"आयु"
सबै कुराको निश्चित आयु हुन्छ।
सुखको
दुखको
हाँसोको
रुवाईको
मिलनको
विछोडको
प्रेमको
जीवनको
अमर त यँहा मृत्यु मात्र हो।
"खुसी"
उ खुसीहरु खोज्दै
मन्दिर तिर भौतारियो
म जंगल तिर
बर्षौ पछि भेट्दा
उसले ढुगांमा भगवान भेट्यो
मैले आफुलाई नै बिर्सिए।
"म फगत मान्छे "
म आफै संग हारेको मान्छे
भिडहरुमा छुटेको मान्छे
एकान्तले बिझाएको मान्छे
म यस्तो मान्छे
जो, जुनको सितलता र
फुलको सुगन्धले आत्तिएको मान्छे
आखिर हामी सबै मान्छे
फगत एक मान्छे ।
"भाग्य"
मान्छेहरु आफ्नै चाहाना ,
आवश्यकता
र रहरहरुको गुलाम भा'छन
सुख
खुसी
र सन्तुष्टि त भाग्यको कुरा न हो ।
No comments:
Post a Comment