Part 6:
हाम्रो मित्रतालाई म प्रेमको उचाईमा पुर्याउन चाहान्थे । सायद गल्ति मेरै थिए ।
साझ खाना खाएर म आकांक्षाको घर तिर लागे । उ घरमा थिईन । मैले उसकी
सानी बहिनिलाई सोधे, “दिदी खै त बुनु ?”
“तल कञ्चन दिदिको घरमा जानु भा’छ ।”
आकांक्षा र म सानामा भाँडाकुटी खेल्दा, उनि मेरो बेहुली बन्दा सायद हामी
पनि बुनु जत्रै थियौ होला । आकाँक्षा पनि त यस्तै मायालु, गाला पोक्चि परेकी थिई। मैले
उनको गालामा म्वाई खाईदिए । उनले मुख बिगार्दै हातले आफ्नो जुठो भएको गाला पुछिन् ।
म कञ्चनको घरमा पुगे । घरका सबैजना बसेर भलाकुसारी गरिरेका थिए ।
मैले ढोकाबाट छिर्ने बित्तिकै आकांक्षालाई
देखे । मेरो मन खुसीले फुरूङ्ग भयो तर यसरी रातको समयमा म कञ्चनको घरमा पुग्नु
आश्चर्यको कुरा थियो । मैले आकंक्षालाई नदेखे जस्तो गरेर भने, “ए ! यो पनि यतै छे ।”
वास्तवमा म उसैलाई खोज्दै आएको थिए तर यो कुरा अरूले थाहा नपाउनु
भनेर मैले कुरा बनाए ।
“तँलाई के चासो होला, म जता भएपनि । तँ चाही यति राति के खोज्दै
हिडेँको नि ?” आकांक्षाले पहिलो प्रश्नले सिधै झटारो हानी ।
“ घुम्दै आएको नि । म यता आउनु हुदैन र।”
“खुब घुम्छस् राति राति । किचकन्नेले तानेर लान्छ नि थाहा पाउछस् ।
भन किन आइस ?”
“किचकन्ने त यहि रैछे, कस्ले लान्छ मलाई ।” मेरो कुरा सुनेपछि त्यो
घर भरी हाँसोको फोहोरा छुट्यो ।
म भित्र खाँटको डिलमा टुसुक्क बसे । किचकन्यको कुरा निस्किसकेको थियो
, त्यसपछि त्यहाँ भुत हुन्छ कि हुदैन भन्ने कुरा सुरू हुन थाल्यो । कञ्चनको बा’ले
आफुले धेरै पटक भुत भेटेको कुरा गरे । हामी सबैले कान तिखो पारेर सुन्न थाल्यौ ।
उनि भन्दै गए ।
कञ्चनको बाले किचकन्यको कथा सके तर मेरो मन त किचकन्यको डरमै
कामिरहेको थियो । यो कथा थियो कि वास्तबिक घटना त्यो त हामीलाई पनि थाहा थिएन,
बुढाले भनेपछी त बिस्वास गर्नै पर्यो । मलाई त्यो घटना सम्झदा पनि डर लागिरहेको
थियो । बाहिर रात पनि छिप्पिसकेको थियो, “म घर जान्छु है!” भनेर म त्यहाँबाट निस्किए ।
मेरो हातमा टर्च-लाईट पनि थिएन । जुनको मधुरो उज्यालोमा बाटोलाई
पैतलाले छाम्दै म घर तिर लागे । मेरो पछाडी पछाडी आकांक्षा पनि आउदै रैछे । उसको
हातमा उज्यालो थियो ।त्यसकै साहारामा हामी
हिड्न थाल्यौँ ।
मैले आकंक्षालाई तर्साउने बिचार गरे, “ओई सुन न ! साचिक्कै किचकन्य
हुन्छ हो ? तँलाई डर लाग्छ कि लाग्दैन ?”
