कोभिड-१९ ( कोरोना भाइरस ) संक्रमणको चेन ब्रेक गर्न सरकारले जेष्ठ दोस्रो साता सम्म उपत्यका भित्र निशेधाज्ञा लगाएको छ । अहिलेको अवस्थामा जसरी कोरोना संक्रमित हुनेहरुको संख्या र मृत्युदर बढिरहेको छ, यो अधोसित लकडाउन अझ कडाइको साथ लम्बिने छ र यो केहि हदसम्म आवश्यक पनि छ । बिध्यालय तथा बिश्व बिध्यालयका पुर्बनिर्धारित परिक्षाहरु अर्को सुचना नभएसम्मलाई स्थगित गरिएको छ । पठनपाठनलाई निरन्तरता दिनलाई र पाठ्यक्रमलाइ निर्धारित समयमा सपन्न गर्न सजिलो होस् भनेर भर्चुयल सिकाईको माध्यमबाट विभिन्न कलेज तथा स्कुलहरुले अनलाईन कक्षाहरु सञ्चालन गरिरहेका छन् । अहिलेको विसंम परिस्थितिमा सुरक्षित रहि, नविनतम् प्रविधि अपनाएर सिक्ने सिकाउने प्रकृयामा इन्टरनेट, स्मार्टफोनको प्रयोग अपरिहार्य नै रहेको छ ।
कलिला बाल-बालिकाहरुलाई लामो समयसम्म स्मार्ट फोन, कम्प्युटरको स्क्रिन अगाडि राख्दा र इन्टरनेटको पहुँचमा छोड्दा हुन सक्ने नकरात्मक असरहरुलाई पनि नजरअन्दाज गर्नु हुदैन् । जसरी टि.भि, डेक्सटप हुदै स्मार्टफोनमा आउदा स्क्रिनको साईज सानो हुदै गयो हाम्रो ‘स्क्रिन टाईम’ पनि बढ्दै गएको छ । सानो स्क्रिनमा लामो समयसम्म निहुँरिएर हेरिरहदा र त्यसबाट निस्कने प्रकास (ब्लु लाईट)ले आँखाको रेटिना, मस्तिष्कको स्मरण क्षमता र चर्को दबाब परेको देखिन्छ । अमेरिकामा हाल २७-३५% जनसँख्यामा स्मार्ट फोन तथा डिजिटल स्क्रिनबाट निस्कने प्रकासले आँखामा असर परेको देखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले छोटो समयमा धेरै जानाकारीहरु एकैसाथ मस्तिष्कले ग्रहण गर्दा बालबालिकाहरुमा स्मरण शक्त्तिमा कमि आउने, स-साना कुरामा झर्कने र स्वाभाबिक व्यबाहारमा परिबर्तन आउनुको साथै थुप्रै मनोबैज्ञानिक जटिलता पनि देखिएको छ ।
कोरोना कहरको एकबर्ष भन्दा लामो समयमा संसार भर इन्टरनेटको प्रयोग र विधुतिय उपकरणहरुको बिक्रि पनि ह्वात्तै बढेको छ । संसारभर अहिले एक्टिभ इन्टरनेट प्रयोगकर्ता ४.६६ बिलियन रहेका छन् जुन कुल जनसंख्याको ५९.५ % हो । अहिलेको समयमा ४.३२बिलियन जनसँख्याले मोबाइल फोनबाट इन्टरनेट चलाउछन भने ४.२ बिलियन जनसँख्याले सामाजिक संजाल प्रयोग गर्छन । नेपालमा पनि स्मार्ट फोन प्रयोगकर्ताको संख्या सन् २०२५ सम्ममा २३ मिलियन पुग्ने प्रक्षेषण गरिएको छ ।
