Wednesday, August 31, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 9:

पसिनाले उसको अनुहार निथ्रुक्क भिजेको थियो त्यसमाथी बिहानको घामको किरणमा पसिनाका दानाहरू मोति झै टल्किरहेका थिए ।



त्यसपछिका दिनहरू मेरा सहज तरिकाले बित्न थाले । दिनभर म रात कहिले पर्छ र आकाँक्षासँग फोनमा बोल्न पाउछु भनेर घँडी हेर्दै बिताउथे किनकी दिनभरी फोन आकाँक्षाको बासँग हुन्थ्यो । मेला मौकामा घरमा बा नहुदा उसैले फोन गर्थि । राम्रोसँग बोल्न पनि पाएको हुदैनथ्यौ, बा आउनु भो भनेर कुरा नसकिदै फोन काटी दिन्थि । उसले मलाइ मिस्ड कल नदिएसम्म मैले फोन नगर्ने आदेश दिएकी  थिई ।

घरका सबै परिवारहरू सुतिसकेपछि बल्ल उसले मलाई मिस्ड कल गर्थि । रातको एघार बजेपछि रातभरकोलागी अनलिमिटेड कल गर्न मिल्थ्यो, जसको सबैभन्दा धेरै फाईदा हामी जस्तो प्रेमी प्रेमिकाहरुलाई हुन्थ्यो । सामान्य सँञ्चो, बिसँञ्चो सोधेर सुरूभएको हाम्रो कुराकाहानी कहिले हाँसो त कहिले आशुमा पुगेर टुङ्गिन्थ्यो । आकाँक्षा आफ्नो घरको सानो सानो कुराहरू पनि नछुटाई सुनाउने गर्थी । आकाँक्षासँग बोल्न थाले पछि मैले गाँउमा अरू कसैलाई फोन गरेर मेरो घरको हालखबर सोघ्नु पर्दैन्थ्यो । सबैकुराहरू म आकाँक्षाबाट नै थाहा पाउथे ।

सुरुवाति दिनहरुमा आधारात सम्म कुरा गरेर बस्नु रहर थियो तर पछि पछी भने लत नै लागेको थियो । एक रात  कुराकानी हुनसकेन भने त्यो रात तड्पिएरै बित्थ्यो । आकाँक्षा सधै मलाई गाँउ आउन आग्रह गरिरहन्थी । एक पटक भेटेर न्यास्रो मेट्नलाई पनि गाँउ नै जानु पर्ने बाध्यात थियो, जुन सजिलै पुरा हुनेवाला थिएन ।    

दशै सुरुहुन दुईसाता जति बाँकी थियो। । मेरो स्नातक दोस्रो वर्षको बार्षिक परिक्षा पनि नजिकिदै थियो । कामबाट छुट्टी लिईसकेको थिए । मेरो दिनभरी काम भनेकै कि त पढ्नु कि आकाँक्षासँग फोनमा कुरा गरेर समय कटाउने मात्र थियो । हामी हरेक रातहरू फोनमा कुरा गरेर अनिदो बिताउथ्यौँ । माँयाका कुरा, परिवारका कुरा, भविष्यका मिठा सपनाहरू बुन्दा बुन्दै उज्यालो हुन लागेको पनि पत्तो पाउदैनथ्यौँ ।

बेला बेला रोजिना मेरो कोठामा आउथी, कहिँले काही म कौसिमा हावा खान पनि निस्किने गर्थे । हाम्रो भेट हुनेबित्तिकै उ सोध्ने गर्थी, “भाउजु खोज्नु भो त दादा ।” म पनि मुस्कुराउदै भन्थे, “ आवेदन खुल्ला गेरको छु, हेरौ कति जनाले पर्म भर्दा रैछन् ।” त्यसपछि दुबैजना मरिमरि हास्थ्यौ । रोजिनालाई फेसबुकको लत तयि धेरै बसिसकेको थियो कि उ हरेक दिन प्रोफाईल चेन्ज गर्नु पर्थ्यो । उसको फोटोमा मन नभएपनि लाईक र कमेन्ट लेखिदिनु पर्थ्यो । फोटो हालेपछि एक दुई घन्टामा सय लाईक पनि पुगेन भनेर नाक खुम्च्याउदै आउथी । उसले त दुईवटा फेक आईडी पनि बनाएकी रैछ । फेक आइडीमा आफूलाई मनमा लागेका राम्रा नराम्रा कुराहरू लेख्थी तर आफ्नो रियल आइडीमा चाँही राम्रा कुराहरू मात्र राख्थी । उसलाई कसैसँग रिस उठ्यो भने त्यो रिस पोख्ने ठाउ उसको त्यो फेक आईडी थियो । फेक आईडी बाट यति जना केटाहरूको लभ रिक्योस्ट आयो भनेर मलाई देखाउन आउथी ।

रोजीनाको कुरा सुन्दा र व्यबाहार देख्दा यस्तो लाग्थ्यो, उसले यो फेसबुकको दुनियाँमा हलचल नै ल्याएकी छे । मलाई उसको कुराहरू देखी दिग्दार लाग्न थाल्यो । त्यसपछि मैले उ आएको थाहा पाउने बित्तिकै पढाईको नाटक गर्न थाले । पछी पछी त म अहिले बिजी छु, मलाई डिस्टर्ब नगर भनेर पनि सम्झाए । मेरो ध्यान कि त पढाईमा थियो कि आकाँक्षाको मा । यी दुईको बिचमा अरू आएको मलाई मन पर्न छोडेको थियो ।

आकाँक्षा सँगको बोल्न थालेपछि मैले समयमा खान पनि बिर्सि सकेको थियो । प्रेममा भोक प्यास लाग्दैन भन्थे, साञ्चैँ हो रहेछ, आज आफुले भोगेपछी थाहा पाँए । घरबाट अड्कलेर पठाएको खर्च मैले फोनमा रिचार्ज हालेर सकेको थिए । पसलमा पनि ४-५ हजारको उधारो भईसकेको थियो ।

हरेक दशैँमा चाहिने मरमसला मैले आफैँ किनेर लगिदिन्थे, यसपालि त त्यो किन्ने पैसा पनि बाँकी थिएन । झन त्यसमाथी आकाँक्षालाई यो ल्याईदिन्छु , त्यो ल्याइदिन्छु भनेर मिठा मिठा सपना पनि देखाएको थिए ।

फोनमा मायाँको कुरा गरून्जेल आकाँक्षा मेरो साथमै छे जस्तो लाग्थ्यो तर फोन काटिँएपछी फेरी यो बिरानो शहरमा एक्लो छु भन्ने महसुस हुदो रै”छ ।  लङ डिस्ट्यान्स रिलेशसिपको बेफाईदा नै यहि, आफुलाई मन लागेको बेला भेटौँ न, एक छिन भएपनि नजिकै बसेर कुरा गर्यौ भन्न पनि  नपाउने ।आकाँक्षा मबाट टाढा पक्कै थिइ तर उसको याद यो मनमा गहिरो गरि बसेको थियो । मनलाई सम्झाउन भनेपनि म हेरक पल आकाँक्षालाई भेट्ने दिनको कल्पनामा बिताउन थाले ।

परिक्षा सकियो र घर जाने दिन पनि आयो । आकाँक्षालाई पनि कहिले आउछु भनेर भनेको थिईन् किनकी म उस्लाई भेटेर सप्राईज दिन चाहान्थे । साझ घर पुग्दा आमा बेलुकाको घर धन्दा गर्दै हुनुहुदो रै’छ । साझको बेला छोरो टुप्लुप्क घरमा आई पुग्दा आमाको मन खुसीले फुरूङ भएको थियो । हो, यस्तै खुसी म आकाँक्षाको आँखामा पनि देख्न चाहान्थे । 

भोलि पल्ट बिहानै आकांक्षा घाँस  काट्न बनेली तिर झरेपछि मैले पनि सानो खुर्पी हसियाँ बोकेर उसको पछिपछि लागे । उसँले घाँस काँटिरहदा म रूखको हाँगामा छेलिएर हेरीरहे।

पसिनाले उसको अनुहार निथ्रुक्क भिजेको थियो त्यसमाथी बिहानको घामको किरणमा पसिनाका दानाहरू मोति झै टल्किरहेका थिए ।

आकांक्षाको अनुहारमा धेरै बेर नियालेर हेरे । उसको अनुहार एकदम शान्त थियो । आत्मबिस्वासले भरीएको थियो । उसका हातका चुराहरू मिठो संगित निकाल्दै बजिरहेका थिए । उसको अगाडी कसरी जाने होला भनेर सोचिरहेको थिए, “अईया !” आकांक्षाको पिडाले भरिएको बोलि सुने । मेरो ध्यान भङ्ग भयो । उसले देब्रे हातको दुईबाट औला हसियाँले काटिछ । हातबाट रगत बगिरहेको थियो । म हस्याङ फस्याङ गर्दै उसको अगाडी गए र काटेको ठाउमा औँलाले थिचिदिए । घाउबाट रगत बग्न कम होस् भनेर उसको हातलाई टाउको भन्दा माथी उचालि दिए । मलाई एक्कासी आफ्नो अगाडी देख्दा उस्ले त विस्वासै गर्न सकिन् । उसलाई यति गहिरो सक लागेको थियो कि आफ्नो हातको औँलामा लागेको घाउको दुखाई पनि भुलिसकेकी थिई । उसले दुबैहातले मेरो अनुहार सुम्सुमाई । मेरो हात समाती ।  उसले आँखाबाट खुसीका आशु झर्न थाले । मैले उसलाई आफ्नो न्यानो अँगालोमा बेरे ।

उसलाई सप्राइज दिदा खुसी होलि भनेको त “मलाई नभनि किन आईस” भनेर उल्टै रिसाउन पो थाली । ले पनि जिस्किदै भने, “त्यसो भए म फेरी काठमान्डौ जान्छू अनि तैले आइज भनेपछी मात्र आउछू ।”

“ छ्या ! यो सँग त जिस्किन पनि हुदैन् “ भन्दै मलाई आफुबाट अलि पर धकेली । उसको घाउबाट त रगत बग्न रोकिएकै रैनछ् । नजिकै झाडीबाट एक मुठ्ठी बनमाराको  पात टिपेर ल्याए । त्यसलाई आफ्नो हत्केलाको बिचमा राखेर मिचे । बनमाराको रस काटेको ठाऊमा हाल्यो भन्ने घाउ चाँढो निको हुन्थ्यो अनि उसको सलको सानो फेरो च्याँते र चोट लागेको औँलामा बाँधिदिए ।


Tuesday, August 30, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 8:

सरी हाम्रो पहिलो प्रेमिल संम्बाद नै “सरी” बाट सुरू भयो ।     



काठंमाण्डौँको बसाई भनेको जस्तो सजिलो कहाँ हुनु । बिहानको कलेज, दिनभर पसलको भिडभाड, दौडधुप । मलाई आफ्नै बारेमा त सोच्ने फुर्सद हुदैनथ्यो, आकाँक्षाको बारेमा झन कसरी थाहा पाउनु । म उसलाई हर बखत सम्झि रहेको हुन्थे तर मैले संम्झेको छु भनेर सुनाईदिने कोही थिएन । के थाहा उसले पनि त मलाई सम्झदै बसिरहेकी थिई की । कहिलेकाही आँखा फर्रपराउदा, बाडुल्की लाग्दा आकाँक्षाले सम्झि होला भनेर मन  बुझाउथे । हरेक पल्ट फोनको घन्टी बज्दा त्यो फोन आकाँक्षाको भईदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । कुनै नयाँ नम्बरबाट मिस् कल आउदा पनि आकाँक्षाले फोन गरेकी होली भनेर तुरुन्त कल व्याक गरि हाल्थे । तर हरेक पल्ट मेरो आश निरासमा बद्लियो ।

एक साझ कोठामा खाना पकाउदै थिए कसैले ढोका ढक्ढक गर्यो । साझको बेला को आयो होला पाहुना लाग्न, दिक्दार मान्दै ढोका खोले । रोजिना रैछै । मैले भित्रै आउन भने । मेरो कोठा सफाचट देखेर उ छक्कै परी ।

“के हो दादा ! कोठामा कोही पाहुना आउदै हुनुहुन्छ हो? एकदम सफचट छ त?”

