Tuesday, July 12, 2022

JHARI: New Nepali Novel by Pradip Devkota Musafir. ‘ झरी ’ प्रदिप देवकोटा ‘मुसाफिर’

 "झरी" Part 1

‘ झरी ’ प्रदिप देवकोटा ‘मुसाफिर’


“ हराएको छैन् । आफैँलाई खोज्दै थिए । पुराना दिनहरू सम्झदै थिए ।” मनको कुरा लुकाउनु आवश्यक ठानिन ।

असारको अन्तिम साता । मध्य बर्षाको सिजन । दुई दिन देखि लगातार परेको पानी अझै रोकिएको छैन् । झरी परेको बेला बिहान चाँढो आँखा खुल्दैनन् । उठ्दा आठ बजिसकेछ। सिरानी छेउको चिया हिऊ जस्तै चिसो थियो । दुई सुर्को लगाएर त्यतिक्कै छाडी दिए । हिजो राती अबेरसम्म फेसबुकमा च्याटिङले आँखा फुट्ला जसरी दुखिरहेको छ । आँखामा हलुका डार्क सर्कल पनि बसिसकेछ । बाथरुम छिरे, शरीरलाई हल्का बनाए । मुख धुदै गर्दा आफ्नो अनुहारलाई धेरैबेर हेरीरहे ।


 “ मेरो अनुहारमा त्यस्तो के कमी छ, जति कोसिस गर्दा पनि केटीहरू किन भाउ दिदैनन् , म बुझ्नै सक्दिन ।”

ऐना सँगको गल्फति सकिएपछि म किचनमा छिरे । भोक मज्जाले लागेको थियो । पुरै किचनमा खोज्दापनि खाइहाल्न मिल्ने त्यस्तो केहि भेटिन । हिजो बेलुकाको झुठा भाडाहरूले मलाई नै एकोहोरो हेरीरहेका थिए ।

“केही नखाई त यत्रो नि माझ्दिँन ।” झुठा भाडाँबाट मेरो भोको नजर फ्रिजमा पर्यो । फ्रिज बिस्तारै खुल्यो । डि-फिजमा हिजो बेलुकाको तरकारी रहेछ । एउटा सानो टुक्रा मुखमा हालेको मात्रथिए अघि देखि शान्त बसेको पेट भोकको आगोमा छट्पटाउन थाल्यो ।

प्याज, टमाटर र खुर्सानी काटे । दुई चार थोपा आशु झरे । दुईवटा अण्डा फुटाएर । तेल तातेर धुँवा निस्किसकेछ । एकैछिनमा अम्लेट बन्यो । ब्रेटलाई प्यानमा सेकाए । एक गिलास दूध तताए । सबै करा ठिक्क पारेर खान मात्रै के लागेको थिए फेसबुकमा टुङ् नोटिफिकेसनको घन्टी बज्यो ।

सन्ध्या के.सी एसेप्ट योर्र फ्रेन्ड रिक्योस्ट । रिक्योस्ट एसेप्ट गरिछ ।  म्यासन्जरमा हेरे सन्ध्या अनलाईनमै थिई। 

“हाई ! इट्स मी आयुश ।”

“हाई ! ” उस्को रिप्लाई यत्ति मात्रै थियो ।

मलाई फेरी म्यासेज टाईप गरू कि नगरू भयो । तैपनि लेखे, “ हाऊ आर यू ।”

“ फाईन् ”

अब के सोधैँ ? यो केटीहरुमा कति धेरै एटिच्युट् हुन्छ । जाबो “ एण्ड यू ” भनेर सोधेकी भए म भन्ने थिए नि “ तिमीलाई नदेख्दा यो मन विरानो भा’छ ।”

अझै पनि त्यो दिनको धटना दिमागमा झलझलि याद आईरहन्छ । स्कुलमा प्यारेन्स् डेको प्रोगाम थियो । सन्ध्या र उनको साथीहरू एउटा कर्नरमा बसेर प्रोग्राम हेर्दै थिए । हामी केटाहरू उनिहरुसँग नजर जुधाउदै थियौँ । 

थाहा छैन मलाई त्यो आँट कहाँबाट आयो, घर फर्कने बेला मैले सन्ध्यालाई  प्रपोज गरे । उसले मेरो धेरैबेर हेरी रहिमात्र, केहि पनि नबोली सरासर आफ्नो घर तिर लागी । सायद केटी लजाई होली । मेरो लभ अब सक्सेस् हुने भयो । उसले मेरो प्रपोज एसेप्ट गरी भन्ने लाग्यो । म खुसीले पागल भए । साँझमा केटाहरूले बधाई दिए । आइस क्रिम र मःम पार्टी पनि खायौँ ।

भोलि पल्ट स्कुलमा मेरो सान छुटै थियो । “ सन्ध्या मेरी हो । अरू कसैले नजर लाउने हैन ” भनेर केटाहरूलाई एक प्रकारको आदेश दिई सकेको थिए । आउदै गरेको भ्यालेन्टनमा सन्धालाई के गिफ्ट दिने भनेर पनि सोचिसकेको थिए तर मेरो खुसी धेरै समय टिकेन । दोस्रो पिरियडमै प्रिन्सिपल म्यामले स्टाफ रूममा बोलाएर मेरो रामधुलाई गर्नु भयो । त्यस पछि सन्ध्यासँग स्कुलमा बोल्न त परको कुरा अनुहार सम्म हेरिन ।

“ओई ! कता हराईस् ।

 बल्ल तँलाई मेरो याद आएछ है ?

