Part 7
मैले पहिलो पटक पार्वतीको आँखामा मेरो लागि घृणा देखिरहेको थिए ।
पर्वतीको बर्थ डे को अघिल्लो रात एधार पचपन्न
देखी उसलाई फस्ट ऊईस गर्न फोन गरे । उसको फोन व्यस्त थियो । त्यसपछि ठिक बाह्रबजे
फेरी गरे, व्यस्त भन्यो । अनि मैले लगातार फोन गर्न थाले, हरेक पाँच मिनेटको फरकमा
मैले उसको फोन ट्राई गरिरहे, म्यासेज लेखेर पठाए, रिप्लाई पनि आएन । उसको फोन सधै
व्यस्तको व्यस्त भनिरह्यो । मलाई बिस्बासै लागिरहेको थिएन कि उ अहिले सम्म को सँग
बोलिरहेकी थिई । सायद वसन्त सरसँग होला ।
मेरो मनले मान्दै मानेन । मैले डराईडराई वसन्त सरको नम्बर डायल गरे ।
यदि वसन्त सरले फोन ऊठाउनु भयो भने के भन्ने होला
? रातको एक बजे एउटी केटीले कसरी फोन गर्न सक्छे बिना कुनै काम एउटा केटालाई । म
डरले कामिरहेको थिए । नम्बर डायल भइसकेको थियो, एक छिन मुटुको धड्कनलाई रोकेर
फोनको घन्टी सुन्न थाले । मेरो भाग्य भनु कि दुर्भाग्य वसन्त सरको पनि फोन व्यस्त
थियो । वसन्त सरको फोन नउठेकोमा म खुसी भए तर त्यो फोन पार्वतीसँग व्यस्त भएको
कुराले मलाई पिडा दियो किनकी हामीले सर्त राखेका थियौँ, जस्को बर्थ डे आएपनि फस्ट
ऊईस हाम्रो नै हुनु पर्थ्यो नत्र अरुको ऊईस एसेप्ट नगर्ने भन्ने थियो तर
पार्वतीलाई आज मैले फस्ट बर्थ डे ऊइस गर्न सकिन ।
भोलिपल्ट स्कुलमा पार्वतीको बर्थ डे को
खुसीयालीमा वसन्त सरले आफ्नै पैसा खर्च गरेर स्कुलभरी चकलेट बाढ्नु भयो । बेलुका
हामी सबैको लागि पार्टि पनि अर्गनाइज गर्नु भयो । म सम्झिरहेको थिए, मेरो अघिल्लो
बर्थ डेमा मलाई पार्वतीले कसरी सप्राईज दिएकी थिई । उसको बर्थ डे मा आज सप्राईज
दिने पालो मेरो थियो, तर मेरो अघिकार अरु कसैले खोसेको थियो । उसको लागि केक पनि
वसन्त सरले नै अर्डर गर्नु भएछ, मैले आफुले लगेको गिफ्ट उसलाई दिए र हिजो बेलुका
आफु चाढै निदाएकोले फस्ट ऊईस गर्न नसकेको माफि पनि मागे । उसले पनि आफु चाढैँ
सुतेकोले फोन गर्न नसकेको कुरा सुनाई । म त छक्क परे, प्रेमले मान्छेलाई छुट बोल्न
पनि कति छिटो सिकाउदो रहेछ । मैले उनको अनुहारमा हेरिरहे , केही बोलिन ।
पार्वतीले केक काटिन्, हामी सबैले ताली बजायौँ ।
मलाई लागिरहेको थियो, केकको फस्ट बाईट त मलाई नै खुवाउछे होला भनेर तर उसले त सिधै
वसन्त सरलाई पो खुवाई । म त हेरेको हेरै भए । साँचै प्रेममा शक्ति हुदो रहेछ,
स्वार्थ हुदो रहेछ । वसन्त सरको प्रेमको अगाडी हाम्रो मित्रताले हरेको थियो । हो त्यो
दिन मैले हारेको थिए आफैसँग अनि आफ्ना भन्नेहरू सँग ।
वसन्त सरले पार्वतीलाई गिफ्टमा औँठी दिनु भयो ।
दिनुभयो के भन्नु उहाँले औँलामा लगाईदिनु भयो। सबैलाई त्यसलाई उपहार दिएको सम्झिए
होला तर मेरो मनमा अरूनै कुरा चलिरहेको थियो । वसन्त सरका साथीहरूले घुमाउरो
पारामा उहाँलाई जिस्काउदै थिए, “टाई सुट सिलाउनु पर्ने छ, कहिले हो भोज भतेर खुवाउने
?”
