Sunday, July 17, 2022

JHARI: New Nepali Novel ‘ झरी ’ प्रदिप देवकोटा ‘मुसाफिर’

 "झरी" Part 5

मलाई लाग्न थाल्यो, सन्ध्या मेरो पास्ट हो भने आर्या मेरो फ्युचर । सन्ध्या सँग टाढा भागेर जुन गल्त्ति मैले गरेको थिए , त्यो गल्त्ति मैले आर्यासँग गर्नु हुदैन ।

टुङ् ।

आर्य शर्मा एसेप्टेड योर्र फ्रेण्ड रिक्योस्ट ।

टुङ्

म्यासेनजरको च्याट बक्समा हेरे । आर्या नामको गोलो घेरामा हरियो डट थियो । पहिलो म्यासेज “हाई” लेखेकी थिई । साथै वेभ (wave) पनि गरेकी थिई । “मलाई चिन्नु भयो नि है ?“


“आर्या शर्मा ? राइट ? बिहानको झरी , त्यो बसको यात्रा, कलेजमा अकस्मात भएको भेट । सबै सम्झिरहेको छु आर्या जी ।”

“मलाई आर्या जी नभन्नुस् न । कस्तो अड फिल हुन्छ क्या।”

“त्यसो भए के भनु त आर्या जी ?” मैले जिस्काउदै उसले जे नभन भनेकी थिई त्यहि भनिदिए ।

“ छ्या ! हजुर त कस्तो । आर्या भन्नुस् न । वन्ली आर्या ”

“ओके ! अबबाट आर्या मात्र भनुँला नि है । मलाई लागेको थिएन तिमीले यति छिटो मेरो रिक्योस्ट एसेप्ट गर्छौ भन्ने । खुसी लाग्यो ।”

“धेरै खुसी हुनु पर्दैन । म सितिमिति नचिनेको मान्छेको रिक्योस्ट एसेप्ट गर्ने खालकी केटी होइन । बिहान गाडीको भाडा फिर्ता दिनु पर्दैन ।”

म अच्चम्मा परे । यो केटीले बिहान बसको भाडा फिर्ता माग्नलाई पो मेरो रिक्योस्ट एसेप्ट गरेकी रैछ ।

 मैले त कत्रो सपना देखेको थिए । मेरो कल्पनमा त आर्या मेरी भइसकेकी थिई । अघि भख्खर त मलाई फोन गरेर ‘म हजुरलाई कति धेरै माँया गर्छु अब मलाई छोडेर नजानु’ भन्थि ।

मलाई स्कुल पढ्दा देखि मन पराएकी थिई उसले, के त्यो झुटो थियो ? भगवानले पनि उसको पुकारलाई सुनेर मेरो सामुन्ने झरी बनेर पठाइदिएको कुरा के मेरो कल्पना मात्रै थियो त । मैले उसलाई फोनमा रुदै ‘आई लभ यू आर्या’ भनेको थिए । उसले पनि त मलाई आई लभ यू टु भनेकी थिई । के यो सबै मेरो कल्पना मात्रै थियो ? के यो मैले आफ्नो मनमा बुनेका कथाहरु मात्र थिए होलन् त ?

मेरो शरीर डरले काम्न थाल्यो । हातको मोबाईल भुँईमा खस्यो र स्क्रिन थोरै चर्कियो । मेरा सारा सपनाहरू पनि त्यसै गरि चर्किए । मेरो यो भ्रमलाई केबल मोबाईलको कल डिटेलले मात्र समाधान गर्न सक्थ्यो । हतपत कल डिटेल हेर्न थाले । म त छाँगाबाट खसे । मेरो दिमाग फनफन्ति घुम्न थाल्यो । त्यहाँ आर्याले कल गरेको कुनै रेकर्ड नै थिएन ।

एक गिलास चिसो पानी पिए । कोठाको फ्यान अन गरे । फेसबुकमा आर्या अझै अनलाईन नै थिईन । अब उनैलाई सोधेर साँञ्चो कुरा थाहा पाउनु बाहेक अरु बिकल्प बाँकी थिएनन् ।

“आर्या ! तिमीले मलाई केही घन्टा अघि कल गरेकी थियौ ?”

