कम्पनिको अगाडि उभिएको हुन्छ जहाँ इन्ट्रनसिपको फर्म खुलेको हुन्छ । आफुले बोकीँ हिडेको स्कानर फुटपाथमा बसेकी केटिलाई हेर्न जिम्मा लगाएर उ कम्पनि भित्र इन्ट्रनसिपको फर्म लिन जान्छ । भित्र कुराकानी गरीरहेको बेला उक्त केटी स्कानर चोरेर भागिदिन्छे । क्रिश केटीको पिछा गर्दै ट्रेन स्टेसन सम्म पुग्छ तर केटी ट्रेन चढेर भागी सकेकी हुन्छे ।

ब्रोकर अफिसमा आफ्नो फर्म बुझाएर  फोन गरिरहेको बेला हिजैको केटी हातमा स्कानर बोकेर हिडिरहेको देख्छ । उसको पिछा गर्दै जाँन्छ र   अन्तिमा भेटाएरै छाड्छ । साझ घरमा पुदा उसकी श्रीमति लिण्डा उसँग खुसि हुदिनन् किनकी बिहान उ एउटा मेसिन बेच्न गएको थियो फर्कदा साथमा दुईबटा मेसिन बोकेर फर्केको हुन्छ  


क्रिश आफुले इन्टर्नसिपको लागी फर्म बुझाएको अफिसको कर्मचारीसँग चिनजान बढाउन खोज्छ । त्यसै शिलसिलामा उसले जोए ह्विसललाई भेटछ । उनिहरु ट्याक्सिमा जादै गर्दा जोएको हातमा रुबिक्स् क्यूबहुन्छ जुन उसले मिलाउन सकिरहेको हुदैन । त्यो देखेपछि क्रिश आफुले मिलाउन सक्ने बिस्वास दिन्छ र अन्तमा मिलाएरै छोड्छ । उसको यस्तो कला देखेर जोए प्रभाबित हुन्छ ।  ट्याक्सिको भाडा पनि आफै दिरिदिने कुरा  गर्छ । जोए आफ्नो बाटो लागेपछि क्रिश नर्भस हुन्छ किनकी उसँग भाडा तिर्ने पैसा हुदैन । उ त्यसबाट भाग्छ, ट्याक्सि ड्राइभरले एक छिन सम्म पिछा , हतार हतारमा क्रिश मेट्रो ट्रेनभित्र छिर्छ तर उसको स्कानर ढोकामै अड्किन्छ ।

साझ घर पुगेपछि जोए ह्विसलको फोन आउछ र उ इन्टर्नसिपमा सेलेक्ट भएको कुरा सुनाउछ । जोएले आफ्नो सेक्रेटरीको फोन नं टिपाउछ तर उसँग लेख्ने कलम हुदैन । सबै जानाकारीहरु दिमागमा नै सम्झन्छ । क्रिश ठुलो आर्थिक संकटमा फसेको छ । पैसाकै बिबादमा लिण्डाले पनि उसलाई छोड्न लागेकी हुन्छिन् भने यता घरबेटीले पनि भाडा मागेर हैरान बनाउछ । घर छोड्ने बेला सबै पेन्ट गरिदिने सर्तमा उसलाई एक हप्ताको समय थपिदिन्छ त्यसैले उ घर पेन्ट गर्न लागेको  हुन्छ । त्यहि बेला पुलिस आएर उसलाई जेलमा लैजान्छ किनकी उसले धेरै समयदेखि पार्किङको जरिवाना बुझाएको हुदैन । भोलिपल्छ पैसा बुझाएपछि मात्र उसलाई जेलबाट छोडिन्छ तर उसको इन्टर्नसिपको इन्टर-भ्यूमा जान ढिलो भइसकेको  हुन्छ । उ पेन्ट गर्दा लगाएकै लुगमा अफिसमा इन्टर भ्यू दिन जान्छ । उसले आफ्नो सम्पुर्ण कुराहरू बताएपछि उ इन्टर्नसिपमा छानिन्छ ।

अर्को सिनमा उ आफु बसेको घर खालि गरेर अन्तै सामान्य घरमा सर्छ । किस्टोफोरसँग बास्केटबल खेल्दै गर्दा क्रिशले भन्छ , “ कसैलाई पनि तिमी केही गर्न सक्दैनौ भन्ने मौका नदिनु किनकी दुनियाँ जुन काम आफु गर्न सक्दैन त्यो काम अरू कोहि गर्न सक्दैन भन्ने सोच्छ ।”

इन्टर्नसिपको पहिलो दिन, जहाँ बीस जना छानिएका हुन्छन तर जागिर केबल एक जनालाई मात्र मिल्नेछ जसले छ महिनाको इन्टर्नसिपमा कम्पनिलाई धेरै नाफा दिन सक्छ । क्रिश धेरै मेहनत गरेर काम गरीरहेको हुन्छ । कोचलाई कफि, दुनोट ल्याउने काम गरेर खुसि  बनाउछ खोज्छ । अरू दिनमा नौ घण्टा काम गर्छ तर उ छ घण्टा मात्रै काम गर्छ किनकी साझमा किस्टोफोरलाई लिन डे केयरमा जानु पर्ने हुन्छ । उ बिभिन्न कम्पनिहरूलाई फोन गरेर सेयरमा लगानि गर्न सल्लाह दिन्छ । एक दिन एउटा कम्पनिको सिइओलाइ भेट्न जान्छ तर आफुलाई इन्टर्नसिप गराउने कोचले आफ्नो गाडी पार्किङ गर्न लागाउछ । आफु ज्यादै ढिलो भएकोले गाडीलाइ बिचबाटोमै छोडेर जान्छ । उता कम्पनिको मालिकलाई पनि भेट्न सक्दैन यता गाडीको पार्किङ फाइन पनि तिर्नु पर्ने हुन्छ । भोलि पल्ट उ कम्पनिको सिइओलाई भेट्न जान्छ र हिजो ढिलो भएकोमा माफि माग्छ । दिबैजना फुटबल हेर्न जान्छन् । उसले त्याँहा थुप्रै नयाँ मान्छेहरु पनि चिन्छ ।