“ खै ! हुन्छ होला नि। हामी सबै मरेपछि भुत नै बन्ने हो । म मरे भने
त किचकन्य बन्छु अनि सुरूमा तलाई तर्साउन आउछु । हि हि हि ।” आकंक्षा किञ्चकन्य हाँसेको
जसरी हाँस्न थालि ।
“तलाई थाहा छ, यो गल्लिमा त
तर्साउछ रे नि ? यहाँ एक्लै हिडँनेलाई...” मेरो कुरा सकिएकै थिएन आकंक्षा चिच्याई
।
“आबुई ! मलाई त कस्तो डर लाग्न थाल्यो। साँञ्चि हो .”
आकंक्षा डरले थुर थुर कामिरहेकी थिई । उसको मेरो पाखुरामा यति दरो
सँग समातेकी थिई कि मलाई पनि नमिठोसँग दुःखी रहेको थियो ।
मैले पनि साँञ्चिकै भुत देखेको जसरी डराउदै भने, “ओई भुत हेर् त ।”
“मम्मी हो !” आकांक्षा मेरो छात्तिमै टाँसिन आईपुगि ।उसको मुटुको धड्कन
एक्कासी बढेको थियो र स्वास फुलेको थियो । उसको शरीरको तातोपन मैले महसुस गरिरहेको
थिए । जिवनमा आजसम्म आकाँक्षासँग धेरै पटक छोईए होला, तर आजको छुवाई बेग्लै थियो ।
आज पहिलो पटक आकांक्षा र म यति नजिक टाँसिएर हिडिँरहेका थियौँ । रातको अन्धकार अनि
भुतले डराएकी आकांक्षालाई नाजुक तर मुल्यवान वस्तुलाई जसरी जतनसाथ समाल्दै उसको घर
सम्म छोडिदिए ।
आकाँक्षाबाट छुटिने बेला म भोलि बिहानै काठमाण्डौँ फर्कन लागेको कुरा
सुनाए । मलाई लागेको थियो, उसले मलाई रोक्छे होला । अझै दुई चार दिन त बस् न, तँ
सँग कति धेरै कुराहरू गर्नु छ भन्छे होला भनेर सोचेको थिए तर उसले त कुनै
प्रतिकृया नै जनाईन । यस्तो लाग्दै थियो म उसँग हुनु वा नहुनु, उस्लाई केही फरक
पर्दैन । म त उसलाई आफ्नो मनको कुरा भन्छु भनेर आएको थिए तर निशब्द बनेर फर्किदै
थिए ।
हाम्रो मित्रतालाई म प्रेमको उचाईमा पुर्याउन चाहान्थे । सायद गल्ति
मेरै थिए । मैले नै आकाँक्षाको बारेमा धेरै सोचेछु । हाम्रो मित्रता त छदै थियो नि,
त्यसलाई प्रेमको तुच्छ उपमा दिएर मैले कतै गल्ति त गर्दै छैन् । जे होस् केही भनेर
आकाँक्षालाई दुःखी बनाउनु भन्दा केही नभनी आफै दुःखी हुनु नै बेस । त्यो रात मलाई
जीवन मै सबै भन्दा लामो रात लाग्यो । आकाँक्षासँग बिताएका पुराना दिनहरू एक एक
गरेर सम्झिन थाले । म चैतको अन्तिम साता घर गएको थिए, अब फेरी भेट हुन कार्तिकको
दशैँ सम्म कुर्नु पर्ने छ । यो छ महिनामा कति दिन, कति घन्टा वा सेकेण्ड बाँकी छ होला,
यहि सोच्दै ओछ्यानमा ओल्लो कोल्टो, पल्लो कोल्टो फेर्दा फेर्दै उज्यालो भयो ।
झिसमिसे उज्यालोमै गाँउका अरू मान्छेहरू उठेर कामधन्दा गर्नु भन्दा अगावै म
काठमाण्डौ जाने गाडी चढिसकेको थिए ।
No comments:
Post a Comment