हामी सबै जना क्याफेको भित्री कुनामा थियौ, आफ्नै
मोबाईलमा गित बजाएर नाचिरहेका थियौँ, वसन्त सर र उहाँको साथीहरु एक छिनलाई बाहिर
जान्छौ भनेर जानु भयो । केही काम परेर होला भनेर कसैले केही वास्ता गरेनौ तर आधा
धन्टा सम्म पनि नआएपछि पार्वतीले फोन गरीन । फोन काटियो । हामीलाई डर लाग्न
थालिसकेको थियो, कतै केही नराम्रो पो भयो कि भनेर । त्यसपछि हामी सबै क्याफेको
बाहिर गएर उहाँहरुलाई खोज्न थाल्यौ । उहाँहरु त क्याफेको पल्लो साईडमा बसेर मस्त
चुरोट र रक्सि खादै हुनुहुदो रहेछ । पार्वतीले यो सब देखेपनि उसले केही भनिन् ।
बिचरा के भन्थी होला र त्यस्तो बेला । सायद आज खुसिको दिन साथी भाईको करकापले
खानुभयो होला । हामी यता बसेर उहाँहरू
हाँसेको, चिच्याएको हेरी रह्यौ ।
बेलुका फर्कने बेला वसन्त सरको हालत धेरै खराब
थियो, उहाँको मात्रै होईन, हामी सँग भएका कोहि केटा मान्छेको पनि अबस्था हेर्न
लायकको थिएन । भनि हाले नि, त्यहाँ हालत यति धेरै खराब थियो कि स्कुलका टिचरहरु हुन
भन्न पनि लाजै लाग्थ्यो । साझ परिसकेको थियो, हामीलाई घर जान हतार भईसकेको थियो ।
रक्सिले मातेकाहरूलाई त्यहि छोडेर हामी घर जान तयार भयौँ तर पार्वतीले छोडेर आउन मानिन् । उसलाई किन यति
धेरै माया लागिरहेको थियो ति जड्ह्याहरूको मैले बुझ्नै सकिन ।
“छोड्दे
पार्वती , रक्सिको नशा उत्रेपछि आफै घर जान्छन्” भने, तर उसले मानिन । हामीले एउटा
ट्याक्सि बोलायौ उनिहरूलाई आ-आफ्नो घर सम्म छोड्न लगायौ । उनिहरूमा कसै सँग पनि
होस थिएन आफ्नो घर चिन्न सक्ने । त्यसैले मन नहुदा नहुदै पनि पार्वती र म
ऊनीहरुलाई घरसम्म छोड्न सँगै ट्याक्सिमा गयौँ ।
बाटोभरी पार्वती मेरो काखमा रोई रहि । उ कहिले
वसन्त सरको मुखमा हेर्थी त कहिले मेरो अनुहारमा । म त के भन्न सक्थे र उसलाई । “मैले
गलत मान्छेलाई प्रेम गरेछु सर्मिला । मेरो माँयाले पनि उहाँलाई परिवर्तन गर्न सकेन
।” पार्वती त डाको छोडेर रुन पो थाली ।
पार्वती र वसन्त सरको रिलेशनसिपको त्यस्तै तिन
महिना जति पुगेको थियो, पार्वतीको म प्रतिको व्यबाहारमा पनि बिस्तारै परिवर्तन आउन
थालेको कुरा त मैले पहिलै भनिसके । पहिले पहिले एउटा सानो निर्णय लिनु परे पनि उ
मलाई सोघ्ने गर्थी, वसन्त सरले कतै घुम्न जाऊ भनुभयो भने पनि मलाई नसोधि केही जबाफ
दिन्नथी ।उ सकेसम्म धेरैभन्दा धेरै समय मसँग बिताउन चाहान्थी । वसन्त सरलाई
सकेसम्म झुट बोलेर हामी दुईजना मात्रै घुम्न निस्कन्थ्यौ ।
हामी दुई जना यति धेरै मिलेको वसन्त सरलाई मन
पर्दो रहेनछ । पार्वतीको फोन कुनैदिन व्यस्त भयो भने उहाँ मलाई फोन गरीहाल्नु
हुन्थ्यो, कतै म उसँग बोलेर त बसेकी छैन भनेर । हामी काम परेर कतै सँगै हिड्यौँ
भने पनि उहाँले पार्वतीलाई गालि गर्नु हुदो रैछ । सधै हामी बिचको कुराहरू सुन्न
खोजि रहनुहुन्थ्यो, हामीलाई एक्लै कहिल्लै बस्न पनि दिनुभएन । के प्रेम गर्यो
भन्दैमा चौँबिसै घन्टा उसैसँग टासिएर त बस्नु पर्दैन होला नि ।
पार्वतीले एक दिन उनीहरू ककनि जान लागेको कुरा
सुनाई । उसले मलाई पनि सँगै जान धेरै कर गरी । उसले वसन्त सरलाई पनि म गईन भने उ
