A short poem series..
Episode 1
PREM
उसँग हुँदा पनि
उ सँगै नहुदा पनि
प्रेम त तलाई मात्र गरिरहे
ए जिन्दगी...
A short poem series..
Episode 1
उसँग हुँदा पनि
उ सँगै नहुदा पनि
प्रेम त तलाई मात्र गरिरहे
ए जिन्दगी...
Part 11
“ यो कुरा सबैले कान थापेर सुनओ, म आकांक्षालाई माया गर्छु र म उसै सँग बिहे गर्छु
हामी हराएको दुई घन्टा भन्दा बढी भईसकेको थियो । उता गाँउमा त हाम्रो
खोजी हुन थालिसकेछ । बिशेष गरी आकंक्षाको घरमा । म मात्रै हराएको भए त कसैलाई केही
फरक पर्दैन थियो तर म सँगै आकांक्षा पनि हराएकी थिई । हामी दुबैजना साँझ ढल्केपछि
तल तिर लागेको सायद कसैले देखेको थियो कि, हामी पिङमा पुग्दा त सबैजना हामीलाई नै
कुरेर बसिरहेका रहेछन् ।
त्यहाँ मुखले कसैले पनि एक शब्द बोलिरहेको थिएनन् तर सबैको आँखामा
हजारौ प्रश्नहरू हामी तिर तेर्सिएर बसेका थिए । जस्तो कि अहिले सम्म हामी काँहा
थियौँ ? के गर्दै थियौँ ? यति राति एकान्तमा किन भेटेको ? कुनै काम नै थियो भने
दिउँसो उज्यालोमा किन नभेटेको? हामी बिचको सम्बन्ध के हो? आदि आदि ।
आकंक्षालाई मेरो साथमा देखेपछि उनको परिवारले आकंक्षालाई भोको बाघले आफ्नो
शिकारलाई झम्टिए जसरी झम्टियो । आकंक्षालाई उनको आमाले कपालमा समातेर आफुतिर
लछारिन । उनको अनुहारमा थुकिन, सुन्नै नसकिने गालि गरिन र बेस्सरी गालामा दुई
थप्पड लगाई । पिडाले आकंक्षा रुन थालि ।
आकंक्षाका बा’ छेउमै थिए । उनको आँखामा मैले आँगोको तातो कोईला
देखीरहेको थिए । गाँउका सारा मान्छेहरू चुपचाप रमिता हेरी रहेका थिए । कसैले एक
शब्द पनि चुक्क बोलेनन् । यसरी सारा समाजको अगडी एउटी केटीलाई आफ्नै
परिवारले बेईज्जत गरेको हेर्न मेरो मनले सकेन ।त्यसमाथी आकाँक्षा त मैले माँया
गर्ने मान्छे थिई, मेरो मुटुको ढुकढुकी थिई । म कसरी हेरेर मात्र बस्न सक्थे । आक्रोशलाई रोकेर राखेको थिए, सहन नसक्ने भएपछि
ज्वालामुखि बनेर बिस्फोट भए ।
“यो के तमासा हो तिमीहरु को ? जन्म दिने आमा भएर पनि आफ्नै छोरीलाई बेश्या
भनेर गालि गर्न अलिकति पनि लाज लाग्दैन है । कस्तो आमा हो तपाई ? आफ्नै छोरीको
चरित्रमाथी औला उठाउने ? उसको के गल्ति गरेकी छे । उसले मसँग प्रेम गरेकी हो, जे
गर्नु छ मसँग गर्नुस ।”
“तँ बिचमा नबोल् । यो हाम्रो परिवारको आन्तरिक मामिला हो । हाम्रो
घरको बिषयमा तँलाई बोल्न आबश्यक छैन् ।”
“घरको मामिला हो भने घर भित्र गर्न पर्यो नि, यसरी बाहिर रमिता गरेर
हुन्छ ? गाँउ समाजले के भन्छ । अलिकति इज्जतको त ख्याल गर्नु ।”
“ यो सब तैले गर्दा भएको हो
। तेरो परिवारकै मुख हेर्न मन छैन मलाई । तँ जन्मिनु नै मेरो सबभन्दा ठुलो
दुर्भाग्य भयो । जस्ले अरुको घरको इज्जतमा हात हालेको छ, उही इज्जतको कुरा गर्दो
रै’छ ।”
“मैले गर्न नहुने त्यस्तो के गरे ?
