The Bet ( एक बाजी) part (2/2)
घडीमा भर्खर तीन बजेको छ । बैँकर जागै बसेर यो सब सुनिरहेको छ । बाँकी घरका मानिसहरू मस्त निन्द्रामा सुतिरहेका छन् । सारा वातावरण सुनसान छ । केबल रुखहरूबाट हावाको स्वाह्-स्वाह् आवजमात्र आईसकेको छ । विना कुनै आवज ननिकाली, सुस्तरी उसले बाकसबाट चाबी निकाल्यो जुन चाबीले आजभन्दा पन्ध्र वर्ष अगाडी वकिल बसेको कोठा बन्द गरेको थियो ।
त्यसपछि उ आफ्नो ओभरकोट ओढेर घरबाट बहिर निस्कियो । बगैँचामा ज्यादै चिसो थियो र रात गहिरो अन्घकारमा डुबेको थियो । झमझम पानी परिरहेको थियो र तेज हावाको वेगमा रूखहरु भुईतिर झुकिरहेका थिए । चुक घोप्टाएजस्तो अन्धकारमा आफ्नो आँखा अगाडी केही पनि देखिने अबस्था थिएन । घना अन्धकारमा उ छामछुम गर्दै बन्दीगृहसम्म पुग्यो । त्याहा उसले चौकिदारलाई दुई पटक सम्म आवाज दियो । उता बाट कुनै प्रतिक्रिया आएन । सायद यस्तो खराब मौसममा चौकिदार कतै ओभानो ठाँउमा ओत लाग्न गयो होला । बैँकरले सोच्यो, “मलाइ आफ्नो इरादा जसरी पनि पुरा गर्नु छ । मैले हिम्मत हार्नु हुदैन । यदि भोलि कसैले थाहा पाईहाल्यो भने पनि त्यो सरासर चौकिदार नै जिम्मेवार हुनेछ ।”
बैकरले झ्याल खट्खटायो तर पनि वकिलमा किनै हलचल देखिएन । त्यसपछि बैँकरले होसियार पुर्वक तालाको सिल तोड्यो र चाबी घुसायो । तालामा खिया लागोले केही बल गरेपछि ताला खुल्यो । बैँकर सोचिरहेको थियो कि अब वकिल हड्बढाउदै उठ्छ होला तर सबथोक पहिलेकै जस्तो शान्त थियो । केही समय त्यहीँ अढिएपछि उ बिस्तारै कोठाभित्र छिर्यो । उसले टेबल छेउको कुर्सीमा एउटा मानब आकृति देख्यो जसको बाहिरी स्वारूप केबल मानब ढाँचा मात्र थियो । उसको कपाल महिलाको जस्तो लामो थियो र गालाभरी झुस्स दारी थियो । उ हातले शरीरलाई आड दिएर बसिरहेको थियो जुन शरीर अस्थिरपञ्जर समान थियो , जसलाइ देखेपछि हर कोहि डराउन सक्छन् । उसको कपाल चाँदीको जस्तो सेतो थियो । उसलाइ देखेपछि बिस्वासनै हुदैनकी उ जम्मा चालिस वर्षको छ ।
उसको सामुन्नेको टेबलमा एउटा कागज छाडिएको छ र त्यसमा केही कुराहरू लेखिएको छ । बैँकर सोच्न थाल्यो, “बिचरा मस्त सुतिरहेको छ । सायद सपनामा आफुले करोडौँ रूपैया देखिरहेको होला जुन उस्लाई मबाट मिल्नेवाला छ तर म सोचिरहेको छु कि यसलाई यहि ओछ्यानमा फ्याँलेर सिरानीले मुख दबाएर यसको सास रोकिदिऊँ । कोही कसैलाई अलिकति पनि थाहा हुनेछैन कि यसको मृत्यु कसरी भयो भनेर । सबैजानाले यसको मृत्यु प्राकृतिक तरिकाले नै भयो भन्ने सम्झने छन् ।”
त्यो भन्दा अधि उसले यो कागजमा के लेखेको छ हेर्नु पर्यो । यो सोचेर बैँकरले टेबलको कागज उठायो र पढ्न सुरु गर्यो, “भोलि रातको बाह्र बजे मलाइ मेरो आजादि मिल्ने छ साथै सबैसँग भेट्ने अधिकार पनि पाउने छु तर यो कोठा छोडेर सूर्य देबताको स्पर्श गर्नु भन्दा पहिले म सोचिरहेको छु कि तँपाईहरू सबैको लागी आफ्नो बिचारहरू लिपिबद्ध गरू । परमेश्वर जो मलाई देखिरहनु भएको छ, उहाँलाई साँञ्चि राखेर मेरो अन्तस्करणबाट भन्दै छु कि मेरो मुक्त्ति, मेरो जीवन, स्वास्थ्य लगायत सबै कुराहरू जस्लाइ म बरदान भनिरहेको छु, यी सबै कुराहरूबाट विरक्त्त भएको छु । यो पन्ध्र वर्षमा मैले यो ग्रहमा रहेका सबैलाई देख्न त पाइन तर उनिहरुले लेखेका पुस्तकहरूबाट मैले सुरपान गरेको छु । सुमधुर संङ्गितको स्वाद लिइको छु ।
