Monday, July 18, 2022

JHARI: New Nepali Novel ‘ झरी ’ प्रदिप देवकोटा ‘मुसाफिर’

 "झरी" Part 6

मेरो अगाडी आर्या शर्मा मुस्कुराउदै उभिरहेकी थिई । उसले मलाई हग गर्न आफ्नो दुबै हात अगाडी बढाएकी थिइ । त्यहिबेला झ्यालबाट आएको हावाले ढोका ड्याम्म लगाईदियो ।


साउन चार गते, कक्षा एघारको ओरिएन्टेसन (orientation) कार्यक्रम थियो । इन्ट्रान्स एक्जामको दिन देखी आजसम्म आर्या सँग दर्जनौ पटक म्यासेन्जरमा कुराकानीहरू भइसकेका थिए । बेलाबेला घरमा कोहि नभएको बेला पारेर फोन पनि गर्थिन । उनको बोलि सुनेपछि म निशब्द हुन्थे । उनि एकोहोरो बोलिरहान्थिन्। उनको म्यासेज पढिरहदा पनि मेरो मनमा चै उनैले बोलिरहेको जस्तो आवाज आइरहन्थ्यो ।

ओरिएन्टेसन प्रोगाम बिहान सात बजे थियो । म साढेँ छ नहुदै कलेज पुगेको थिए । आर्याले हिजै आफु अलि ढिलो आउने बताएकी थिई । म स्टेजको एक छेउमा श्याम सरसँग साउन्ड सिस्ट मिलाउदै बसेको थिए । मैले आर्यालाई भिडहरुमा खोजे । त्यहाँ नभेटिएपछि मेरो  नजर ढोकामा गएर अडियो । ढोकाबाट एउटी परी कलेजको सेतो टि-सर्ट र निलो जिन्स प्यान्टमा हात हल्लाउदै भित्र छिरी । त्यो परी आर्या थिई । उसको इन्ट्रिले मलाई हाम्रो पहिलो भेटको याद दिलाई रहेको थियो । त्यो दिन पनि आर्या यस्तै ड्रेसअपमा थिई । सब कुरा उस्तै थिए तर अहिले झरी परेको थिएन ।

आर्या स्टेज अगाडीको एउटा खाली कुर्सीमा नबसुन्जेल मेरो आँखा उनिबाट हटेको थिएन । एकोहोरो उनैलाइ मात्र हेरेको देखेर श्याम सरले मलाई जिस्काउन थाल्नु भयो । “कलेज आएको फहिलो दिनमै यसरी के हेर्नुभएको आयुष सर। दुई वर्ष पुरै छ त ।” श्यास सरको कुराले लाज लाग्यो । लाज, आर्यालाई हेरेर जिस्काएकोमा होइन, मलाई सर भनेकोमा । यो कलेजको नियम नै थियो ल्याब, लाईब्रेरीमा, रिसेप्शन जहाँ काम गर्ने जो भएपनि सर म्याम नै भन्नु पर्थ्यो । यसरी आफुलाई पढाउनु भएको सरले आफैलाई सर भन्दा कस्लाई लाज नलाग्ला र।

प्रोगाम तीन घन्टासम्म चल्यो । घर फर्कनु भन्दा अघि सबैलाई कलेजले खाजा नास्ताको वेबस्था गरेको थियो । म स्टेजमै थिए । पछाडीबाट कसैले काधँमा हात राखेर बोलाएजस्तो लाग्यो । आर्या रैछ । उसलाई एक्लै लाईनमा उभिएर नास्ता लिन अड लागेछ । त्यसैले उनी मलाई खोज्दै आएकी थिईन । उनलाई क्यान्टिनको वल्लो छेउको टेवलमा राखेर म क्यान्टिन भित्र छिरे । निस्कदा हातमा दुईवटा प्लेट थिए । आज पहिले पटक आर्यासँग सँगै बसेर खादै थिए । मेरो मनमा शङ्का लागिरहेको थियो कतै सर म्यामले त देखिरहनु भएको छैन भन्ने । मायाँको अगाडी यस्ता साना तिना डर,लाजलाई जित्न सक्नु पर्नै रैछ ।

