Wednesday, July 20, 2022

JHARI: New Nepali Novel ‘ झरी ’ प्रदिप देवकोटा ‘मुसाफिर’

"झरी" Part 8

मेरो मुटु जोड जोडले धड्किन थाल्यो । आँखा अगाडीको दृश्य धमिलो हुन थाल्यो । मेरो देब्रे छातिमा सास अड्किए जस्तो भयो । 



आर्या औपचारिक रुपमै मेरो गर्लफ्रेण्ड बनिसकेकी थिई । हाम्रो सम्बन्ध पनि फेरीएको थियो । अब हामी बेस्टफ्रेण्डबाट कप्पल (couple) भएका थियौ । आर्यामाथि मेरो हक बढेको थियो । उनले पनि मलाई तपाई हजुरबाट तिमी र तँ मा झारेकी थिई । कहिलेकाही कलेजमै पनि “ ओई आयुष यो सिकाईदेउ त” भन्थी । एकछिन पछि आफुले गाल्ति गरेको थाहा पाउथी र लाजले टाउको निहुर्याउथि ।  धन्न उसको ग्रुपमा एउटा केटा साथीको नाम पनि आयुष थियो र उ बँचि । बिचरा आयुष,आर्याले जे-जे भन्छे सबै मानिरहन्थ्यो ।  मेरो कारणले उसले दुःख पाएको हेर्न मज्जा लाग्थ्यो मलाई ।

मैले फेसबुकमा रिलेशनसिप  स्टाटसमा “ईन लभ उईथ ए (in love with A) राखेको थिए । धेरै कर गरेपछि आफ्नो प्रोफाईलको कभर फोटोमा मैले आर्याको ब्याल्क एण्ड ह्वाईट फोटो राखेको थिए जसमा उनको शरीरको पछाडी भाग मात्र देखिन्थ्यो । यो फोटो आर्याकै हो भन्ने केबल हामी दुईलाई मात्र थाहा थियो । मैले कभर फोटो राखेको साझ निशाले म्यासेज गरी । दायाँ बाँया कुरा नसोधि सिधै “को हो त्यो ‘ए’ भन्ने केटी भनेर सोधि । उसलाई मेरो र सन्ध्याको बारेमा सबै कुरा थाहा थियो तर आर्या सँगको सम्न्धको बारेमा थाहा थिएन। निशा सन्ध्याको कजन सिस्टर थिई । हामीहरू एउटै स्कुलमा सँगै पढेका थियौ । उसलाई म के जबाफ दिऊ । म अलमलमा परे । सायद गल्ति मेरो थियो होला, मैले यति चाढैँ सन्ध्यालाई बिर्सन हुदैनथ्यो । उनलाई मैले साञ्चिकै चोखो माँया गरेको थिए भने फेरी अर्की केटी सँग म कसरी खुसी हुन सक्थे र । उसले मलाई खुब गाली गरी , सन्ध्यालाई धोका मैले नै दिएको जसरी । उसलाई त सब वास्तबिकता थाहा थियो नि, सन्ध्याले मलाई छोडी कोट म्यारिज गरेर बिदेश गएकी थिईन । यसमा मैले कसरी धोका दिए उसलाई, मैले बुझ्न सकिन ।

दसै तिहारमा कलेज एक महिना बिदा हुन्थ्यो । म गाँऊमा आफ्नो परिवार सम्म रमाईरहेको थिए । फोनमा आर्याले आफ्नो बाबा मम्मी अमेरीकाबाट आउनुभएको कुरा पनि सुनाएकी थिई । उ यति घेरै खुसी भएकी थिईकी मेरो हलखबर पनि नसोधी उसले फोन काटी दिई । बेला बेला मैले नै उसलाई फोन गर्थे, एक दुई मिनेट बोलेर फोन राकी दिन्थी । उ कहिले बाबा मम्मीसँग सपिङ हुन्थि, कहिले साथिहरूसँग फिल्म हलमा । चाडपर्वको बेला, रमाइलो माहोलमा भुलिरहेकी होलि भनेर मैले पनि पछि त फोन गर्न छाडिदिए । उसले पनि सम्झेर फोन गरिन ।