जङ्गलमा हरिण र जङ्गली जनावरहरुको शिकार गरेको छु, रमणीहरूसँग प्रेम गरेको छु । यस्ती सुन्दरीहरू जो अलौकिक बादलमा कविको कल्पनामा बस्दछन् । रातमा प्रतिभाशाली व्याक्तिहरु मेरो छेउ आएर अनेकौँ प्रकारको काहानीहरू सुनाउथ्ये जसलाई सुनेपछि म मन्त्रमुग्ध हुन्थे । यि किताबहरुले मलाई पहाडको शिखरमा पुर्याउथ्यो छ र म माउन्ट प्लान्ट र माउन्ट एभरेष्टको यात्रा गर्दथे । त्याहाँ बाट सूर्यदय र सूर्यअस्तको दर्शन गर्दथे । महासागरका गहिराई तथा पहाडका टाकुराहरुमा म घुमफिर गर्दथे ।
म देख्ने गर्थे कि आकाशमा बिजुली कसरी चम्केर बादललाई फाट्थ्यो । मैले हरियाली जङ्गल र फाँटहरू , नदि, ताल र शहरहरू देखे । जलपरीहरुले गित गाइरहेको सुने । यी किताबहरूले मलाई अनन्त सिमासम्म लैजान्थ्यो र अनेकन चमत्कारी कुराहरू देखाउथ्यो । शहरहरु जल्दै र खरानी हुदै गरेको देखे, नयाँ नयाँ धर्म प्रचारकहरुलाइ सुने र धेरै देशहरु माथी बिजय प्राप्त पनि गरे ।
यी किताबहरुबाट मैले अनेकन ज्ञानहरू प्राप्त गरे । मानवको अटल बिचार धारा जो सदियौँ देखि सञ्चित भएको थियो, मेरो मस्तिष्कमा एक क्रान्ति बनेर बसेको छ र म यो पनि जान्दछु कि म अन्य मानिस भन्दा धेरै ज्ञानि छु । म अहिले यी पुस्तकहरुलाइ तुच्छ ठान्दँछु र सारा ज्ञान बरदानहरुको उपेक्षा गर्दछु । यहाँ हरेक जीव-जीवात्माहरु क्षणभंङ्गुर छन् । काल्पनिक छन् । तपाईहरू यो सौन्दर्यको अथाह भण्डार प्रति गर्व गर्न सक्नुहुन्छ तर मृत्युको जालमा परेपछि यो संसार यसरी गल्नेछ जसरी लिसोमा परेको मुसा मरेर जान्छ । हाम्रो सारा इतिहास तथा मानवको सारा ज्ञान पृथ्वीको गर्तमा भासिएर जानेछ ।
मेरो बिचार सँग तपाईहरू सबै असहमति जनाउन सक्नु हुनेछ । सत्यलाई झुट र कुरुपलाई सौन्दर्य मानिरहनु हुनेछ । तपाईहरुले पृथ्वीको सुखको लागी स्वार्गलाई लिलामीमा राखिदिनु भएको छ वा हुनसक्छ त्यसलाई बेचिदिनु भएको छ । त्यसैले ती सबै सुखको खातिर मैले यो निश्चित गरिसकेको छु की मेरो काराबासको समय सकिनु भन्दा ठिक पाँच मिनेट पहिले म यहाँ बाट भाग्ने छु र आजीवन सन्यास लिनेछु जसले गर्दा बैँकरले मलाई दिने आफ्नो सम्पत्ति आफैसँग राख्न सकोस् ।”
बैँकरले उक्त पत्र पढे पछि त्यसलाई त्यहि टेबलमा राखिदियो र यस्तो अद्भूत व्याक्तिको निधारमा चुम्बन गरेर रुन लाग्यो । केहि समय पछि बैँकर त्यहाँबाट बाहिर गयो । उसलाई आफुमाथी यति धेरै ग्ल्यानि हुदै थियो कि जुन आज भन्दा पहिले कहिलै भएको थिएन । उ आफ्नो कोठामा आयो र ओछ्यानमा पल्टियो । उसको हृदयको हलचलले उ निदाउन सकेन र उसको आँखाबाट आशु बगिरह्यो ।
भोलिपल्ट विहान चौकीदार भाग्दै बैँकर भएको ठाँउमा आयो र सबै कुरा बताउन थाल्यो कि कसरी बन्दी झ्यालबाट बाहिर निस्केर भाग्यो । अफबाहबाट बच्नको लागि उ बन्दी कोठामा गयो र टेबलमा छोडेको कागज उठायो । उ कोठामा आयो र त्यो कागजलाई आफ्नो बाकसमा सदासदाको लागी बन्द गरिदियो ।
अध्याँरोमा सिढीँ खोज्दै उ बगैँचाको हलमा पुग्यो । साघुँरो बाटो हुदै उ बन्दी कोठाको ढोकामा पुग्यो । त्यहाँ पुगेपछि उसले सलाई कोर्यो । सलाईको उज्यालोमा उसले देख्यो कि ढोकामा लगाएको सिल जस्ताको तस्तै थियो । सलाई निभेपछि उसले डराइडराई झ्यालबाट चिहायो । कोठाभित्र मैन बत्ति मधुरो सँग बलिरहेको थियो । बन्दी एउटा मेचको छेउमा बसेको थियो । उसको ढाड, हात र कपाल मात्रै देखिएको थियो । त्यहाँ मेच र टेबलभरी किताबहरू असरल्ल छरिएका थिए । पाँच मिनेटसम्म उसले कुरिरह्यो तर बन्दी एकपल्ट पनि बिना हलचल मेचमा स्थिर बसिरहेको थियो । पन्ध्र र्षको काराबासले उसलाई हिडँडुल बिना एकै ठाँउमा बसिरहन सिकाएको थियो ।
No comments:
Post a Comment