Tuesday, June 1, 2021

The Bet (एक बाजी) written by: Anton Chekov (Part 1/2)

 The Bet -एक बाजी 



शरदको सघन अध्याँरो रातमा एक बुढो बैँकर आफ्नो अध्ययन कोठामा यताउति हिंडिरहेको थियो । उ सम्झदै थियो आज भन्दा पन्ध्र बर्ष अघि उसले शरद ऋतुको रातमा दिएको त्यो भोज । उक्त भोजमा शहर भरिका विद्वानहरु उपस्थित भएका थिए । ऊनिहरू बिच धेरै  रोचक कुराकानीहरू भएको थियो । कुराकानीकै सिलसिलामा मृत्युदण्डको सजायमा आएर रोकिएको थियो । त्यहाँ आमन्त्रित विद्वान तथा पत्रकारहरुले मृत्युदण्डको सजायलाई ठाडै अस्विकृत गरिदिए किनकी यो प्रथा सभ्य समाज र क्रिस्चियन राज्यमा अनैतिक छ । तिनिहरु मध्ये कसैकसैको मृत्युदण्ड सजायको बिकल्पमा आजीवन कारावासको सजाय दिनु उत्तम हुने तर्क थियो । 

” म तँपाईसँग सहमत छैन् ।” भोजको आयोजक बैँकरले भने । “मैले आफैंले न त मृत्युदण्डको सजाय भोगेको छु न त आजीवन कारावास तर मेरो बिचारमा मृत्युदण्डको सजाय आजीवन कारावासको सजाय भन्दा बढी नैतिक र मानवीय छ । मृत्युदण्ड दिएर जो कसैलाई पनि तुरुन्तै मार्न सकिन्छ तर कारावासमा मान्छे हरेक पल मर्दै बाँच्नु पर्छ । त्यसैले यदि कसैलाई जिन्दगीभर तड्पाएर मार्नु भन्दा एकै पटक कम पिडामा मृत्युदण्ड दिनु नै बेस हुन्छ ।  ”

“ यो दुबै अनैतिक छ । ” एक अतिथी बोले “ किनकी दुबैको उदेश्य एउटै छ जीवनको नस्ट गर्नु । राज्य भगवान होइन । कुनै फिर्ता गर्न नसकिने कुरा लिने अधिकार कसैलाई छैन् । यदि त्यस्तो हो भने फरक कुरा ।”

त्यहि भिडमा एक वकिल पनि थिए । उनको उमेर त्यस्तै पच्चिस बर्ष जतिको हुदो हो । उनको धारणा सोधेपछि उनले भने, “ मृत्युदण्ड र आजीवन कारावास दुबै अनैतिक छन् तर पनि यदि मलाइ ति दुईमध्ये एक छनौट गर्नु पर्ने अबस्था आयो भने म दोस्रो विकल्प छनौट गर्नेछु । मर्नु भन्दा केही समय थप बाँच्नु ठिक हो । ”

त्यस विषयमा घनिभूत छलफल भयो । अघि देखि रिसले चुर भएर बसेको जवान बैँकरको रिसको पारो एक्कासि बढ्यो । उनले टेबकमा एक मुठ्की हाने र वकिल तिर फर्कदै चिच्याए, “ यो सरासर झुट हो । म दुई करोडको बाजी लगाएर भन्न सक्छु कि तिमी पाँच वर्ष पनि जेलमा बस्न सक्दैनौँ ।”

“ यदि बाजी नै लगाउने भए म तयार छु,” वकिलले भने, “ म पाँच वर्ष होइन पुरा पन्ध्र वर्ष बस्न सक्छु ।”

“ पन्ध्र वर्ष ! पक्का ?” बैँकर चिच्यायो । “ सज्जनहरु, ल म दुई करोड दिन तयार छु ।”

“ राजी भए । तँपाईले आफ्नो दुई करोड बाजी लगाउनु भयो, मैले मेरो स्वतन्त्रता,” वकिलले बाजी पक्का गर्यो ।

यस प्रकारले यो जङ्गली, हास्याँस्पद बाजी लाग्यो ।

बैँकर त्यस समयमा धेरै सम्पन्न थियो । उ सँग करोडौँ धन सम्पत्ति थियो । जसले गर्दा उ घमण्डी र सन्की थियो । 

खाना खाने समयमा उसले युवा वकिललाई खिस्याउदै भन्यो, “ अरे अझै समय छ । तिमी होसमा आऊ । म सँग त प्रसस्त धन सम्पत्ति छ, मेरो लागि दुई करोड केही पनि होईन तर तिमी बेकारमा आफ्नो जीवनको महत्वपुर्ण तीन चार वर्ष किन खेरा फाल्छौँ । म तीन चार वर्ष किन भनिरहेको छु भने मलाई पुरै बिस्वास छ कि तिमी त्यो भन्दा बढि बस्न सक्दैनौँ । यो कुराको ख्याल गर्नु कि स्वाइच्छा र बाध्यतामा धेरै अन्तर छ । जब मनमा आफू जुनसुकै बेला स्वातन्त्र हुन सक्छु भन्ने बिचार आउछ तब तिम्रो जेलजीवन धेरै कष्टकर हुनेछ । मलाई त तिमी प्रति ज्यादै दया लागिरहेको छ ।”


