The Secret life of Walter Mitty
द सिक्रेट लाईफ अफ वाल्टर मिटी:
कहानीको सुरुमा एउटा घरमा वाल्टर मिटीलाई
देखाईन्छ जो एक ‘लाईफ’ नामक फोटो पत्रिकामा काम गर्छ । उ हरेक दिन आफ्नो बढ्दै
गइरहेको खर्चको हिसाब गरिरहन्छ । एउटा अनलाईन डेटिङ वेभ-साईटमा आफ्नो एकान्ट बनाउछ
किनकी उसको अफिसमा सँगै काम गर्ने सेरल मेल्होफ सँग नजिक हुन चाहँन्छ । सेरलले एक
महिना अघिमात्र त्यस कम्पनिमा ज्वाईन गरेकी हुन्छिन् । उ डेटिङ वेभसाईटबाट सेरललाई
मन पर्ने र मन नपर्नै कुराहरु पढ्छ । हिम्मत जुटाएर वेभसाइटमा उसले सेरललाई रिक्योस्ट
पठाउँछ । रिक्योस्ट सेन्ड हुदैन । पटक पटक
कोसिस गर्दा पनि उसको रिक्योस्ट सेन्ड णभएपछि उ दिक्क मान्छ । उसको एकाउन्टमा केही त्रुटी भएको हुन्छ र उ ल्यापटप बन्द गरेर त्यँहाबाट हिंड्छ ।
मेट्रो स्टेसनमा उ डेटिङ कम्पनीको कर्मचारीसँग
आफ्नो एकाउन्टको बारेमा बुझ्छ। उसको प्रोफाईल आधाआधि मात्र पुरा भएकोले रिक्योस्ट
सेन्ड गर्न नमिलेको थाहा पाऊँछ । त्यत्तिकैमा उसले कुकुर भुकेको आवज सुन्छ र हतार
हतार आवज आए तिर भाग्छ । दगुर्दै एउटा
बिल्डिङ भित्र हाम फालेर र कुकुरलाई बाहिर निकाल्छ । त्यो बिल्डिङमा केहि बेरमा
बिस्फोट हुन्छ । त्यो कुकुर सेरलको हुन्छ । आफ्नो कुकुर सकुशल पाएपछि सेरल खुसि
हुन्छिन र उसलाई धन्यबाद दिन्छिन् । त्यसपछि फेरी अर्को ठुलो बिस्फोटन हुन्छ र वाल्टर होसमा आऊछ । उसको छेउबाट मेट्रो ट्रेन
गईहेको हुन्छ । वास्तवमा त्यँहा कुनै बिस्फोट भएको हुदैन न त उसले सेरलको कुकुरलाई
नै बचाएको हुन्छ । यो सब एक भ्रम हुन्छ । वाल्टर दिनमा पनि सपना देख्ने गर्छ ।उ
एउटा डे-ड्रिमर हुन्छ । यो पनि उसको एउटा सपना थियो ।
आफिस पुग्नै वित्तिकै उसको भेट बहिनिसँग हुन्छ किनकी
आज वाल्टरको जन्मदिन हुन्छ । उसलाई मन पर्ने केक बोकेर उनी वाल्टरको अफिसमा आएकी
हुन्छिन जुन उसकी आमाले बनाएकी थिइन्। बहिनिलाई धन्यबाद भन्नुको साटो उ आमाको
राम्रो ख्याल गर्नु भनेर त्यहाँबाट जान्छ । लिफ्टमा चढेको बेला साथीहरूले कुरा
गरेको सुन्छ । अब उनिहरुको कम्पनीले पत्रिकालाई अनलाईनमा परिवर्तन गर्न खोजिको
हुन्छ । त्यहि पछाडी बसेको एक जना नयाँ मान्छे सँग उनिहरूको परिचय हुन्छ । त्यो
मान्छे कम्पनिको नयाँ बोस हुन्छ र उसलाई कम्पनि परिवर्तन गर्दा चाहिने आवश्यक