मंसिरको पहिलो हप्ताबाट कलेज सुरू भयो । कलेजमा हाम्रो भेट मुस्किलले हुन्थ्यो । यदि भईहाल्यो भने पनि उ साथीहरूसँग हुन्थी, खासै बोल्न पाइरहेको थिईन । फेसबुक उसले डि-याक्टिभेट गरिसेकेकी थिई । पढाईमा माईन्ड कन्सनट्रेशन गर्न सजिलो होस् भनेर उ सोसल मिडियाबाट टाढा भएकी थिई । बोल्न मन लाग्दा फोन गर भन्थी । छुट्टीको दिन मुस्किलले भेट हुन्थ्यो । उ सधै आफ्नो अमेरीका जाने प्लान सुनाउथी । बाबा मम्मीले पनि उतै आएर पढ्न कर गरी रहनु भएको थियो रे । नेपालमा फ्युचर छैन, जति नै राम्रो पढेपनि भनेको जस्तो जब पाईदैन । त्यसैले बाह्र सक्ने बित्तिकै अमेरीका आईज भन्नु भएको कुरा बारम्बार सुनाई रहन्थी । उसको हरेक शब्दमा अमेरीका अमेरीका बाहेक अरू केही थिएन ।

मैले धेरै चोटी सम्झाउने कोसिस गरे । नेपालमा बसौँ, यहाँ फ्युचर नभए नयाँ अप्सन खोजी गर्नुपर्छ, आफ्नै देशलाई मायाँ गर्नु पर्छ भनिरहन्थे । मैले उसको हजुरबुबाले देखेको सपनाको पनि कुरा गरे । उहाँ पनि नातिनीलाई नेपालमै बिहे गराएर एक सक्सेसफुल बिजनेस उमन बनाउन चाहानुहुन्थ्यो । उसले त हजुरबुबालाई पनि सम्झाई सकिछ। चार वर्षको लागी मात्र जान लागेको हो, त्यसपछि नेपलनै फर्किहाल्छु नि भनेर झुट बोलिकी थिई । आर्याको फेरी नेपाल फर्कने सम्भावना जिरो प्रतिशत थियो । त्यो मलाई मात्र थाहा थियो ।

अब बिस्तारै आर्यासँगको दुरी बढ्दै जान थालेको महसुस भयो । उसको बाह्रको फाइनल परिक्षापनि नजिकिदै थियो । यसपालि को एक्जाममा पनि ‘म टिउसन पढाउन आऊ’ भनेर सोधेको थिए । उसले त सरासर मनाही गर्दिई । “तिमीसँगै भएभने त मैले पढेको पनि बिर्सन्छु । भो तिमी नआउ, नजानेको कुरा म फोनबाटै सोध्छु तिमीलाई ।” उसले परिक्षा भरी एक कल फोन पनि गरिन, मैले पनि फोन गर्ने आवश्यक ठानिन ।

परिक्षा सकिएको तेस्रो दिन बल्ल उसको फोन आयो । उसलाई बागबजारको एउटा ईन्सिच्युट जानु पर्ने रैछ । साथिसँग बाईक मागेर म उनको घरमा पुगे । उनि गेट बाहिरै रहिछिन्, सायद धेरै हतारमा थिईन होला । मैले पनि बेलुका फर्कदा पसौला भनेर उनलाई पछाडीको सिटमा राखेर बागबजार तिर हानिए । त्यसपछि हामी लगनखेल गयौँ, उनको केही साथिहरूलाई भेट्न । उनले आफ्नो लागि सपिङ पनि गरिन । उनको सबै काम सकिएपछि हामी घर फर्कियौ । आर्याले कति खेर ‘भित्र जाउ न’ भन्छिन्  भनेर कुरीरहेको थिए, उनले त “मलाई साह्रै थकाई लागेको छ, अहिले रेस्ट गर्छु, बेलुका कुरा गर्छु नि हई, बाई !” भनेर भित्र पसिन । म त एकछिन हेरेको हेरै भए । आज सम्म आर्याको घरको गेटमा पुगेर कहिल्लै भित्र नपसि, हजुरबालाई नभेटी फर्किएको थिईन । आज फस्ट टाईम मलाई आर्याले ईग्नोर गरेको महसुस भयो ।

घरमा आएपछि मोबाइल धेरै पटक चेक गरिरहे । कतै आर्याको कल, म्यासेज केही आएको छ कि भनेर । अहः राति आठ बजेसम्म पनि मेरो मोबाईलको घन्टी एकचोटी पनि बजेन । खाना खाएर सुत्न ठिक्क परेको बेला, निशाको फोन आयो । म आर्याको बारेमा खै के के सोचिरहेको थिए, निशाले “के छ ? खाना खायौँ” भनेर सोध्दा “खाएको छैन, तिमीले नै आएर खुवाईदेउ न आर्या” भनिहेको रहेछु । निशाले “आयुष, म निशा बोलेको” भन्दा पो म झस्किए । मलाई ‘तिम्रो गर्लफ्रेण्डको नाम के हो’ भनन भनेर हैरान पारेकी थिई , आज त मेरै मुखबाट फुत्कियो ।

“ त्यो ‘ए’ (A) भनेकी केटी आर्या पो हो । कहिले देखिको चलिराछ लभ अफेयर ?”

