Part 5:
उसको मुख थुन्न मैले यति मात्र भने, “आकांक्षा मेरो बेस्ट फ्रेण्ड हो ।”
दिउँसो टन्टलापुर घाम लागेको थियो । आकाशमा बादलको एक टुक्रा पनि कतै
देखिएको थिएन । सबैजना गर्मीले प्याक प्याक्ति परेका थिए । हावा चलको थिएन ।
मान्छेहरू पात हल्लिन्छ कि भनेर रूखको वरिपरी छाहारी खोजेर बसेका थिए । गाँउका एक
हुल भुराहरू खोलामा पौडी खेल्न जाने भनेर तातिए । यस्तो गर्मीको बेला, त्यसमाथी
बाह्र बजेको घाम । नजाने त कुरै थिएन । हामी हुल बाधेँर खोला तिर झरेको आकाँक्षाले
देखेकी रैछ, उ पनि हामीलाई पछ्याउदै खोला सम्म आई ।
खोलामा पानी सानो थियो तर त्यसलाई स्याउला र ढुङ्गाले थुनेर पौडी
खेल्न मिल्ने बनाएका थियौँ । लगभग एक मान्छे डुबाउने जति गहिरो बन्यो । हाम्रो सात
जनाको जम्बो टोलीले भूत छोई खोल्ने निर्णाय गर्यो । आकांक्षा पौडी खेल्न मानिन ।
उसलाई पौडिन त आउथ्यो तर हामी सँग खेल्न असहज मानी । खासै लजाउनु पर्ने कुरा त
केही थिएन किनकी त्यहा म बाहेक सबै दश एघार वर्षका भुराहरू थिए । तैपनि उसलाई धेरै
कर पनि गर्न मन लागेन । किनकी उसको लागि
लाजमान्नु पर्ने मान्छे म जो थिए ।
आकांक्षा रूखको ओझेलमा खोला भन्दा अलि पर बसि । हामी भने खोला छेउको
ठुलो ढुङामा गयौ र शरीर बाट लुगा उतार्न थाल्यौ । म मात्र एउटा सानो कट्टुमा थिए
बाँकी सबै भुराहरु नाङ्गै पौडि खेल्न तम्सिए । हामीले भुत छोई खेल्ने भयौँ ।
एक घन्टाको भागम्भाग पछि सबैजना थाकेर तातो बालुवा माथी नाङ्गो शरीर
माछा पाखामा पल्टिए जसरी पल्टिन थाले । सैलेशले बालुवामा पानको पात बनाएर “एस प्लस
बि” लेख्यो । पानको पातलाई एउटा तिरले छेड्यो ।
मनोजले ढुङ्गाहरूको खात बनाएर नौ तले धरहरा बनायो । उसको धरहरा
राम्रो सँग उठिसकेकै थिएन भिमसेनले एक लात्ति हानेर ढालिदियो । मनोज भिमसेनलाई
लखेट्दै बयर घारी तिर कुद्न थाल्यो । भिमसेन आफ्नो खुट्टामा अल्झिए लड्यो । मनोजले
उसलाई दुई लात्ति हान्यो र तातो बालुवाले सर्लकै पुरीदियो । दिनभर खोला बगरमा खुब
रमाईलो भयो ।
घर फर्कदै गर्दा सैलेशले मलाई सोध्यो , “आशुतोष दाई ! हजुरको
गर्लफ्रेण्ड छैन् ?”
म त छक्कै परे । यी भुराभुरीलाई अहिल्लै देखी गर्लफ्रेण्ड के हो थाहा
भइसकेछ । मैले उसको गाला चिमाट्दै भने,
“ छैन् भाई बरू तेरो गर्लफ्रेण्ड को हो भन् त ? त्यो अघि एस् प्लस बि
कस्को नाममा लेखीस् ?”
“बबिताको । त्यो मेरो बेस्ट फ्रेण्ड पनि हो ।” उसले बेस्ट फ्रेण्ड
भन्दा मैले पुलुक्क आकाँक्षा तिर हेर । मैले सम्झिए, हामी पनि स्कुल पढ्दा एक
आर्कालाई बेस्ट फ्रेण्ड भनेर बोलाउथ्यौँ ।
“बेस्ट फ्रेण्ड भए लभ साईन भित्र “एस् प्लस बि” किन लेखेको त ?”
“म उसलाई मन पराउछु नि त तर
उसको अर्कै व्वाईफ्रेण्ड छ हाम्रै क्लासमा । उसले मलाई तिमी मेरो बेस्ट फ्रेण्ड हो
भन्छे , तेई भ’र मैले पनि उसलाई बेस्ट फ्रेण्ड भन्नु पर्छ । ”
सैलेशले दार्शनिकको जस्तो गहिरो कुरा गरेको थियो । उसले कति सजिलै
आफुले माँया गर्ने मान्छेलाई बेस्ट फ्रेण्डमा मात्र सिमित गर्न सकेको थियो । उसले
मलाई फेरी त्यहि प्रश्न तेर्सायो , “तपाईको गर्लफ्रेण्ड छैन् ?” मैले आकांक्षा तिर
हेर । उ सुनेको नसुनै झै गरी हामी भन्दा पर पर हिडीरेकी थिई ।
“छैन ! एउटै पनि छैन ।“ भन्न त मन थियो नि, उ त्यो आकांक्षा,
तिमीहरुको दिदी, मेरो गर्लफ्रेण्ड हो भनेर । मनले हजार पल्ट आकाँक्षा भने पनि
मुखले “छैन” भनिदिए ।
मेरो जबाफले उ सन्तुष्ट भएन । उसको मनमा खै के कुरा खेलिरहेको थियो
फेरी सोध्यो , “शहरमा त सबैको गर्लफ्रेण्ड व्बाईफ्रेण्ड हुन्छ रे । तपाईको मात्र
किन भएन ? तर एउटा कुरा सोध्यौ ?”
“अः नडराई सोध न ।”
“आकांक्षा दिदी हजुरको गर्लफ्रेण्ड होईन ?”
हे भगवान । यसलाई अब के जबाफ दिने ? बाँच्नु र मर्नुको स्थितिमा
पार्यो सैलेशले । खुब जान्नि भएर भुराहरूलाई गर्लफ्रेण्डको बारेमा सोध्ने भएको
।आकाँक्षा नै गर्लफ्रेण्ड हो भनु भने मलाई पनि थाहा छैन् आकांक्षाले मलाई मन
पराउछे कि नाई , हैन भनू भने उसले यसरी सोधेको थियो कि उसलाई सबैकुरा थाहा र उ
केबल कम्फम गर्न मात्र चाहान्छ ।
उसको मुख थुन्न मैले यति मात्र भने, “आकांक्षा मेरो बेस्ट फ्रेण्ड हो
।”
सायद उसको लागि बबिता बेस्टफ्रेण्ड भए जस्तै मेरो लागि आकांक्षा पनि
त्यस्तै बेस्ट फ्रेण्ड होला भन्ने बुझ्यो कि ? उसले लामो लेध्रो तानेर “ए...! ”
मात्र भन्यो । यो पल्ट मैले आकाँक्षालाई हेर्नै सकिन ।
No comments:
Post a Comment