कामदारहरू छनौट गर्न पठाइएको हुन्छ । यसको मतलब कि वाल्टरको जागिर जाने निश्चित छ किनकी उ यस कम्पनिमा नेगेटिभ
एसेट म्यानेजरको रुपमा काम गरिरहेको हुन्छ । यानिकी जतिपनि पत्रिकामा छापिने फोटोहरु
छन् ति सबै फोटोहरुलाई उसको निगरानिमा धुलाउने गरिन्थ्यो । कम्पनिले पत्रिकालाई
अनलाईनमा लगेपछि उसको कामको आवश्यकता
हुनेछैन । यहि सोच्दै उ आफ्नो कोठामा जान्छ ।
उसको साथी हार्डिनाडले उसलाई बिहानै एउटा चिठि
आएको र उपहार पनि भएको कुरा सुनाउछ । उ त्यो चिठीलाई खोलेर हेर्छ । त्यो चिठी
प्रख्यात फोटोग्राफर सोन ओक्लोनको हुन्छ । सोन र वाल्टरले सँगै काम गरेको १६ बर्ष
भइसकेको हुन्छ तर पनि अहिले सम्म उनिहरुको भेट भनेएको हुदैन । सोनलाई पनि पत्रिका
बन्द हुन लागेको थाहा हुन्छ त्यसैले यसको आखिरी अङकमा आफ्नो २५औं फोटो छपाउन
सुझाउछ । गिफ्टको पोको खोलेर हेर्छ त्यहाँ एउटा छालाको पर्स हुन्छ जसको
बाहिरिपट्टी उसको कम्पनिको मोटो (लक्ष्य)लेखिएको हुन्छ । उसको साथी हार्डिनाडले
सोनले पठाएको सबै फोटोहरू खोलेर हेर्छ तर त्यहाँ २५औँ फोटो हुदैन् । उनिहरूलाई
यसबारेमा के भइरहेको छ भन्ने थाहा नहुदै अर्को एकजना साथिले माथि बोसले वाल्टरलाई
बोलाएको कुरा सुनाउछ । वाल्टर केहीपनि नभएको जस्तो गरेर मिटिङमा जान्छ । कम्पनिको
बोसले वाल्टरसँग सोनले पठाएको २५औं फोटो माग्छ किनकी सोनले पनि बिहानै टेलिग्राम
मार्फत आफ्नो २५औँ फोटो छपाउन भनेको हुन्छ । वाल्टरसँग उक्त फोटो हुदैन तर पनि उ
बोसलाई झुट बोल्छ की फोटोलाई धुलाउने काम हुदैछ भनेर र उ त्यहाँबाट जान्छ ।
बाहिर निस्कदा वाल्टरले सेरललाई देख्छ र बोल्ने मौका छोपेर उनिसँग सोनको ठेगाना माग्छ । सेरलले सोन कम्पनिको फोटोग्राफर भएपनि कम्पनी सँग उसको कुनै ठेगाना नभएको बताऊछिन्। वाल्टरको साथीले फोटोहरूलाई ल्याबमा चेक गर्दा एउटा कुरा थाहा हुन्छ । फोटो नम्बर २४ देखी २७ सम्मका फोटोहरु एकै दिन खिचिएको थियो । सबै फोटोहरूलाई धुलाएर हेर्छ तर कुनै क्लु निस्कदैन ।
लन्च टाइमामा वाल्टर फोटोहरुलाई राम्रो सँग
नियाली रहेको हुन्छ, त्यहि बेला सेरल आईपुछिन् । सेरलले उसलाई २५औँ फोटो देखाउन
अनुरोध गर्छिन । उसले नढाँटी सबै कुरा बाताउछ कि उ सँग त्यो २५औँ फोटो छैन् भनेर ।
त्यसैले सोनसँग जसरी पनि एक चोटि मिल्ने कुरा उ सेरललाई सुनाउछ । जाँदा जाँदै
