Part 2:
आकांक्षालाई पनि आमाले आफ्नै छोरी सम्झेर माँया गर्नु हुन्छ । सायद घरमा खट्किएको छोरीको अभाब आकांक्षाले पुरा गरिदिएकी थिई
हातमा सानो गाग्री बोकेर म पधेँरा तिर लागे । पधेँरामा मान्छेहरूको
भिड बाक्लै थियो । केही समय पालो कुरेपछि मैले पानी थाप्ने पालो पाए । गाग्रीलाई
धारोमा थाप्नै लाग्दा पछाडीबाट कसैले भनेको सुने, “ अरे, आशुतोष बाबु, सुरूमा हात
मुख त धुनुस्, अनि पानी थाप्नु होला ।”
म झस्याङ भए । बिहानै उठेर पधेरामा पुग्दा पनि मैले आफ्नो हात मुख
धुन भुलेको थिए । आफ्नो अल्छीपन अझै सम्म छोड्न नसकेकोमा आफैलाई लाज लाग्यो ।
पछाडी फर्केर हेरे, आकाँक्षाको आमा हुनुहुदो रैछ । लजाउदै नमस्कार काकी भने ।
“कहिले आउनुभयो त बाबु ? कति दिनलाई छ छुट्टी?”
“एक दुई दिन बस्छु होला काकी । भर्खरै परिक्षा सकियो, यसो भेटघाटको
लागी मात्र आएको हो ।“
“हाम्रो घर तिर नि आउनु न है । आकाँक्षा सधै तपाईको बारेमा कुरा
गरिरहन्छे ।”
“आकाँक्षा” शब्द सुन्ने बित्तिकै मलाई बिहानको घटना दिमागमा आईहाल्यो
। अघि सम्म सामान्य तरिकाले बोलिरहेको म, एकाएक बोल्न अप्ठ्यारो लाग्न थाल्यो ।
मैले त मनमनै आकाँक्षाको आमालाई सासुआमा पो देख्न थालेछु ।
म केही पनि नबोलेको देखेर उहाँले फेरी सोध्नु भयो, “ के भयो आशुतोष
बाबु ! धेरै बेर सोच्नु भयो त । हाम्रो घरपनि हजुरकै घरजस्तै त हो । आफ्नो सम्झिए
सबैकुरा आफ्नै हुन्छ क्यारे । ”
मैले केही बोल्ने शब्द नै पाईन । किनकी मैले त धेरै कुरा आफ्नो नहुदा
नहुदै पनि आफ्नो सम्झी सकेको थिए । “हुन्छ काकी, म दिउसो तिर आउछू नि ।“
भरीएको गाग्री काघँमा बोकेर म फटाफट घर तिर लागे । छिटो छिटो हिड्दा
गाग्रीको पानी छवल्किरहेको थियो, त्यो भन्दा बढी त मेरो मन छचल्किएको थियो ।
दिनभरी घरमै बसेर समय कटाए किनकी मेरो उमेरका साथीहरू धेरै जसो दुबई,
कतार र मलेसिया पुगिसकेका छन् । कोहि जापान र कोरियामा पनि छन् । एकाध साथीहरू
काठमाण्डौमा विहान बेलुकाको छाक जुटाउन सङ्घर्ष गर्दै छन्।
मैले पनि त एस. एल. सी पास गर्ने बित्तिकै गाँउ छाडी काठमाण्डौ शहरमा
आफ्नो भबिष्य खोज्न हिडेँको थिए । विहान कलेज पढ्थे भने दिउसोको खालि समयमा काम
गर्थे । मैले पुतलीसडकको एउटा पुस्तक पसलमा काम गर्न थालेको पनि दुईवर्ष जति
भइसक्यो । कोठा भाडा र बिहान बेलुकाको खर्च चलाउन ठिक्क हुन्छ मेरो कमाई। घरमा
पैसा पठाउन नसकेपनि घरबाट त माग्नु परेको छैन नि भन्ने सोचेर मन बुझाउछु । पैसा
कमाएर घरमा बा’आमालाई पठाउन नसकेको पिडा त छदै थियो, त्यसमाथी पनि जति कमाएको थिए
त्यसैमा गुजरा गर्नुपर्ने बाध्यता पनि सँगै थियो ।
घरमा आएको बेला मैले गर्ने काम खासै केही हुदैन, सबै कामधन्दा,
मेलापात बा’आमाले नै समाल्नु भएको छ
। आमाबाट थाहा पाए आकांक्षाले घरको काममा
बा”आमालाई सघाउदि रैछे, बा’आमाको ख्याल गर्दि रैछे । गाह्रो साह्रो हेरीदिने उहि रहिछे
घरमा । आकांक्षालाई पनि आमाले आफ्नै छोरी सम्झेर माँया गर्नु हुन्छ । सायद घरमा
खट्किएको छोरीको अभाब आकांक्षाले पुरा
गरिदिएकी थिई ।
आकांक्षा एकदम सरल र मिजासिली स्वभाबकी केटी छे । सबैलाई उस्तै आदर
सम्मान गर्ने जानेकी । घर ब्यवाहारको कुरामा कसैले सिकाउनै पर्दैन् । रुपमा बिछटै
राम्री तर पढाईमा मध्यम । परिक्षामा पहिलो दोस्रो नभएपनि कहिल्लै फेल भएकी छैन् ।
मैले नै सहयोग गरिदिन्थे परिक्षाको बेला । एस्. एल. सी.पछि उ सँगैका साथीहरु
पढ्नलाई काठमाण्डौ गए तर उ भने गाँउमै खोलेको प्लस टु मा पढ्दै छे । उमेरमा म भन्दा
दुई वर्षले कान्छि छे तर उसमा मेरो भन्दा बढि परिपक्ता छ किनकी उ दुःखमा भिजेकी छे,
उसले घर व्यवाहार र समाज बुझेकी छे ।
साझ घाम डुब्ने बेला तिर म आकाँक्षाको घर तिर लागे । आकाँक्षा बाहिर
फलैँचामा बसेर तरकारी केलाउदै रैछे । उसकी सानि बहिनी भित्र भान्साकोठामा आमासँग
झगडा गर्दै थिई । आकाँक्षालाई हेरेर थोरै मुस्कुराए र सरासर भित्र छिरे ।
आकाँक्षाकी बहिनीले आफ्नो घरमा नयाँ मान्छेलाई देखेपछी रून बन्द गरी । मैलै हिजो
बाटोमा किनेका केही दाना स्याउ र एक बोत्तल कोक लगेको थिए, बहीनिलाई बोलाएर उसको
हातमा रखिदिए । सुरूमा त नजिक पर्न पनि डर मानिरहेकी थिई पछी डराइ डराई मेरो हातको
झोला समाति।
आकाँक्षाको आमा बा सँग कुरा गरीरहदा आकाँक्षा बेलाबेला भित्रबाहिर गरिरहेकी थिई । मलाइ थाहा थियो, उ पनि मेरो कुरा सुन्न चाहान्छे । मलाई एक दुईवटा प्रश्न पनि सोध्न चाहान्छे होला । आफ्नो स्कुलको साथीको बारेमा केही सुनाउन चाहान्थी होला तर त्यहाँ त्यस्तो माहोल बनिरहेको थिएन । मलाई पनि उसको बारेमा अझै धेरै जान्ने मन थियो तर म पनि खुलेर बोल्न सकिरहेको थिईन । थाहा छैन किन, बेलाबेला आकाँक्षासँग मेरो नजर जुध्दा मेरो मुटुको धड्कन एकाएक बढेर आउथ्यो ।
No comments:
Post a Comment