अहिले बैँकर एउटा कुना बाट अर्को कुनामा छट्पटाउदै छ । उसले आफ्नो बिगत सम्झियो  र आफैलाई प्रश्न गर्यो, “ मैले किन त्यस्तो सर्त लगाए ? आखिर कस्लाई फाइदा भयो  ? त्यो वकिलले आफ्नो जीवनको पन्ध्र वर्ष नष्ट गर्दियो र मैले मेरो दुई करोड गुमाए । के यसले मानिसहरुलाई यो विस्वास दिलाउन सक्छ कि मृत्युदण्ड सजाय भन्दा आजीवन कारावास सजाय राम्रो हो या होइन भनेर । यो सब बकवास हो । म भित्र त धनको घमण्ड थियो तर त्यो वकिललाई चाढैँ धनी बन्ने लालच ।”

उसलाई यो पनि याद भयो  कि त्यो भोजपछि यो तय भएको थियो कि वकिलले कारावासको समयमा कडा निगरानिमा बैँकरको घरको बगैँचामा रहेको जेलमा सजाय भोग्नुपर्ने छ । यो पनि तय भएको थियो कि यो कारावासमा बस्दा उसले कुनैपनि पत्रिका वा पत्र प्राप्त गर्ने छैन् । उसलाई एउटा बाद्य यन्त्र राख्न, पुस्तकहरू पढ्न, चिठीहरु लेख्न, मदिरापान र धुम्रपान गर्ने अधिकार दिईने छ । बाहिरी संसारसँग सम्पर्क गर्नको लागी एउटा सानो झ्यालमा आफुलाई आवश्यक कुराहरु जस्तो कि संगित, पुस्तकहरु, वाईनहरू जति चाहेपनि मगाउन सक्नेछ । त्यसको लागि उसले समानहरुको लिस्ट कागजमा लेखेर सानो झ्यालबाट खसाल्नु पर्नेछ । 

सर्त अनुसार जेलमा बस्दा सानो भन्दा सानो कुराहरू ख्याल गरिएको थियो । त्यसैले यो कुनै कालकोठरी भन्दा कम थिएन । यसरी १४ नोभेम्बर १८७० को राती १२ बजे देखी १४ नोभेम्बर १८८५ को १२ बजेसम्म पुरा १५ बर्ष बस्नुपर्ने छ । यदि वकिलले बाजी पुरा हुनुपुर्व दुई मिनेट अगाडी मात्रै पनि भागेमा वा भाग्ने कोसिस गरेमा बाजीको रद्द हुनेछ  र बैँकरले बाजी अनुसारको दुई करोड वकिललाई दिनुपर्ने छैन् ।

वकिलले कोठाको सानो झ्यालमा छोडेको नोटको आधारमा भन्नु पर्दा उसले कारावासको पहिलो वर्ष एक्कोपन र उदासीमा बितायो । रातदिन उसको कोठाबाट पियानोको आवाज आउथ्यो । उसले राक्सि र चुरोटलाई हातै लगाएन । उसले लेखेको थियो “ यस्को प्रयोगले ममा लत लाग्छ र त्यहि लत एक बन्दी जीवनमा मुख्य शत्रु हो । अहिले एकलै रक्सि पिउनुको कुनै मतलब छैन फेरी चुरोटको धुँवाले कोठाको वातावरण दुर्गन्धित बनाऊँछ ।” पहिलो वर्ष उसले हल्काफुल्का किताबहरु पढ्यो जसमा उसले हलुका सामन्य खालका पात्रहरू भएको, जटिल प्रेम सम्बन्ध भएको, अपराध र कल्पनाका कथाहरु र त्यस्तै उपन्यासहरु पढ्यो ।

दोस्रो वर्ष उसको कोठामा पियानो बज्न बन्द भयो । वकिलले उत्कृष्ट शास्त्रीय साहित्यहरू मात्रै माग्यो । पाचौँ वर्षमा फेरी संगीत सुनिन थाल्यो र मदिराको पनि माग भयो । झ्यालबाट चिह्याउनेहरुले उसलाई केबल खाईरहेको, पिईरहेको र सुतिरहेको मात्र देखे । अघिक्तम समय उ हाई गरीरहेको हुन्थ्यो र कहिले काहीँ आफैसँग रिसाउदै कुरा गर्थ्यो । उसले पढ्नलाई पनि कम गरेको थियो । कहिलेकाहीँ उ रातमा लेख्न बस्थ्यो र आधा रात सम्म पनि लेखि रहन्थ्यो । फेरी बिहान उठेपछि आफुले लेखेका सबै कुराहरू च्यातेर फ्याँकिदिन्थ्यो । उ धेरै पटक रोइरहेको पनि देखिन्थ्यो ।

