Monday, May 24, 2021

गजल - प्रदिप मुसाफिर

गजल--प्रदिप मुसाफिर

मेरो देशको पिडा अखबारमा छ

गरिब बाँचु कि मरू दोधारमा छ

 

तिमीलाई बिस्वास नलाग्न सक्छ

मेरो मृत्युको खबर समाचारमा छ

 

नेतालाई सत्ता टिकाउन मुस्किल छ

जनताको भबिष्य चै अन्घकारमा छ

 

गर्नलाई काम छैन खानलाई दाम छैन

बिचरा मज्जदुर भोकको हाहाकार छ

 

पैसाले पनि केहि गर्न सक्दैनन् अब

उसको आयु अक्सिजन उपचारमा छ ।

फोटो स्रोत



 

 

No comments:

Post a Comment