म केही बोलिन । रोजिना तिर हेरेर फिस्स हाँसी दिए ।

“सधै यसरी एक्लै बसेर काहाँ हुन्छ । भाउजु ल्याउनु पर्यो क्या ।”

“भन्ने बित्तिकै खोजेर ल्याउनलाई हराएको सामान होर, समय लागी हाल्छ नि ।”

“भने पछि हजुरको आज सम्म कुनै केटीलाई मन पराउनु भएको छैन ?”

रोजिनालाई के भा’छ कुन्नी, उसले मसँग पहिलो पटक प्रेमको कुरा गर्दै थिइ । आज सम्म मैले उसलाई  यस्तो कुरा गरेको देखेको  थिईन । म के भनुँ भनु भए ।जब जब मलाई कसैले प्रमिकाको बारेमा सोध्छन् , म निशब्द हुने गर्छु । मेरो गर्लफ्रेण्ड छ कि छैन भन्दा पनि आज सम्म एउटै किन छैन भन्ने प्रश्नले पो मलाई सताउन थाल्यो । साञ्चैँ, मेरो आजसम्म पनि किन कोही केटीसाथी किन छैन् जो आजकालका भूराभुरीहरू आफ्नो भाषा गर्लफ्रेण्ड भन्ने गर्छन्।

“ कुरा बुझियो । हजुर त के सारो नामर्द हो के । त्यत्रो मेहेनत गरेर फेसबुक आई-डी खोलिदिएको, यस्सो हुन्छ नि केटी हरूसँग हाई हेल्लो गर्ने, फोटोमा लाईक, कमेन्टहरू गर्ने, कुरा सुरू गर्ने । हजुरलाई लभ गर्न पनि मैले नै सिकाई दिनु पर्ने हो की ?”

“के रे? म नामर्द र ? धेरै गर्लफ्रेण्ड हुनेहरू चाँही मर्द हुन होलान् नि हैन् । अनि फेसबुकबाट लभ पर्छ भन्ने बकवास कुरा चाँही कसले सिकायो तिमलाई ?” मैले मलाई अलिअलि रिस पनि उठेको थियो । सायद रोजिनालाई पनि आफुले अलि धेरै नै बोलेकी जस्तो लाग्यो होला, उ चुपचाप मेरो कुरा सुनिरहि । हामी बिच एकछिन मौनता छायो र अन्तमा फेरी मैले नै जिस्काउदै सोधे, “तिम्रो चाहीँ कति जना व्वाईफ्रेण्ड छ नि ?”

अब रिसाउने पालो उस्को थियो, मेरो कुरा सुनेर उ खुसी होली भनेको त रिसले रातो पिरो पो भई । मलाई एक नजर आँखा तरी र जाने बेला कोठाको ठोका ठ्वाङ्ग आवाज आउनेगरी ढप्काएर गई ।

रोजिनाले मेरो मनको घाउलाई गिजोलेर गई । के म नामर्दै हो त ? मेरो गर्लफ्रेण्ड नहुनु वा कसैलाई प्रेम प्रस्ताव राख्न नसक्नु नै मेरो कम्जोरी हो त ? पढाई राम्रै चलिरहेकै छ, सानो तिनो जागिर पनि गरीरहेकै छु, रुपमा पनि औसत नै छु तर पनि किन मेरो कोही गर्ल फ्रेण्ड छैनन् ? आजसम्म किन मैले कुनै मस्त जवान युवतीलाई आफ्नो सम्भावित प्रेमिका मान्न सकेको छैन् । किन मेरा रातहरू कुनै सुन्दरीको कल्पनामा बितेको छैन् । स्कुल जीवन देखी आज सम्म मैले नजानि कति केटीहरूको सँगत गरे होला, तर  तिनीहरूमा म किन कहिल्लै प्रेमको राग पाउदिन् ।

जब जब म कोही युवतीको कल्पना गर्छु, तब आकाँक्षाको अनुहार मेरो दिमागमा आउछ । जब जब म कुनै सुन्दर युवतीहरूलाई हेर्छू, थाहैनपाई आकाँक्षा सँग दाँज्न खोज्छू । आकाँक्षा सँग मेरो तेस्तो के सम्बन्ध छ, उसलाई आफूबाट पर राखेर किन अरू कसैको बारेमा सोच्न सक्दिन् । सायद म आकाँक्षालाई मन पराउछु। मैले भन्दा पनि धेरै त मेरो मनले आकाँक्षालाई मन पराउछ । म आफूलाई भन्दा पनि बढी खुसी आकाँक्षा भएको हेर्न चाहान्छु । के यो मेरो माँयाको लक्ष्यण होइन र ?

त्यो रात मैले एउटा निर्णय गरे, जसरी पनि आकाँक्षालाई फोन गर्छु । फोन सम्पर्क हुन सकेन भने पनि कुनै बहाना बनाएर एक रातको लागी गाँउ गएर भएपनि उसलाई आफ्नो मनको कुरा भन्छु । आज सम्म यो मनमा लुकेर रहेको मनको भारीलाई बिसाउछु र आफूलाई हलुका बनाउछु ।

भोलिपल्ट बिहानै गाँउमा आफूले चिनेका बिस्वास लागेका केही मान्छेहरूलाई फोन गरे जस्ले बेलाबखत घरमा बा”आंमा सँग मेरो फोनमा कुरा गराईदिन्थे । केही बिस्वासिला मान्छेहरुलाई कसम खुवाएर आफुलाई आकाँक्षाको फोन नम्बर चाहिएको कुरा गरे । उनिहरूले सरूमा किन चाहियो अरूको फोन नम्बर भनेर दिन मानेन् । तर  एकजनाले दाईले मेरो इच्छा  पुरा गरिदिए । उनिबाट नै थाहा पाए, आकाँक्षाको घरमा एउटा मात्रै फोन रहेछ जुन उनको बा’ले बोक्ने गर्दारैछन् । बेलाबखत मौका मिलाएर फोन गर्दा आकाँक्षासँग पनि भेट हुने धेरै सम्भाबना थियो । त्यति भएपनि मेरो मनले शान्ति पायो । आखिरमा एक दिनको कडा मेहेनतमा आकाँक्षाको फोन नम्बर जो  भेटिएको थियो ।

केही दिन सम्म पनि फोन गरौँ कि नगरौको दोधारमा  परिरहे । फोन गर्दा आकाँक्षाका बा’ले उठाए के भनेर जवाफ दिने होला ? सम्भाबित घटनाहरूको आकलन गरे पछि एक रात आकाँक्षालाई फोन गर्ने निधओ गरे । रातको  नौ बजे तिर आकाँक्षाको नम्बर डायल गरे र स्पिकर मोडमा राखे । मुटुको धड्कन एक्कासी बढेको थियो । मन मनै प्रथाना पनि गरीरहेको थिए, “हे भगवान, फोन आकाँक्षाले नै ऊठाइदियोस् ।”

फूल घन्टी गयो तर फोन उठेन । फेरी रि-डायल गरे ।लास्ट सेकेन्डमा एउटा बुढो धोत्रो आवाजमा हेल्लो ! हेल्लो ! बनेको सुने । त्यो आवाज आकाँक्षाको बा’को थियो । दुई तिन पटक सम्म पनि हेल्लो भन्दा कोही नबोलेपछि उनले फोन आकाँक्षालाई दिए । यत मैले फोन नकाटी उनिहरूको कुराहरू सुनिरहेको थिए ।

एक छिन पछि एउटा सुमधुर आवाज सुने, जस्ले मेरो मनको सारा पिडा, दुःख, तनाबलाई शान्त पारिदियो । त्यो आवाज आकाँक्षाको थियो । मेरो आँखाबाट  हश्राशु झर्न थाले । मेरो गला अबरूध भयो, बोलिनै फुटेन । उता बाट आकाँक्षा हेल्ले हेल्लो भनिरहेकी थिई, यता म सुक्सुकाउन थालि सकेको थिए । केही समय आकाँक्षा पनि मौन बसि र बिस्तारै भनि, “ आशु ! हेल्लो आशु ! म आकाँक्षा । बोल् न ओई, किन नबोलेको ? मलाई थाहा थियो तैले एकदिन मलाई अवस्य फोन गर्छस् भन्ने म तेरो फोन कुर्दा कुर्दा थाकिसकेको थिए, तर हार मनेको थिईन ।

अब रुने पालो आकाँक्षाको थियो । उ उता रोईरहि, यता म सुक्सुकाई रहे । अब रुन पुग्यो, केही त बोल्नु पर्छ  भन्ने लागेपछि जब बोल्न  मात्रै लागेको थियौ दुबैको मुखबाट एकैचोटि “सरी” नस्कियो । मैले बेलैमा आकाँक्षाको नम्बर खोजेर फोन गर्न नसकेकोमा माफी मागे, उसले पनि त्यो दिन नम्बर नदिएकोमा माफी मागि । यसरी हाम्रो पहिलो प्रेमिल संम्बाद नै “सरी” बाट सुरू भयो ।     


Monday, August 29, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 7:

लेखिएको थियो @loveA123 । मनमनै पढेँ फर आकाँक्षा ।



यो काठण्माडौँ शहर कति फरक छ । नागढुङ्गाबाट गाडी उकालो लागेपछि मन गह्रौँ हुदै गयो । थानकोट चेकपोष्ट कटेर कलङ्की पुग्दा नपुग्दै मेरो आँखा आशुले भरी सकेका थिए । कमसेकम आकाँक्षाको फोन नम्बर भएको भएपनि एक कल फोन गरेर मनको सबै भारी बिसाउनु हुन्थ्यो ।

भारी मन बोकेर झमक्क साँझ परेपछि बल्ल म कोठामा पुगे । दिनभरी बसको यात्राले ज्यान थिलो थिलो भएको थियो, पेटमा भोक थियो तर शरीरमा जाँगर थिएन । भाँडा माज्नु, पानी थाप्नु, दाल तरकारी किन्न जानु, पकाउनु, खानु ओहो कति धेरै कामहरू मलाई पर्खेर बसिरहेका थिए । घरमा पो पस्किएर राखिदिएको तातो खाना खान पाईन्थ्यो होटेलमा जसरी। घरमा जस्तो शहरमा हुँदो रैनछ ।

कुकुरको सिठ्ठीको आवाज सुनेपछि घरबेटी बा” खोक्दै तल मेरो कोठा तिर झरे । आमामा हालिदिनुभएको गुन्द्रुक भटमास, धिउका पोकाहरू असरल्ल थिए । ढोकाबाट छिर्ने बित्तिकै बुढाले सोधिहाले, “फर्कियौँ बाबु । सामान त निक्कै ल्याएछौ त ?”