पनि नजाने कुरा गरिछ । वसन्त सरको फोन आयो उतिखेरै । उहाँले त मलाई उल्टै गाली पो गर्न
थाल्नु भयो । म उहाँको माँयामा तगारो बने रे, मैले पार्वतीलाई उहाँको बारेमा
नेगेटि कुराहरू लगाएर भड्काए रे । मैले के-के मात्रै सुन्नु परेन ।
उहाँ त्यहि मान्छे हुनुहुन्थ्यो , जति बेला
पार्वतीलाई पाउनको लागि हरेक रात फोन गरेर मसँग रुनुहुन्थ्यो । मैले पनि त कति
सहयोग गरेकी थिए उहाँलाई, त्यो त बिर्सिनु भयो । पार्वतीले वसन्त सरलाई माँया
गरेरै थिई, तर उहाँलाई त्यति माँयाले फुगेकै थिएन । उहाँ त पार्वतीको प्रेममा पागल
हुनुहुन्थ्यो । सायद उहाँले पार्वतीबाट धेरै कुराहरू आशा गर्नुभएको थियो होला, जुन
हाम्रो मित्रताले गर्दा पुरा हुन पाइको थिएन ।
सुनेको थिए मान्छेको जात स्वार्थी हुन्छन् म त
गलत रहेछु, स्वार्थी मात्र होईन घमण्डी, कपटी र शङ्कालु पनि हुदा रहेछन् । मलाई
पनि रिस उठिरहेको थियो, मेरो पालो उहाँलाई मुखभरीको जवाफ फर्काईदिए । अनि बल्ल
मेरो मन शान्त भयो ।
एक दिन पार्वती र म फिल्म हेर्न जादै थियौँ । हलमा
राम्रो नेपाली फिल्म लागेको थियो, सायद छक्का पञ्जा थियो । पार्वती हाम्रो घरमा
आउदा देखिनै उसको मोबाईलमा फोन आई रहेको थियो। मैले सोध्दा पनि उसले नाक खुम्चाउदै
ईशार गरेकी थिई । त्यो फोन वसन्त सरको थियो । उहाँ पार्वतीलाई एक छिन पनि छोड्न
चाहानु हुन्नथ्यो । उनीहरूको कतै जाने प्लान थियो होला, आज मेरो करले हामी एक छिन
भए नि फ्रेस हुनलाई फिल्म हेर्न जादै थियौ ।
बाटो भरी पनि पार्वतीको फोन बजिरहेको थियो। त्यो
कल वसन्त सरको थियो । उसको फोन नउठेपछि मेरो मोबाईलमा पनि फोन गर्न थाल्नु भयो ।
सुरुमा त मैले पनि फोन उठाईन तर बारम्बार फोन गरेको गरै गरेपछि फोन ऊठाउन बाध्य भए
। उहाँले रुन्चे स्वारमा पार्वतीलाई फोन देऊ त भन्नु भयो । पार्वतीले फोनमा आधा
घन्टा जति कुरा गररपछि फोन राखि ।
“उहाँ त बिरामी भएर हस्पिटलमा हुनुहुन्छ रे ।
मलाई त कस्तो डर लागि रा’छ सार्मिला । आज हामी फिल्म हल नजाऊ है । फर्कियौ अब ।”
पार्वती हिड्दाँ हिड्दैँ रोकिई । मलाई पनि उसलाई त्यहि छोडेर एक्लै हलतिर जानु मन
थिएन । पार्वतीको प्रेम भन्दा हाम्रो फिल्म ठुलो होईन । मैले भने, “उहाँ बिरामी नै
भएको भए हामी हस्पिटल जाऊ उहाँलाई भेट्न । कुन हस्पिटल हो थाहा छ तिमीलाई ? ”
पार्वतीलाई हस्पिटलको बारेमा केही थाहा थिएन,
मैले फेरी वसन्त सरलाई फोन गरेर सोधे, “हजुर कुन हस्पिटलमा हुनुहुन्छ, हामी दुई
जना आउछौँ हजुरलाई भेट्न ।”
मेरो कुरा सुन्ने बित्तिकै उहाँको बोलि लर्बराउन
थाल्यो, “ त्यस्तो सारै बिरामी त होइन, सामान्य हो, अब ठिक भई सके, म घर फर्किदै
छु ।”
उहाँको कस्तो रोग हो यो, एक छिन अगाडी सम्म
सिरियस भएर हस्पिटल छु भन्ने, अहिले फेरी सामान्य हो, ठिक भएर घर आउन लागेको छु
भन्ने । मलाई उहाँको कुरामा शङ्का लाग्यो र उहाँको मिल्ने साथीलाई फोन गरे ।
“सुन्नुस न, मलाई पार्वतीले फोन गरेर वसन्त सर साह्रै बिरामी हुनुहुन्छ रे, एक
चोटी फोन गरेर सोध्न भनेकी थिई। त्यहि भएर फोन गरेको । के भएको हो, हजुरलाई केही थाहा
छ ?”