छैठौँ वर्षको अन्तमा उसले विभिन्न भाषा, साहित्य, दर्शन र इतिहासमा रुचि लिन थाल्यो र किताबहरू बढो जोसका साथ पढ्न थाल्यो । बैँकरलाई उसको मागलाई पुरा गर्न हम्मेहम्मे पर्यो । चार वर्षमा उसले छ सय भन्दा धेरै किताबहरु मगाएको थियो । त्यसै मागको सिलसिलामा उसले बैँकरलाई एउटा चिठी लेख्यो । “मेरो प्रिय जेलर, म यो चिठी छ वटा भाषामा लेखिरहेको छु । यसलाई विभिन्न भाषाविज्ञहरु सँग जाँच गराउनुहोस् । यदि त्यसमा कहिँ कतै पनि गल्ति भेटिएन भने तँपाई आफ्नो बगैँचामा गोली चलाईदिनु होला । मलाई यत्ति मात्र जानाकारी होस् कि मेरो मेहनत खेर गएको छैन् । विभिन्न देश र समयका प्रतिभाशालि जिज्ञाशुहरू आफ्नो भावनालाई विभिन्न भाषामा लेखेका छन् र उनिहरू सबैमा एउटै ज्ञानको ज्योति जगमगाईरहेको छ । मलाई जसरी यो दिव्य अन्नद मिलेरहेको छ कास् तँपाईले त्यो बुझ्नु होला ।”

कैदीको इच्छा पुरा गरियो । बैँकरको आदेश अनुसार बगैँचामा दुई पटक बन्दुक पड्काइयो ।

दश वर्ष पछि, वकिल आफ्नो टेबल अगाडी स्थिर अबस्थामा बस्न थाल्यो । उ बाइबलको नयाँ नियम मात्र पढ्न थाल्यो । बैँकर यो देखेपछि अचम्ममा पर्यो जबकी उसले चार वर्षमा छ सय किताबहरू पढिसकेको थियो तर उ अहिले एक वर्षसम्म केबल बाइबलको नयाँ नियम मात्र पढिरह्यको छ । उसले त्यस्मा त्यस्तो के पायो, यति सानो किताब पढेपछि उसले धर्मको इतिहास र ब्रह्मविद्या पढ्न सुरु गर्यो ।

आफ्नो कारावासको आखिरी दुईवर्ष उसले असाधरण रुपले आफ्नो मनमा जे आउछ त्यहि पढ्न थाल्यो । सुरुमा प्राकृतिक विज्ञान पढ्यो । त्सपछि ब्रायोन र सेक्सपियर पढ्न थाल्यो । त्सपछि उसले रसायनशास्त्र र चिकित्साशात्रको माग गर्न थाल्यो । त्यसपछि उपन्यास, दर्शन र धर्मशास्त्रको विवेचना गरिएका पुस्तकहरू पनि उसको मागमा थियो । यस्तो लाग्दै थियो उ विशाल समुन्द्रमा डुब्दै छ र उसको वरिपरी भग्नावषेशका टुक्राहरु छरिएका छन् । आफ्नो जीवन रक्षाको लागी उ एक-एक टुक्राहरू समातिरहेको छ । 

बैँकरलाई यी सबै घटनाहरु याद आइरहेको थियो र उ सोच्दै थियो, “ भोलि बाह्र बजे उसले स्वातन्त्रता पाउने छ र मैले बाजी अनुसार उसलाई दुई करोड दिनुर्ने छ । यदि मैले यो सबै दिनु पर्यो भने त म कङ्गाल हुनेछु ।”  

पन्ध्र वर्ष पहिले जब उसले यो बाजी लगाएको थियो त्यो बेला बैँकर सँग प्रसस्त घन सम्पत्ति थियो तर पछि उसले सबै सम्पत्ति सट्टा बाजी र जुवामा हार्यो । उसले यो लतलाई कहिल्लै छोड्न सकेन र आफ्नो भएभरको सम्पत्ति पनि बर्बाद गर्यो । पहिले धनको आडमा सन्की र घमण्डी बनेको बैँकर अहिले साधरण अबस्थामा आइसकेको थियो ।  

अब उ सानो भन्दा सानो घाटामा पनि हरेस खान थालेको छ । आफ्नो टाउको समातेर उ सोच्न थाल्छ, “ मैले कस्तो बेवकूफी गरेछु । अनि त्यो वकिल पनि जेलमा किन मर्न सकेन अहिले सम्म । उ त भर्खर चालिस वर्षको मात्र छ । उसले म सँग सबै पैसा असुल्ने छ र त्यहि पैसाले विवाह गर्ने छ । उ आफ्नो जीवन आनन्दसँग बिताउने छ । उ जुवा खेल्नेछ, खुब रमाइलो गर्ने छ तर मैले भिखारी बनेर उसको मजाक सुन्नु पर्नै छ । उ भन्ने छ कि मेरो यो सबै सुख सुबिधा हजुरले नै दिनु भएको हो । म हजुर प्रति आभारी छु । म तँपाईलाई कुनै सहयोग गर्न सक्छु कि, भन्नुहुला ।” यी सब कुराबाट छुट्कारा पाउनको लागि मैले त्यो कैदीलाई मार्नै पर्छ । 


Like, Comment and Share: Part (2/2) To be Continue...


No comments:

Post a Comment