Part 8:
सरी हाम्रो पहिलो प्रेमिल संम्बाद नै “सरी” बाट सुरू भयो ।
काठंमाण्डौँको बसाई भनेको जस्तो सजिलो कहाँ हुनु । बिहानको कलेज,
दिनभर पसलको भिडभाड, दौडधुप । मलाई आफ्नै बारेमा त सोच्ने फुर्सद हुदैनथ्यो,
आकाँक्षाको बारेमा झन कसरी थाहा पाउनु । म उसलाई हर बखत सम्झि रहेको हुन्थे तर
मैले संम्झेको छु भनेर सुनाईदिने कोही थिएन । के थाहा उसले पनि त मलाई सम्झदै
बसिरहेकी थिई की । कहिलेकाही आँखा फर्रपराउदा, बाडुल्की लाग्दा आकाँक्षाले सम्झि
होला भनेर मन बुझाउथे । हरेक पल्ट फोनको
घन्टी बज्दा त्यो फोन आकाँक्षाको भईदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । कुनै नयाँ
नम्बरबाट मिस् कल आउदा पनि आकाँक्षाले फोन गरेकी होली भनेर तुरुन्त कल व्याक गरि
हाल्थे । तर हरेक पल्ट मेरो आश निरासमा बद्लियो ।
एक साझ कोठामा खाना पकाउदै थिए कसैले ढोका ढक्ढक गर्यो । साझको बेला
को आयो होला पाहुना लाग्न, दिक्दार मान्दै ढोका खोले । रोजिना रैछै । मैले भित्रै
आउन भने । मेरो कोठा सफाचट देखेर उ छक्कै परी ।
“के हो दादा ! कोठामा कोही पाहुना आउदै हुनुहुन्छ हो? एकदम सफचट छ
त?”
म केही बोलिन । रोजिना तिर हेरेर फिस्स हाँसी दिए ।
“सधै यसरी एक्लै बसेर काहाँ हुन्छ । भाउजु ल्याउनु पर्यो क्या ।”
“भन्ने बित्तिकै खोजेर ल्याउनलाई हराएको सामान होर, समय लागी हाल्छ
नि ।”
“भने पछि हजुरको आज सम्म कुनै केटीलाई मन पराउनु भएको छैन ?”
रोजिनालाई के भा’छ कुन्नी, उसले मसँग पहिलो पटक प्रेमको कुरा गर्दै
थिइ । आज सम्म मैले उसलाई यस्तो कुरा
गरेको देखेको थिईन । म के भनुँ भनु भए ।जब
जब मलाई कसैले प्रमिकाको बारेमा सोध्छन् , म निशब्द हुने गर्छु । मेरो गर्लफ्रेण्ड
छ कि छैन भन्दा पनि आज सम्म एउटै किन छैन भन्ने प्रश्नले पो मलाई सताउन थाल्यो ।
साञ्चैँ, मेरो आजसम्म पनि किन कोही केटीसाथी किन छैन् जो आजकालका भूराभुरीहरू
आफ्नो भाषा गर्लफ्रेण्ड भन्ने गर्छन्।
“ कुरा बुझियो । हजुर त के सारो नामर्द हो के । त्यत्रो मेहेनत गरेर
फेसबुक आई-डी खोलिदिएको, यस्सो हुन्छ नि केटी हरूसँग हाई हेल्लो गर्ने, फोटोमा
लाईक, कमेन्टहरू गर्ने, कुरा सुरू गर्ने । हजुरलाई लभ गर्न पनि मैले नै सिकाई दिनु
पर्ने हो की ?”
“के रे? म नामर्द र ? धेरै गर्लफ्रेण्ड हुनेहरू चाँही मर्द हुन होलान्
नि हैन् । अनि फेसबुकबाट लभ पर्छ भन्ने बकवास कुरा चाँही कसले सिकायो तिमलाई ?”
मैले मलाई अलिअलि रिस पनि उठेको थियो । सायद रोजिनालाई पनि आफुले अलि धेरै नै
बोलेकी जस्तो लाग्यो होला, उ चुपचाप मेरो कुरा सुनिरहि । हामी बिच एकछिन मौनता
छायो र अन्तमा फेरी मैले नै जिस्काउदै सोधे, “तिम्रो चाहीँ कति जना व्वाईफ्रेण्ड छ
नि ?”
अब रिसाउने पालो उस्को थियो, मेरो कुरा सुनेर उ खुसी होली भनेको त
रिसले रातो पिरो पो भई । मलाई एक नजर आँखा तरी र जाने बेला कोठाको ठोका ठ्वाङ्ग
आवाज आउनेगरी ढप्काएर गई ।
रोजिनाले मेरो मनको घाउलाई गिजोलेर गई । के म नामर्दै हो त ? मेरो
गर्लफ्रेण्ड नहुनु वा कसैलाई प्रेम प्रस्ताव राख्न नसक्नु नै मेरो कम्जोरी हो त ?