“ हजुरलाई बिर्सने बानी छ कि के हो ? आफुलाई कसले कल गरेको छ भन्ने पनि याद छैन् हजुरलाई । हाहाहा” आर्याले हाँस्दाहास्दै आशु झारेको इमो पढाई । आफुलाई कम्ता पिडा भई रहेको थिएन तर आर्या भने जिस्किने मुडमा थिई । मैले फेरी सोधे , “ प्लिज आर्या भन न । तिमीले मलाई कल गरेकी थियौ कि नाई ? यहाँ जीवन र मृत्युको सबाल छ ।”

धेरै बेर कुरे आर्याको रिप्लाई आएन । मेरो छटपटी झन बढ्न थाल्यो । शरीरबाट चिट्चिट पसिना आउन थाल्यो । आर्याको नम्बर मसँग थियो । उसलाई कल गरे । पहिलो घन्टी मै काटिदिई । फेरी गरे । फेरी काटी । तेस्रो पटकमा फोन उठ्यो । मैले हेल्लो पनि नभनि सिधै सोधिहाले, “ आर्या ! तिमीले मलाई फोन गरेकी थियौँ कि नाई ? प्लिज आर्या ।”

“ हु इज दिस् !” एउटा बुढो मान्छेको स्वारले मेरो सात्तो उडाइदियो । केही नबोलो फोन काटिदिए । अब फेरी को हो यो मान्छे ? एक पछि अर्को प्रश्न थपिदै गयो।  आर्याको नम्बर चेक गरे । नम्बर त सहि थियो तर फोन रिसिभ गर्ने मान्छे सहि थिएन । के भइरहेको थियो मैले बुझ्नै सकिरहेको थिइन । म पागल हुन मात्र बाँकि थिए त्यो बेला ।

बिहान देखिको घटनाहरुलाई एकपछि अर्को गरी सम्झन थाले । बिहान उठेको, सन्ध्याको म्यासेज आएको, कलेज गएको , आर्यालाई भेटेको । एक्जाम लिगेको , घर फर्किएको । दिनभरी सुतेर साँझ परेपछि उठेको । खाना बनाएर फेसबुक चेक गरेको अनि आर्याको प्रोफाइल हेरेको । उसलाई रिक्योस्ट पठाएको कुरा सत्य थियो । त्यसको केही बेरमा सन्ध्याको म्यासेज  आएको र राती अबेरसम्म कुरा भएको । सान्ध्यालाई अलबिदा भनेर त्यतिकै बसिरहँदा आर्याले फ्रेण्ड रिक्योस्ट एसेप्ट गरेको । यो सब पनि सत्य नै थियो तर बेलुका आर्याले फोन गरेको र हाम्रो कुरा भएको चैँ झुटो थियो । बास्तवमै त्यस्तो केही भएकै रहेनछ । न आर्या मेरो स्कुलमा पढेकी थिई न उ मलाई मन पराउथी । यी सबै कुराहरू त आर्याको बारेमा लामो समयसम्म सम्झिरहँदा मेरो मस्तिष्कले बुनेको भ्रम रहेछ । म त भ्रममा पो बाँचि रहेको रहेछु ।

उता सन्ध्यासँगको मेरो सम्बन्ध पुर्णबिराम लागिसकेको थियो । यता आर्यासँग सम्बन्ध सुरूवात नै भएको थिएन । थाहा छैन भगावानले पनि मसँग कस्तो खेल खेलिरहेका छन् । जसलाई आजसम्म आफुलाई भन्दा धेरै माँया गरेको थिए, मनको कुरा सबै भनेको थिए, त्यहि मान्छे म बाट टाढा हुदै थियो । अनि जस्लाई आज मात्र भेटेको थिए , जस्को बारेमा मलाइ नाम बाहेक अरु केही थाहा थिएन, उसैको बारेमा म कति धेरै सोचिरहेको थिए ।

मलाई लाग्न थाल्यो, सन्ध्या मेरो पास्ट हो भने आर्या मेरो फ्युचर । सन्ध्या सँग टाढा भागेर जुन गल्त्ति मैले गरेको थिए , त्यो गल्त्ति मैले आर्यासँग गर्नु हुदैन ।

आर्याले मलाई मन नपराए पनि, मैले उसलाई मन पराउन थालिसकेको रहेछु क्यारे । नत्र मेरो मन आर्याको बारेमा किन यति धेरै सोचिरहन्छ । उ मेरै कलेजमा एक्जाम दिन आएकी थिई । सायद भर्ना पनि गर्ली । कलेजमा, ल्याबमा, घर जाँदा आउदा हाम्रो भेट भइरहन्छ । कुनै न कुनै दिन राम्रो मौका छोपेर उसलाई आफ्नो मनको सबै कुराहरू भन्ने छु । आर्यालाई यति धेरै मायाँ दिने छु कि उसले मलाई नो भन्ने ठाँउ नै दिने छैन । अब आर्या नै मेरो आखिरी प्रेमिका हुनेछिन् । धन्य छौ भगवान ! एउटा टुट्दै गरेको मुटुलाई आर्या सँग भेट गराएर तिमीले उद्दार गर्यौ ।

 