सेरले ति सबै फोटोहरूलाई राम्रो सँग हेर्न र त्यसभित्र लुकेको क्लुलाई पत्ता
लगाउने सल्लाह दिन्छे ।
अर्को सिनमा यो देखाईन्छ कि वाल्टरको आमाको मनपर्ने
पियानो नयाँ अर्पारमेन्टमा फिट हुदैन जसले गर्दा उसलाई अर्को नयाँ अपार्मेन्ट लिनुपर्ने
हुन्छ । बहिनिले उसलाई जन्मदिनको उपहार स्वारुप बाल्यकालमा उसलाई सबभन्दा मनपर्नै
खेलौना दिन्छे जुन देखेर उ खुसि हुन्छ । सामानहरू प्याक गरिरहदा उसले पुरानो
ट्राभल ब्याग र ट्राभल डायरी भेट्छ जु कुनै समय उसलाई पिताले जन्मदिनमा दिएका थिए
। उसलाई हार्डिनाडको म्यासेज आउछ र अफिसमा पुग्छ । हार्डिनाडले एउटा फोटो देखाऊछ
जहाँ एउटा डुङ्गा हुन्छ र त्यसको एउटा छेउमा केही लेखिएको हुन्छ । सेरललाई त्यसको
बारेमा सोध्छ । सेरलले आफ्नो मोबाईलमा त्यसको बारेमा सर्च गर्न लाग्दा उसलाई फोन
आऊछ । उनिहरु दुबै सँगै सेरलको छोरालाई लिन जान्छन् । सेरल फोनमा आफ्नो साथीसँग
सोनको ठेगाना सोधिरहेको बेला वाल्टर सेरलको छोरासँग स्केट बोर्ड खेलिरहेको हुन्छ ।
वाल्टर उसलाई नयाँ नयाँ तरिकाहरु सिकाउछ । सेरलको छोरा पनि वाल्टरसँग प्रभावित हुन्छ
। यो सब देखेर सेरल खुसी हुन्छिन् । सोनले यसपालिको स्यालरी दुईवटा ठेगानामा लिएको
सुनाउछे । एउटा ठेगाना यहि शहरको र आर्को चैँ ग्रिनल्यान्डको हुन्छ । त्यो सुनेपछि
उसको छटपटी झन बढ्छ ।
उ अफिसमा
पुग्छ । साथीले ऊसलाई सबै ठाँउमा खोज्दा पनि आफुले फोटो नभेटेको सुनाउछ । उसले
कोठाको भित्तामा हेर्छ। त्यहाँ सोनको फोटो हुन्छ । फोटोमा सोनले आफुलाई हातको
इशाराले बोलाईरहेको देख्छ । अफिसको सबै कामहरू छोडेर उ सोनको खोजीमा
ग्रिनल्याण्डको प्लेन चढेर एक अन्जान यात्रामा निस्कन्छ ।
ग्रिनल्याडको न्युक शहरमा ओर्लिएपछि उ एउटा ट्याक्सि
भाडामा लिएर सेरलले भनेको ठेगानामा पुग्छ । त्यो एउटा बार हुन्छ जहाँ केही
ग्रहाकहरु बियर पिउदै हुन्छन् । बारको साहुनीसँगको कुराकानीमा उसलाई थाहा हुन्छ कि
उनि वाल्टरले फोटोमा देखाएको जहाजमा मेल( सामान)हरु हेलिकप्टरको सहायताले
पुर्याउने गर्छिन् । थप कुराकानी गरिरहँदा एउटा जडह्या आएर वाल्टरसँग झगडा गर्न
खोज्छ । हात हालाहालको स्थिति बन्छ । त्यहि बेला वाल्टरले जडह्याको हातको बुढी
औँलाको औठी देख्छ जुन सोनले पठाएको फोटोमा पनि हुन्छ । त्यसपछि उनिहरु बिच