पढाई राम्रै चलिरहेकै छ, सानो तिनो जागिर पनि गरीरहेकै छु, रुपमा पनि औसत नै छु तर
पनि किन मेरो कोही गर्ल फ्रेण्ड छैनन् ? आजसम्म किन मैले कुनै मस्त जवान युवतीलाई
आफ्नो सम्भावित प्रेमिका मान्न सकेको छैन् । किन मेरा रातहरू कुनै सुन्दरीको
कल्पनामा बितेको छैन् । स्कुल जीवन देखी आज सम्म मैले नजानि कति केटीहरूको सँगत
गरे होला, तर तिनीहरूमा म किन कहिल्लै
प्रेमको राग पाउदिन् ।
जब जब म कोही युवतीको कल्पना गर्छु, तब आकाँक्षाको अनुहार मेरो
दिमागमा आउछ । जब जब म कुनै सुन्दर युवतीहरूलाई हेर्छू, थाहैनपाई आकाँक्षा सँग
दाँज्न खोज्छू । आकाँक्षा सँग मेरो तेस्तो के सम्बन्ध छ, उसलाई आफूबाट पर राखेर
किन अरू कसैको बारेमा सोच्न सक्दिन् । सायद म आकाँक्षालाई मन पराउछु। मैले भन्दा
पनि धेरै त मेरो मनले आकाँक्षालाई मन पराउछ । म आफूलाई भन्दा पनि बढी खुसी
आकाँक्षा भएको हेर्न चाहान्छु । के यो मेरो माँयाको लक्ष्यण होइन र ?
त्यो रात मैले एउटा निर्णय गरे, जसरी पनि आकाँक्षालाई फोन गर्छु ।
फोन सम्पर्क हुन सकेन भने पनि कुनै बहाना बनाएर एक रातको लागी गाँउ गएर भएपनि
उसलाई आफ्नो मनको कुरा भन्छु । आज सम्म यो मनमा लुकेर रहेको मनको भारीलाई बिसाउछु
र आफूलाई हलुका बनाउछु ।
भोलिपल्ट बिहानै गाँउमा आफूले चिनेका बिस्वास लागेका केही
मान्छेहरूलाई फोन गरे जस्ले बेलाबखत घरमा बा”आंमा सँग मेरो फोनमा कुरा गराईदिन्थे
। केही बिस्वासिला मान्छेहरुलाई कसम खुवाएर आफुलाई आकाँक्षाको फोन नम्बर चाहिएको
कुरा गरे । उनिहरूले सरूमा किन चाहियो अरूको फोन नम्बर भनेर दिन मानेन् । तर एकजनाले दाईले मेरो इच्छा पुरा गरिदिए । उनिबाट नै थाहा पाए, आकाँक्षाको
घरमा एउटा मात्रै फोन रहेछ जुन उनको बा’ले बोक्ने गर्दारैछन् । बेलाबखत मौका
मिलाएर फोन गर्दा आकाँक्षासँग पनि भेट हुने धेरै सम्भाबना थियो । त्यति भएपनि मेरो
मनले शान्ति पायो । आखिरमा एक दिनको कडा मेहेनतमा आकाँक्षाको फोन नम्बर जो भेटिएको थियो ।
केही दिन सम्म पनि फोन गरौँ कि नगरौको दोधारमा परिरहे । फोन गर्दा आकाँक्षाका बा’ले उठाए के
भनेर जवाफ दिने होला ? सम्भाबित घटनाहरूको आकलन गरे पछि एक रात आकाँक्षालाई फोन
गर्ने निधओ गरे । रातको नौ बजे तिर आकाँक्षाको
नम्बर डायल गरे र स्पिकर मोडमा राखे । मुटुको धड्कन एक्कासी बढेको थियो । मन मनै
प्रथाना पनि गरीरहेको थिए, “हे भगवान, फोन आकाँक्षाले नै ऊठाइदियोस् ।”
फूल घन्टी गयो तर फोन उठेन । फेरी रि-डायल गरे ।लास्ट सेकेन्डमा एउटा
बुढो धोत्रो आवाजमा हेल्लो ! हेल्लो ! बनेको सुने । त्यो आवाज आकाँक्षाको बा’को
थियो । दुई तिन पटक सम्म पनि हेल्लो भन्दा कोही नबोलेपछि उनले फोन आकाँक्षालाई दिए
। यत मैले फोन नकाटी उनिहरूको कुराहरू सुनिरहेको थिए ।
एक छिन पछि एउटा सुमधुर आवाज सुने, जस्ले मेरो मनको सारा पिडा, दुःख,
तनाबलाई शान्त पारिदियो । त्यो आवाज आकाँक्षाको थियो । मेरो आँखाबाट हश्राशु झर्न थाले । मेरो गला अबरूध भयो, बोलिनै
फुटेन । उता बाट आकाँक्षा हेल्ले हेल्लो भनिरहेकी थिई, यता म सुक्सुकाउन थालि
सकेको थिए । केही समय आकाँक्षा पनि मौन बसि र बिस्तारै भनि, “ आशु ! हेल्लो आशु !
म आकाँक्षा । बोल् न ओई, किन नबोलेको ? मलाई थाहा थियो तैले एकदिन मलाई अवस्य फोन
गर्छस् भन्ने म तेरो फोन कुर्दा कुर्दा थाकिसकेको थिए, तर हार मनेको थिईन ।
अब रुने पालो आकाँक्षाको थियो । उ उता रोईरहि, यता म सुक्सुकाई रहे ।
अब रुन पुग्यो, केही त बोल्नु पर्छ भन्ने
लागेपछि जब बोल्न मात्रै लागेको थियौ
दुबैको मुखबाट एकैचोटि “सरी” नस्कियो । मैले बेलैमा आकाँक्षाको नम्बर खोजेर फोन
गर्न नसकेकोमा माफी मागे, उसले पनि त्यो दिन नम्बर नदिएकोमा माफी मागि । यसरी हाम्रो
पहिलो प्रेमिल संम्बाद नै “सरी” बाट सुरू भयो ।
No comments:
Post a Comment