"झरी" Part 7
“हजुरलाई के थाहा, प्रेममा धोका हुँदा कस्तो हुन्छ भन्ने । कसैलाई प्रेम गरेर धोका पाउनुभएको छ र ?”
करिब एक महिना जति आर्यालाई टिउसन पढाए । पढाए के भन्नु सँगै बसेर रमाईलो गर्यौ । कलेजका सर म्यामहरू को कुरा काट्यौ, आर्याका साथीहरुको लभ स्टोरी सुन्यौँ । कुरै कुरामा आर्याले फिजिक्समा जानी जानी फेल भएको कुरा सुनाई । हजुरबालाई भनेर मलाई टिउसन पढाउन लगाउने त उसको चाल पो रहेछ । आखिर उसले यो सब किन गरी ? मैले मेसो पाईन ।
हाम्रो कलेजमा देखादेख भएकै थियो, फेसबुकमा
कुराहरू हुन्थे तर उसलाई यतिले मात्र पुगेको थिएन होला । सायद उ मेरो साथ
चाहान्थी, मलाई आफ्नो आँखा वरीपरी राख्न चाहन्थी तर हामी दुवैको कम्जोरी एउटै थियो
हामी आफ्नो अगाडीको मान्छेलाई धेरै विस्वास गर्थ्यौ तर मनको कुरा खुलस्त भन्न
सकिरहेका थिएनौँ ।
एघारको बोर्ड एक्जामसम्म म उनको घरमा गइरहे । आर्याका हजुर’बा मसँग आफ्ना बिगतका किस्साहरू सुनाउन मन पराउनु हुन्थ्यो । त्यसैले बिदाको दिनपनि म लुरूलुरू बालाजु हाईटतिर जानथाले । आर्यासँगको सँगतले उहा पनि खुसि हुनुहुन्थ्यो । मलाई एउटा टिउसन पढाउने केटा भन्दा पनि छोरा नातीको जस्तो व्यवाहार गर्नुहुन्थ्यो । उहाँको लागी आर्या सबथोक थिई। उहाँ आर्याकै खुसीको लागि बाँचिरहनुभएको छ जस्तो लाग्थ्यो ।
आर्या प्रति उहाँको बिस्वास, अघात प्रेम र सपनाहरू देखेपछि त आफुलाई आर्याको अगाडी ज्यादै सानो पाउथेँ
। कहाँ उनको त्यो महलको सुख, कहाँ मेरो गाँउको झुपडी । हामी दुईमा धेरै कुराहरू
असमान थिए र तिनीहरू बिचको दुरी ज्यादै फराकिलो थियो । जब आर्यालाई उनको सुखको
संसारमा देखे र आफ्नो दुःखको भुमरी सम्झिए, तब मलाई महसुस भयो, आर्यालाई मैले मन
पराएर गल्ति गरीरहेको छु । मैले आर्यालाई मायाँ त गर्न सक्छु होला तर जुन सपना,
जुन सुख उसको हजुरबुबाले देख्नुभएको थियो त्यो मैले कदापि पुरा गर्न सक्ने छैन् ।
बिस्तारै वास्तबिकता बुझ्दै गएपछि ,आफ्नै अबस्थाले मान्छेलाई दुखी बनाउदो रहेछ ।
कक्षा बाह्रको सुरुवातमा आर्या एकदम बिरामी भई ।
चार दिन हस्पिटलमा भर्ना भएपछि बल्ल डिस्चार्ज भई । घर आएकै साझ उसले मलाई फोन
गरेर भेट्न आउन बोलाई । यि चारदिनहरू मैले निकै कष्ट साथ बिताएको थिए आर्या बिना ।
उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नु थियो र आफुले कति धेरै मिस गरको पनि
सुनाउनु थियो उसलाई । आर्याको लागी चकलेट, फलफुल, पोस्ट कार्ड र सानो गिफ्ट लगेको
थिए । गिफ्ट भन्दा पनि बढि उनि मेरो उपस्थितिले खुसी भईन । उनको अनुहारमा चमक
फर्किएको थियो तर त्यसको कारण म थिए कि थिइन मलाइ थाहा थिएन ।
आर्याले आफ्नो हस्पिटल बसाईमा मनमा खेलेका सानो
सानो कुराहरूपनि नबिराई सुनाईन् । उनी आफ्नो मनको बोझ मलाई बाढेर हल्का हुने