 घर फर्कने बेला हामी बालाजुसम्म सँगै आयौ। भोलिबाट कलेज सुरूहुदै थियो अनि हाम्रो नियमित भेटघाट । उनी बालाजु झरेर औधोगिग क्षेत्रतिर लागीन म नयाँ बजार तिर।

कलेजका दिनहरु बिस्तारै बित्दै थिए । कलेजको सबभन्दा माथील्लो तलामा ल्याब थियो । हाम्रो फिजिक्स ल्याब बायो र केमेस्ट्रिको ल्याबको बिचमा थियो । तिनै वटा ल्याबमा सधै प्राक्टिकलहरू भई राख्थे । आफु पढ्दा हप्तामा दुई तिन चोटी मात्र ल्याबमा गइन्थो तर अहिले त एघार बाह्रको दशवटा सेक्सनको प्राक्टिकलले पुरा दिन खाइदिन्थ्यो । बिहान देखि बेलुका सम्म एउटै सामानहरु दराजबाट झिक, फेरी त्यहि राख, प्रक्टिकल फाईल चेक गर, क्याक्कुलेसन गर्न सिकाउ । बेलुका घर फर्कने बेला म थाकेर लखतरान बनिसकेको हुन्थे । 

आर्या कलेजको गेट अगाडी गाडी कुरेर जस्तो गरेर बसिरहन्थिन । वास्तबमा उनी मलाई कुरीरहेकी हुन्थिन तर हामी एक अर्कालाई नदेखेको जस्तो गरेर एउटै गाडीमा चढ्थ्यौ र फरक फरक सिटमा बस्थ्यौ । यसो गर्दा गाडीमा हुने हाम्रै कलेजका अरू स्टुडेन्टहरुलाई हामी माथि सक हुदैनथ्यो । बसपार्क कटेपछि लगभग हामीले चिनेका सबै जना झरी सकेका हुन्थे अनि हामी पछाडीको सिट छानेर सँगै बस्थ्यौ । बसपार्क देखी बालाजुको दुरी पाँच मिनेटको मात्र भएपनि आर्यासँगको साथले बेग्लै खुसि मिल्थ्यो । म त्यो पाँच मिनेटको खुसी सँग पनि सन्तुष्ट थिए ।

हप्तामा एक दुई पटक मात्र उनको फिजिक्सको प्राक्ट्रिकल हुन्थ्यो । उनको ग्रुपमा तीन जना केटीहरू र दुईजना केटाहरू थिए । जब आर्य ल्याबमा आउथिन् तब मेरो मुटुको घड्कन एक्कासि बढेर आउथ्योँ । सकेसम्म म आफ्नो मनको भावनालाई लुकाउने कोसिस गर्थे । आर्या भन्ने गर्थी, मेरा आँखाहरू एकदम एक्प्रेसिप छन् । जो कोहीले पनि मेरो आँखाको भाका सजिल्लै पढ्न सक्छ रे । यस्तोमा मेरो आँखामा आर्या प्रति छचल्लकिएको माँया अरु कसैले थाहा पाए हामी दुबैलाई नराम्रो हुनसक्थ्यो । त्यहि भएर म सकेसम्म अरुसँग बोल्दा नजर झुकाएर मात्र बोल्ने गर्थे ।