मेरो गल्ति नै छ भने सजाय मलाई दिनुस भनेर भनिरा’छु त ! तर आकांक्षालाई
केही नगर्नुस्।”
“ तँ ठुलो कुरो नगर । अहिले जे पनि हुन सक्छ ?” यति भनि नसक्दै
आकंक्षाको बा’ले मेरो छात्तिमा दरो एक मुक्का हाने । मेरो स्वासै रोकियो एकछिन् त
। म पिडाले मुर्छा परेर रन्थनिदै त्यहि भुँईमा ढले ।
मेरो ढलेको शरीरलाई आमाले रुदै उठाउनु भयो । आखिर आकांक्षाको बा’ले
यो सब किन भनि रहेका छन् ? उनको छोरीलाई मैले मन पराउनै मेरो गल्ति थियो त ।
कसैलाई पवित्र मनले माँया गर्नुको सजाय यहि हो त। यदि उनलाई म अनि मेरो परिवारसँग
यति बिग्ध घृणा थियो भने आकांक्षाले किन पहिलै मलाई यो सब भनिन् ।
मैले बा’लाई भिडहरूमा खोज्न थाले तर बा त्यहाँ हुनुहुन्नथ्यो, नत्र त
मेरो यस्तो हालतमा उहाँ पक्कै केही बोल्नु हुन्थ्यो ?
आकंक्षालाई उनको परिवारले लछार्दै पछार्दै घर तिर लगे । उसको सानी
बहिनि रुदै उसको पछी लागीन । केही गाँउलेहरु आकंक्षाको घर तिर लागे, केही आफ्नो घर
तिर लागे र बाँकी मलाई हेरेर रमाई राखे ।
भिडहरू पातलिदै गएपछी मैले बा’को
धमिलो आकृति भिडको पछाडी देखे। उहाँको शिर झुकेको थियो । यो सब देखेर पनि उहाँ
केही बोल्नु भएको थिएन । मैले उहाँलाई
आफ्नो दबेको स्वारमा धेरै पटक बोलाए, उहाँ एकशव्द पनि बोल्नु भएन र एकछिन पछि केही
नबोलि घर तिर जानु भयो ।
बा गएपछि आमाले मलाई आफ्नो हातको साहारले उठाउनु भयो । उहाँले मलाई भर्खरै
हिँड सिक्दै गरेको सानो बालकलाई झै डोर्याउदै घर तिर लैजाने कोसिस गर्नु भयो ।
पिडाले शरीर कामेपनि मेरो रिस भने मरेकै थिएन । आकांक्षा रुदै गएको
यो मनले सहनै सकेको थिएन । मेरो मुटुको टुक्कालाई कसैले निचोर्दौ, चिथोर्दै मेरो
शरीरबाट छुटाएर लगेको थियो । मेरो छाति पिडाले दुखिको थियो, स्वास फेर्न पनि
गाह्रो हुदै थियो तै पनि मैले हार
मानिन । म बेहोसि मै कराउदै
चिच्याउदै आकांक्षाको घरमा पुगे ।
आकांक्षा बा’आमासँग झगडा गरीरहेकी थिई । उनको पिडा मिसिएको आवाज मैले
वरैबाट सुनिरहेको थिए । म आकाँक्षाको घरमा पुग्ने बित्तिकै उनको बा’ले एक थप्पड
लगाए आकाँक्षालाई मेरै अगाडी । सायद उनि ममाथीको रिस आकांक्षामा पोखीरहेका थिए ।
आकांक्षालाई उनको कोठासम्म घिसार्दै लगे र बाहिर बाट ताल्चा ठोकिदिए । कोठा
भित्रबाट आएको आकांक्षाको चित्कार बाहिर सम्म सुनिएको थियो ।
रिसको झोकमा आँखा देख्ने कुरै थिएन, आकांक्षाको कोठाको ढोकामा एक लात
हानि दिए । म यसरी जीवनमा पहिलो पटक रिसएको थिए र देख्नेहरू सब जिल् परेका थिए ।
त्यहाँ रमिता हेरिरहेका सबैको होस उडेको थियो । अब के हुने हो कसैलाई केही थाहा
थिएन ।
आकाँक्षाको आमा लौन नि यस्ले त घरै फुटाउन लाग्यो भन्दै रुन थालिन् ।