“हजुर ! काममा फर्किहाल्नु पर्ने भयो , त्यसैले ।” खाटमा राखेको सानो तरकारी र धिउको पोको बुढाको हातमा राख्दै भने, “ यो आमाले हालिदिनु भएको । हजुरलाई ।”

बुढाको आँखा खुसीले चम्कियो । कोसेली बोकेर माथी उक्लदै गर्दा बुढाले औपचारीकतालाई भने “ खाना बनाउन किन दुःख गर्नु पर्थ्यो, म माथी नै नबाउथ्ये नि त ।”

 

एका बिहानै ढोका ढक-ढक गरेको आवाजले म ब्युँझिए । घडी हेर, भर्खर सवा सात मात्र भएको रहेछ । को आयो फेरी बिहान बिहानै। झिजो मानी मानी ढोका खोले । ढोका खोलेपछि पो थाहा भयो, म त एकसरो भेस्ट र हाफ पाइन्टमा मात्र थिए । आँखा राम्रो सँग खुलेको पनि थिएन, एउटा छाँया सरासर मेरो कोठामा छिर्यो । म ढोका ढेपेर पछाडी फर्केको त घरबेटीको छोरी रोजिना पो रैछे । ल पर्यो फसाद । मेरो भएको अलिअलि ईज्जत पनि माटोमै मिल्ने भयो । म हतार हतार आफ्नो लुगा खोज्न थाले ।

मलाई लाजमर्दो अबस्थामा देखेर पनि रोजिनाले केही भनिन्  बरु मेरो भद्रगोल कोठालाई व्यबस्थित गर्न तिर पो लागि । म त छक्कै परे उसको पारा देखेर। उसले यस्तो व्यवाहार देखाईरहेकी थिईकी यी सब कुराहरूबाट उ पहिलै देखि परिचित छे र उस्लाई मेरो हरेक व्यवाहारहरू थाहा छ ।

अबस्था सामान्य भएपछी मैले भने, “किन आयौँ यति बिहान बिहानै ? केही काम थियो भने म आफै माथी आईहाल्थे त ।“

“बिर्सिनु भो? छ्या ! हजुर त कस्तो भुलक्कड । हजुर काठमाण्डौँ आउने बित्तिकै फेसबुक आईडी बनाउने भनेको हैन् । साईबर खुलिसक्यो । जाऊ छिटो ।”

“फेसबुक आईडी ?” मैले सम्झन कोसिस गरे जस्तो नाटक गरे । उसले आफ्नो टर्च स्क्रिन फोनमा मैले पठाएको एस्.एम.एस् देखाई । अब मैले हैन, नाई भन्ने ठाऊ नै बाँकि रहेन । बाथरुममा हात मुख धोएर म रोजिनाको पछि पछि साइबर क्याफे तिर लागे ।

“हजुरको इमेल आईडी के राखम् ?” रोजिना मेरो कानमै सुसाई । बिहानै देखी साइबरमा मान्छेहरू आइसकेका थिए ।

“जे राखे पनि भयो । सम्झन सजिलो हुने कुनै राखिदेऊ ।”

रोजिनाले आफ्ना खिरिला औँलाहरू किबोर्डमा टाईप गरी । उसले मेरो मोबाईल नम्बर मागी । मेरो मोबाईलमा टुङ्ग म्यासेज आयो । उसले मोबाईल पनि मागी । मैले मेरो सानो नोकिया सेट खल्तिबाट झिकेर दिएर । मेरो फोन देखेर उ झण्डै वेहोस् भईन् । यस्तो पुरानो जमनाको फोनमा फेसबुक कसरी चललउनु हुन्छ भनेर मलाई उल्लिबिल्लि बनाई । अर्को महिना नेट चल्ने स्क्रिन टच फोन किन्छु भनेपछि बल्ल उसले मलाई उडाउन छोडी ।

“पासओर्ड के राखौँ ?” फेरी रोजिनाले सोधी ।

“ जे राखेपनि हुन्छ तर सजिलो राख ।“

उसले दुई-तिनवटा पासओर्ड टाईप गर्दै मेट्दै गरी । एक छिन पछि ल पुरा भयो जाम भनेर उठी । मेरो फेसबुक एकाउन्ट बन्यो त अब ? भनेर सोध्दा अझै पुरा भा’छैन, अब एउटा काम बाँकी छ भनि । कति काम गर्नु पर्ने रैछ यो आईडी बनाउन पनि । यो भन्दा सजिलो त बरु ब्याङ्कमा खाता खोल्न हुन्छ होला।

खाना खाएपछि म उसको घरको छतमा उक्लिए । उ मलाई नै कुरेर बसेकी रैछ । काठमाण्डौँ शहरलाई ब्याकग्राउन्डमा पारेर उसैले एउटा फोटो खिचिदिई । पछी पो थाहा पाए प्रोफाईल पिक्चरको लागी खिचेकी रैछ । बैंकमा खाता खोल्दा फोटो टाँसे जस्तो । मलाई काममा जान हतार भईसकेको थियो, त्यसैले म सिढीँ अर्लदै थिए, उसले एक छिन रोकि ।

“अझै बाकीँ छ यो फेसबुक आईडी बनउन ?” मैले झिझो माने ।

उसले मुस्कुराउदै भनि, “सबै काम सकियो, हजुरलाई आईडी र पासओर्ड दिऊ भनेर ।”

एउटा सानो कागको टुक्रमा सुन्दर आक्षरले ईमेल आईडी र पासओर्ड लेखिएको थियो । मेरो नजर सुरुमै पासओर्डमा पर्यो । लेखिएको थियो @loveA123 ।मनमनै पढेँ A फर आकाँक्षा ।


Sunday, August 28, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 6:

हाम्रो मित्रतालाई म प्रेमको उचाईमा पुर्याउन चाहान्थे । सायद गल्ति मेरै थिए ।



साझ खाना खाएर म आकांक्षाको घर तिर लागे । उ घरमा थिईन । मैले उसकी सानी बहिनिलाई सोधे, “दिदी खै त बुनु ?”

“तल कञ्चन दिदिको घरमा जानु भा’छ ।”  

आकांक्षा र म सानामा भाँडाकुटी खेल्दा, उनि मेरो बेहुली बन्दा सायद हामी पनि बुनु जत्रै थियौ होला । आकाँक्षा पनि त यस्तै मायालु, गाला पोक्चि परेकी थिई। मैले उनको गालामा म्वाई खाईदिए । उनले मुख बिगार्दै  हातले आफ्नो जुठो भएको गाला पुछिन् ।

म कञ्चनको घरमा पुगे । घरका सबैजना बसेर भलाकुसारी गरिरेका थिए । मैले ढोकाबाट छिर्ने बित्तिकै  आकांक्षालाई देखे । मेरो मन खुसीले फुरूङ्ग भयो तर यसरी रातको समयमा म कञ्चनको घरमा पुग्नु आश्चर्यको कुरा थियो । मैले आकंक्षालाई नदेखे जस्तो  गरेर भने, “ए ! यो पनि यतै छे ।”

वास्तवमा म उसैलाई खोज्दै आएको थिए तर यो कुरा अरूले थाहा नपाउनु भनेर मैले कुरा बनाए ।

“तँलाई के चासो होला, म जता भएपनि । तँ चाही यति राति के खोज्दै हिडेँको नि ?” आकांक्षाले पहिलो प्रश्नले सिधै झटारो हानी ।

“ घुम्दै आएको नि । म यता आउनु हुदैन र।”

“खुब घुम्छस् राति राति । किचकन्नेले तानेर लान्छ नि थाहा पाउछस् । भन किन आइस ?”

“किचकन्ने त यहि रैछे, कस्ले लान्छ मलाई ।” मेरो कुरा सुनेपछि त्यो घर भरी हाँसोको फोहोरा छुट्यो ।

म भित्र खाँटको डिलमा टुसुक्क बसे । किचकन्यको कुरा निस्किसकेको थियो , त्यसपछि त्यहाँ भुत हुन्छ कि हुदैन भन्ने कुरा सुरू हुन थाल्यो । कञ्चनको बा’ले आफुले धेरै पटक भुत भेटेको कुरा गरे । हामी सबैले कान तिखो पारेर सुन्न थाल्यौ । उनि भन्दै गए ।

कञ्चनको बाले किचकन्यको कथा सके तर मेरो मन त किचकन्यको डरमै कामिरहेको थियो । यो कथा थियो कि वास्तबिक घटना त्यो त हामीलाई पनि थाहा थिएन, बुढाले भनेपछी त बिस्वास गर्नै पर्यो । मलाई त्यो घटना सम्झदा पनि डर लागिरहेको थियो । बाहिर रात पनि छिप्पिसकेको थियो, “म घर जान्छु है!”  भनेर म त्यहाँबाट निस्किए ।

मेरो हातमा टर्च-लाईट पनि थिएन । जुनको मधुरो उज्यालोमा बाटोलाई पैतलाले छाम्दै म घर तिर लागे । मेरो पछाडी पछाडी आकांक्षा पनि आउदै रैछे । उसको हातमा  उज्यालो थियो ।त्यसकै साहारामा हामी हिड्न थाल्यौँ ।

मैले आकंक्षालाई तर्साउने बिचार गरे, “ओई सुन न ! साचिक्कै किचकन्य हुन्छ हो ? तँलाई डर लाग्छ कि लाग्दैन ?”

“ खै ! हुन्छ होला नि। हामी सबै मरेपछि भुत नै बन्ने हो । म मरे भने त किचकन्य बन्छु अनि सुरूमा तलाई तर्साउन आउछु । हि हि हि ।” आकंक्षा किञ्चकन्य हाँसेको जसरी हाँस्न थालि ।

“तलाई  थाहा छ, यो गल्लिमा त तर्साउछ रे नि ? यहाँ एक्लै हिडँनेलाई...” मेरो कुरा सकिएकै थिएन आकंक्षा चिच्याई ।

“आबुई ! मलाई त कस्तो डर लाग्न थाल्यो। साँञ्चि हो .”