आर्या एकदम चुलबुले थिई अनि चकचके पनि । केहि न केहीँ बदमासी नगरी उ बस्नै सक्दिन थिई । कैले यता, कैले उता दगुरी रहेकी हुन्थि । यस्तो लाग्थ्यो, फुलबारीमा पुतली निस्फिक्री उडिरहेकी छे । साथीहरु पनि उसको हर्कतले वाक्क दिक्क भइसकेका थिए । म स्टाफ रुममा पनि उसको कुराहरू सुनिरहेकी हुन्थे । बिशेष गरी उ केमेस्ट्री पिरियडमा बढी नै हल्ला गर्दी रहिछ । मैले उसको कुराहरू सुनेर पनि नसुनेझै गरिरहे र उसलाई पनि यो बारेमा कहिल्लै भनिन् । मलाई थाहा थियो यदि मैले देखेको र सुनेको सबैकुरा उसलाई भने पनि उसलाई केही फरक पर्दैन थियो । उ आफै भन्थी स्कुल लाईफमा होस्टलले मबाट जुन खुसी, स्वतन्त्रता खोसेको छ, त्यो म कलेज लाईफमा पुरा गर्न चाहान्छु । मलाई त उ खुसि भएको देख्नु थियो बस् ।

म आर्यालाइ कति सम्झाउथे कि ल्याबमा हुदा मलाई धेरै घुरेर नहेर, सरहरूले थाहा पाउन सक्नु हुन्छ भन्थे । तर उ के मान्थी, जति बेला पनि केहि न केही बहानामा मलाई बोलाईरहन्थी । एउटै कुरा बारम्बार सिकाउदा पनि उ नबुझेको जस्तो गर्थी । म रिसाएर अर्को ग्रुपतिर सिकाउन गएभने उ सरसँग मेरो कम्प्लेन गर्न पुगी हाल्थी । म विवश भएर हारेको अनुहार बनाएर उनिहरुको ग्रुपमा फर्कन्थे। अनि उनिहरू एक आपसमा खुसखुस हास्थेँ ।

पछि त अति नै हुन थाल्यो । उ मलाई देखेपछि बच्चा जस्तो ब्यवाहर देखाउन थाली । त्यसपछि त एकदुई चोटी सिकाउदा पनि जानिन वा क्याल्कुलेसन गर्न बिगारी भने स्केलले उसको टाउकोमा हानिदिन्थे, कैले हातमा चिमोटिदिन्थे । उसलाई जति रिसाएर गालि गरेपनि माँया गरेको जस्तो पो सम्झन्थी । रिसको बदलामा उ मेरो हातभरी कोरिदिन्थी ।

बेला बेला निशाको म्यासेजहरु आउथ्यो । सामान्य हाई हेल्लो भन्दा धेरै दोहोरो कुराहरू कहिल्लै भएनन् । आर्यालाई मेरो पास्टको बारेमा कुनैपनि कुराहरू लुकाएको थिईन । सन्ध्याको बारेमा सबै कुरा भनिदिएको थिए तर स्वयमं आर्यालाई माया गर्छु भनेर चाँहि भन्न सकेको थिईन । आर्याले नै आफै भनेकी थिई म हजुरको सबभन्दा प्रिय साथी बन्छु भनेर । मैले पनि उनलाई तिमी असल साथी होईन मेरी प्रेमीका बन भनेर भन्नै सकिन । मुटु भित्र माया जति नै भएपनि आफ्नो मान्छेको अगाडी निकालेर देखाउन गाह्रै हुने रहेछ । आर्याले मलाई एउटा बेस्ट फेण्डलाई भन्दा बढी माया र बिस्वास गरेकी थिई । म आर्यासँग यस्तो सम्बन्धमा थिए जुन बेस्ट फ्रेण्ड भन्दा धेरै माथी थियो तर  प्रेमीको दर्जा पाईसकेको थिएन । म खुसी थिए आर्यासँग ।