अब मैले झुट बोल्नुको केही मिनिङ थिएन । उसलाई आर्याको बारेमा धेर थोर बताउनै पर्यो । हाम्रो सम्न्धमा चिसो पस्न थालेको कुरा पनि उसलाई सुनाईदिए । निशा मलाई सम्झाउन हर कोसिस गरिरहेकी थिई । मलाई खासै कसैले सम्झाउन आवश्यक थिएन किनकी यो पहिलो पटक थिएन । मैले सोझै भनिदिए, “मेरो कुरा थाहा पाएर तिमी दुःखी हुनु पर्दैन निशा, म आफुलाई समाल्न सक्छु । मलाई यस्तो पहिलो पटक भएको होईन । अब त बानि परिसक्यो । “मेरो कुरा सुनेर उसलाई के भयो थाहा छैन, मैले फोनमा उनले सुक्क सुक्क गरेको आवाज मात्र सुनिरहे ।   

 बागबजार गएको डेढ महिना पछि आर्या र म बसन्तपुर दरबार पुग्यौ । मान्छेहरूको भिडभाड यति धेरै थियो कि मलाई उकुसमुकुस भयो । उसले परवाको लागी चारा किनिन । उनले परेवालाई चारो छर्दै गरेको दर्जन भन्दा धेरै फोटोहरू खिचिदिए । उनि आज धेरै खुसि थिईन। धेरै पछि आज मैले आर्यालाई यसरी रमाएको देखेको थिए । मन्दिरको पटाङ्गिनिमा बसेर बदाम खाईरहदा फेरी उनले आफ्नो अमेरिका जाने डेट फिक्स भएको कुरा सुनाईन । मलाई त यहि उनको एक शब्द काफि थियो रुवाउनलाई । मैले उनको हात समातेर भने, “ तिमी मलाई एक्लै छोडेर कसरी जान सक्छौ, आर्या ?”

“ जानु त जसरी पनि पर्छ आयुष, मेरो परिवार उतै हुनुहुन्छ । घरकी एक्ली छोरी , मैले  मेरो बाबा मम्मीको पनि ख्याल राख्नु पर्छ , आफ्नो भबिष्य पनि हेर्नु छ । तिमीलाई कसले छोडेर जान लागेको छ र । तिमि त मेरो मुटुमा छौ, मेरो घड्कनमा छौ आयुष ।”

“हजुर बुबाको बारेमा केही सोचेकी छौ ? हनि तिमी गएपछि मेरो झन के हालत होला ? एकचोटी तिमीलाई माँया गर्नेहरुको बारेमा पनि सोच न आर्या ।”

“हजुरबुबा त दुईदिनको पाहुना हुनुहुन्छ । डाडाँमाथिको घाम न हो, कुन बेला अस्ताउने हुन् थाहै हुदैन । त्यसपछि त म जसरी पनि उतै जानु पर्छ । बाकिँ रह्यो कुरा हाम्रो प्रेमको । भौतिक रुपमा टाढा हुदैमा माँयामा कमि आउछ र ? हाम्रो माँया त्यति कम्जोर पनि छैन् ,लङ डिस्ट्यान्स रिलेशनसिप (long distance relationship) मा माँया झन बढेर जान्छ । यो दुईवर्ष त हामीले सँगसँगै बितायौँ, अबको बाँकी दुई वर्ष छुटिएर बिताउने कोसिस गर्यौ न । त्यसपछि तिमी मास्टर्स गर्न उतै अमेरीका आऊ । तिमी आउने बेला सम्म म बाबा मम्मीलाई हाम्रो रिलेशनको बारेमा सबै कुराहरु भन्छु, उहाँलाई कन्भिस गराउछुँ । एउटा कुरा चै सधै ख्याल गर, यदि हामी नेपालमा भयौ भनर हाम्रो बिहे हुने चान्स् धेरै कम छ ।”