कोसिसमा थिइन तर उनको कुराले मेरो मनको बोझ भने थपिदै थियो । किनकी अहिले आएर
आर्यालाई आफ्नो बाबा ममिको मायाको अभाब खट्किएको थियो । उनि जति सक्दो चाढोँ
अमेरिका जान चाहान्थिन । म भित्रबाट बिस्तारै टुट्दै थिए तर बाहिर चैँ आर्याको
लागी भएपनि खुसि भएको नाटक गरिरहेको थिए । म उसलाई न आफ्नो मनको कुरा भन्न सक्थे न
सक्थे बिर्सननै ।
एक साझँ आर्याले फोन गरेर धेरै बेर रोइरहिन ।
बाबा मम्मिको याद आएर रोएकि होलिन जस्तो लागेको थियो होइन रहेछ । स्कुल हुँदा उनको
एकजना केटा साथी रहेछ, बेस्ट फ्रेण्ड थियो रे
। स्कुल पढीरहदा उसले कहिल्लै पनि आर्यालाई आफ्नो मनको कुरा भनेनछ । कलेज
जान थालेपछि उसँग कुराहरू गर्न सुरू गरेछ । पुरानो साथी भएकोले आर्याले खुबै
बिस्वास गर्थी रे, एक दिन बाहिर क्याफेमा भेट्न पनि बोलाएछ । साधै स्कुललाईफका
पुराना कुराहरू गरेर ईमोस्नल ब्याल्कमेल गर्न थालेछ र आज त उसले प्रोपज पनि गरेछ ।
अझ प्रपोज एसेप्ट नगरे सुसाईड गर्ने धम्की पनि दिएछ । आर्या मसँग रुदै थिई । मैले
उसलाई के भनेर सम्झाउन सक्छु होला जबकी म आफै आर्यासँग आफ्नो मनको कुरा राख्ने
मौकाको खोजिमा थिए ।
“डराउनु पर्दैन आर्या । त्यसले ब्याल्कमेल मात्र
गरेको हो ।”
“ हजुरलाई थाहै छैन त्यसको बारेमा । त्यो एकदम
साईको छ । मलाई त डर लागी र’छ । कतै सुसाईड नोटमा मेरो नाम लेखेर मोर्यो भने ।”
“त्यस्तो केही हुदैन । को केटा हो, म कुरा गर्छु
त्यो सँग भोलि । त्यसलाई बाईस धारामा भेट्न बोलाऊ ”
उसले रुदै हुन्छ भनेर फोन राखि दिई । बिचरा
त्यो केटा पनि मजस्तै दुःखी प्रेमी रहेछ ।
म पो उ भन्दा बढी दु;खी जस्तो लाग्यो । उसले त कमसेकम आफ्नो मनको कुरा त भन्न
सक्यो, तर मैले कहिले भन्ने आर्यालाई । अब भोलि कसरी मुख देखाउने त्यो केटा सँग र
आफुलाई के भनेर परिचय गराउने होला । भोलिको त्यो पल कस्तो होला जब एउटा अभागी
प्रेमीले अर्को अभागी प्रेमीलाई सम्झाईरहेको हुनेछ , “ तिमी आर्यालाई भुलिदेऊ
किनकी तिमीले आर्या भन्दा पनि राम्री केटी डिजर्भ गर्नेछौँ ।”
भोलिपल्ट आर्या र म बाइसधाराको पार्क भित्र थियौँ
। मेरो अनुहारमा अध्यारो हुदै थियो झन आर्या त रुन मात्र बाँकी थिइ । मैले उसको
हात समाति राखेको थिए ताकी त्यो केटाले देख्ने बित्तिकै मलाई आर्याको ब्बोइ
फ्रेण्ड सम्झियोस् । आर्याले ढोकाबाट भित्र छिर्दै गरेको एउटा टिसलाग्दो अनुहारलाई
देखाएर भनेकी थिई, “उ त्यहि हो स्पन्दन ।”
उ सरासर हाम्रो अगाडी आएर उभियो र आर्यालाई
एकोहोरो घुरेर हेर्न थाल्यो । बिस्तारै उसको आँखामा आशु भरिन थाल्यो । मैले बस्ने
ईसारा गरे । उ अनुसासित बालक जसरी थपक्क बस्यो । मैले उसको नाम सोधे । उसले रुन्चे
स्वरमा “स्पन्दन ” भन्यो । मैले फेरी सोघे “तिमी कहाँ बस्छौ?”