कुराकानी सुरु हुन्छ । त्यो जडह्या मेल
डेलिभरी गर्ने हेलिकप्टरको पाइलट हुन्छ । उसले हिजै मात्र सोनलाई हेलिकप्टरबाट
त्यो जहाज सम्म लगेको हुन्छ । हो न हो सोनले त्यहि बेला उसको बुढीऔँलाको फोटो खोचेको
होला । आज पनि हेलिकप्टर जहाजको केहि सामान बोकेर त्यहाँ जाँदै हुन्छ । उसले
वाल्टरलाई पनि सँगै जाने सल्लाल दिन्छ । खराब मौसम र पाईलटको हालत देखेपछि उ निरास
हुन्छ र त्यहि बसि रहन्छ । त्यहि बेला उसले पछाडि सेरलको मिठो स्वार सुन्छ र सेरल
उसको लागी गीत गाउदै हुन्छे । सेरलको गितले उसलाई हौसला मिल्छ र हतार हतार बाहिर
निस्केर हेलिकप्टर तिर भाग्न सुरू गर्छ । हेलिकप्टर उड्न लागिसकेको हुन्छ तर उ
पुरा जोस जाँगरले उफ्रिएर हेलिकप्टर भित्र पुग्छ हुन देखेर पाईलट पनि छक्क पर्छ ।
स्वयम वाल्टरलाई पनि आफ्नो कामको बिस्वास हुदैन् । त्यसपछि फेरी एक चोटी पुरा
जोसको साथ वाल्टर आफ्नो लक्ष्यलाई भेट्टाउन एक अन्जान यात्रामा निस्कन्छ ।
केहि घन्टाको यात्रापछि उनिहरु त्यो जहाजको माथी
पुग्छन् जहा मेल डेलिभरी गर्नु पर्ने थियो । समुन्द्रमा जहाज ल्यान्ड गर्ने ठाँउ
हुदैन त्यसैले पाईलटले वाल्टरलाई जहाजको सामान सहित तल अर्को सानो बोटमा हामफाल्न
लगाउछ। तल दुईवटा जहाज हुन्छ तर वाल्टरले कुरा राम्रो सँग बनबुझेकोले उ समुन्द्रमा
हामफाल्छ । उसको हातमा भएको जहाजको सामान पनि डुब्छ । उसलाई त्यहि बेला सार्कले
पनि आक्रमण गर्छ । जहाजका मान्छेहरूले उसलाई बल्लतल्ल बचाँउछन् । जहाजमा पुगेपछि
उसले सुन्छ सोन त त्याहाँबाट केहि घन्टा पहिल्लै एउटा पाइलट वोटमा आईसल्याण्ड तिर
गईसकेको हुन्छ । उ निराश हुन्छ । उसले जहाजको क्याप्टेनलाई रेडियोबाट सम्पर्क गर्न
भन्छ तर अघि उ समुन्द्रमा डुब्दा उ सँगै जहाजको रेडियोको सामान पनि डुबेको थियो
जुन उसले हेलिकप्टरमा ल्याएको थियो त्यसैले रिडियो सम्पर्क पनि हुदैन ।
जाहाजको एक यात्रुले उसलाई सोनले छोडेर गएको केक
खान दिन्छ। केकको स्वादले थाहा पाउछ की यो केक त उसको आमाले बनाएकी हुन् । यो
सोचेर उ छक्क पर्छ कि कसरी सोनले त्यो केक
पायो होला । केकको कभरमा उसले केही लेखेको देख्छ जुन सोनको आगामी फोटोग्राफि गर्ने
स्थानहरूको ठेगाना हुन्छ । एउटा ठेगान आईसल्यान्टको कुनै ज्वालामुखी क्षेत्रको
हुन्छ तर मौसम खराब हुनाले यो जहाज त्यहाँ सम्म जादैन ।
जहाजबाट ओर्लदा उसले सडक छेउ एउटा साइकल देख्छ
जुन केहि समयपछि यसै जहाजका यात्रुहरूले शहर घुम्ने प्रयोग गर्नेछन्। उसलाई आफ्नो
गन्तव्यमा पुग्न जसरी पनि यो साईकल आवश्यक
छ त्यसैले दगुर्दै सबलाई पछि पारेर उ साईकल चलाएर त्यहाँबाट भाग्छ । साईकलमा
यात्रा गर्दा उ एकदम सुनसान स्थानमा पुग्छ जहाँ उसको मनले आन्नदको महसुस गर्छ । उ
खुसि भएर आकाशतिर हेर्छ । उसले आकाशमा सेरलको आकृत्ति देख्छ जसले गर्दा उसको ध्यान
सडकबाट हट्छ र साइकलबाट लड्छ । साइकललाई त्यहि छोडेर उ हिड्दै त्यो सहर, पुग्छ जहाँ
सोन गएको थियो । तर सहर पुरा सुनसान हुन्छ । उसले केही मानिसहरु र तीन जना
बच्चाहरु देख्छ । भाषाको कारणले राम्रो कुराकानी हुन सक्दै तर पनि उ ईशाराले
उनिहरु सँग भएको स्केट बोर्ड माग्छ र बदलामा बहिनिले दिएको आफ्नो मनपर्ने खेलौना
उनिरुलाई दिन्छ । त्सपछि उ एउटा होटेलमा जान्छ । होटेलको पछाडी होटेलको मालिक आफ्नो सामान प्याक गर्दै हुन्छ । वाल्टरले
उसलाई सोनको बारेमा सोध्छ । सोन हिजो बेलुका यहि होटेलमा बसेको र आज बिहानै
नजिकैको एउटा गाँउमा गएको कुरा सुनाउछ । यसरी फेरी वाल्टरले सोनलाई भेट्न सक्दैन ।
उ कत्तिपनि निराश हुदैन र त्यहाँबाट उ स्केट बोर्डको साहारामा त्यो नजिकको गाँउमा पुग्छ
।
गाँउ पुरै सुनसान हुन्छ । कोहि पनि मान्छेहरु
हुदैन्न् । किनकी त्यहाँ केहि बेरमै ज्वालामुखी बिस्फोटन हुन लागेको हुन्छ । उसले
यो सब थाहा नपाउदै एउटा इमर्जेन्सि साइरन बज्छ । उसले आफ्नो पछाडी त्यहि होटेलको
मालिकलाई देख्छ र उसलाई अब ज्वालामुखि बिस्फोर्टन हुन लागेको कुरा सुनाउछ । माथि
आकाशमा एउटा जहाज ज्वालामुखि बिस्फोटन भएतिर गहिरहेको हुन्छ जसको माथी सोन उभिएर
फोटो खिचिरहेको हुन्छ । उनिहरु दुबै जना गाडीमा चढेर त्यहाँबाट भाग्छन् र
हेर्दाहेर्दै पुरै गाँउ ज्वालमुखिको कुइरोले ढाक्छ । हेटेलको मालिकले उसलाई एउटा
मोटेलमा लगेर छोडिदिन्छ । यसरी वाल्टरको ज्यान फेरी एक पटक जोगिन्छ तर सोनसँग
भेट्न सक्दैन । उ निराश भएर आफ्नो शहर फर्कन्छ ।
उ अफिसमा पुग्ने बित्तिकै बोसले उसलाई देख्छ र
त्यो २५ औँ फोटो माग्छ । उसले वास्तबिक कुरा भन्न नपाउदै बोस त्यहाँबाट जान्छ । अब
कम्पनिले उसलाई साथै सेरललाई पनि काम बाट निकालिदिएको हुन्छ त्यसैले सेरललाई भेट्न
उ सेरलको घर जान्छ । ढोकामा घन्टि बजाउछ ।उसले ढोकामा एउटा पुरुष देख्छ जुन सेरलको
श्रीमान होला भन्ने ठन्छ र त्यहाँबाट जाँदै गर्दा उसले सेरलको छोराको लागि
आइसल्याण्डबाट ल्याएको स्केट बोर्ड ढोकामा छोडेर जान्छ ।
उ आमालाई भेट्न घर जान्छ । बहिनिले उसलाई डेलिभरी
ब्वाईलाई दिन पैसा माग्छे । पैसा झिक्दा उसले सोनले दिएको पर्स देख्छ । उसले त्यो
पर्सलाई डस्विन फालिदिन्छ । उ निराश भइरहेको हुन्छ र सोनले पठाएको तस्बिर हरु
हेर्न थाल्छ । एउटा तस्बिर उसले आफ्नो आमाको पियानोको एक छेउ जस्तै समान पाउछ । त्यसलाई राम्रो सँग नियालेपछि उसले
आमालाई कसैले पियानोको फोटो खिचेको थियो भनेर सोध्छ । आमाले उसलाई एक जना
फोटोग्राफर उसलाई खोज्दै आएको र उसको कामको खुब तारिफ गरेको सुनाउछ । उसैले आफ्नो
क्यामाराबाट यो फोटो खिचेको र जाँदाजाँदै आफुले बनाएको केक पनि लिएर गएको
सुनाउछिन् । अब वाल्टरलाई सब कहानी थाहा हुन्छ कसरी उसको आमाले बनाएको केक पानी
जहाजमा पुगेको थियो भन्ने । उसले त्यहि केकको कभर खोलेर हेर्छ जहाँ अर्को कुनै
ठाँउको ठेगाना हुन्छ । त्यो ठेगानालाई गुगलमा सर्च गर्छ । त्यो अफगानस्थानको हिमाली क्षेत्र हुन्छ
। उसले कोठाको एउटा कुनामा त्यहि ट्राभल ब्याग देख्छ र उ फेरी एक चोटि अफगानस्थानको
यात्रामा निस्कन्छ ।
केहि दिनको कठिन यात्रापछि वाल्टर अफगानस्थानको पहाडी इलाकामा पुग्छ । उसले हिमाली भेगका दुईजनालाई आफ्नो यात्राको गाईड बनाउछ । पहाडको यात्रामा उसले स्थानिय लडाकु समुहलाई भेट्छ र आफुले ल्याएको केक उनिहरुलाई दिन्छ । हिमाली भेगको कठिन यात्रा पछि एक दिन ति दुईजना गाईडहरू पनि उबाट छुट्टिन्छन् । अबको यात्रा वाल्टर स्वायम आफैले गर्नु पर्नै हुन्छ ।
पहाडको
चुचुरोमा हिडिँरहदा उसलाइ टोड (डेटिङ कम्पनिको कर्मचारी) को फोन आऊछ । फोनमा उसले
वाल्टरको वेभ-साइडमा धेरै केटिहरूको रिक्योस्ट आएको सुनाउछ तर त्यसमा सेरल भने नआएको
सुनेपछि उसले आफ्नो एकाउन्ट बन्द गर्न
लगाउछ । फोनमा बोलिरहदा पछाडीबाट कसैले एक छिन हल्ला नगर भनेको सुन्छ । पछाडी
फर्केर हेर्दा त्यहाँ सोन् हुन्छ । सोनलाई देखेपछि वाल्टरले आफ्नो परिचय दिन्छ ।
सोन पनि वाल्टरलाई देखेपछि एकछिन त केही सोच्नै सक्दैन ।
वाल्टरले
सोनको २५ औँ फोटो नपाएको र त्यसकै खोजीमा यहाँ आएको सुनाउछ । वाल्टरको कुरा
सुनेपछि सोनले आफुले उक्त फोटो सोनलाई उपहार स्वारुप पर्सभित्रको सानो खल्तिमा
राखेर दिएको हुन्छ जुन कुरा उसले चिठीमा पनि लेखेको थियो । वाल्टरले त्यो पर्सलाई राम्रोसँग नहेरी फालिदिई सकेको थियो । त्यसैले
उ दुखी हुन्छ । त्यहीबेरमा सोनको
क्यामारामा केही कुरा देखिन्छ । वास्तबमा सोन हिमाली क्षेत्रमा पाईने अति दुर्लभ
हिम चितुवाको फोटो खिच्न आएको हुन्छ । उसले वाल्टरलाई पनि हेर्न भन्छ । चितुवालाई
देखेपछि वाल्टर सोनलाई फोटो खिच्न भन्छ तर सोनलाई अब फोटो खिच्न मन हुदैन । उ भन्छ
संसारको अति सुन्दर बस्तुहरुले कहिल्लै
आक्रषणको माग गर्दैनन् । बस् म यसलाई आफ्नो आँखा हेरेर यो पललाई जिउन चाहान्छु
। उनिहरूले तल फाँटमा बच्चाहरु फुटबल
खेलिरहेको देख्छन् र उनिहरू पनि तेतै जान्छन् र साझ पर्ने बेलासम्म मस्त फुटबल
खेल्छन् ।
वाल्टर आमेरिका फर्कन्छ । एरपोर्टमा उसलाई
पुलिसले समात्छ किनकी उ भर्खरै अफगानस्थानबाट फर्किएको हुन्छ । पुलिसले आफुलाई
चिन्ने कोहि साथिको जमानत भए छोड्ने कुरा गरेपछि उसले टोडलाई बोलाउछ । उनिहरु
क्याफेमा बसेर गफ गर्दै कफि पिउछन् । भोलि पल्ट वाल्टर एउटा पियानो म्युजियममा
जान्छ किनकी पैसाको अभाबले उनिहरुको पियानो बेच्नु पर्ने हुन्छ । म्युजियमबाट
बाहिर निस्कदै गर्दा वाल्टरको आमाले उसलाई त्यो पर्स दिन्छिन् जुन उसले डस्टविनमा
फालेको थियो । पर्स खोलेर हेर्छ त्यहाँ सोनले भनेजस्तै सानो गोजिमा उसको २५औँ फोटो
हुन्छ । त्यो देखेपछि उ सिधै आफ्नो अफिसमा जान्छ र बोसको अगाडी त्यो फोटो
राखिदिन्छ ।
जाँदाजाँदै बोसलाई आफ्नो कम्पनिको मोटो सोध्छ तर उसले
भन्न सक्दैन । उसले बोसलाई भन्छ तैले जो जो व्यक्त्तिहरूलाई यस कम्पनोबाट निकालिस्
उनिहरुले आफ्नो पुरा जीवन यस कम्पनिको मोटो पुरा गर्न खर्चिएका थिए । यति भनेर उ
बाहिर निस्कन्छ । एउटा क्याफेमा बसेर
आफ्नो लागी नयाँ जब खोजिरहँदा उसले एउटा इमेल पाउछ । त्यो ईमेल सेरलको छोराले
पाठएको हुन्छ । उसले वाल्टरले दिएको स्केट बोर्डमा खेलिरहेको भिडियो पठाउछ र
वाल्टरलाई धन्यबाद पनि दिन्छ ।
केहि दिन पछि उ कम्पनिमा आफ्नो बाँकी तलब भुक्तान
गर्न जान्छ । तलब लिएर बाहिर निस्कदा उसले सेरललाई देख्छ । उसले सेरललाई पछ्याउछ र
भेट्याउछ । उसले सेरललाई जब-जब आफुलाई दुःख परको बेला, आफु निराश भएको बेला सेरल