त्यहिबेला घर भित्रबाट आकांक्षाको बा’ खुकुरी बोकेर “तँलाई आज यहि आँगनमा काट्छु”
भन्दै निस्किए ।
“ल ! आईज काट । सक्छस् काट्न ? मैले तेरो छोरीलाई प्रेम गरेको हो,
कुनै अपराध गरेको छैन् । हिम्मत छ भने काँट ।”
मैले आफ्नो गर्दन थापेर आँगनमा लम्पसार परेर सुतिदिए । रिसको झोकमा
आकांक्षाको बा’लाई तँ भनेको थिए र काटिनलाई गर्दन पनि थापिदिएको थिए, त्यसैले
आकांक्षाको बा’ केही हच्चिए र हातको खुकुरी भुईमा फालिदिए ।
“तैँले यो संसारमा अरू कोही केटी पाईनस् र मेरो छोरी माथी आँखा लगाईस्
। मैले यो जुनीमा सुखले बाँच्न नपाउने भए । हे भगवान् कुन दिनमा यसलाई जन्म दिएछु
नि ।” आकांक्षाको बा’ टाउकोमा हात राखेर बर्बराऊन थाले ।
“ यो कुरा सबैले कान थापेर सुनओ, म आकांक्षालाई माया गर्छु र म उसै
सँग बिहे गर्छु। आकांक्षालाई म आफ्नो
बनाएरै छोड्छु । कसैले आज देखी आकाँक्षाको बारेमा एक शव्द पनि बोल्यो भने त्यसलाई
पनि मार्छु, म पनि मर्छु ।”
“बस् । बन्द गर यो नाटक । अब त अत्ति भो, तँ गई हाल मेरो घरबाट ।
मलाई तेरो अनुहार एक सेकेण्ड पनि हेर्न मन छैन् । तँ पनि मेरो कुरा ध्यान दिएर
सुन, यो घरबाट कि मेरी छोरीको डोलि उठ्छ कि मलामी । बुझीस् ।” आकांक्षाको बा आफ्नो
घर भित्र छिरे र मुल ढोका थुनिदिए ।
अब म त्यहाँ बसिरहनु कुनै औचित्य थिएन । सबैजना लाखापाखा लागेपछि म पनि आफ्नो घर तिर लागे । आफ्नो शरिरको चोटले त के पिडा दिएको थियो र । जति पिडा आकंक्षाको हालत सम्झदा हुन्थ्यो । त्यो रात हाम्रो घरमा कसैले एक शब्द पनि बेलेनन् । मैले पनि पुरै रात रोएरै बिताए ।
भोलिपल्ट बिहान मैले केही गाँस भात मुखमा हाले तर राम्रो सँग निल्न सकिन । मेरो कारणले आकंक्षाले त्यस्तो पिडा भोग्नु परेको थियो अनि मेरो परिवारले गाँउ समाजको अपमान । आँखाबाट आशु बर्रर झर्न थाले । थालबाट भर्खरै ऊठाएको भातको गाँस पनि आशुले भिज्यो । त्यहि आशुले भिजेकको नुनिलो भात खाँए । भात त के खाए भन्नु र, भात सँगै दुःख, पिडा र अपमान खाए । आकांक्षालाई आफ्नो बनाउन नसकेको हार खाए ।
भोलिपल्ट दशैको अष्टमीको दिन थियो र गाँउमा अवस्था सामान्य भईसकेको थियो केवल आकाँक्षा र हाम्रो घरमा बाहेक । चाठवार्डको बेला कसैलाई हाम्रो चासो लिएर गफ लडाउदै हिडँने फुर्सद थिएन ।
हाम्रो घरमा पनि एउटा सानो बोकाको पाठो काट्ने सुरासार भयो । घरका मान्छेको व्यबाहार देख्दा यस्तो लाग्दै थियो कि हिजो बेलुका केही भएकै छैन् । यो दशैमा कति धेरै रमाईलो गरौँला, मासुको थरी थरी परिकार बानएर खाँउला भन्ने मेरो अघिल्लो दशै देखिको सपना थियो, सब चकनाचुर भयो । मेरो मन एकरत्ति पनि खुसी थिएन । शरीरमा काम गर्ने जाँगर पनि थिएन । घर छोडेर टाढा कतै एकान्तमा जाऊ जस्तो पनि लागेको थियो । चाडपर्वको बेला, मेरो कारणले परिवार पहिल्लै देखी दुःखी थियो फेरी दुःख थपेर झन दुःखी बनाउन मनले मानेन । मन नहुदा नहुदै पनि बा’ले जे जे भन्छन् सब खुरूखुरू गरिरहे ।