मैले आफ्नो प्रेमको हतियार प्रयोग गर्दा पनि उसको फैसला बद्लिएन । उसको ठाऊमा आफुलाई राखि हेर, उनले जे कुरा भनेकी थिईन, सायद त्यो भन्दा राम्रो अप्सन अर्को हुनै सक्दैन्थ्यो । उनले सन्ध्याले जसरी छोडेर जान लागेकी त थिईनन् नि । उनि संसारको जुनसुकै ठाऊमा भएपनि मेरी प्रेमिका हुनेछिन् र हाम्रो माँया सधै उस्तै हुनेछ । बसन्तपुरको त्यो सम्बाद पछि, हाम्रो अगाडीको भबिष्य स्पष्ट थियो । त्यस दिन साझ उनलाइ घरमा पुर्याउन जाँदा मलाई घर भित्र जान निकै कर गरिरहेकी थिइन । तर किन हो मेरा खुट्टाहरु पाईला चाल्नै मानिरहेका थिएन । मेरो अनुहारमा आएको अस्वभाबिक परिवर्तनले आर्याले पनि धेरै कर गरिनन् किनकी उनलाई थाहा थियो मेरो मनमा के कुरा चलिरहेको छ भन्ने । त्यसदिन आर्याको घरलाई अन्तिम पटक हेरेर म फर्किए ।

समय बित्न कति बेर लाग्दो रहेछ र । हेर्दा हेर्दै आर्याको अमेरीका जाने दिन पनि आयो । आर्याले मालाई आफ्नो घरमै बोलाएकी थिईन ताकी एरपोर्ट सम्म भएपनि सँगै जान पाईयोस् भनेर । तर मलाइ उनको घर जान मन थिएन । उनि त्यो घरबाट दुलही अन्मिएको जसरी अन्मिएर टाढा बिरानो देशमा मलाई छोडेर जानलागेको दृश्य म कसरी हेँरू । म एरपोर्टमै हुन्छु, तिमी आउदै गर भने । म एरपोर्ट पुग्दा आर्या भित्र छिरिसकेकी थिईन । म जानी जानी घर बाट ढिलो निस्किएको थिए ताकी बिदाइको त्यो पिडादायक पल धेरै भोग्नु नपरोस भनेर ।

एरपोर्टमा आर्याको हजुर बुबा, मामा माईजु र कलेजका साथीहरू थिए । म उनिहरुको पछाडी छेकिएर बसेको थिए । सायद म त्यहाँ आएको आर्याले देखिनन् होला । म पनि यहि चाहान्थे, कमसेकम उनले यो देश छोडेर जाँदा मेरो दुखित अनुहार हेर्नु नपरोस् । नेपालको अन्तिम यादमा उनले केबल आफ्नो आफन्त र साथीहरूको हसिलो अनुहार मात्र सम्झिरहोस् भन्ने चाहन्थे म । केहीबेरमा उनी हामी सबैलाई बिदाई हात हल्लाउदै त्यहाबाट अलप भईन ।

एरपोर्टबाट घर फर्किए । आजको दिन मेरो लागी कालो दिन थियो । मैले मेरी प्रेमीकालाई आफूबाट टाढा पठाएको थिए । म भन्दा पनि धेरै त आज आकाश कालो भएको थियो । यसलाई पनि आर्यासँग छुट्टिन मञ्जुर थिएन होला । एकैछिनमा आकाश रुन थाल्यो त झरी बनेर आर्याको यादमा आशु  बगाउन थाल्यो ।

 झरी परेको दिन मैले आर्यालाई पहिलो पटक भेटेको थिए । आज आर्यसँग छुट्टुदा पनि झरी परीरहेछ । झरीमा आफुलाई भिजाउदै म धेरै रोए । आखिर मेरो माँयाले हारेको थियो आज । आर्यालाई जिन्दगीभर आफुसँगै राख्ने मेरो सपना सिसा जसरी फुटेको थियो । मेरो माँयाले आर्यालाई रोक्न सकेन, सायद मेरै मायामा कमि थियो होला ।