भोलिपल्ट बिहान ढिलो गरी उठे । मोबाईलमा चार्ज लो ( low) देखाईरहेको थियो । आँखा मिच्दै म्यासेन्जर चेक गरे । आर्याले “गुड मर्निङ लेखेकी रहिछ ।” हिजो कुरा गर्दागर्दै आफु निदाएकोमा उसले माफि पनि मागी । लेखेको थिई , “ हजुर’बाले बिहान उठ्ने बित्तिकै सोध्नुभयो, को हो त्यो राती राती फोन गर्ने केटा भनेर । मैले के जबाफ दिनु । पछि फोन चेक गर्दा पो देखे हजुरले कल गर्नु भा’रैछ । अँ साञ्चि , हजुरले सोध्नु भा’थ्यो नि, मैले हजुरलाई कल गरको थिईन । कल गर्नलाई धेरै कोसिस त गरेकी थिए तर कल गरेर के भन्ने मलाइ थाहा थिएन, त्यसैले कल गरिन तर किन सोध्नु भ’को ?”

आर्याले मेरो प्रश्नको जबाफ ढिलो गरेर दिएकी थिई ।अब उसलाई किनको जवाफ के भनेर दिनु , मैले यत्तिकै टारी दिए। जे होस् उसले मलाई रिप्लाई त दिई । म खुसि भए किनकी केटी म प्रति पोजेटिभ नै रहिछे ।

आज कलेज जानु पर्ने कुनै काम थिएन । सायद बेलुका सम्ममा हिजोको इन्ट्रान्सको रिजल्ट पनि आउछ होला । त्यसपछि मात्र थाहा हुन्थ्यो आर्या सँग कुन तरिकाले कुरा गर्ने भनेर । धेरै एक्साइटेड भएर सबैकुरा उनलाई एकैचोटी भन्दा कुरा बिग्रिन सक्थ्यो ।

जमलको मण्डला बुक हाउसमा गए । पाउलो कोहेलोको नयाँ उपन्यास आएको थियो बजारमा । त्यसलाई किनेर बाहिर निस्कदै गर्दा सन्ध्याको बहिनी निशा भेटिई । अकस्मात भएको हाम्रो भेटले दुई जनालाई नै के बोँलु के बोँलु बनायो । बिच बाटोमा त्यसरी ठिङ्ग उभिएर केही हुनेवाला थिएन । आफैलाई बोल्ने बाध्यता आइपर्यो । मैले सुरुमै सोधेछु , “सन्ध्यालाई कस्तो छ ?” मैले सोध्न नहुने प्रश्न सोधिरहेको थिए । मैले त तिमीलाई कस्तो छ भन्न खोजेको थिए तर मेरो मुखबाट पहिला सन्ध्या नै निस्कियो त म के गरुँ । उनले मुख खुम्चाउदै ठिकै छ भनिन् । उनले मेरो हालखबर सोधिन । कहाँ बस्ने ? के काम गर्ने ? कता जान लागेको ? कति बेला फर्कने ? आदि आदि । मैले उनको अनुहारमा सन्ध्यालाई देखिरहेको थिए त्यसैले झुट बोल्न मन लागेन । सबै कुराहरू जे हो सहि सहि जबाफ दिए । त्सपछि हामी भत्किएको धरहरा छेउ गयौँ । त्यहाको मःम र आईसक्रिम उनको फेवरेट रहेछ । मःम खादै गर्दा मेरो हातको बुक यसो पल्टाएर हेरीन । मैले केही भनिन । कपाकप तात्तातो मःमको डल्ला खाइरहे । मलाई अजीब त के लागी रहेको थियो भने उसँग भेटेको यत्रो समयसम्म पनि उसले सन्ध्याको बारेमा एक शब्द केही बोलेकी थिईनन् । खाली मेरो बारेमा मात्रै प्रश्नहरू दोहोर्याई तेहेर्याई सोधेको थिईन । आफुले मन पराएकी केटीको बहिनीसँग त्यसरी कुरा गरेर बसिरहन मनले मानेन । उनको आँखाको भाब, ओठको मुस्कानले मलाइ सन्ध्याको याद दिलाईरहेको थियो । त्यसैले मलाई हतार छ भनेर उनीसँग झुट बोले अनि दुई जनाले खाएको मःम र आइसक्रिमको बिल तिरर निस्किए ।

साझ कलेजको फेसबुक पेजमा रिजल्टमा पास हुनेहरुको नेम लिस्ट थियो । मेरो आँखाहरुले आर्या शर्मालाई खोज्न थाले । उनको नाम टप टेन भित्रै थियो । त्यसको मतलब आर्या धेरै ट्यालेन्ट छे भन्ने थाहा भयो । टप टेन सम्मलाई कलेजले पनि स्कलरसिप दिन्थ्यो । यसो हुदाँ उनले मेरो कलेजमा एडमिसन लिने चान्स धेरै थियो । हतार हतार रिजल्टको स्क्रिन सट लिएर आर्यालाई सेन्ड गरे । राम्रो नम्बर ल्याएकोमा बधाई पनि दिए । फूलको गुछ्छा भएको स्टिकर पनि पठाए । ज़सरी पनि आर्यालाई इम्प्रेस जो गर्नु थियो ।