आमाले बा’लाई हिजै आकांक्षा र मेरो सम्बन्धको बारेमा भन्नु भएको थियो । बरू आकंक्षाको घरमा गएर उनको बा’सँग सल्लाह गर्ने कि भन्ने प्रस्ताव पनि राख्नु भयो तर बा’ले मान्नु भएन ।
“दशैँको माहोल छ, सबैजना आफ्नो घरमा रमाईरहेका छन्, यस्तो बेला गाँऊमा मान्छे जम्मा पारेर झगडा गर्नु पनि राम्रो हुदैन्। फेरी आकांक्षाको परिवारको रिस पनि कम भएको छैन । हामीले जति राम्रो कुरा गरे पनि दोस हाम्रै हुन्छ, यो दशै सकिन दे, म आफै गएर कुरा गर्छु ।”
बा’ को कुरा ठिकै थियो । अहिलेको समयमा जतिसक्दो शान्त बस्नु नै बेस हुन्थ्यो । कमसेकम दशैको टिकाको दिनसम्म कुर्ने बिचार भयो । त्यसपछि ठन्डा दिमागले सोचेर निर्णय गर्ने सल्लाह भयो ।
नवमीको दिनभर म गाँऊ भन्दा अलि पर एकान्त ठाऊमा गएर बसे । बिगत देखीका घटनाक्रमहरू एकएक गरेर केलाउन थाले । भविष्यका कुराहरूलाई प्लानिङ्ग गर्न थाले । काठमाण्डौँमा आफुले चिने जानेका साथीहरूलाई फोन गरे । दिमाग ठन्डा भएपछि साझ म गाँउ फर्किए । भोलि टिकाको दिन थियो । बिहान एघार बजे टिकाको साइत रै’छ । टिका लगाएर खाना खाने कुरा गर्दै हुनुहुन्थ्यो आमा तर मेरो मनमा भने आर्कै कुरा खेलिरहेको थियो ।
हरेक दशैमा टिका लगाएपछी आकंक्षा हाम्रो घरमा आउथी । बा’आमाको हातबाट टिका थाप्थी अनि आफुले ल्याएको कोसेली दिन्थी । कहिले काहीँ म उसलाई टिका लगाइदिन्छु नि भनेर जिस्काउथे ।
“तैले लगाईदिने बेला भा’छैन, भोलि पर्सी मेरो छोराछोरीलाई मामाको हातको टिका लगाउन जाने भन्दै ल्याउछु, अनि लगाईदेलास् ” भनेर उ मलाई उल्याउथी । उसलाई थाहा थियो, यदि उसले अरू कसैसँग बिहे गरेर जान्छु भनि भने म दुःखी हुन्छु भन्ने । उ मलाई दुःख दिएर आफु खुसी हुन चाहन्थी ।
म हरेक दशैमा मामाघर जान्थे, तर यसपाली जान मन लागेन । विहानै आमालाई आकांक्षाको घर तिर पठाएको थिए । उहाँलाई पनि आकांक्षाको धेरै नै पिर परेको थियो । आमाको साथमा आकंक्षाको लागी एउटा चिठ्ठी पनि पठाएको थिए । आमा घरमा पुग्दा उनि आफ्नै कोठामा रैछिन् । उनलाई त टिका लगाएर भोलिपल्टै मामाघर पठाउने तयारी रै’छ र उतैबाट बिहे गरिदिने कुरो पनि चलिसकेछ । केटो पनि मामाघर तिर कै रै’छ, हतारमै बिहेको कुरा टुङगाएर केही दिनमै बिहे गरेर पठाईदिने कुरा छिनिसकेछन् ।