झरीमा भिज्दा एउटा फाईदा थियो । म रोएको कसैले देखेका  थिएनन् । म आर्यालाई आशुमा बगाएर उनिसँगको हरेक पलहरुलाई ताजा बनाउदै थिए । अकस्मात मोबाईलको घन्टी बज्यो । निशाले फोन गरेकी रहिछे । उसलाई मेरो अबस्थाको बारेमा राम्रो थाहा थियो, आर्यासँगको बिछोडले म छट्पटिरहेको छु भनेर उ मलाई सान्त्वना दिन फोन गरेकी थिई । जुन दिन देखि आर्या अमेरीका जान लागेको खबर सुनेकी थिई , त्यसदिन देखी आजसम्म उसले मलाई हरेक रात फोन गरेर सम्झाउने गर्थी । पिडा बाढ्न मिल्ने भए सायद उ मेरो पिडा आधा बाढेर लिन्थी होली । उसले हरेक चोटी एउटै कुरा बारम्बार भन्थी , “ आयुष, तिमी हरेस नखाउ, म तिम्रो साथमा छु ।” सायद निशाको यहि कुराले नै मलाई आर्यासँगको बिछोडको पिडा सहने साहास मिलेको थियो होला ।

निशाले मलाई सम्झाउने धेरै कोसिस गरिन । मलाई सम्झाउदा उनि आफै पनि रोइरहेकी थिईन । उनको लागी भएपनि आफु नर्मल भएको कुरा गरे । उनले हँसाउन केही जोक्स सुनाईन । मैले पनि हाँसेको जस्तो गरेर कृतिम हाँसो हाँसिदिए ।

फोन राख्नुभन्दा अगाडी निशाले भनेको कुराले मेरो होस उड्यो । उनले जे भनिरहेकी थिईन, के त्यो कुरा साँञ्चो थियो ? यदि उनको कुरालाई बिस्वास गर्ने हो भने त मैले आज सम्मको बिस्वास गरेका कुराहरु सब भ्रम हुने थियो । मेरो माँयाको परिभाषा नै झुटो साबित हुने थियो । मैले त आज सम्म सन्ध्या र आर्यालाई प्रेम गरेको थिए । मलाइ आफुले गरेको प्रेम र त्याग संसारको अरु कसैले गर्न सक्दैन जस्तो लाग्थ्यो । म गलत रहेछु । म भन्दा पनि लाखौँ गुणा माँया र त्याग गर्ने मान्छे त अरू कोही पो रहेछ ।

“आयुष, धेरै दिन देखी तिमीलाई एउटा कुरा भन्न खोजिरहेको थिए । अझ भनु न , बर्षौ अघी देखी तिमीलाई एउटा कुरा भन्नु थियो । तिमीले न मलाई भन्ने मौका दियौँ न मैले भन्ने हिम्मत नै गरे । आज तिमीलाई मेरो मनको कुरा भनिन भने सायद मैले यो जीवनमा कहिल्लै भन्न सक्ने छैन् । मलाई माफ गर आयुष, तिमीलाई म यस्तो हालतमा छोड्न सक्दिन । मैले यो कुरा तिमीलाई धेरै वर्ष पहिल्लै भनेको भए आज तिम्रो यस्तो हालत हुदैन थियो । 

तिमीले बिस्वास गर नगर, मेरो तिमी माथिको विस्बास कहिलै कमी हुने छैन । तिमीलाई पहिलो पटक भेट्दा देखी आज सम्मका यी कठोर आठ बर्ष मैले कसरी बिताए त्यो तिमीलाई पछि भन्ने छु । अहिलेलाई यति नै काफि छ, म तिमीलाई माँया गर्छु आयुष । तिमीलाई आठ वर्ष देखी एकोहोरो माँया गरिरहेको छु । बिन्त्ति छ आयुष, मेरो माँयालाई बुझिदेऊ । अब म तिमी विना एक पलपनि बाँच्न सक्दिन । प्लिज, मेरो माँयालाई एसेप्ट गरिदेऊ ।  आई लभ यु आयुष । आइ लभ यु सो मच् ।”

मेरो हातबाट मोबाईल झरीसकेको थियो । मेरो मुटु जोड जोडले धड्किन थाल्यो । आँखा अगाडीको दृश्य धमिलो हुन थाल्यो । मेरो देब्रे छातिमा सास अड्किए जस्तो भयो । मेरो शरीर चिसो हुन थाल्यो । म भुईतिर बिस्तारै ढल्दै थिए । झरी अझै परिरहेको थियो । मेरो श्वास रोकिनु भन्दा पहिले मेरो मुखबाट एउटै शब्द निस्कियो, “आई लभ यु निशा ।”

 

समाप्त

No comments:

Post a Comment