Part 1
“मेरो एउटा साथी छ” -प्रदिप देवकोटा ‘मुसाफिर’
“झरी” कथाको दोस्रो भाग लेखिसकेपछी म केहि दिनको
लागि सामाजिक सञ्जालबाट टाढा बसेको थिए । “झरी” मेरो पहिलो कथा थियो, जुन मैले
आफ्नो वरिपरीका घटनाहरुलाई बुनेर लेखेको थिए । मलाई लेख्न त खासै आउदैन तर नियमित
रुपमा यु-टुबमा कथाहरु सुनिरहदा मलाई पनि वास्तविक जीवनमा आधारित कथाहरु लेख्नु
पर्छ जस्तो लागिरहेको थियो । वास्तविक जीवनसँग प्रेरित कथाहरु पनि संसारलाई
सुन्नुपर्छ भन्ने लागेको छ किनकी हामीले भोगिरहेको जीवन फगत कथा मात्रै पनि त होईनन्,
तिनमा कला छ, सौन्दर्य छ, रोमान्स छ अनि प्रेरणा पनि छ ।
मेरो फेसबुकको म्यासेन्जरमा दुई दिन अघि एउटा म्यसेज
रिक्योस्ट आएर बसेको रहेछ । त्यो म्यसेज सरसर्ती पढेपछि त्यसले मलाई तान्यो ।
“हेल्लो ! हजुरले अरूको नि कथा लेख्नु हुन्छ ?
मेरो कथा लेखिदिनु हुन्छ ? मेरो वास्तविक जीवनको रियल स्टोरी हो, मेरो सबैभन्दा
मिल्ने साथीसँगको सम्बन्धको कथा हो ।”
“मैले अहिलेसम्म अरुको कथा लेखेको छैन् र आफुलाई
लेखक पनि मान्दिन् । म त एक सामान्य स्रोता मात्र हो, जो अरूको कथा सुन्न मन पराउछ
।”
“ हजुरले लेख्नै पर्छ भन्दिन म, मेरो कथा
सुनिदिनुस्, त्यति भए पनि मलाई पुग्छ । लेख्नु नलेख्नु हजुरको कुरा ।”
“तपाईको आफ्नै कथा भन्नु भा’छ, म सुन्न तयार छु ।
लभ स्टोरी त होईन नि?”
“किन ? लभ स्टोरी हजुरलाई मन पर्दैन र ?”
“मलाई लभ स्टोरी मन पर्दैन भन्न खोजेको होईन,
भर्खरै एउटा ट्राजिग लभस्टोरी लेखे, अहिले अलि फरक स्टोरी भए सुन्न मजा हुन्थ्यो
भनेर ।”
“हजुर ढुक्क हुनुस, यो लभ स्टोरी होईन तर मेरो लभ
स्टोरी पनि हजुरले लेखेको स्टोरी भन्दा कम छैन है । अहिले म हजुरलाई मेरो
फ्रेण्डसिपको कथा सुनाउछु । मेरो बेस्ट फ्रेण्डको कथा ।”
“फ्रेण्डसिपको कथा? हुन्छ म सुन्न तयार छु तर
एउटा कुरा याद राख्नु है, मलाई कथा लेख्न चाहीँ आउदैन नि । म हजुरको कथा सुन्छु
मात्रै । बरू कथाको बारेमा छोटोमा केही भन्नुहुन्छ की।”
मलाई मनमा डर थियो, कथा सुन्छु त भनिहाले पछी
कथाले छोएन भने त मेरो समय बर्बाद हुनेछ । मोबाईलमा समय हेरे, रातको दश बजिसकेको थियो
। कथा सामान्य रै’छ भने निन्द्रा फाल्नु मत्रै हुन्छ । त्यसैले सुरुमा कथाको सार
बुझ्न पाए केही सहज हुने लाग्यो । मनमनै मैले सोचिरहेको थिए, कथा राम्रो रै’छ भने पछि
लेख्नुपर्ला ।
“ पहिलो भेटबाट सुरू भएको एउटा यस्तो मित्रता,
जुन मैले आज भन्दा पहिले कहिल्लै निभाएको थिईन र अब भविष्यमा पनि सायदै कसैसँग
निभाउन सक्नेछु । हामी सबैको जीवनमा एउटा त्यस्तो साथी हुन्छ नि जो सँग आफ्नो
लाईफको सबै सिक्रेटहरू सेयर गरिएको हुन्छ, आफुलाई जन्मदिने आमा’बालाई भन्दा बढी
बिस्वास गरिएको हुन्छ । उ बिनाको साथको कल्पना पनि गर्न सकिदैन तर नियतिको कुरा, पछि
यस्तो समय पनि आउदोँ रहेछ जब सबैभन्दा मिल्ने साथी नै सबैभन्दा ठुलो दुस्मन पनि
हुदोँ रहेछ । आज हाम्रो सम्बन्ध यस्तो अबस्थामा आएर अडिएको छ, न साथी भनेर आफ्नो
मनको कुरा साट्न सक्छौ न दुस्मन भनेर झगडा गर्न नै सक्छौँ । कुनै समय फोनमा कुरा गरेर रात बिताउने हामी, अहिले
वर्षमा दुईपटक मात्र कुरा हुन्छ, एक पटक उसको जन्मदिनमा अनि अर्को पटक मेरो
जन्मदिनमा । हामीले एउटा वाचा गरेका थियौ कि कहिल्लै कसैसँग प्रेममा परेर आफ्नो
फ्रेण्डसिपलाई नभुल्ने भनेर, तर आज त्यहि प्रेमले हाम्रो फ्रेण्डसिपलाई भुल्न
बाध्य बनायो ।”
कथा राम्रै छ जस्तो लाग्यो, किनकी धेरैको
फ्रेण्डसिप टुट्नुमा व्यक्त्तिगत स्वार्थ, परिवार वा समाजको ठुलो भुमिका हुन्छ ।
तर उनको प्रेण्डसिप प्रेमले गर्दा टुट्यो, तर कसरी ? त्यसको लागि त पुरै कथा
सुन्नु पर्ने हुन्छ । मैले उनलाई “भ्वाईस म्यासेजमा कथा सुनुउनु हुन्छ कि टाईपिङ
गरेर” भनेर सोधे ।
“मलाई टाईपिङ गर्दा सजिलो हुन्छ, कथा छुट्यो भने
पनि थाहा हुन्छ । म लेखेरै सुनाउछु नि ।”
“हुन्छ, हजुर कथा लेख्दै जानुस, म बिचमा हजुरलाई
रोक्दिन । कथा सकिएपछि मात्रै हामी फेरी कुरा गरौला ।”
“हुन्छ, म कथा सुरू गर्छु है त।”
***
No comments:
Post a Comment