आमाको कुरा सुनेपछि मलाई यस्तो लाग्न थालिसकेको थियो कि आजैको रात मैले केही गरिन भने सायद जिन्दगी भर आकंक्षाको मुखसम्म हेर्न पाउने छैन् । उनलाई पाउने त कुरै छोड्यौँ अनि आकांक्षा बिनाको जीवन म कसरी जिउछु होला, त्यो मलाई नै थाहा छैन् ।
खान आएर सुत्ने बेला मैले बाध्य भएर बा”लाई भने । “हजुरले भनेको सबै कुरा मान्छु , बिदेश जा भन्नुहुन्छ भने पनि जान्छु तर बिन्ति बा एक चोटी आकंक्षाको बा’सँग कुरा गरेर यो बिहे रोकिदिनुस् ।“ म बा’को खुट्टा समातेर रुन थाले ।
“तैले भनेको जस्तो सजिलो छैन छोरा । आकंक्षाको बा’सँग हाम्रो सम्बन्ध पहिल्लै देखी राम्रो छैन् । अस्ति जे भयो त्यो त एउटा बाहाना मात्र हो ।”
बा’को कुरा सुनेर मलाई आश्चार्य लाग्यो । हाम्रो घरमा आउथी । बा’आमाको हातबाट टिका थाप्थी अनि आफुले ल्याएको कोसेली दिन्थी । कहिले काहीँ म उसलाई टिका लगाइदिन्छु नि भनेर जिस्काउथे ।
“तैले लगाईदिने बेला भा’छैन, भोलि पर्सी मेरो छोराछोरीलाई मामाको हातको टिका लगाउन जाने भन्दै ल्याउछु, अनि लगाईदेलास् ” भनेर उ मलाई उल्याउथी । उसलाई थाहा थियो, यदि उसले अरू कसैसँग बिहे गरेर जान्छु भनि भने म दुःखी हुन्छु भन्ने । उ मलाई दुःख दिएर आफु खुसी हुन चाहन्थी ।
म हरेक दशैमा मामाघर जान्थे, तर यसपाली जान मन लागेन । विहानै आमालाई आकांक्षाको घर तिर पठाएको थिए । उहाँलाई पनि आकांक्षाको धेरै नै पिर परेको थियो । आमाको साथमा आकंक्षाको लागी एउटा चिठ्ठी पनि पठाएको थिए । आमा घरमा पुग्दा उनि आफ्नै कोठामा रैछिन् । उनलाई त टिका लगाएर भोलिपल्टै मामाघर पठाउने तयारी रै’छ र उतैबाट बिहे गरिदिने कुरो पनि चलिसकेछ । केटो पनि मामाघर तिर कै रै’छ, हतारमै बिहेको कुरा टुङगाएर केही दिनमै बिहे गरेर पठाईदिने कुरा छिनिसकेछन् ।
आमाको कुरा सुनेपछि मलाई यस्तो लाग्न थालिसकेको थियो कि आजैको रात मैले केही गरिन भने सायद जिन्दगी भर आकंक्षाको मुखसम्म हेर्न पाउने छैन् । उनलाई पाउने त कुरै छोड्यौँ अनि आकांक्षा बिनाको जीवन म कसरी जिउछु होला, त्यो मलाई नै थाहा छैन् ।
खान आएर सुत्ने बेला मैले बाध्य भएर बा”लाई भने । “हजुरले भनेको सबै कुरा मान्छु , बिदेश जा भन्नुहुन्छ भने पनि जान्छु तर बिन्ति बा एक चोटी आकंक्षाको बा’सँग कुरा गरेर यो बिहे रोकिदिनुस् ।“ म बा’को खुट्टा समातेर रुन थाले ।
“तैले भनेको जस्तो सजिलो छैन छोरा । आकंक्षाको बा’सँग हाम्रो सम्बन्ध पहिल्लै देखी राम्रो छैन् । अस्ति जे भयो त्यो त एउटा बाहाना मात्र हो ।”
बा’को कुरा सुनेर मलाई आश्चार्य लाग्यो । हाम्रो परिवारको पुरानो दुस्मनि के थियो होला उनिसँग जस्को सजाय आज आकंक्षा र मैले भोग्नु परिरहेको छ । मलाई जान्न मन लाग्यो आखिर के कुरामा आकंक्षाको बा’ यति धेरै क्रुर बनेका छन् ।