आकंक्षा डरले थुर थुर कामिरहेकी थिई । उसको मेरो पाखुरामा यति दरो सँग समातेकी थिई कि मलाई पनि नमिठोसँग दुःखी रहेको थियो ।

मैले पनि साँञ्चिकै भुत देखेको जसरी डराउदै भने, “ओई भुत हेर् त ।”

“मम्मी हो !” आकांक्षा मेरो छात्तिमै टाँसिन आईपुगि ।उसको मुटुको धड्कन एक्कासी बढेको थियो र स्वास फुलेको थियो । उसको शरीरको तातोपन मैले महसुस गरिरहेको थिए । जिवनमा आजसम्म आकाँक्षासँग धेरै पटक छोईए होला, तर आजको छुवाई बेग्लै थियो । आज पहिलो पटक आकांक्षा र म यति नजिक टाँसिएर हिडिँरहेका थियौँ । रातको अन्धकार अनि भुतले डराएकी आकांक्षालाई नाजुक तर मुल्यवान वस्तुलाई जसरी जतनसाथ समाल्दै उसको घर सम्म छोडिदिए ।

आकाँक्षाबाट छुटिने बेला म भोलि बिहानै काठमाण्डौँ फर्कन लागेको कुरा सुनाए । मलाई लागेको थियो, उसले मलाई रोक्छे होला । अझै दुई चार दिन त बस् न, तँ सँग कति धेरै कुराहरू गर्नु छ भन्छे होला भनेर सोचेको थिए तर उसले त कुनै प्रतिकृया नै जनाईन । यस्तो लाग्दै थियो म उसँग हुनु वा नहुनु, उस्लाई केही फरक पर्दैन । म त उसलाई आफ्नो मनको कुरा भन्छु भनेर आएको थिए तर निशब्द बनेर फर्किदै थिए । 

हाम्रो मित्रतालाई म प्रेमको उचाईमा पुर्याउन चाहान्थे । सायद गल्ति मेरै थिए । मैले नै आकाँक्षाको बारेमा धेरै सोचेछु । हाम्रो मित्रता त छदै थियो नि, त्यसलाई प्रेमको तुच्छ उपमा दिएर मैले कतै गल्ति त गर्दै छैन् । जे होस् केही भनेर आकाँक्षालाई दुःखी बनाउनु भन्दा केही नभनी आफै दुःखी हुनु नै बेस । त्यो रात मलाई जीवन मै सबै भन्दा लामो रात लाग्यो । आकाँक्षासँग बिताएका पुराना दिनहरू एक एक गरेर सम्झिन थाले । म चैतको अन्तिम साता घर गएको थिए, अब फेरी भेट हुन कार्तिकको दशैँ सम्म कुर्नु पर्ने छ । यो छ महिनामा कति दिन, कति घन्टा वा सेकेण्ड बाँकी छ होला, यहि सोच्दै ओछ्यानमा ओल्लो कोल्टो, पल्लो कोल्टो फेर्दा फेर्दै उज्यालो भयो । झिसमिसे उज्यालोमै गाँउका अरू मान्छेहरू उठेर कामधन्दा गर्नु भन्दा अगावै म काठमाण्डौ जाने गाडी चढिसकेको थिए ।


Thursday, August 25, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

Part 5:

उसको मुख थुन्न मैले यति मात्र भने, “आकांक्षा मेरो बेस्ट फ्रेण्ड हो ।”



दिउँसो टन्टलापुर घाम लागेको थियो । आकाशमा बादलको एक टुक्रा पनि कतै देखिएको थिएन । सबैजना गर्मीले प्याक प्याक्ति परेका थिए । हावा चलको थिएन । मान्छेहरू पात हल्लिन्छ कि भनेर रूखको वरिपरी छाहारी खोजेर बसेका थिए । गाँउका एक हुल भुराहरू खोलामा पौडी खेल्न जाने भनेर तातिए । यस्तो गर्मीको बेला, त्यसमाथी बाह्र बजेको घाम । नजाने त कुरै थिएन । हामी हुल बाधेँर खोला तिर झरेको आकाँक्षाले देखेकी रैछ, उ पनि हामीलाई पछ्याउदै खोला सम्म आई ।

खोलामा पानी सानो थियो तर त्यसलाई स्याउला र ढुङ्गाले थुनेर पौडी खेल्न मिल्ने बनाएका थियौँ । लगभग एक मान्छे डुबाउने जति गहिरो बन्यो । हाम्रो सात जनाको जम्बो टोलीले भूत छोई खोल्ने निर्णाय गर्यो । आकांक्षा पौडी खेल्न मानिन । उसलाई पौडिन त आउथ्यो तर हामी सँग खेल्न असहज मानी । खासै लजाउनु पर्ने कुरा त केही थिएन किनकी त्यहा म बाहेक सबै दश एघार वर्षका भुराहरू थिए । तैपनि उसलाई धेरै कर पनि गर्न मन लागेन ।  किनकी उसको लागि लाजमान्नु पर्ने मान्छे म जो थिए ।

आकांक्षा रूखको ओझेलमा खोला भन्दा अलि पर बसि । हामी भने खोला छेउको ठुलो ढुङामा गयौ र शरीर बाट लुगा उतार्न थाल्यौ । म मात्र एउटा सानो कट्टुमा थिए बाँकी सबै भुराहरु नाङ्गै पौडि खेल्न तम्सिए । हामीले भुत छोई खेल्ने भयौँ ।

एक घन्टाको भागम्भाग पछि सबैजना थाकेर तातो बालुवा माथी नाङ्गो शरीर माछा पाखामा पल्टिए जसरी पल्टिन थाले । सैलेशले बालुवामा पानको पात बनाएर “एस ‌प्लस बि” लेख्यो । पानको पातलाई एउटा तिरले छेड्यो ।

मनोजले ढुङ्गाहरूको खात बनाएर नौ तले धरहरा बनायो । उसको धरहरा राम्रो सँग उठिसकेकै थिएन भिमसेनले एक लात्ति हानेर ढालिदियो । मनोज भिमसेनलाई लखेट्दै बयर घारी तिर कुद्न थाल्यो । भिमसेन आफ्नो खुट्टामा अल्झिए लड्यो । मनोजले उसलाई दुई लात्ति हान्यो र तातो बालुवाले सर्लकै पुरीदियो । दिनभर खोला बगरमा खुब रमाईलो भयो ।

घर फर्कदै गर्दा सैलेशले मलाई सोध्यो , “आशुतोष दाई ! हजुरको गर्लफ्रेण्ड छैन् ?”

म त छक्कै परे । यी भुराभुरीलाई अहिल्लै देखी गर्लफ्रेण्ड के हो थाहा भइसकेछ । मैले उसको गाला चिमाट्दै भने,

“ छैन् भाई बरू तेरो गर्लफ्रेण्ड को हो भन् त ? त्यो अघि एस् प्लस बि कस्को नाममा लेखीस् ?”

“बबिताको । त्यो मेरो बेस्ट फ्रेण्ड पनि हो ।” उसले बेस्ट फ्रेण्ड भन्दा मैले पुलुक्क आकाँक्षा तिर हेर । मैले सम्झिए, हामी पनि स्कुल पढ्दा एक आर्कालाई बेस्ट फ्रेण्ड भनेर बोलाउथ्यौँ ।

“बेस्ट फ्रेण्ड भए लभ साईन भित्र “एस् प्लस बि” किन लेखेको त ?”

 “म उसलाई मन पराउछु नि त तर उसको अर्कै व्वाईफ्रेण्ड छ हाम्रै क्लासमा । उसले मलाई तिमी मेरो बेस्ट फ्रेण्ड हो भन्छे , तेई भ’र मैले पनि उसलाई बेस्ट फ्रेण्ड भन्नु पर्छ । ”

सैलेशले दार्शनिकको जस्तो गहिरो कुरा गरेको थियो । उसले कति सजिलै आफुले माँया गर्ने मान्छेलाई बेस्ट फ्रेण्डमा मात्र सिमित गर्न सकेको थियो । उसले मलाई फेरी त्यहि प्रश्न तेर्सायो , “तपाईको गर्लफ्रेण्ड छैन् ?” मैले आकांक्षा तिर हेर । उ सुनेको नसुनै झै गरी हामी भन्दा पर पर हिडीरेकी थिई ।

“छैन ! एउटै पनि छैन ।“ भन्न त मन थियो नि, उ त्यो आकांक्षा, तिमीहरुको दिदी, मेरो गर्लफ्रेण्ड हो भनेर । मनले हजार पल्ट आकाँक्षा भने पनि मुखले  “छैन” भनिदिए ।

मेरो जबाफले उ सन्तुष्ट भएन । उसको मनमा खै के कुरा खेलिरहेको थियो फेरी सोध्यो , “शहरमा त सबैको गर्लफ्रेण्ड व्बाईफ्रेण्ड हुन्छ रे । तपाईको मात्र किन भएन ? तर एउटा कुरा सोध्यौ ?”

“अः नडराई सोध न ।”

“आकांक्षा दिदी हजुरको गर्लफ्रेण्ड होईन ?”

हे भगवान । यसलाई अब के जबाफ दिने ? बाँच्नु र मर्नुको स्थितिमा पार्यो सैलेशले । खुब जान्नि भएर भुराहरूलाई गर्लफ्रेण्डको बारेमा सोध्ने भएको ।आकाँक्षा नै गर्लफ्रेण्ड हो भनु भने मलाई पनि थाहा छैन् आकांक्षाले मलाई मन पराउछे कि नाई , हैन भनू भने उसले यसरी सोधेको थियो कि उसलाई सबैकुरा थाहा र उ केबल कम्फम गर्न मात्र चाहान्छ ।

उसको मुख थुन्न मैले यति मात्र भने, “आकांक्षा मेरो बेस्ट फ्रेण्ड हो ।”

सायद उसको लागि बबिता बेस्टफ्रेण्ड भए जस्तै मेरो लागि आकांक्षा पनि त्यस्तै बेस्ट फ्रेण्ड होला भन्ने बुझ्यो कि ? उसले लामो लेध्रो तानेर “ए...! ” मात्र भन्यो । यो पल्ट मैले आकाँक्षालाई हेर्नै सकिन ।


Wednesday, August 24, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 part 4:

आकांक्षा अब सानी रैनछै भन्ने आज उसको खुलेको सुन्दरता देखेपछी मात्र थाहा पाए ।




गाँउको पधेँरो, एका बिहानै भिड हुने भईहाल्यो । पालो कुर्दा कुर्दा मेरो मुखको मञ्जन सुकेर कट्कटिएको थियो । हात खुट्टा धोए, मुख कुल्ला गरे, गाग्रीमा पानी भरिने बेलासम्म त्यसलाई हेरीरहे । गाग्रीमा पानीले हिर्काउदा मिठो संगित निस्किरहेको थियो ।

पानी भरिए पछि त्यसलाई पधेँराको डिलमा राखेर म टाउकोमात्र नुहाउनलाई टि-सर्ट खोल्दै थिए । म निहुरिएको मात्र के थिए कसैले माथीबाट भरी पानीको गाग्री घोप्ट्याईदियो  । म शिर देखी पाउसम्म भिजे । म पानीमा रूझेको बिरालो जस्तो जाडोले लुगलुग काम्न थालेको थिए । रिसको झोकमा पछाडी फर्केर हेर्दा त आकांक्षा पछ्यौराले मुख छोपेर मुर्छा परेर हाँसिरहेकी थिई ।

उसका नशालु ति आँखाहरु, गुलाबि ओठ, हाँस्दा डिम्पल गर्ने गाला । मैले आफू पानीले भिजेको पनि बिर्सिसकेछू । आकाँक्षालाई तल देखी माथी सम्म निहारे, पातालो छिनेको कम्मर, लामा लामा हात गोडाहरू मैले आजसम्म आकाँक्षालाई राम्रोसँग हेरेकै रैनछु । उसको सुन्दरताको दर्शन त मैले आज सम्म पाएकै रैनछु ।

घरबाट टाढा हुँदा, म कहिलेकाँही आकांक्षालाई सम्झन्थे, सधै स्कुल पढ्दा देखेको अनुहार मात्र दिमागमा आउथ्यो । मेरो सम्झनामा आकाँक्षा अरू युवती सरह समान थिई कुनै खास आक्रषण देख्दिन थिए । हामी एउटै गाँउमा जन्मिएर हुर्किएको भएपनि हाम्रो उमेरमा केही फरक थियो तर पनि उ मेरो सबैभन्दा मिल्ने केटी साथी थिई ।

आकांक्षा अब सानी रैनछै भन्ने आज उसको खुलेको सुन्दरता देखेपछी मात्र थाहा पाए । आज पहिलो पटक आकांक्षालाई देख्दा मेरो मनमा काउकुति लागेको अनुभब भयो । धेरै समय पछि मेरो मनमा हलचल पैदा भएको थियो । म एकोहोरो उसलाई हेरेर टोलाएको देखेर उसले एक अञ्जुलि पानी मेरो अनुहारमा फालिदिई । म फेरी नमज्जा सँग झस्किए ।

“ बल्ल खाईस, मेरो बदला बल्ल पुरा भयो ।” कुनै ठुलो युध्द जिते जसरी उ पुकलित भई ।

मैले भने “यो कस्तो बदला होला ?”