बिहान म पढ्न त्रि-चन्द्र कलेज जान्थे र दिउँसो जब गर्न आफ्नो कलेज । कहिलेकाहीँ कलेजमा काम विशेषले बेलुका अबेर सम्म बस्नु पर्थ्यो । त्यस्तो दिन पहिल्लै उसलाई खबर गर्नु पर्थ्यो मैले । यो उसैले बनाएको नियम थियो । हामीले कलेजमा हुदाँ एकअर्कालाई इग्नोर गर्ने र सकेसम्म फर्मल हुने नियम पनि बनायौँ  । दुईचार दिन नचिनेको जस्तो पनि गर्थौ । कहिले काँही मैले अलि बढी नै ईग्नोर गरिदिन्थे । उसलाई त लाग्दो रैछ की मैले साँञ्चिकै उसलाई इग्नोर गरिरहेको छु । त्यस रात मैले उसको गाली र आशु दुबै खानु पर्थ्यो । उ आधा रात सम्म पनि फोनमा बच्चा जसरी रोएर बसिदिन्थी । उसलाई बल्लतल्ल फकाएपछी मैले भोलिपल्ट केहि न केही गिफ्ट दिनै पर्थ्यो र माफि पनि माग्नु पर्थ्यो ।

 

प्रि-बोर्ड एक्जाम चलिरहेको थियो । उ पढाईमा राम्री छे भन्ने त थाहा थियो तर एघारको साइन्स पास गर्न तेति सजिलो थिएन जति स्कुलको एक्जाममा हुने गर्थ्यो  । उ डराईरहेकी थिई । मैले उसलाई के सहयोग गर्न सक्थे र । आखिर एक्जाम लेख्नु त उसैलाई थियो । एक्जामाको प्रेसरले होला हाम्रो कुराहरू पनि कम हुदैथियो । उ कुरा गरिरहन चाहान्थी तर म नै उसलाई पढ्न प्रेसर गरिरहन्थे । उसले एक्जाम राम्रै भा’छ भनेर मलाई भन्थी तर मैले उसको कुरामा बिस्वास गर्नै सकिन । जब रिजल्ट आयो म त छक्क परे । उ सबै सब्जेक्टमा पास भई तर  फिजिक्स लागेछ । अब त्यसको रि-एक्जाम नदिए बोर्ड एक्जाम दिन पाईदैन थियो ।

एक बिहान म कलेज जान निस्किएको थिए, मेरो मोबाईलमा नचिनेको नम्बरबाट फोन आयो । फोनमा एकजना बुढो मानिस बोलिरहेका थिए । उनले त सुरुमै मलाई मेरो नामले नै बोलाए । कसरी मलाइ चिने होलान त ? म अलमलमा परे । त्यसपछि उनैले मेरो घर, गाँउ र बाबा आमाको बारेमा सोधीखोजी गरे । तेति मिठो सँग बिलिरहेको मान्छेसँग  नमिठो बोल्नै सकिन् । उनले जे-जे कुराहरु सोधे सबैकुरा सहि सहि बताईदिए । आधा घन्टाको कुराकानी पछि मात्र आफुले फोन गर्नुको रहस्य खोले । उनको एकजना नातिनि रैछिन् जसलाई मैले टिउसन पढाउनु पर्ने थियो । “मैले कुन लेभल, कति समय पढाउनु पर्ने हो” भनेर सोध्दा उनले यतिमात्र भने “भरे बालाजु हाईट घरमै आउनु, बसेर कुरा गरौला ।”

बुढाले फोनमा भने अनुसार बेलुका तिर बालाजु हाईट पुगे । उनले भनेको जस्तै सेतो कलरको घर खोज्नु थियो मैले । बल्लतल्ल एउटा घर भेटे र डोर बेल बजाए । वास्तबमा मलाई टिउसन पढाउन मन थिएन । आफैँ नम्बर खोजेर फोन गरेपछी कमसेकम घरमै पुगेर आफुले पढाउन नसक्ने कुरा गर्न आएको थिए म । केही बेरमा एकजना अधबैसे महिलाले ढोका खोलिन । मैले नमस्कार गरे । उनले अलि असजिलो माने जसरी मेरो नमस्कार फर्काईन । सायद उनि घरमा काम गर्ने दिदि थिईन होला । म भित्र गए, बुढा हलमा बसेर मेरै पर्खाईमा चिया पिउदै रैछन । ढोका बाट भित्र छिर्दा घरलाई सरसर्ति हेरेको थिए । घर भव्य थियो र ज्यादै मेहेनत गरेर सजाइएको थियो । यो घरको फस्ट इम्प्रेशनले मेरो “नो” भन्ने उत्तरलाई अब पचास प्रतिशतमा झारिदिएको थियो ।