मेरो कुरा सुनेर त्यो साथी मज्जाले हाँस्यो, उसले
त “मलाई किन उल्लु बनाउन खोज्नु भ’को, वसन्त अघि भर्खर मेरो घरमा खाना खाएर गएको छ,
केही पनि भएको छैन” भन्यो । मैले वसन्त सरको चाल बुझिहाले, उहाँले पार्वती र मसँगै
नहोस् भनेर यस्तो नाटक गर्नुभएको रहेछ । त्यो दिन हामी त्यही बिच बाटोबाट फर्कियौ
। त्यसपछि मैले पार्वतीलाई कहिल्लै पनि भेट्न बोलाईन ।
वसन्त सरले मेरो पिछा गर्न थाल्नु भएको कुरा मलाई
पहिल्लै देखी थाहा थियो किनकी उहाँको र हाम्रो घर नजिकै थियो । म कता जान्छु,
क-कसलाई भेट्छु, को सँग बढी कुरा गर्छु सबै कुराहरू खोजि गर्न थाल्नु भएछ। कहिले
काही सोझो बनेर मलाई पार्वतीको बारेमा सोधी खोजी पनि गर्नु हुन्थ्यो । म
पार्वतीसँग नबोलेको हप्तादिन भईसकेको थियो। स्कुलमा हाम्रो सामान्य देखादेख
हुन्थ्यो । मैले सबै कुरा जस्ताको तेस्तै भनि दिए । म पार्वती सँग टाढा हुदै छु भन्ने
थाहा पाएर होला त्यसपछि उहाँले फोन गर्न छोड्नु भयो ।
त्यसरी नै दिनहरू बित्दै गए । म आफ्नो मनको पिडा
बाहिर कसैलाई पनि भनिन । जे छ आफ्नै मनमा छ , अरूलाई किन भन्नु जस्तो लाग्थ्यो । देख्नलाई त म र पार्वती सँगै थियौँ तर हामीले
सँगै भएको महसुस गर्न सकेका थिएनौ ।
एक दिन खै कसरी हाम्रो भेट भएको थियो, हामीले
भेट्ने कुनै प्लान बनाएका पनि थिएनौँ । अकस्मात भएको भेटले हामीलाई खुसि दिएको
थियो । हामी दुबै जना एउटा क्याफेमा मःम खान पस्यौ । पार्वती फोनमा बिजी थिई सायद
उसको घर तिरबाट कसैले फोन गर्नु भएको थियो होला त्यहि बेला मेरो मोबाईला वसन्त
सरको फोन आयो । पार्वतीको अगाडी मलाई फोन ऊठाउन गार्हो लाग्यो । मैले फोन काटिदिए
। उसले कस्को फोन हो भनेर सोधी । मैले पुरानो साथीको हो, जहिल्लै गरिरहन्छ, पछि
कुरा गर्छु घर पुगेर भने ।
मःम र चिसो टेबलमा आयो । मलाई त्यहि बेला वाथरुमा
जान मन लाग्यो र म उठेर गए । फर्केर आउदा पार्वती टेबलमा राखेको मेरो मोबाईलको
स्क्रिनमा हेरीरहेकी थिई । त्यहाँ वसन्त सरको फोनको घन्टी बजीरहेको थियो । मैले
उहाँको नम्बरलाई “बसन्त” भनेर मात्र सेभ गरेकी थिए सायद “बसन्त सर” भनेर लेख्नु
पर्थ्यो कि वा उहाँको नम्बर सेभ नै गर्नु हुदैनथियो कि ।
एकाएका उसको अनुहार बिग्रेर आयो । उसले मेरो
झुटलाई समातेकी थिई । मैले सुरूमै बसन्त सरको फोन हो भनेर उसैको अगाडी कुरा गरेको
भए हुन्थ्यो होला । उसले त मेरो अनुहारमा घृणा र रिसको भावले हेर्न थाली । मैले
पहिलो पटक पार्वतीको आँखामा मेरो लागि घृणा देखिरहेको थिए । उसको ओठहरु रिसले
थर्रथर्र कामिरहेका थिए । मैले महसुस गरे, उसले मेरो बारेमा के सोचिरहेकी छ भन्ने
। मैले केही भन्न नपाउदै उसले टेलको मःमः हातले धकलेर भुईमा झारिदिई । मलाई एक्लै
छोडेर उ त्यहाँबाट गई । म निशब्द भएर उ गएको तिर हेरीहरे ।