 अनि यो फेसबुकको नाम के हो यस्तो ?

दुई घन्टा लाग्यो मलाई यो तेरो आइडी हो भनेर चिन्न ।

हेल्लो ! बोल्न मन नभए किन बेकारमा म्यासेज गरेको ।”

 ?????

एक दर्जन जति सन्ध्याको म्यासेज अनि रिसाएर मुख रातो पारेको ईमो पनि पठाइसकिछ । म आफ्नै धुनमा ब्यस्त दिए । स्कुलको त्यो दिन देखी आजसम्म बितेका यी साढे दुई वर्षलाई सम्झिदै थिए । हड्बढाउदै म्यासेज टाईप गर्दै थिए हातबाट मोबाईल चिफ्लियो । गिलासको दुध कार्पेट भरी पोखियो । पोखिएको दुध उठाऊ कि उसको म्यासेजको रिप्लाई दिऊ । म दोधारमा परे ।

“ हराएको छैन् । आफैँलाई खोज्दै थिए । पुराना दिनहरू सम्झदै थिए ।” मनको कुरा लुकाउनु आवश्यक ठानिन ।

“संसारमा यस्ता मान्छे नि हुदा रहेछन् प्रभु ! नहराएको कुरा खोज्दै हिड्ने मान्छे नि भेटियो । सिधै भने भइहाल्थ्यो नि अरुलाई नै सम्झदै छु भनेर । यत्रो ड्रामा गर्नै पर्दैनथ्यो ।”

म उसैलाई सम्झदै थिए किनकी उ कुनै उपन्यासकी पात्र जसरी मेरो संसारबाट एकाएक हराएकी थिई । मलाई भित्रभित्र रिस उठिरहेको छ तर अहिले रिस देखाइहाल्ने परिस्थिति छैन र यो समय हैन पनि ।

सन्ध्याले अरुलाई सम्झदै होला भनेर भनिदिदाँ मलाई किन रिस उठ्यो ? सायद मेरो मन चाहान्थ्यो होला उ मसँग बोल्दा हल्का नखरा गरोस्, मलाई नै सम्झदै हो कि माहाशय ? भनेर मलाई जिस्काओस् । नभेट्दा यस्तो लाग्थ्यो, भेटेको पल उनलाई सबै कुराहरू सुनाउने छु तर अहिले भेट्दा मन अमिलो भईरहेको छ ।

अमिलै मनले म्यासेज लेखे, “सुनेको छु तिमी यु.एस् जादैँ छौ रे ।कहिले को छ फ्लाइट ?”

“अम्म् ! मे महिनाको आठ तारिक । अनि तिमी के गर्दै छौँ ?’’

मेरो के थियो र गर्नलाई । बिदेश जाने मन थिएन । कलेज हुदा इन्जिनियर बन्छु भन्ने धाक थियो तर पुल्चोकमा नाम निस्किएन । अब एउटा प्राइभेट कलेज खोजेर पेइङ्गमा पढ्नुपर्ला वा सरकारी कलेज जिन्दावाद । किन हो कुन्नी यो पटक चैं मलाई झुट बोल्न मन लाग्यो । “ ल्याङ्ग्योएज सिक्दै छु । युरोपतिरको कुनै कन्ट्री जान्छु होला ।”

“ ओह ! साउन्स् ग्रेट ।”

धेरै बेरसम्म मलाई म्यासेज टाईप गर्न मन लागेन । सायद उ रिप्लाई कुरी बसेकी होली । कार्पेटमा पोखिएको दुध सुकिसकेछ । हातको ब्रेड र अम्लेट पनि चिसो भईसकेको थियो । त्यसलाई डस्टबिनमा फालिदिए । सानो टुक्रा कपडाले कार्पेट पुछे । पेटको भोक गायब भएको थियो । लागेको थिएन यसरी सन्ध्याको अगाडी म शब्द विहिन हुन्छु भनेर ।

सन्देशको फोन आयो । आज पाटन घुम्ने हाम्रो प्लान थियो । झरीले डिस्ट्रब गर्दियो र प्लान क्यान्सिल भयो । कलेजमा फोन गर्दा एघार कक्षाको इन्ट्रान्स एक्जाम भन्ने थाहा पाए त्यसैले केही समयलाई भएपनि जानु पर्ने थियो । ब्याचलर जवाईन गरेभने खालि समयमा केही काम र थोरै पैसा पनि हुन्छ भनेर रमेश सरलाई भनेको थिए । सरले माथी कुरा राख्नु भएछ । यसरी म आफ्नै कलेजमा ल्याब बोईको रुपमा केहि दिन अघिमात्र ज्वाईन भएको थिए ।

म्यासेन्जरमा घन्टी बज्यो । सर्टको बटन मिलाउदै मोबाईल हेरे । सन्धाको रैछ । मैले त उ अनलाईनमा कुरी रहेकी छ भन्ने नै बिर्सिएछु । “ सरी ल ! मेरो बाहिर जाने काम पर्यो । म भरे तिमीसँग कुरा गर्छु नि है ।” पढेर खुसी लाग्यो । मैले लेख्नु पर्नै म्यासेज उसैले लेखिछ । सायद मेरो म्यासेजको रिप्लाई नआएपछि उसैले कुराकानी टुङ्ग्याउने निधो गरिछ । मैले जानिजानी इग्नोर गरिरहेको जस्तो पनि लाग्यो होला उसलाई । मैले सहमतिमा एउटा थम्स् अप पठाइदिए ।

***

No comments:

Post a Comment