Part 7:
लेखिएको थियो @loveA123 । मनमनै पढेँ A फर आकाँक्षा ।
यो काठण्माडौँ शहर कति फरक छ । नागढुङ्गाबाट गाडी उकालो लागेपछि मन
गह्रौँ हुदै गयो । थानकोट चेकपोष्ट कटेर कलङ्की पुग्दा नपुग्दै मेरो आँखा आशुले
भरी सकेका थिए । कमसेकम आकाँक्षाको फोन नम्बर भएको भएपनि एक कल फोन गरेर मनको सबै
भारी बिसाउनु हुन्थ्यो ।
भारी मन बोकेर झमक्क साँझ परेपछि बल्ल म कोठामा पुगे । दिनभरी बसको
यात्राले ज्यान थिलो थिलो भएको थियो, पेटमा भोक थियो तर शरीरमा जाँगर थिएन । भाँडा
माज्नु, पानी थाप्नु, दाल तरकारी किन्न जानु, पकाउनु, खानु ओहो कति धेरै कामहरू
मलाई पर्खेर बसिरहेका थिए । घरमा पो पस्किएर राखिदिएको तातो खाना खान पाईन्थ्यो होटेलमा
जसरी। घरमा जस्तो शहरमा हुँदो रैनछ ।
कुकुरको सिठ्ठीको आवाज सुनेपछि घरबेटी बा” खोक्दै तल मेरो कोठा तिर
झरे । आमामा हालिदिनुभएको गुन्द्रुक भटमास, धिउका पोकाहरू असरल्ल थिए । ढोकाबाट
छिर्ने बित्तिकै बुढाले सोधिहाले, “फर्कियौँ बाबु । सामान त निक्कै ल्याएछौ त ?”
“हजुर ! काममा फर्किहाल्नु पर्ने भयो , त्यसैले ।” खाटमा राखेको सानो
तरकारी र धिउको पोको बुढाको हातमा राख्दै भने, “ यो आमाले हालिदिनु भएको । हजुरलाई
।”
बुढाको आँखा खुसीले चम्कियो । कोसेली बोकेर माथी उक्लदै गर्दा बुढाले
औपचारीकतालाई भने “ खाना बनाउन किन दुःख गर्नु पर्थ्यो, म माथी नै नबाउथ्ये नि त
।”
एका बिहानै ढोका ढक-ढक गरेको आवाजले म ब्युँझिए । घडी हेर, भर्खर सवा
सात मात्र भएको रहेछ । को आयो फेरी बिहान बिहानै। झिजो मानी मानी ढोका खोले । ढोका
खोलेपछि पो थाहा भयो, म त एकसरो भेस्ट र हाफ पाइन्टमा मात्र थिए । आँखा राम्रो सँग
खुलेको पनि थिएन, एउटा छाँया सरासर मेरो कोठामा छिर्यो । म ढोका ढेपेर पछाडी
फर्केको त घरबेटीको छोरी रोजिना पो रैछे । ल पर्यो फसाद । मेरो भएको अलिअलि ईज्जत
पनि माटोमै मिल्ने भयो । म हतार हतार आफ्नो लुगा खोज्न थाले ।
मलाई लाजमर्दो अबस्थामा देखेर पनि रोजिनाले केही भनिन् बरु मेरो भद्रगोल कोठालाई व्यबस्थित गर्न तिर
पो लागि । म त छक्कै परे उसको पारा देखेर। उसले यस्तो व्यवाहार देखाईरहेकी थिईकी
यी सब कुराहरूबाट उ पहिलै देखि परिचित छे र उस्लाई मेरो हरेक व्यवाहारहरू थाहा छ ।
अबस्था सामान्य भएपछी मैले भने, “किन आयौँ यति बिहान बिहानै ? केही
काम थियो भने म आफै माथी आईहाल्थे त ।“
“बिर्सिनु भो? छ्या ! हजुर त कस्तो भुलक्कड । हजुर काठमाण्डौँ आउने
बित्तिकै फेसबुक आईडी बनाउने भनेको हैन् । साईबर खुलिसक्यो । जाऊ छिटो ।”
“फेसबुक आईडी ?” मैले सम्झन कोसिस गरे जस्तो नाटक गरे । उसले आफ्नो
टर्च स्क्रिन फोनमा मैले पठाएको एस्.एम.एस् देखाई । अब मैले हैन, नाई भन्ने ठाऊ नै
बाँकि रहेन । बाथरुममा हात मुख धोएर म रोजिनाको पछि पछि साइबर क्याफे तिर लागे ।
“हजुरको इमेल आईडी के राखम् ?” रोजिना मेरो कानमै सुसाई । बिहानै
देखी साइबरमा मान्छेहरू आइसकेका थिए ।
“जे राखे पनि भयो । सम्झन सजिलो हुने कुनै राखिदेऊ ।”
रोजिनाले आफ्ना खिरिला औँलाहरू किबोर्डमा टाईप गरी । उसले मेरो
मोबाईल नम्बर मागी । मेरो मोबाईलमा टुङ्ग म्यासेज आयो । उसले मोबाईल पनि मागी ।
मैले मेरो सानो नोकिया सेट खल्तिबाट झिकेर दिएर । मेरो फोन देखेर उ झण्डै वेहोस्
भईन् । यस्तो पुरानो जमनाको फोनमा फेसबुक कसरी चललउनु हुन्छ भनेर मलाई उल्लिबिल्लि
बनाई । अर्को महिना नेट चल्ने स्क्रिन टच फोन किन्छु भनेपछि बल्ल उसले मलाई उडाउन
छोडी ।
“पासओर्ड के राखौँ ?” फेरी रोजिनाले सोधी ।
“ जे राखेपनि हुन्छ तर सजिलो राख ।“
उसले दुई-तिनवटा पासओर्ड टाईप गर्दै मेट्दै गरी । एक छिन पछि ल पुरा
भयो जाम भनेर उठी । मेरो फेसबुक एकाउन्ट बन्यो त अब ? भनेर सोध्दा अझै पुरा
भा’छैन, अब एउटा काम बाँकी छ भनि । कति काम गर्नु पर्ने रैछ यो आईडी बनाउन पनि ।
यो भन्दा सजिलो त बरु ब्याङ्कमा खाता खोल्न हुन्छ होला।
खाना खाएपछि म उसको घरको छतमा उक्लिए । उ मलाई नै कुरेर बसेकी रैछ ।
काठमाण्डौँ शहरलाई ब्याकग्राउन्डमा पारेर उसैले एउटा फोटो खिचिदिई । पछी पो थाहा
पाए प्रोफाईल पिक्चरको लागी खिचेकी रैछ । बैंकमा खाता खोल्दा फोटो टाँसे जस्तो ।
मलाई काममा जान हतार भईसकेको थियो, त्यसैले म सिढीँ अर्लदै थिए, उसले एक छिन रोकि
।
“अझै बाकीँ छ यो फेसबुक आईडी बनउन ?” मैले झिझो माने ।
उसले मुस्कुराउदै भनि, “सबै काम सकियो, हजुरलाई आईडी र पासओर्ड दिऊ
भनेर ।”
एउटा सानो कागको टुक्रमा सुन्दर आक्षरले ईमेल आईडी र पासओर्ड लेखिएको
थियो । मेरो नजर सुरुमै पासओर्डमा पर्यो । लेखिएको थियो @loveA123 ।मनमनै पढेँ A फर आकाँक्षा ।
No comments:
Post a Comment