आएर हौसला बढाएको कुरा सुनाउछ । सेरलले पनि वाल्टर आफ्नो घरमा आएको बेलाको घटनाको
बास्तबिकता बताउछिन् । त्यो दिन सेरलको घरमा उसको भु.पू पति बिग्रेको फ्रिज
बनाउनको लागी मात्र आएको हुन्छ । यो सुनेर उसले सेरलसँग माफि माग्छ । उनिहरु सडकमा
कुरा गर्दै हिडिँरहदा बुक पसलमा आफ्नो कम्पनिको त्यो आखिरी संस्करण छापिएको
पत्रिका देख्छन् जसमा सोनको २५औ फोटो छापिएको हुन्छ र कम्पनिले यो अङ्क आफ्ना सबै
कामदारहरूलाई समर्पित गरेको हुन्छ । यो देखेर दुबैजना खुसि हुन्छन् । उनिहरु
पत्रिका नकिनि त्यो खुसिको पललाई जिउन चाहान्छन् । अन्तमा वाल्टरले सेरलको हात समातेर हिडिंरहेको
देखाईन्छ ।
यो फिल्मले यो देखाउन खोजेको छ कि हामी सबैमा
केही न केही कम्जोरी अबस्य लुकेको हुन्छ जस्तोकी वाल्टरको कम्जोरी उ दिनमा सपना
देख्ने गर्थ्यो । हामीले आफ्नो कम्जोरीलाई सधै कम्जोरीमात्र ठान्यौँ भने जीवनमा
प्रगति गर्न सक्दैनौ, त्यसैले आफ्नो कमजोरीलाई तागत बनाउन सक्नु पर्छ । आफ्नो
लक्ष्य प्राप्तिको यात्रामा हजारौ बाधा अड्चनहरु आईरहन्छन् । हामीलाई आफ्नो गन्तव्यना
पुग्नबाट रोक्न हर कोसिस गरिरहन्छन । बाधा
आईपपर्यो भनेर हामीले आफ्नो यात्रालाई बिचमै रोक्नु हुदैन ।
हामीले आफ्नो रहरलाई, चहानालाई प्रायः पुरा गर्न
सकिरहेको हुदैनौँ किनकी हाम्रो जीवनमा धेरै जिम्मेवारीहरू आईपरेको हुन्छ । हरेक
दिन आफ्नो कमाई र खर्चको हिसाब गर्दागर्दै जीवन सकिसकेको हुन्छ । हामीले आफ्नो
जीवनको सबभन्दा सुन्दर पललाई राम्रो सँग देखेकै हुदैनौ, त्यसलाई जिएकै हुदैनौँ ।
यो फिल्मको अर्को राम्रो पक्ष भनेको, यसको सिनेमेटोग्राफि हो । ग्रिनल्याण्ड र आइसल्याण्डको अति नै सुन्दर स्थानहरुमा यसको छायाङ्कन गरिएको छ । कथालाई अघि बढाउन, ब्याकग्राउडमा बिभिन्न कुराहरू लेखिएको हुन्छ जसले गर्दा कथाको मुख्य पात्रले के सोचिरहेको छ भन्ने कुरा स्पस्ट थाहा हुन्छ ।
यस फिल्मको मुख्य अभिनय बेन स्टेलरले निभाएका छन्
र उनी यो फिल्मको निर्देशक पनि हुन् । यो फिल्मको कुल बजेट ९० मिलियन डलर थियो भने
यसले बक्स अफिसमा १८८.३ मिलियन डलर कमाईगरेको थियो । यो फिल्म जेम्स थर्बरको कथा “
द सेक्रेट लाईफ अफ वाल्टर मिटी”बाट लिईएको थियो । यो फिल्म सन् २०१३ मा रिलिज भएको
थियो र यसको IMDb rating 7.3/10 रहेको छ ।
No comments:
Post a Comment