Tuesday, May 18, 2021

भोक (Hunger )


भोक 

समयको लामो अन्तरालदेखी

लडिदै आएकोको एक अविजित लडाई

जो लम्बिने छ अझै पनि

अस्तित्वको आखिरी दिन सम्म

पग्लने छ सिद्धानतको सगरमाथा

फुङ्ग उडनेछ 'वाद'हरूको रातो रङ्ग

र ढल्ने त सिमानाको वर्लिन पर्खाल


भोक, 

जसले सभ्यताको सुरुवात गर्यो

विकासक्रमलाई आधुनिकता दियो

बजारलाई ब्यापार दियो, ग्राहक दियो

सरकरलाई रजनितिक नारा दियो

गरिबलाई खालिपेट कैफियतमा दियो

र, भोक सधै “भोक हठताल” गरिरह्यो ।


हातले मुख नजोडेको धेरै भयो

पेट अन्तहिन प्रतिक्षामा थाक्यो 

आन्द्राहरु मरिजझै चाउरिसके

यस्तो अवस्थामा हजुर पनि

गरिबमाथि मजाक गर्नुहुन्छ

चौरासि व्याञ्नले भरिएको थालि 

अघि राखेर ल खा ! भन्नु हुन्छ

भो लैजानुहोस् यी परिकारहरु

अब पेट भोको छैन किनकी 

यी आँखाहरु हेरेरै अघाईसके ।।।