“बल्खु ।”
“आर्यालाई कहिले देखी मन पराउछौँ ?”
“सानै देखी । हामी स्कुल देखिकै बेस्ट फ्रेण्ड हो
।”
“ त्यो त मलाई थाहा छ । आर्यालाई सुसाईड गर्छु
भनेर धम्कि दिएछौ नि । मर्न त्यति सजिलो छ र ?”
“हजुरलाई के थाहा, प्रेममा धोका हुँदा कस्तो
हुन्छ भन्ने । कसैलाई प्रेम गरेर धोका पाउनुभएको छ र ?”
स्पन्दनको कुराले मेरो अतितलाई बल्झाईदियो । मैले
भुलिसकेको घटना, खाटो बसिसकेको घाउलाई उसले फेरी बल्झाइदियो । के भनौ म यो केटालाई
? के मैले अहिलेसम्म कसैलाई प्रेम गरेकै छैन ? के मैले प्रेममा धोका पाएको छैन र ?
कसैलाई पाएर गुमाउनुको पिडा यसलाई के थाहा । उसको त प्रेम प्रस्ताव मात्र रिजेक्ट
भएको थियो मैले त आफ्नो प्रस्ताब रिजेक्ट भयो कि एसेप्ट भन्ने पनि थाहा पाईन । जब
थाहा पाए, तब निकै ढिलो भइ सकेको थियो ।
म केही नबोलेको देखेपछि आर्या आफै बोलि, “म तिमीलाई
प्रेम गर्न सक्दिन । तिमी मेरो बेस्ट फ्रेण्ड हौ र सधै बेस्ट फ्रेण्ड नै रहने छौ,
तिमी मेरो कुरा किन बुझ्दैनौ स्पन्दन ?”
आर्याको बोलि सुनेपछि उसलाइ थप बोल्ने बल मिलेछ ।
उ अलि रिसाएजस्तो गरेर सोध्यो, “ कुनै रिजन त होला नि रिजेक्ट गर्ने पनि । जस्ट
वान रिजन आर्या । म तिमीलाई राम्रोसँग चिन्छु आर्या, तिमीलाई मैले जति खुसी अरूले
राख्न सक्दैन ।”
“ तिमीलाई थाहा छ र स्पन्दन, मलाई कसले खुसी
राख्न सक्छ अनि कस्ले सक्दैन भन्ने । तिमीलाई रिजेक्ट गर्ने कुनै रिजन छैन । तिमी
नै स्वयाम रिजन हौ किनकी तिमी मेरो बेस्ड फ्रेण्ड हौ । तिमीलाई म त्यो भन्दा माथी
सोचेर प्रेमीको रुपमा एसेप्ट गर्न सक्दिँन
।”
आर्याको जबाफ निकै तिखो र धारिलो थियो । उनले
जबाफ स्पन्दनलाई दिई रहेकी थिईन तर मैले मेरो मनको प्रश्नको जबाफ पाईरहेको थिए । ‘
“तिम्रो कोहि सँग रिलेसनमा छौँ ने फरक कुरा हो,
मलाई त्यसको नाम मात्र भन म अहिल्लै तिमीलाई छोडीदिन्छु ।”
स्पन्दनले गाह्रो प्रश्न सोधेको थियो । त्यसको
जबाफ आर्यासँग थिएन किनकी उनी कसैसँग पनि रिलेसनसिप थिईनन् । यहि प्रश्नको उत्तरले
आर्याको जीवन निर्धारण गर्थ्यो र मेरो प्रेमको भबिष्य पनि । म उनको उत्तर सुन्न
आतुर थिए । मनमनै आर्याले मेरो नाम लिगोस् भन्ने कामना गरिरहेको थिए । आर्या धेरै
बेर चुप लागीरहिन । सायद सोच्दै थिईन होला, उनले सबभन्दा धेरै माया कसलाई गर्छिन
भनेर ।
“ आर्या रिलेसनसिपमा भएपनि नभएपनि तिमीलाई केही
फरक पर्दैन । तिमीलाई आर्याले मन पराउदिन, त्यहि सत्य हो ।” मैले स्पन्दनलाई
थर्काउने शैलिमा भने ।
“ तपाई को हो बिचमा बोल्ने ? आर्याले मन पराउदिन