अरजित सिङ्को गित सानो भोलुममा  सुन्दै पाउलो कोहेलोलाई पढ्दै थिए आर्याको म्यासेज आयो । मेरो म्यासेजको रिप्लाईमा थाङ्क यू मात्र लेखेकी थिई तर त्यसको तल हार्ट (heart) भएको इमो पनि पठाएकी थिई । उ सँगको दुईदिनको कुराकानीमा मलाई के थाहा भयो भने उनलाई म्यासेज टाईप गर्न भन्दा ईमोमा कुरा गर्न मन पर्दो रैछ । मलाई त त्यहाँ भएको धेरै जसो ईमोको मिनिङ पनि थाहा थिएन । सजिलोको लागी मैले पनि रिप्लाईमा हार्ट नै पठाइदिए ।

आर्या सँग सोध्नु पर्ने कुराहरू धेरै थिए तर कुरा सुरु गर्न सकिरहेको थिईन । म्यासेजलाई कि-बोर्डमा टाइप गर्दै मेट्दै गरिरहेको थिए । आर्याले नै म्यासेज पठाई ।

“हजुर त्यो कलेजको टिचर हो ?” यो प्रश्नको साथमा उसले हातको औँला क्रश गरेको इमोपनि पठाई ।

“ तिमीलाई के लाग्छ ? म टिचर जस्तो छैन र ?”

“हजुर यस्तो योङ्ग हुनुहुन्छ । टिचर त नहुनु पर्ने हो ?”

“ योङ्ग चै टिचर हुदैनन् हो । के टिचर हुनलाई बुढो, कपाल फुलेकै हुनु पर्छ र ?”

“मैले त्यस्तो भन्न खोजेकी होइन । हजुर यति योङ्ग हुनुहुन्छ, ह्याण्डसम् पनि हुनु हुन्छ । हजुरले हामीलाई पढाउने भए त क्या मज्जा हुन्थ्यो होला है ।”

योङ्ग अनि ह्याण्डसम् शब्दले मेरो मुहारमा खुसी नाच्न थाल्यो । मैले भने, “ म टिचर होइन । त्यो कलेजको पासआउट स्टुडेण्ड हो । पार्टटाईम जब गर्छु म त्यहाँ ।”

“कस्तो जब ? अनि हाम्रो एक्जाममा किन आउनु भएको त ?”

मैले बाध्य भएर सबै कुरा भन्नै पर्यो । मलाइ भित्री मनमा सबै कुरा बिग्रने भयो, अब आर्याले मलाई आफुभन्दा ठुलो देखेर ईग्नोर गर्छे होला जस्तो लागेको थियो तर उसले म ल्याब ब्बोइ हो भन्दा कुनै प्रतिक्रिया देखाईनन् ।

“हजुरलाई थाहा छ,  हाम्रो स्कुलमा पनि एक जना सर यस्तै हुनुहुन्थ्यो । उहाँ मर्निङमा कलेज जानु हुन्थ्यो अनि डेमा हाम्रो स्कुलमा लोअर सेकेण्डरीमा साइन्स पढाउनु हुन्थ्यो ।” 

उनको कुराले मलाई खुसि दिलायो । एटलिस्ट उनलाई मेरो जबको बारेमा राम्रोसँग थाहा रहेछ ।

उनले मेरो बारेमा धेरै कुराहरू सोधिन् । हामीले परिवार र स्कुल लाईफको बारेमा धेरै कुराहरु सेयर गर्यौँ  । चिनेको यति छोटो समयमै यति धेरै खुलेकोमा सायद स्कुल लाईफमा उनको धेरै साथीहरू नभएको मैले गेस गरे ।

कुरा गर्दा गर्दै रातको बाह्र बजिसकेछ । हाम्रो कुराकानी अझै सकिएको थिएन । हामी यसरी बोलिरहेका थियौ कि धेरै बर्ष पछि आफ्नो हराएको साथी भेटिएको थियो । निन्द्राले आँखा झुपुझुपु बनाईरहेको थियो । म्यासेजमा लेखेका कुराहरू कुनै पनि सुध्द थिएनन् । हामीलाई आँखाले सुत भनिरहेको थियो तर मनले मानिरहेको थिएन । म्यासेज लेख्दा लेख्दै कुन बेला दुबैजना निदाएछौ थाहै भएन ।

***

No comments:

Post a Comment