क्रिशले आफुसँग भएको सबै स्कानर पनि बेचि सकेको हुन्छ र त्यहि बेला सरकारबाट कर भर्ने उर्दि आउछ । आफुसँग भएको अलिकति पैसाले कर भरिदिन्छ । अब उसँग जम्मा २२ डलर ३३ सेन्ट बाँकि हुन्छ । पार्कमा घुमिरहेको बेला एउटा भिखिरीले उसको ट्रेन स्टेसनमा छुटेको स्कानर बोकेर हिडिँरहेको देख्छ र उसँग खोसेर लिन्छ । त्यो स्कानर बेच्न उ एकजना डक्टरकोमा जान्छ तर स्कानर बिग्रिसकेको हुन्छ । साझ घर फर्कदा उसको सबै सामान कोठा बाहिर हुन्छ किनकी उसले नयाँ कोठाको भाडा तिरेको हुदैन् । उ अब लगभग कङगाल भइसकेको हुन्छ । उसँग न खानको लागी पैसा हुन्छ न बस्नलाई घर । त्यो रात उनिहरू मेट्रो स्टेसनको ट्वाइलेटमा सुतेर रात बिताऊछन् ।


उ अफिसमा जादा पनि आफ्नो सबै सामानहरू बोकेर जान्छ । साझ बस्नलाई उ कहिले आश्रममा जान्छ त कहिले चर्चमा । एक दिन अफिसबाट निस्कदा कम्पनिको बोस ढोकामा भेटिन्छ । उसको पर्स माथी अफिसमै छोडेकोले क्रिशसँग पैसा सापटि माग्छ । उसँग जम्मा पाँच डलर हुन्छ त्यहि पाँच डलरपनि बोसलाई दिन्छ ।

आज इन्टर्नसिपको परिक्षाको दिन हुन्छ । उ हतार हतार परिक्षा सकेर छोरालाई लिन जान्छ । आश्रमको लाईनमा  बस्न ढिला भएकोले उनिहरु त्यहाँ बस्न पाउदैनन् र त्यो साँझ  मेट्रोमा बिताउछन् । भोलिपल्ट उ एउटा क्लिनिकमा आफ्नो रगत बेच्छ र केहि पैसा पाउछ । बिग्रेको स्कानर बनाउछ र त्यसलाई बेचेर आएको पैसाले उनिहरूले मिठो खाना खान्छन् र होटेलमा रात बिताऊछन् । अर्को दिन ऊनिहरू विचमा जान्छन् र रमाईलो गर्छन् । अब क्रिशसँग बेच्नलाई स्कानर पनि छैन र इन्टर्नसिपमा नाम ननिस्किए के गर्ने भन्ने अर्को उपाए पनि हुदैन ।

इन्टर्नसिपको अन्तिम दिनमा उसलाई अफिसमा बोलाईन्छ । उसको जब फिक्स हुन्छ र बाहिर निस्कने बेला बोसले सापटि लगेको पाँच डलर पनि फिर्ता गरिदिन्छ । उ खुसिले पागल हुन्छ र सडकमा जान्छ । आँखाभरी आशु हुन्छ तर मनभरीको खुसि उ कसैलाई पनि सुनाउन सक्दैन् । उ त्यहाँ बाट सिधै किस्टोफोरलाई भेट्न जान्छ र बाबुछोरा अँगालोमा धेरै बेर बाधिँन्छन् र अन्तिम सिनमा बास्तबिक क्रिश गार्नरलाई पनि देखाईन्छ ।

यसरी यस फिल्मको अन्त हुन्छ । फिल्म सकिदा सबैको आखामा खुसिको आशु आउछ किनकी हामीले पनि जीवनमा धेरै दुःखहरूलाई नजिकबाट देखेको र भोगेको छौँ र फिल्मको क्रिश गाडर्नरमा आफुलाई पाउछौँ । मानिसको जीवनमा समस्याहरू आउछन् र समस्याबाटै सफलताको सुरुवात पनि हुन्छ । समस्या आउदा डराएर भाग्ने होईन त्यसको सामना गर्नुपर्छ भन्ने कुरा यस फिल्ममा पाईन्छ ।

यस फिल्ममा क्रिश गाडर्नरको भुमिकामा विल् स्मिथ छन् भने किस्टोफोरको भुमिकामा उनकै छोरा जडेन स्मिथ छन् । यो फिल्म सन् २००६ मा रिलिज भएको थियो भने यसको IMDb रेटिङ ८.० र ९६ % गुगल प्रयोगार्ताले मन पराएका छन्    यस फिल्मको कुल बजेट ५५ मिलियन डलर रहेको थियो भने यसले बक्स अफिसमा ३०७.१ मिलियन डलर कमाई गरेको थियो ।

 Full movie link on youtube: The persuit of Happyness

1 comment: