Friday, July 15, 2022

JHARI: New Nepali Novel ‘ झरी ’ प्रदिप देवकोटा ‘मुसाफिर’

 "झरी" Part 3

“ आर्या ! आई लभ यु । आई रियल्लि लभ यु ।”

साझ परेपछि मात्र मेरो निन्द्रा खुल्यो । कलेजबाट आएपछि खाटमा पल्टेको मात्र के थिए पुरा पाँच घण्टा निदाएछु । उठ्दा शरिर झम्झमाउदै थियो । हिजो बेलुकाको जुठा भाडाहरु माझे । पसलबाट साग, काक्रो, गोलभेँडा र धनियाँ  ल्याए । फ्रिज भित्रको मासु काटे । दाल, भात , साग र मासु तयार भयो । दाई अझै अफिसबाट आईसक्नु भएको थिएन । फेसबुकमा आर्या शर्मा भनेर सर्च गरे । ओहो! कति धेरै आर्या शर्मा । म त छक्कै परे । एउटै नाममा यति धेरै आइडिहरू । सोर्ह सत्र बर्ष उमेरकी केटीहरुको फोटो हेर्दै गए । यति धेरै प्रोफाइलमा खै कुन हो आर्या शर्मा जस्लाई आज भर्खरै मैले भेटेको थिए । आफुलाई राम्रो लागेको प्रोफाइलहरु चिह्याए र बायो पढ्न थाले ।



एउटा फोटोमा पुगेपछि मेरो आँखा रोकियो । मेरै स्कुलको ब्याकग्राउण्ड बनाएर खिचेको फोटो थियो । रातो सारी सपक्क मिलाएर लगाएकी, सलक्क परेको लामो कपाल फुक्का छोडिएको अनि आँखामा कालो चस्मा लगाएको फोटोले मेरो ध्यान तान्यो । मैले पहिलो झल्कमै चिने । यहि केटी थिई आर्य शर्मा । मेरो खुसिको सिमा थिएन । थप कुराहरु थाहा पाउन उसको अरु पोस्टहरू पनि चेक गरे ।

उनको बायोको सबै डिटेलहरु हेरे, फ्रेण्ड लिस्ट पनि चेक गरे । अब मलाई याद भयो यो केटी मैले कहाँ देखेको भनेर । जब म स्कुल पासआउट  भएर गएको थिए त्यो बेला आर्या भर्खर आठ पास भएकी थिई । त्यसैले त उसले बिहान भनेकी थिई “तपाईको कुनै पुरानो साथीले भाडा तिरिदियो ।” उसले मलाई राम्रो सँग चिन्छे । गाडीमा मेरो फोन नम्बर माग्नुको रहस्य बल्ल बुझे ।

बिहान उनले कल गरेको नम्बर हेरे । झरी नामको नम्बरलाई आर्या शर्मा भनेर सेभ गरे । फोन गरू गरू जस्तो लाग्यो । तर म सँग उनलाई सुनाउने कुनै कुरा थिएन । एस्.एम.एस मै भएपनि उनलाई आफुले चिनेको कुरा सुनाउन मन लाग्यो । म्यासेज बक्समा लेख्न लाग्दै थिए अकसमात् आर्या कलिङ् भनेर स्क्रिनमा डिस्प्ले भयो । फोन उठाउदा मेरो मुटु जोड-जोडले धड्किरहेको थियो ।

“हेल्लो” ।

“हेल्लो ! म आर्या । चिन्नु भो ?”

“चिने नि । काठमाण्डौँ बोर्डिङ स्कुल । एस्. ई.ई आठौँ ब्याच ।”

“ओमाई गड । यति छिटो चिनिसकनु भयो । म बिहान देखि हजुरसँग आफुलाई कसरी परिचय गराँऊ भनेर सोँचिरहेको थिए ।”    

“अब सोच्नु पर्दैन । तिमीले मलाई कसरी चिन्यौँ बिहान ?” मलाई जान्न मन लागिरहेको थियो ।

“हजुरलाई नचिन्ने को होला र स्कुलमा । हजुर हाम्रो हाउस क्याप्टेन हुनुहुन्थ्यो ।”

“तिमी पनि रेड हाउमा थियौँ ? मैले कहिल्लै याद गरिन । सरी ल ।”

“यसमा सरी किन ? थाहा छ मैले हजुरलाई कति खोजे ।” उनको सुरिलो आवजले मेरो मनलाई भित्रसम्म हल्लाईरहेको थियो ।

मैले जिस्किने मुडमा भने, “ थाहा छैन नि । तिमी नै भन न त ! मलाई किन खोज्यौ ? कहाँ कहाँ खोज्यौँ ?”

“अब भेटिनु भयो । खोज्नुको कारणनै हजुरलाई भेट्नु थियो । मेरो खोज फुरा भयो । मलाई कहिल्लै छोडेर नजानु होला । प्रमिश गर्नुस् त, अब कहिल्लै छोडेर जान्न भनेर ।” आर्या सुक्सुकाउन थालिन् ।

आर्याको कुराले म आश्चर्यचकित परे । आखिर यो केटी के भन्दै छे ? मलाई उ किन खोजिरहेकी छे ? के यो केटीले मलाई मन पराउछे ? आज उसँग भेटिनु केबल एउटा संयोग मात्र त पक्कै होईन । मैलै केहिँ भन्न नपाउदै उनको बोलि सुने, “ हजुरलाइ म सेभेन क्लास देखिनै मन पराउथे । हजुरको लुक्स, हाईट, हेयर स्टाईलको सधै म फ्यान थिए । झन् हजुर टेन क्लासमा हाम्रो हाउस क्याप्टेन बनेपछि, हजुर मेरो ड्रिम ब्बोई हुनुभयो ।”

“म रेड हाउसको क्याप्टे थिए तर तिमी पनि त्यहि थियौँ भन्ने मलाइ त थाहै थिएन ।”

“ हजुरलाई त के थाहा हुन्छ त ! नाईन क्लासको दिदीहरुको पनि हजुर क्रस हुनुहुन्थ्यो । मेरो अगाडी उनिहरूले हजुरको कुरा गर्दा मलाई कम्ति डाहा हुन्थ्यो । सक्ने भए म ति सबैसँग  हजुरको लागी झगडा गर्नै थिए ।”

“हजुर क्लास टेनमै हुदा प्रपोज गर्न मन लागेको थियो । धेरै चोटि कोसिस गरे पनि । फेरी हजुरको फाइनल एक्जाम आउदै थियो, एक्जाम बिग्रेला भनेर केहीपनि भन्न सकिन । त्यसपछि हजुर एकदिन पनि स्कुलमा आउनु भएन । मैले हरेक दिन हजुरलाई फेसबुकमा अनेकौ नामले सर्च गरे तर कतै पनि भेटिन । पछि अरूबाट सुने हजुरको फेसबुक आइडी नै रैनछ । हजुरलाइ भेट्ने त्यहि मेरो एउटा आशा पनि समाप्त भयो ।” उनी रोइरहेकी थिइन ।

एक छिन सन्नटा छायो । मलाई त्यसपछि के भयो भनेर सोध्न मन भएपनि सोध्न सकिरहेको थिइन। केहि बेर पछि आफ्नो हिक्कालाई रोक्दै उनले भन्न सुरु गरिन, “त्यसपछि मेलै एस्.ई.ई को तयारी गर्न थाले । राम्रो ग्रेडमा पास पनि भए । हजुरलाई भेट्न नसकेपनि हजुर पढेकै कलेज त पढ्न सक्छु नि भन्ने लाग्यो । यहि कुरामा घरमा मामुसँग झगडा पनि गर्नु पर्यो । आज बिहानको झरीमा म झिजिरहदा हजुरलाई नै सम्झेर रोइरहेको थिएँ । केबल एक पलको लागि भने पनि हजुरसँग भेट होस् भनेर भगवानसँग प्राथआना गरिरहेको थिए । ओहो ! मेरो भाग्य , जब मेरो आँखा खुल्यो हजुर मेरो सामुन्ने हुनुहुन्थ्यो । मेरो बर्षै लामो प्रतिक्षा बल्ल पुरा हुदै थियो । म खुसिले पागल भएको थिए । हजुरलाई त्यहि बेला ह्ग गर्न मन लागिरहेको थियो ।”

उनको आवाज खुलेको जस्तो भयो । स्वास बढेकोले मैले फोनबाटै उनको मुटुको धड्कन बढेको महसुस गरिरहेको थिए ।

“त्यसपछि त सब मैले जे चाहेको थिए त्यहि हुदैँ थियो । हजुर बसेकै सिट खालि हुनु, हजुरले मलाई सिट छोडिदिनु, हजुरले  आफ्नो नम्बर दिनु । सब भन्दा खुसी त म त्यो बेला भए जब मेरो एक्जामको पेपर हजुरले लिदैँ हुनुहुन्थो । रिशेप्सनमा गएर हजुरको बारेमा थाहा पाएपछि त म रोए । मेरो आँखा बाट खुसीको आशु यति झरे कि आजसम्म मनमा बोकिहिडेँको सबभन्दा गह्रौँ भारी बिसाए जस्तो भयो ।”

आर्याको कुरा सुनिनसक्दै म त रुन पो थालेछु । आर्याको म प्रतिको बिस्वास, म प्रतिको माँया, त्याग देखेपछि यस्तो लाग्यो यहि केटी हो मैले खोजेको प्रेम । मेरो जीन्दगीको लक्ष्य ।

मैले बिस्तारै भने, “ आर्या ! आई लभ यु । आई रियल्लि लभ यु ।”

“आई लभ यु टु ।”

***

No comments:

Post a Comment