भनेर कहिले भनिन्। हामी बेस्ट फ्रेण्ड हौँ भन्ने बिर्सनु’भो ।” स्पन्दनलाई म
आर्याको को हो भनेर चिनाउ । मैले आर्या तिर हेर । उ टाउको झुकाएर बसिरहेकी
थिई । सायद उसले स्पन्दनले बोलेको पनि
सुनिन होला । स्पन्दन मेरो आँखामा हेरेर जबाफ कुरीरहेको थियो । मैले केही त बोल्नै
पर्थ्यो । मैले उसलाई भन्नै पर्थ्यो म आर्याको को हुँ भनेर ।
“ म आर्याको बेस्ट फ्रण्ड हो । त्यसमा केही
समस्या छ ।” मेरो मुखबाट “ बेस्ट फ्रेण्ड” शब्द फुस्किहाल्यो । आर्याले मेरो मुखमा
पुलुक्क हेरीन । उनको अनुहारको रंङ फुङ्ग उड्यो । आफ्नो हात मेरो हातबाट हटाईन।
मैले बुझिहाले, आर्यालाई मेरो जबाफ चित्त बुझेको थिएन । उनको आँखाबाट आशु झर्न
खोजीरहेको थियो। उनी त्यहाँबाट उठेर धारा भएतिर लागीन ।
स्पन्दनले मेरो कुरामा कति बिस्वास गर्यो थाहा
छैन । तर मलाई आफ्नै जबाफ देखी बिस्वास थिएन । म मेरो जबाफ फेर्न चाहन्थे र तर
त्यो सम्भब थिएन ।
स्पन्दन आर्याको जबाफ बिना उठेर जानेवला थिएन ।
उसलाई त आर्याको जबाफ चाहिएको थियो । आर्याको ब्बोइफ्रेण्डको नाम चाहिएको थियो ।
आर्या धेरै बेर सम्म धाराबाट नआएपछि म उनलाई लिन जान उठे । म सँगै स्पन्दन पनि
उठ्यो । सायद उ पनि आर्यालाई कति धेरै माँया गर्छु भनेर जताउन चाहान्थ्यो होला ।
आर्या धारामा अनुहार धोएर आईन । उनको आँखाको गाजल
चारै तिर लतपतिएको थियो । उनको ओठमा हल्का मुस्कान थियो । एकदमै मनमोहक मुस्कान ।
यस्ति राम्री मान्छेको लागि संसारको कुन चाँही केटा पछि लाग्दैन होला ।
“तिमी मेरो जबाफ नसुनि नजाने होइन त स्पन्दन ?
तिमि साञ्चै सुन्न चाहान्छौ, म कस्लाई माँया गर्छु भनेर । सुन्ने मात्र होइन आज
हेरेरै जाऊ ।” यति भन्न नपाउदै आर्याले मलाई आफ्नो अङ्गालोमा बाधीँन र मेरो ओठमा
गहिरो चुम्बन गरीन । मैले पनि आर्यालाई दरो गरी अङ्गालोमा कसे र उनलाई चुमिरहे ।
थाहा छैन हामी त्यसरी एक अर्काको अङ्गालोमा कति
सेकेण्ड, मिनेट वा घन्टा बाधियौँ । हाम्रो मुटुको धड्कनको ताल एक भएको थियो ।
हाम्रो स्वासको गति एक भएको थियो । हाम्रो सारा शरीर, भावना, सपना एक भएको थियो ।
मैले मेरो शरीरको हेरक थोपा रगतमा आर्यालाई पाएको थिए । मेरो नशा नशामा केबल
आर्याको माँया बगिरहेको थियो ।
हाम्रो आँखा खुल्दा साँझ ढल्किसकेको थियो ।
पश्चिम क्षितिजमा सुर्य डुबिसकेको थियो । हाम्रो अगाडी न त स्पन्दन थियो न हामीलाई
माया गर्नबाट रोक्नेहरु नै । हाम्रो अगाडीको बाटो सुनसान थियो, खाली थियो । एक
जोडी परेवा झरी परेपछिको जस्तो निश्चल आकाशमा
कावा खादै पुर्वतिर उडिरहेका थिए ।
***
No comments:
Post a Comment