Part 3:
“ हजुरको फेसबुक आईडी दिनुस् न, म फ्रेण्ड रिक्योस्ट पठाउछु ।”
मेरो मोबाईलमा फोनको घँटी बज्यो । काठमाण्डौँबाट घरबेटी बा’ले फोन
गरेका रहेछन् । हिजो बिहान देखी कोठाको ढोका नखुलेको देखेर उनलाई साह्रै पिर परेछ
र फोन गरेछन् । मैले घर जादै छु भन्ने कुरा कसैलाई पनि भनेको थिईन। एकाएक आफ्नो
घरबहालमा बस्ने कोटो हराउदा उनलाई पिर पर्नु स्वाभाबिक नै हो । घरबेटी बा’साँग
कुरा गर्दागर्दै म आकाँक्षाको घरबाट बाहिर निस्किसकेको थिए । जानेबेला एकपटक
आकाँक्षाको अनुहारमा हेरे, “किन जानुपर्ने होला यति चाढैँ” जस्तो भावमा मलाई नै
हेरीरहेकी थिई ।
घरबेटी बा”को सधैको किचकिच आज फेरी सुन्नु परेको थियो । काठमाण्डौँ
हुदाँ त स्वाभाबिक पनि थियो, एउटै घरमा बसेपछि
उहाँको कुरा सुन्नै पर्थ्यो तर आज यति टाढा आउदा पनि मैले सुख्ख पाएको थिईन
। घरतिरको सबै हालखबर सोधिसकेपछि पनि कुरा टुङ्ग्याउने सुरसार नगरेपछि बहाना
बनाउदै भने, “मलाई बाहिर निस्किनु पर्ने सानो काम आईलाग्यो, म पछि फोन गर्छू नि”
भनेर फोन राखिदिए । बुढाले पनि मन खुम्चाउदै ए ! ल ल भनेर फोन काटिदिए । बल्ल मेरो
दिमाग हलुका भयो ।
खाना खाने बेला आकाँक्षा टुप्लुक्क हाम्रो घरमा आईपुगी । उसले एउटा
हातमा तरकारी र आचारको बटुको थियो अनि अर्को हातमा दूधको गिलास। आमाले पठाइदिनु
भएको भनेर उसले ति सबै खानेकुरा मेरो अगाडी राखिदिई । मैले मिठो मानी मानी ति सबै
अचार तरकारीहरू कपाकप खाई रहे । मैले त बा’ आमालाई दिन पनि बिर्सेछु ।
“एक्लै खाईस मोरा ? खै यता ले त ?” बा’ले आशलाग्दो आँखाले म तिर
हेर्नु भयो । मैले खालि बटुको बा’तिर सारी दिए । “मिठो कुरो त यस्लाई देख्नै
हुदैन, एक्लै खाई हाल्नु पर्छ है । हाडीखोप्टे जस्तो ।” बा’का कुराले आमा र
आकाँक्षा दुबै खितखित हास्न थाले ।
आकाँक्षाले “म अर्को बटुका पनि ल्याइदिन्छु नि त” भनेर घर तिर जान
लागी तर बा’ले “भो भो पर्दैन, नानी “ भनेर रोक्नु भयो । मैले खान खाएर नउठेसम्म आकाँक्षा मेरै छेउमा मैले
खाएको हेरीरही । आमाले उसलाई पनि खाना खान कर गर्नु भयो तर उसले भर्खरै खाएको भनेर
खान ईन्कार गरी । आमा सँगै जुठा भाडा माझेर उ घर तिर जान लागेकी थिई मेरो हातमा
एउटा सानो कागजको टुक्रा राखीदिई । मैले त्यसलाई खोलेर हेर्न नहेरी प्यान्टको
खल्तिमा राखे । उ एकैछिनमा अन्धकारमा
बिलिन भईसकिछ ।
सुत्ने बेला मोबाईलको घन्टी बज्यो । नयाँ नम्बरबाट एस्. एम. एस् आएको
रैछ । नचिनेको नम्बर कस्को होला भन्ने खुल्लदुलि लागीरहेको थियो, घरबेटीकी छोरीले
पो गरेकि रैछे । उसले लेखेकी थिई, “आशुतोष दादा, म रोजिना, चिन्नुभयो नि । हजुरलाई
थाहा छ, आज ड्याडीले मेरो लागी मोबाईल किनिदिनु भयो । हजुरको फेसबुक एकाउन्ट छ कि
छैन् ?”
उसले भर्खरै एस.एल सीको परीक्षा सकेकी थिई, त्यहि भएर त उसले नयाँ
फोन पाएकी थिई । एस्. एल. सी परीक्षामा राम्रो गरे फोन किनेदिने सर्त थियो बाबु
छोरीको । रिजल्ट नआएपनि उसले परीक्षा निकै राम्रो छ भनेर गफ लगाएकी थिई । उसको गफ
नपत्याउने कुरा पनि त भएन नि किनकी परिक्षाकै लागि भनेर घरबेटी बा”ले मलाई टिउसन
पढाउन लगाएका थिए । आफ्नै घरबेटीले भने पछी नाई भन्न पनि गाह्रो, फेरी एक महिना
पढाउदा दुई महिनाको कोठा भाडा पनि छुट पाउने, घरबेटी सँग सम्बन्ध पनि राम्रो हुने,
मैले एकै वचनमा हुन्छ भनिदिएको थिए ।
एक महिना सम्म पढाउदा मैले कोठामा बेलुकाको खाना खासै बनाउनै परेन ।
सधै जसो माथी नै खाएर आउथे । कहिले काहीँ उनिहरू भोजमा जादाँ भने मन नलागी नलागी आफ्नो
कोठामा बनाउथे ।मलाई त बानि परिसकेको थियो रोजिनाको घरको खाना खाने, कहाँ नेवारी
परिकारको अनेकन व्यञ्जन कहाँ मैले पकाउने सादा दाल भात र साग ।
रोजिनाले फेरी म्यासेज गरी । “ हजुरको फेसबुक आईडी दिनुस् न, म
फ्रेण्ड रिक्योस्ट पठाउछु ।”
मैले अहिले सम्म फेसबुक एकाउण्ट बनाएकै थिईन । मेरो फेसबुक चल्ने
मोबाईल पनि थिएन । म नोकिया सेट बोक्थे । मलाई फेसबुक एकाउन्ट बनाउन मन नभएको त
होईन तर मैले चिनेका कोही पनि फेसबुकमा थिएनन् ।
“ मेरो फेसबुक आईडी नै छैन् । मलाई पनि एकाउन्ट खोल्न सिकाइदेउ न त
।“
“ हजुर काठमाण्डौ कहिले आउनुहुन्छ ? हजुर आउने बित्तिकै म साइबर
क्याफेमा गएर हजुरको फेसबुक आईडी बनाईदिन्छु ।”
“तिमीले मेरो नंम्बर कसरी पायौँ ? ”
“ हजुरको नंम्बर खोज्न कुन गाह्रो कुरा हो र । अघि ड्याडीले हजुरसँग
कुरा गरेको सुनराथ्ये नि त ।”
No comments:
Post a Comment