हरेक दिन फेसबुक, इन्स्टा , ट्विटर, टिक-टक, यु-टुब लगायतमा अपलोडहुने सामाग्रिहरु पनि बढिरहरका छन् । प्रत्येक हरेक मिनेटमा इन्टरनेटमा हुने गतिबिधिलाइ तलको तालिकाले पनि प्रस्ट पारेको छ।
समाजिक सञ्जालमा हाम्रो समय र क्रियाकलाप बढेसँगै अनलाईन सम्बन्धि विभिन्न अपराधिक घटनाहरु पनि बढिरहेका छन् । नेपालमा ०६६/०६७ मा साईबर अपराधमा अनुसन्धान भई अदालतमा मुद्दा परेको संख्या तल तालिकामा दिएको छ ।
छिमेकी मुलुक भारतमा साइबर अपराधका घटनाहरु २०१७ मा २१,७९६ , २०१८ मा २७,२४८ र २०१९ मा ४४,५४६ पुगेको थियो जुन भयबह अबस्था हो । सन् २०२०/२०२१ मा यो सँख्या अझ बढेर जाने देखिन्छ ।
(स्रोत: statista)
यस्ता साइबर अपराधहरुबाट किशोर अबस्थाका बालबालिकाहरु बढि पिढित छन् भने केही घटनाहरुमा उनिहरुकै सग्लङ्घता पनि रहेको पाइएको छ । म्यासेन्जर, भाइभरमा आफुले भर्दै नभरेका चिठ्ठाहरु परेको, पुरस्कारमा लाखौँ मुल्य पर्ने सामानहरु जितेको र भन्सार तिर्ने पैसा पठाईदिए सामान पठाइदिने सम्मको ठगिहरु बढिरहेका छन् । विशेषगरी किशोरीहरुलाई अनलाईन माघ्यमबाट अश्लिल गालिहरु गर्ने, धम्कि दिने र व्यक्तिगत सामाग्रिहरु इन्टरनेटबाट प्रकाशन गरिदिने गरेको पाइएको छ । यस्ता अपराधिक कार्यहरुमा अन्जान व्यक्तिहरुबाट हुने भन्दा पनि नजिका साथिभाई वा चिनेजानेकाहरुबाट बढि हुने गरेको छ । नेपालमा साईबर अपराध र साईबर सुरछा सम्बन्धि छुटै कानुन नबनेपनि यस सम्बन्धि अपराधिक गतिबिधिहरू बिधुतिय कारोबार एन २०६३ परिछेद ९ अनुसार अनुसन्धान तथा कारबाहि हुने गर्दछ ।
लामो समयसम्म घर भित्र बसिरहदा र सामाजिक सञ्जालबाट टाढा रहनको लागि आफु लगायत आफ्ना नानिबाबुहरुलाई जुनकुनै रचनात्मक काममा सहभागि गराउनु पर्दछ जस्तो कि चित्रकला गर्ने, सन्देशमुलक फिल्महरु हेर्ने, राम्रा आख्यानका किताबहरु पढ्ने, नियमित डायरी लेख्ने तथा भान्साकोठामा पाककला सिक्ने । “ खालि दिमाग सैतानको वास ” भन्छन् त्यसैले मनलाई, मस्तिष्कलाई उत्पादन मुलक कुराहरुमा भुलाईराख्नु पर्छ जसले गर्दा शारिरीक र मानसिक कसरत पनि हुने गर्दछ ।
अहिलेको महामारीलाई जित्न, परिवार, समाज र राष्ट्रलाई स्वास्थ बनाईराख्न पनि हामी सबैले आफैसँग एउटा सर्त लगायौँ कि जब सम्म यो महामारीको प्रकोप राष्ट्रमा रहिरहन्छ र सरकारले बिस्वासिलो स्वास्थ्य बिकल्प अपनाऊछ तब सम्म आफु र आफ्ना परिवारलाई सुरचित राख्ने कोसिस गरौँ र संक्रमण रोक्नमा सहयोग गरौँ ।
No comments:
Post a Comment