बुढाले आफु अघिको सोफामा बस्न लगाए । सानो किस्तिमा ढोका खोल्ने दिदिले दुधचिया टक्राउनु भयो । चिया पिईसकेपछि बल्ल बुढाले आफ्नो कुरा सुरू गरे । छोरा बुहारी अमेरीकामा रहेछन् । आफु यता सरकारी जागिरबाट अबकाश पाएर बसेका रहेछन् । मैले उनको नातिनीलाई पढाउनु पर्ने रहेछ जो एघारमा साईन्स पढछिन् रे । मलाई आर्याको याद आयो । कतै यो घर आर्याको त होईन । चारै तिर नजर डुलाए तर मेरो शङ्कालाई प्रमाणित गर्ने त्यस्तो कुनै सबुत थिएन त्यहाँ न त बुढाकी नतिनीनै देखिएकी थिईन । मैले धेरै बेर आँखा यता उता डुलाएको देखेर उनि आफैले भने, “नातिनी माथि कोठामा पढिरहेकी छे” ।

 मेरो आँखाको भाव उनले बुझिहाले । आर्या ठिकै भन्थी मेरो आँखामा केहि लुक्दैन भनेर , हो रहेछ । मैले आफुलाई सक्दो स्वभाबिक बनाउने  कोसिस गरे ।

मैले हरेक दिन एक घन्टा पढाउनु पर्ने थियो बदलामा राम्रै पैसा दिने कुरा गरे । बुढाको कुरा गराई र व्यबाहरले मलाई हुन्छ भनु भनु लागेको थियो तर एकछिन आफुलाई सोच्ने समय दिए । मेरो अलमल देखेर उनले आफै भने, “ अहिल्लै डिसिजन गर्नु पर्दैन । एक चोटी नातिनीको पढाई पनि हेर्नुस । के कति मेहनत गर्नु पर्ने देखिन्छ त्यहि अनुसारको पैसा पनि थपिदिउला ।” अब अरु कुरा के भन्न बाँकि थियो र । मैले सहमतिमा टाउको हल्लाए ।

उनले हातको ईशाराले नातीनिको रुम देखाईदिए । म डराई डराई भर्याङ ऊक्लदै थिए । भरे आर्यालाई के भनेर सम्झाउने होला । उ जस्तै कोहि अर्की केटीको घरमै टिउसन पढाउन गएको उसले कस्तो मान्ली ? दोधार मन बोकेर बुढाको नातिनिको ढोका ढक्कढक्क गरे । भित्रबाट कसैको “ढोका खुल्लै छ , आउदा हुन्छ” भन्ने सुरीलो आवाजमा आयो । आधारातमा कसैको घरमा चोर्न छिरेको जसरी  कोठामा लुसुक्क छिरे । कोठाको दृश्यले म आफु कहाँ छु भन्ने छुट्याउनै सकिन । मेरो शरीरमा एकैचोटी हजारौँ बारुलाले टोके जसरी झमझमाई रह्यो ।  मुख खुलेर आः भईरह्यो । मेरो अगाडी आर्या शर्मा मुस्कुराउदै उभिरहेकी थिई । उसले मलाई हग गर्न आफ्नो दुबै हात अगाडी बढाएकी थिइ । त्यहिबेला झ्यालबाट आएको हावाले ढोका ड्याम्म लगाईदियो ।

No comments:

Post a Comment