“हिजो आमाको अगाडी मलाई के भनेको थिईस ? खुब मलाई आफ्नो घरको बुहारी बनाउने भा’को ? मलाई पाउन त्यति सजिलो कहाँ छ । तेरो शहरका केटीहरु जस्ती सजिलै मानिहाल्ने सम्झीस् कि के हो मलाई ?”

“ के भन्दैछस् तँ ?यो बदला त्यसैको थियो? त्यति सानो कुराको सजाय यति धेरै ? यो त अत्ति भएन र ?”

“ तँलाई त अझै पुगेकै छैन् । मलाई फोन किन नगरेको ? थाहा छ राति बाह्र बजेसम्म तेरो फोन कुरेर बसेको थिए ,”

“फोन ? कस्लाई ? फोन गर्नलाई त मसँग तेरो नम्बर पनि हुनु पर्यो नि ?”

“हिजो बेलुका त्यो कागजमा दे’को के त? कि हेर्दै नहेरी फालिदिईस ? मलाई थाहा थियो, तँ मेरो कुराहरूलाई खासै महत्व दिदैनस् भन्ने । शहरमै राम्री राम्री तरूनिहरू हेरेको होलास्, गाँउ छोडेर जान नसकेको म जस्तीलाई के हेर्थिस् । ”

“ मनमा लाग्यो भन्दैम जे पायो त्यहि चाँही नभनिहाल त !मैले तँलाई कैले वेवास्ता गरे? ”

“तैले सधै गरि त राछस् नि । आजसम्म मलाई केही गिफ्ट लयाईदिस् त शहर बाट । उल्टै मैले नम्बर दिदाँ पनि फोन नगर्ने हैन् ।”

“ओ सेट् !” मैले आफ्नो हात टाउकोमा ठोक्काउदै भने, “त्यसमा तेरो फोन नम्बर थियो ? ”

मैले त्यो कागज त हेरेकै थिईन। एकछिनमा हेर्छु भन्दा भन्दै बिर्सेछु । हिजो सुत्दा लगाएको प्यान्ट अहिले शरीरमै थियो। खोल्तिमा हात हालेर छाम्दा पो फेला पर्यो , बिचरा कागज त पानीमा भिजेर धुजा धुजा भएछ । अब त्यसमा आकाँक्षाको फोन नम्बर कसरी खोज्नु ।

मेरो हातमा कागजको टुक्राहरू देखेपछि उसको अनुहार मलिन भयो । मैले उसले दिएको कुरालाई वास्तै नगरी छोडेको थिए । उसलाई फकाउनलाई उसको फोन नम्बर फेरी मागे तर उसले दिन मानिन । भनि “ जस्लाई मेरो बारेमा कुनै मत्तलब छैन् , त्यसलाई म बारम्बार फोन नम्बर दिईरहन सक्दिन्, मन भए आफै खोजेर गर्नु नत्र कसैको फोन कुरेर बस्नि खालकी केटी हैन म ।”

म आकाँक्षालाई फकाउन खोज्दै थिए, त्यहिबेला साईडमा राखेको मेरो मोबाईलमा घन्टी बज्यो । मेरो र आकाँक्षाको नजर एकैचोटी त्यो फोनमा पर्यो । म फोन उठाउनलाई अगाडी मात्र के बढेको थिए हतपत आकाँक्षाले मेरो फोन उठाई ।

“हेल्लो ! को बोल्नु भ’को ?”

( मौनता)

“कस्लाई खोजेको ?”

( मौनता)

“तिमीलाई के चाहियो म जो बोलेपनि । के काम छ आशुतोष सँग ।”

(मौनता)

“काम छैन भने किन फोन गरेकी त बेकारमा अरूलाई  । फोन राख् ।”

आकाँक्षाको अनुहार अमिलिएर कालो निलो भयो, रिसाउदै पनि थिई होला सायद, आँखा पनि रातो रातो भएको थियो । उसले सिधै सोधि “को हो यो रोजिना भन्ने ?”

रोजिनाले पो फोन गरेकि रैछे, मैले मुस्कुराउदै भने, “बहिनि हो, घरबेटी कि छोरी ।”

“बहिनी मात्रै हो की गर्ल फ्रेण्ड पनि ?”

“के रे ? के भनिस् ? फेरी भन त ?”

“ केही होईन, ला तेरो फोन ।” आकाँक्षाले फोन म भएतिर फालिदिई । मैले केही बुझ्नै सकिन । यो केटीलाई एक्कासि यो के भयो । बिहान बिहानै यसलाई कुन भुत चढ्यो यसरी । एक कल फोनको भरमा आकाँक्षाको अनुहारको रङ यसरी उडेको थियो कि म त लगभग डराइसकेको थिए । हिजो हाँसी मजाकमा बुहारी बनाउछु भन्दा एक गाग्री पानी खनाईदिनेले आज यो फोनको बदला कसरी लिन्छे होला, हेर्न बाँकी थियो ।


Tuesday, August 23, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 3:

“ हजुरको फेसबुक आईडी दिनुस् न, म फ्रेण्ड रिक्योस्ट पठाउछु ।”



मेरो मोबाईलमा फोनको घँटी बज्यो । काठमाण्डौँबाट घरबेटी बा’ले फोन गरेका रहेछन् । हिजो बिहान देखी कोठाको ढोका नखुलेको देखेर उनलाई साह्रै पिर परेछ र फोन गरेछन् । मैले घर जादै छु भन्ने कुरा कसैलाई पनि भनेको थिईन। एकाएक आफ्नो घरबहालमा बस्ने कोटो हराउदा उनलाई पिर पर्नु स्वाभाबिक नै हो । घरबेटी बा’साँग कुरा गर्दागर्दै म आकाँक्षाको घरबाट बाहिर निस्किसकेको थिए । जानेबेला एकपटक आकाँक्षाको अनुहारमा हेरे, “किन जानुपर्ने होला यति चाढैँ” जस्तो भावमा मलाई नै हेरीरहेकी थिई ।

घरबेटी बा”को सधैको किचकिच आज फेरी सुन्नु परेको थियो । काठमाण्डौँ हुदाँ त स्वाभाबिक पनि थियो, एउटै घरमा बसेपछि  उहाँको कुरा सुन्नै पर्थ्यो तर आज यति टाढा आउदा पनि मैले सुख्ख पाएको थिईन । घरतिरको सबै हालखबर सोधिसकेपछि पनि कुरा टुङ्ग्याउने सुरसार नगरेपछि बहाना बनाउदै भने, “मलाई बाहिर निस्किनु पर्ने सानो काम आईलाग्यो, म पछि फोन गर्छू नि” भनेर फोन राखिदिए । बुढाले पनि मन खुम्चाउदै ए ! ल ल भनेर फोन काटिदिए । बल्ल मेरो दिमाग हलुका भयो ।

खाना खाने बेला आकाँक्षा टुप्लुक्क हाम्रो घरमा आईपुगी । उसले एउटा हातमा तरकारी र आचारको बटुको थियो अनि अर्को हातमा दूधको गिलास। आमाले पठाइदिनु भएको भनेर उसले ति सबै खानेकुरा मेरो अगाडी राखिदिई । मैले मिठो मानी मानी ति सबै अचार तरकारीहरू कपाकप खाई रहे । मैले त बा’ आमालाई दिन पनि बिर्सेछु ।

“एक्लै खाईस मोरा ? खै यता ले त ?” बा’ले आशलाग्दो आँखाले म तिर हेर्नु भयो । मैले खालि बटुको बा’तिर सारी दिए । “मिठो कुरो त यस्लाई देख्नै हुदैन, एक्लै खाई हाल्नु पर्छ है । हाडीखोप्टे जस्तो ।” बा’का कुराले आमा र आकाँक्षा दुबै खितखित हास्न थाले ।

आकाँक्षाले “म अर्को बटुका पनि ल्याइदिन्छु नि त” भनेर घर तिर जान लागी तर बा’ले “भो भो पर्दैन, नानी “ भनेर रोक्नु भयो । मैले  खान खाएर नउठेसम्म आकाँक्षा मेरै छेउमा मैले खाएको हेरीरही । आमाले उसलाई पनि खाना खान कर गर्नु भयो तर उसले भर्खरै खाएको भनेर खान ईन्कार गरी । आमा सँगै जुठा भाडा माझेर उ घर तिर जान लागेकी थिई मेरो हातमा एउटा सानो कागजको टुक्रा राखीदिई । मैले त्यसलाई खोलेर हेर्न नहेरी प्यान्टको खल्तिमा राखे । उ एकैछिनमा  अन्धकारमा बिलिन भईसकिछ ।

सुत्ने बेला मोबाईलको घन्टी बज्यो । नयाँ नम्बरबाट एस्. एम. एस् आएको रैछ । नचिनेको नम्बर कस्को होला भन्ने खुल्लदुलि लागीरहेको थियो, घरबेटीकी छोरीले पो गरेकि रैछे । उसले लेखेकी थिई, “आशुतोष दादा, म रोजिना, चिन्नुभयो नि । हजुरलाई थाहा छ, आज ड्याडीले मेरो लागी मोबाईल किनिदिनु भयो । हजुरको फेसबुक एकाउन्ट छ कि छैन् ?”

उसले भर्खरै एस.एल सीको परीक्षा सकेकी थिई, त्यहि भएर त उसले नयाँ फोन पाएकी थिई । एस्. एल. सी परीक्षामा राम्रो गरे फोन किनेदिने सर्त थियो बाबु छोरीको । रिजल्ट नआएपनि उसले परीक्षा निकै राम्रो छ भनेर गफ लगाएकी थिई । उसको गफ नपत्याउने कुरा पनि त भएन नि किनकी परिक्षाकै लागि भनेर घरबेटी बा”ले मलाई टिउसन पढाउन लगाएका थिए । आफ्नै घरबेटीले भने पछी नाई भन्न पनि गाह्रो, फेरी एक महिना पढाउदा दुई महिनाको कोठा भाडा पनि छुट पाउने, घरबेटी सँग सम्बन्ध पनि राम्रो हुने, मैले एकै वचनमा हुन्छ भनिदिएको थिए । 

एक महिना सम्म पढाउदा मैले कोठामा बेलुकाको खाना खासै बनाउनै परेन । सधै जसो माथी नै खाएर आउथे । कहिले काहीँ उनिहरू भोजमा जादाँ भने मन नलागी नलागी आफ्नो कोठामा बनाउथे ।मलाई त बानि परिसकेको थियो रोजिनाको घरको खाना खाने, कहाँ नेवारी परिकारको अनेकन व्यञ्जन कहाँ मैले पकाउने सादा दाल भात र साग ।

रोजिनाले फेरी म्यासेज गरी । “ हजुरको फेसबुक आईडी दिनुस् न, म फ्रेण्ड रिक्योस्ट पठाउछु ।”

मैले अहिले सम्म फेसबुक एकाउण्ट बनाएकै थिईन । मेरो फेसबुक चल्ने मोबाईल पनि थिएन । म नोकिया सेट बोक्थे । मलाई फेसबुक एकाउन्ट बनाउन मन नभएको त होईन तर मैले चिनेका कोही पनि फेसबुकमा थिएनन् ।

“ मेरो फेसबुक आईडी नै छैन् । मलाई पनि एकाउन्ट खोल्न सिकाइदेउ न त ।“

“ हजुर काठमाण्डौ कहिले आउनुहुन्छ ? हजुर आउने बित्तिकै म साइबर क्याफेमा गएर हजुरको फेसबुक आईडी बनाईदिन्छु ।”

“तिमीले मेरो नंम्बर कसरी पायौँ ? ”

“ हजुरको नंम्बर खोज्न कुन गाह्रो कुरा हो र । अघि ड्याडीले हजुरसँग कुरा गरेको सुनराथ्ये नि त ।”


Sunday, August 21, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

Part 2:

आकांक्षालाई पनि आमाले आफ्नै छोरी सम्झेर माँया गर्नु हुन्छ । सायद घरमा खट्किएको  छोरीको अभाब आकांक्षाले पुरा गरिदिएकी थिई 



हातमा सानो गाग्री बोकेर म पधेँरा तिर लागे । पधेँरामा मान्छेहरूको भिड बाक्लै थियो । केही समय पालो कुरेपछि मैले पानी थाप्ने पालो पाए । गाग्रीलाई धारोमा थाप्नै लाग्दा पछाडीबाट कसैले भनेको सुने, “ अरे, आशुतोष बाबु, सुरूमा हात मुख त धुनुस्, अनि पानी थाप्नु होला ।”

म झस्याङ भए । बिहानै उठेर पधेरामा पुग्दा पनि मैले आफ्नो हात मुख धुन भुलेको थिए । आफ्नो अल्छीपन अझै सम्म छोड्न नसकेकोमा आफैलाई लाज लाग्यो । पछाडी फर्केर हेरे, आकाँक्षाको आमा हुनुहुदो रैछ । लजाउदै नमस्कार काकी भने ।

“कहिले आउनुभयो त बाबु ? कति दिनलाई छ छुट्टी?”

“एक दुई दिन बस्छु होला काकी । भर्खरै परिक्षा सकियो, यसो भेटघाटको लागी मात्र आएको हो ।“

“हाम्रो घर तिर नि आउनु न है । आकाँक्षा सधै तपाईको बारेमा कुरा गरिरहन्छे ।”

“आकाँक्षा” शब्द सुन्ने बित्तिकै मलाई बिहानको घटना दिमागमा आईहाल्यो । अघि सम्म सामान्य तरिकाले बोलिरहेको म, एकाएक बोल्न अप्ठ्यारो लाग्न थाल्यो । मैले त मनमनै आकाँक्षाको आमालाई सासुआमा पो देख्न थालेछु ।

म केही पनि नबोलेको देखेर उहाँले फेरी सोध्नु भयो, “ के भयो आशुतोष बाबु ! धेरै बेर सोच्नु भयो त । हाम्रो घरपनि हजुरकै घरजस्तै त हो । आफ्नो सम्झिए सबैकुरा आफ्नै हुन्छ क्यारे । ”

मैले केही बोल्ने शब्द नै पाईन । किनकी मैले त धेरै कुरा आफ्नो नहुदा नहुदै पनि आफ्नो सम्झी सकेको थिए । “हुन्छ काकी, म दिउसो तिर आउछू नि ।“

भरीएको गाग्री काघँमा बोकेर म फटाफट घर तिर लागे । छिटो छिटो हिड्दा गाग्रीको पानी छवल्किरहेको थियो, त्यो भन्दा बढी त मेरो मन छचल्किएको थियो ।

 

दिनभरी घरमै बसेर समय कटाए किनकी मेरो उमेरका साथीहरू धेरै जसो दुबई, कतार र मलेसिया पुगिसकेका छन् । कोहि जापान र कोरियामा पनि छन् । एकाध साथीहरू काठमाण्डौमा विहान बेलुकाको छाक जुटाउन सङ्घर्ष गर्दै छन्।

मैले पनि त एस. एल. सी पास गर्ने बित्तिकै गाँउ छाडी काठमाण्डौ शहरमा आफ्नो भबिष्य खोज्न हिडेँको थिए । विहान कलेज पढ्थे भने दिउसोको खालि समयमा काम गर्थे । मैले पुतलीसडकको एउटा पुस्तक पसलमा काम गर्न थालेको पनि दुईवर्ष जति भइसक्यो । कोठा भाडा र बिहान बेलुकाको खर्च चलाउन ठिक्क हुन्छ मेरो कमाई। घरमा पैसा पठाउन नसकेपनि घरबाट त माग्नु परेको छैन नि भन्ने सोचेर मन बुझाउछु । पैसा कमाएर घरमा बा’आमालाई पठाउन नसकेको पिडा त छदै थियो, त्यसमाथी पनि जति कमाएको थिए त्यसैमा गुजरा गर्नुपर्ने बाध्यता पनि सँगै थियो ।

घरमा आएको बेला मैले गर्ने काम खासै केही हुदैन, सबै कामधन्दा, मेलापात  बा’आमाले नै समाल्नु भएको छ ।  आमाबाट थाहा पाए आकांक्षाले घरको काममा बा”आमालाई सघाउदि रैछे, बा’आमाको ख्याल गर्दि रैछे । गाह्रो साह्रो हेरीदिने उहि रहिछे घरमा । आकांक्षालाई पनि आमाले आफ्नै छोरी सम्झेर माँया गर्नु हुन्छ । सायद घरमा खट्किएको  छोरीको अभाब आकांक्षाले पुरा गरिदिएकी थिई ।

आकांक्षा एकदम सरल र मिजासिली स्वभाबकी केटी छे । सबैलाई उस्तै आदर सम्मान गर्ने जानेकी । घर ब्यवाहारको कुरामा कसैले सिकाउनै पर्दैन् । रुपमा बिछटै राम्री तर पढाईमा मध्यम । परिक्षामा पहिलो दोस्रो नभएपनि कहिल्लै फेल भएकी छैन् । मैले नै सहयोग गरिदिन्थे परिक्षाको बेला । एस्. एल. सी.पछि उ सँगैका साथीहरु पढ्नलाई काठमाण्डौ गए तर उ भने गाँउमै खोलेको ‍प्लस टु मा पढ्दै छे । उमेरमा म भन्दा दुई वर्षले कान्छि छे तर उसमा मेरो भन्दा बढि परिपक्ता छ किनकी उ दुःखमा भिजेकी छे, उसले घर व्यवाहार र समाज बुझेकी छे ।

साझ घाम डुब्ने बेला तिर म आकाँक्षाको घर तिर लागे । आकाँक्षा बाहिर फलैँचामा बसेर तरकारी केलाउदै रैछे । उसकी सानि बहिनी भित्र भान्साकोठामा आमासँग झगडा गर्दै थिई । आकाँक्षालाई हेरेर थोरै मुस्कुराए र सरासर भित्र छिरे । आकाँक्षाकी बहिनीले आफ्नो घरमा नयाँ मान्छेलाई देखेपछी रून बन्द गरी । मैलै हिजो बाटोमा किनेका केही दाना स्याउ र एक बोत्तल कोक लगेको थिए, बहीनिलाई बोलाएर उसको हातमा रखिदिए । सुरूमा त नजिक पर्न पनि डर मानिरहेकी थिई पछी डराइ डराई मेरो हातको झोला समाति।

आकाँक्षाको आमा बा सँग कुरा गरीरहदा आकाँक्षा बेलाबेला भित्रबाहिर गरिरहेकी थिई  । मलाइ थाहा थियो, उ पनि मेरो कुरा सुन्न चाहान्छे । मलाई एक दुईवटा प्रश्न पनि सोध्न चाहान्छे होला । आफ्नो स्कुलको साथीको बारेमा केही सुनाउन चाहान्थी होला तर त्यहाँ त्यस्तो माहोल बनिरहेको थिएन । मलाई पनि उसको बारेमा अझै धेरै जान्ने मन थियो तर म पनि खुलेर बोल्न सकिरहेको थिईन । थाहा छैन किन, बेलाबेला आकाँक्षासँग मेरो नजर जुध्दा मेरो मुटुको धड्कन एकाएक बढेर आउथ्यो । 

Friday, August 19, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.


 UNCONDITIONAL LOVE

BY PRADIPDEVKOTA ‘MUSAFIR’

Part 1:

 कुखुरी काँ !

बिहानको चारै बजे घरको ठुलो भाले बास्यो । एउटा भाले बासेको आवाजले छिमेकीको खोरमा भएका अन्य कुखुराका भालेहरू पनि बास्न थाले । भालेहरूको कुखुरी काँ’ले मस्त निदाएको गाँउको निन्द्रा बिथोलिदियो ।

पर टाढा कतै कुकुर भुकेको आवाज पनि सुनिदै थियो । आमाका हातका चुराहरु बजेको सुने । घरको मुल ढोका घर्याक्क खुल्यो । ढोका खुलेसँगै बिहानीको पहिलो चिसो हावा कोठा भित्रसम्म आईपुग्यो । सिरक बाहिर अनुहार निकालेर सुतेको थिए, चिसो हावाले मलाई सिरक भित्र गुटुमुटु पर्न बाध्य बनायो ।

एकै छिनमा भान्साबाट मट्टितेल जलेको गन्ध आयो । आमाले दुई-तिन चोटी खोक्नु भयो । सायद धुँवाको मुस्लो उहाँको फोक्सोसम्म पुग्यो होला । उहाँले खोक्दै फूँ: फूँ: गर्नुभयो र एकछिन पछि आगो भुर्रभुर्र गर्दै बलेको सुने ।

आमाले अगेँनु माथी ठुलो डेक्चि बसाल्नु भयो, लैनु भैसीँ, बाख्राको लागि बिहानको कुढोँ पानी थियो त्यो । त्यसपछि उहाँले चुलो, मझेरीदेखी बाहिर पिँढीसम्म कसेर लगाउनु भयो । गोबर र रातो माटो मुछेर दैलो पोत्नु भयो ।

पुर्वी क्षितिजमा आकाश बिस्तारै खुल्दै गयो र सुन्तला पहेँलो रङको क्यानभासमा परिवर्तन भयो । घर बाहिर मान्छेहरु हिडेँको, बोलेको गुनगुन आवज आइरहेको थियो । अगेँनामा आगो नजिकै चियाको कित्ली बसालेर उहाँ कम्मरमा गाग्री र नुहाएर फेर्दा लगाउने लुगा बोकेर पधेँरो तिर लाग्नु भयो ।

पल्लो खाटमा बा चलमलाउनु भएको थाहा पाँए । सायद उहाँको निन्द्रा खुल्यो होला, उहाँ ऊठ्ने तयारीमा हुनुहुन्थ्यो । उहाँले आङ तानेको, आफ्ना बाक्ला दाह्री मुसारेको, हाई काढेको अनि खाटबाट तल झरेको म सिरक भित्रैबाट चाल पाईरहेको थिए ।

बा’को सानै देखीको बानि हो रे, बिहानको नित्यकर्म सबैभन्दा पहिले गरेपछि मात्र उहाँले बाँकी काम गर्नु हुन्थ्यो । उहाँको हिडाँईको चाल थाहा पाएर गोठको लैनु भैँसि पनि जर्याकजुरूक उठी र आःई आःई गरेर कराउन थालि । खोरका बाख्राहरूलाई बाहिर टाट्नामा सार्नु भयो । कुखुराहरु पनि आफ्नो खोरबाट होहल्ला गर्दै बहिर कुध्न थाले, कोही फट्फटाउन थाले । घरको ठुलो भाले फेरी बास्यो एकफेर । सायद उ मलाई छिटो उठ्न आग्रह गरिरहेको थियो । उसको आग्रहलाई बेवास्था गर्दै म आफ्नो कल्पनाको सागरमा डुबुल्की मार्न थाले

म मिठो सपनाको बिचमा थिए, कसैले मेरो सिरकलाई तानेर भुईमा झारी दियो, अनि उसको चिसो हात मेरो अनुहार घाँटी भरी सलबलाउन थालेपछि म आच्छु ! आच्छु ! गर्दै चिच्याउन थाले । मलाई निन्द्रा बिथोलिएको भन्दा पनि  तातो शरिरमा एक्कासी चिसो लगाईदिएकोले रिस ऊठेको थियो ।

“बिहानको घाम डाँडामाथी तीन हात आईसक्यो, यो भने अझै सुतिराछ, अल्छि कहिँको ।”

धेरै समयपछी आज मैले यो आवाज सुनेको थिए । मेरो बाल्यकाल देखिको परिचित यो आवाज म कसरी भुल्न सक्छु । निन्द्राले मेरो आँखा राम्रो सँग उध्रिसकेको थिएन तर मेरो कानहरू चनाखो भईसकेका थिए । मैले आँकाक्षाको बोलिलाई नचिन्ने कुरै थिएन ।

‘एकछिन सुत्न दे’न प्लिज । कस्तो मिठो सपना देखीरा’थे ।”

“तँ अनि तेरो सपना ? कहिले ठुलो हुन्छस् । अझै पनि बच्चाको जस्तो दिउसै सपना देख्ने बानि गएको छैन है तेरो ।” आकाक्षा मेरो खाटको छेउमा टुसुक्क बसि ।

“बच्चै त हो नि । भर्खर त बिस लागे ।” म आँखा मिच्दै उठे जस्तो गरे । शरीरलाई सजिलो बनाउदै सिरानीलाई भित्तामा आडेस लगाएर बसे । मधुरो उज्यालोमा आकाँक्षाको अनुहार राम्रोसँग देखिएको थिएन । उ तिर फर्किदै भने, “तँ बुढी भईस भनेर अरुलाई पनि त्यस्तै देखेर हुन्छ । खै, मेरो सिरक ले। जाडो भयो मलाई । ”

“के को सिरक फेरी, खुरूक्क नऊठेर । । चाहिने भए आफै उठेर तान ।”यत्रो समयपछि घर आएको, एक चोटी खोज खबर पनि गर्नु छैन् । खौ ! मेरो गिफ्ट ?  आकाँक्षाले आफ्नो खालि हात म तिर बढाई ।

उसको हातमा राखी दिनलाइ मँसँग गिफ्ट सिफ्ट केही पनि थिएन । मलाई उपहार किन्न र अरूलाई दिन खासै आउदैन । तैपनि उसलाई फकाउनलाई भने, “ झोलामा छ, अहिले खाना खाएपछि दिन्छू ।”

उसलाई मेरो बानि राम्रो सँग थाहा थियो । मेरो कुरामा बिस्वास नगरी उ सिधै भन्साकोठा तिर छिरी । मैले परै बाट सुनिरहेको थिए, उ आमालाई गुनासो गर्दै थिई  “अब यस्को बिहे गर्ने बेला भयो आमै, घरमा पनि एउटा बुहारी चाहिएको छ । यसलाई पनि तह लगाउछे, हजुरलाई पनि काममा साथी हुन्छे ।”

यि दुईजनाको एकआपसमा भेट भएपछि मेरो बिहेको कुरा झिकि हाल्छन् । त्यहि भएर मलाई घरमा एकछिन बस्न मनै लाग्दैन । मलाई उनिहरूको कुरा चित्त बुझेन । बल्ल बल्ल वर्ष दिनमा एक चोटी घर आउनुछ, त्यसमाथी बिहेको किचकिच । यो केटीलाई मेरो बिहेको किन यति धेरै चासो लागेको होला ?

भान्साकोठाको ढोकामा उभिदै भने, “तँलाई मेरो त्यस्तै चिन्ता भए, यो घरको बुहारी बनेर आईज न त । अनि सासु बुहारी भएर मेरो जति कुरा काट्नु छ काट्नु । मलाई घरबाट निकाल्ने मन भएपनि दुईजनासँगै मिलेर निकाल्नु । म केही पनि भन्दिन ”

थाहा छैन मेरो मुखबाट कसरी यस्तो शब्द निस्कियो । आकाँक्षा लाजले रातोपिरो भई । आमाले ट्वाल्ल मेरो मुखमा एकोहोरो हेरीरहनु भयो जस्तो कि मैले भन्नै नहुने कुनै गलत कुरा भनेको थिए । मलाई पनि एकछिन पछी महसुस भयो मैले के भनेछु भनेर । बोलेको कुरा फिर्ता गर्न नमिल्ने, आकाँक्षाले के सोचि होला ?

यस्सो नजर उचालेर उसलाई हेरे, उ आफ्नो ठाऊँबाट जर्याक्क जुरुक्क उठी, आमालाई जान्छु पनि नभनि लुसुक्क सिर झूकाएर मेरै छेउवाट बाहिर निस्किई । म त हेरेको हेरै भए । उ रिसाउदै गई की लजाउदै, मैले केही मेसो पाईन । एकैछिनमा मेरो आँखा अगाडीबाट अलप भई । 

Wednesday, August 10, 2022

यात्री "Traveller" a Short Poem by Pradip Devkota Musafir's

A short poem "यात्री"



तिमीलाई त के ख्याल होला र खै?

सल्लाधारीका ती चिसा सुस्केराहरू

पाखाभरी फूलेका प्याउलीका वास्नाहरु

जो, छोडी जानेको यादमा अझैपनि

सुसाई रहन्छन्, मगमगाई रहन्छन्


तिमी आउने पर्खाईमा बगेका नदीहरु

र नदी जस्तै लामो पर्खाईको यात्रामा

निस्कीएको म "सुदुर यात्री"

Monday, August 1, 2022

"MERO EUTA SATHI CHAA" by Pradip Devkota "Musafir" “मेरो एउटा साथी छ” -प्रदिप देवकोटा ‘मुसाफिर’

 Part 8

 सायदै जीवनमा मैले पार्वतीलाई जस्तो मायाँ अरू कसैलाई गर्न सक्छु होला ।



स्कुल छुट्टीको दिन थियो । मम्मि र म घरको लागि सामान किन्नलाई बजार जादै थियौँ । घरबाट बाहिर निस्केदेखि नै हामीलाई कसैले फलो गरिरहेको जस्तो लागेको थियो । मैले हरेक चोटी पछाडी फर्केर हेर्दा कोही त हामीलाई कतै भिडमा लुकेर हेरीरहेको छ जस्तो लागिरहेको थियो । मेरो मोबाइलमा त्यहिबेला वसन्त सरको फोन आयो । मलाई किन हो  आजभोलि कसैको पनि फोन ऊठाउन मन लाग्न छोडेको थियो । झन पार्वतीसँगको त्यो दिनको घटनाले मलाई वसन्त सरसँग बोल्नै मन थिएन । मन नभएर पनि सुख नपाईने रहेछ । मैले झर्किदै किन फोन गरेको भनेर सोधे । उहाँले मेरो कुरा सन्दै नसुनि एकोहोरो “पार्वती तिमीसँगै छ है, पार्वतीलाई फोन देउ त” भन्न थाल्नु भयो ।

 अरे बाबा, मैले पार्वतीलाई यसरी बाहिर नभेटेको पनि  महिना दिन भन्दा बेसि भइसक्यो, मैले कसरी पार्वतीलाई फोन दिने होला त । यो मान्छे साञ्चिकै पागल भएछ । उहाँ मेरो कुरामा बिस्वास गर्ने पक्षमा हुनुहुन्थेन । खालि “पार्वती तिमीसँग छ है, उसलाई फोन देउ त” मात्र भनिरहुनु भयो ।

मलाई शङ्का लाग्यो, अघि घर देखी हामीलाई पिछा गरिरहेको मान्छे वसन्त सर नै हुनुहुन्थ्यो सायद उहाँले पछाडीबाट मेरो मम्मिलाई पार्वती सम्झिनु भएको होला । मैले रिसाउदै भने, “तपाईलाई लाज लाग्दैन है दिनभर अरुको चियो,चर्चो गर्दै हिड्न । कैले देख्नु भो मलाई पार्वती सँग ? तपाईको आँखा फुटेको छैन भने अगाडी आएर हेर्नु नि पार्वती हो कि  अरु कोही हो मसँग हिड्ने ।”

आफुले फलो गर्दै हिडेको कुरा मैले थाहा पाएपछि उहाँ केही नर्भस हुनुभयो, “पार्वतीको फोन लागेन, तिमी सँग छिन कि भनेर फोन गरेको ।”

“तपाईलाई अलिकति पनि लाज लाग्दैन, केटा मान्छे भएर पनि के स्त्री लम्पट  हुनुभएको । केटी मान्छेको गन्ध नसुधिँ बाच्नै भइसक्नु भो । पार्वती बिना एकपल पनि बाँच्न नसक्ने भए बिहे गरेर घर भित्राए भैहालो नि । तपाईको प्रेमिकाको हालखबर राख्दै हिड्ने हुलाकी होईन म । अब देखी मलाई फोन गर्नु भयो भने राम्रो हुदैन, बेलैमा ख्याल गर्नु होला ।” मेरो रिसको पारो यति चढेको थियो नि, मैले उहाँलाई भन्न हुने नहुने सबै भनेछु ।

मेरो कुरा मम्मिले पनि सुनिरहुनु भएको रहेछ । मैले उहाँलाई मेरो र पार्वतीको बारेमा भएको सबै कुराहरू भनिदिए । उहाँले लामो सास तानेर भन्नु भयो, “एउटै आमाले पाएका दिदिबहिनी त सँगै मिलेर बस्न सक्दैनन, सौता हाल्न जान्छन्, त्यो त झन पराईकी छोरी, भो बिर्सिदे त्यसलाई ।”

मम्मीले भनरको कुरा मलाई पनि हो जस्तो लाग्यो । आखिर हाम्रो अबस्था पनि त्यस्तै थियो । साझ पार्वतीले मलाई फोन गरि र आज दिउसो भएको कुरामा झगडा गर्न थालि । मेरो के दोस थियो होला र, उ मसँग यसरी बाझिरहेकी थिई की सबै गल्ति मेरै थियो । मैले पनि पार्वतीलाई जे हो त्यहि भनिदिए । उसले हाम्रो सम्बन्धका पुराना कुराहरू झिकेर निउ खोज्न थालि । मैले भुलिसकेका पुराना अतितहरूलाई उसले फेरी त्यो दिन बल्झाईदिई ।

 मैले कति बिस्वास गरेर उसलाई आफ्नो मनको सबैकुरा हरू सेयर गरेको थिए, उसले त मेरो त्यहि कम्जोरीलाई हतियार बनाएर मै माथी प्रहार गर्न थालि । त्यपछि मेरो पनि रिसको सिमा रहेन । मैले पनि आफ्नो मनमा गुम्सिएर रहेको कुण्ठाहरु सबै भनिदिए । मलाई थाहा थियो, आज मैले उसलाई मेरो कुरा भनिन भने सायद भोलि देखी उसले मेरो कुरा सुन्ने छैन ।

मैले उसलाई सब कुरा भनिदिए कसरी उसलाई वसन्त सरले फसाईरहेको छ, कसरी हाम्रो मित्रतामा फाटो ल्याउने काम गरिरहेको छ । उसले मेरो कुरामा एक प्रसेन्ट पनि विस्वास गरिन । उ त वसन्त सरको माँयामा अन्धो भएकी थिई । उसले हिजो भर्खर भेटेको केटाको लागी हाम्रो वर्षौ पुरानो मित्रतालाई बिर्सिएकी थिई । त्यसदिन जे भयो, त्यो हाम्रो फ्रेण्डसिपको सबैभन्दा कालो दिन थियो । त्यसदिन देखी उसले पनि मलाई कहिल्लै फोन नगर्ने घम्कि दिई, मैले पनि अब उसँग नबोल्ने वाचा गरे ।

स्कुलमा मेरो अबस्था फेरी पहिलेको जस्तै भएको थियो । म फेरी एक्लो भएकी थिए । बिहान स्कुल जाने, दिनभरी चुपचाप पढाउने र साझ एक्लै घर फर्कने । कहिले काँही अरु टिचरहरुले सोध्थे, तिम्रो र पार्वतीको झगडा परेको हो भनेर, म केही नभनि त्यहाँबाट हिडिदिन्थे । कहिले काँही मन थाम्नै नसक्ने गरी भारी हुन्थ्यो, अनि म बाथरुमा गएर धित पुग्ने गरी रोइदिन्थे । स्कुलमा पार्वती र वसन्त सरको प्रेमको चर्चा मात्र होईन बदनाम पनि हुन थालेको थियो किनकी उनीहरू सार्बजनिक रुपमै आफुलाई प्रेमी प्रेमिका घोसित गरिसकेका थिए र हर्क पनि त्यस्तै देखाउन थालेका थिए ।

मैले कतैबाट हल्ला सुने अबको नयाँ सेसनमा उनिहरु दुबैजना स्कुल छोडेर जादै छन् भन्ने । बाहिर जाति नै रिस ऊठेपनि भित्री मनमा उसले स्कुल नछोडेनि हुन्थ्यो जस्तो लागेको थियो । मेरो हालत यस्तो थियो कि न म उसलाई टाढा गएको देख्न सक्थे, न सँगै बसेको हेर्न । नजिक हुँदा रिस ऊठ्थ्यो अनि टाढा हुदा उसको यादले सताउथ्यो।

मेरो बर्थ डे, आयो, गयो । मलाई कसैले पनि बर्थ उईस गरेनन् त्यो दिन । अरुले नगरेपनि पार्वतीले चाही एक कल फोन वा ह्यापि बर्थ डे लेखेर एउटा म्यासेज भएपनि पठाउछे होला भन्ने सोचेकी थिए । त्यस्तो केही भएन, मेरो बर्थ डे आएको नआएको कुनै मिनिङ भएन ।ऋतु फेरिन समय लाउछ होला तर एकै वर्षमा सम्बन्धहरु पनि फेरिदा रहेछन् । म रात भर रोए । पार्वतीसँगका ति मिठा पलहरु सम्झेर रोए । उसँगका यादहरुलाई आशु बनाएर बगाए । म यति धेरै रोए कि मेरो आँखामा आशु रित्तिए तर मनको पिडा रित्तिएन। त्यसपछि म आशु नबगाई  रोए । म जीवनमा पहिलो पटक यति धेरै रोए र सायद अन्तिम पटक रोए पार्वतीको लागि ।

अर्को बैशाखको पहिलो सेसनमा फेरी केही नयाँ टिचरहरु थपिएका थिए । वसन्त सर, पार्वती र अरु दुईजानाले स्कुल छोडेर जानु भएको रहेछ । पार्वतीलाई स्कुलमा नदेखेर मन दु;खी भयो तर अर्को मनले सोच्यो पार्वतीले स्कुल छोडेर ठिक्कै गरिछ, कमसेकम उसको अनुहार त हरेक दिन देख्नु पर्दैन मैले । यो मनमा वर्षौ देखि बिझेको काडाँ झिके जस्तो हल्का फिल भयो ।

बैशाखको मध्ये तिर स्कुलमा फेरी पार्वती र वसन्त सरको कुरा चल्यो । उनीहरु दुबैजनाले बिहे गरेछन् । फेसबुक भरी बिहे र शुभकामनाका फोटाहरू छरपस्ट थिए रे । मैले आफ्नो फेसबुकमा उनिहरुलाई सर्च गरे, कुनै रिजल्ट आएन । दुबैजनाले मलाई ब्लक गरेका रहेछन् । सम्बन्धमै फाटो परेपछि फेसबुक नाथेमा ब्लक हुनु कुन चाहिँ ठुलो कुरो भयो र । मैले आफ्नो मनलाई समाले ।

घरमा मम्मीले पनि थाहा पाउनुएछ । उसलाई त मम्मीले आफ्नै छोरी मान्नु भएको थियो, म सँग समस्या थियो होला, मेरो गल्ति थियो होला तर मेरो मम्मीको त केही गल्ति थिएन नि । एक बचन बोलाएको भए उसको के जान्थ्यो होला, आमाको मन न हो, आशा त लागी हाल्छ नि । बिति सकेको कुरालाई सम्झिएर केही हुनेवाला थिएन । यस्तै हो मम्मी सम्झिनेले नसम्झिएपछि हाम्रो के लाग्दो रैछ र । पार्वती हाम्रो आँखामा थिई, मेरो मुटुमा थिई तर आज त्यहि मुटुमा घाउ बनाएर गई । बैगुनिले मुटु चिरा पारेर गई ।

उसँग भेट नभएको, उसलाई राम्रो सँग नदेखेको पनि आज दुई वर्ष भई सकेछ । आज मसँग उसका यादहरु बाहेक सम्झनको चिनो अरु कुराहरू केही बाँकी छैनन् । सुरुको दिनहरुमा आफुलाई समाल्न गार्हो पक्कै भएको थियो, तर अहिले सम्झदा खुसी लाग्छ कि मेरो पनि दुनिँयालाई सुनाउन लायक कथा रहेछ जीवनमा ।

बिहे पछि उसको जीवन कस्तो भयो वा हुदैछ थाहा छैन । बिहेको शुभकामना पनि दिन पाएको थिईन । बैगुनिलाई गुनले मार्नुपर्छ भन्छ नि, मैले पनि आफ्नो मनलाई लाख पटक सम्झाए पछी उसको बर्थ डे को दिन फोन गरे । ऊसको बोलि सुन्ने बित्तिकै मलाई पुराना कुराहरू झलझल्ति दिमागमा आईरहे । बेकारमा फोन गरेछु जस्तो पनि लाग्यो एकछिन त । सामान्य कुराहरू गरेर मैले फोन राखिदिए ।

आखिर हाम्रो मित्रतामा के कुराको कमी थियो होला, वा मैले कुन ठाऊमा गल्ति गरेको थिए होला, त्यो जान्न पाए हुन्थ्यो जस्तो लाग्छ तर बितिसकेका कुरालाई फेरी सम्झिएर मन भारी बनाउन मन छैन । अहिले वर्षमा हाम्रो मुस्किलले दुईचोटी मात्र कुरा हुन्छव। एक चोटि उसको जन्म दिनमा अनि दोस्रो पटक मेरो जन्म दिनमा ।

अहिले सम्झदा वा यो कथा लेखिरहदा पनि उसँगको मित्रतामा पछुतो लागेको छैन । अब त हामी बिचमा रिस पनि बाँकी छैन । सायदै जीवनमा मैले पार्वतीलाई जस्तो मायाँ अरू कसैलाई गर्न सक्छु होला । मलाई शङ्का छ पार्वतीसँग जस्तो मित्रता फेरी म अरूसँग जोड्न सक्दिन होला ।

जिन्दगी त धेरै लामो छ, जसरी पनि जिउनु नै छ । मेरो जीवनमा पनि सुनाउन लायक एउटा कथा छ, मेरो एउटा साथी छ, जसको कथा म आफुलाई हरपल सुनाई रहेनेछु । ईश्वरसँग मेरो एउटै प्राथना छ “हाम्रो मित्रता सधै अमर रहोस्।” 

***


घडी हेरे । रातको एक बजिसकेको थियो । सर्मिलाले आफ्नो कथा सुनाएर सकिन तर मेरो मनले अझै उनको कथा नसकिए नि हुन्थ्यो जस्तो लागि रह्यो । उनको कथा सुनिरहदा कति ठाउमा म उनको म्यासेज पढेर हाँसे, कति ठाऊमा मेरो आँखामा आशु पनि रसाए । सधै उपन्यास वा फिल्ममा मात्रै सुनिने यस्ता कथाहरू हाम्रो रियल लाईफमा पनि हुने रहेछन । वास्तवमा उपन्यासका, फिल्मका कथाहरू पनि त हाम्रै जीवनको कथाको आधारमा लेखिने न हुन् ।

 आज धेरै पछी एउटा सुन्दर कथा सुन्न पाएको थिए । यति राम्रोसँग मित्रता निभाउन सक्ने अनि आफ्नो कथा पनि सजिलै अरूलाई सुनाउने सक्ने मान्छेलाई एकचोटी जीवनमा जसरी पनि भेट्नु पर्छ जस्तो लागेको छ । पक्कै पनि उनि आफुले सुनाएको यो कथा भन्दा पनि धेरै राम्री छिन् होला ।

म्यासेन्जरको च्याट बक्समा उनको नामको हरियो थोप्लो गायब भएको थियो । उनको नाममा “एक्टिभ फायफ मिनेट अगो” लेखीएको थियो । उनि च्याटमै भएको भए “ म हजुरलाई एक चोटी भेट्न वाहान्छु” भन्ने थिए अनि उनको मित्रताको तारिफ गर्ने थिए । कास् , यस्तो फ्रेण्डसिप हामी सबैको हुनेभए ।

उनको कथाले मेरो मनलाई डिस्टर्ब गरेको थियो । म यो कथा नलेखी बस्नै सकिन । ल्यपटप अन गरे । बस्तारै स्क्रिन खुल्यो । मनमा लागिरह्यो, उनलाई जसरी पनि एकचोटी भेट्नेछु र यो कथा उपाहारमा दिनेछु । उन्डोज (windows)मा वर्ड फाईल (word file) खोले । । यो कथाको शीर्षक पो के राख्ने होला । निकै बेर सोचे । दिमागमा केही पनि फुरीरहेको थिएन । एकछिन आँखा चिम्म गरे र उनको कथा सुरु देखी सम्झन थाले । एउटा लाईनले मलाई छोयो ।

शिर्षक लेखे, “ मेरो एउटा साथी छ ।” र कथा लेख्न सुरू गरे ।