“म आकांक्षालाई धेरै मन पराउछु बा । जब हामी सानै थियौँ, सँगै खेल्थ्यौँ, सँगै स्कुल जान्थ्यौ, मलाई आकाँक्षा त्यहि बेला देखी मन पर्थी । हजुरहरू पनि त उसलाई आफ्नै छोरीलाई जस्तो माँया गर्नु हुन्छ त । छोरी र बुहारीमा फरक के नै छ र बा । तपाईहरुको पुरानो दुस्मनिमा मेरो माँयाको बलिदान गर्न सक्दिन म । यदि यो घरले मलाई मेरो खुसी दिन सक्दैन भने, मलाई यो घर पनि चाहिदैन् । तपाई जे भन्नुस् , म जसरी पनि आकांक्षालाई आफ्नो बनाएरै छोड्छु ।”
मेरो ढिपिले आमाको नौनि जस्तो मन पग्लन समय लागेन । सायद उहाँलाई डर थियो कतै म घर छोडेर गाई हाल्छु कि भन्ने वा आवेशमा आएर कुनै गलत कदम पो उठाउछु कि भन्ने । आमाको मन न हो, आफ्नो सन्तानको खुसीको लागि जे पनि गर्न तयार हुन्छन् । आमा पनि रुदै बा’लाई भन्नु भयो, “यसले भनेको ठिक हो । तपाई हरूको आपसी दुस्मनिमा बिचरा यिनिहरिको भबिष्य बर्बाद पार्नु हुदैन् । आखिर आकांक्षामा के कमि छ त्यस्तो ? यदि यो घरको बुहारी कोहि बन्छे भने त्यो केबल आकांक्षा बन्छे नत्र मैले पनि यो घर छोडिदिन्छु । ”
आमा छोराको एउटै कुराले बा केही गल्नु भयो । उहाँले लामो खुई काड्नु भयो । “हो ! मैले गल्ति गरेकै हो । मैले त्यो दिन वाचा गर्नु हुदैन थियो । मित्रताको लागि गरेको वाचा आज आफ्नै घर भाडिन्छ भन्ने थाहा पाएको भए म त्यो दिन अन्नपुर्ण थानमा जाने नै थिईन । जे हुनु भइसक्यो, अब पछुताएर केही काम छैन् । तै भन् मैले के गर्नु पर्यो ?”
बल्ल बा ठिक ठाँउमा आउनु भयो । मलाई उहाँहरू बिच के वाचा थियो र यो दुस्मनि कसरी सुरू भयो होला भन्ने कुरा थाहा पाउन मन लाग्यो ।
बा आफ्नो त्यो बेलाको घटना सुनाउन थाल्नु भयो, “आकांक्षाको बा’ “महेश्रवर” मेरो बालापन देखीकै साथी हो । हामी पनि तिमीहरुजस्तै सँगै मेलापात, वनपाखा गर्दै हुर्कियौँ । हाम्रो दोस्ती पुरा गाँउमा चर्चाको बिषय हुन्थ्यो । धेरैले हामीलाई दाजुभाई जस्तै मिलेको देखेर राम लक्ष्मणको जोडी भन्थे ।
समय बित्दै जाँदा हाम्रो मित्रता गाढा हुदै गयो । सुरुमा महेश्वरले बिहे गर्यो । सबैजनाले बिबाह पछी हाम्रो मित्रता टुट्छ भन्थे । अन्नपुर्ण थानको जात्रामा त बाजि नै पर्यो । हाम्रो मित्रता टुटाउन धेरै जना लागि परेका थिए त्यो बेला पनि । यो सब चाल थाहा पाएपछि हामीले ति सबैलाई साँञ्चि राखेर एउटा नयाँ नाता जोड्यौँ । हामीले एक अर्कालाई सम्धी-सम्धी भनेर जिस्काउन थाल्यौँ । वास्तबमा त्यो दिन हामी बिच एउटा वाचा भएको थियो, उसको घरमा छोरी जन्मिए हाम्रो घरको बुहारी बन्ने र हाम्रो घरमा छोरी जन्मिए उसको घरको बुहारी बन्ने । तर हामीले अर्को एउटा सर्त पनि राखेका थियौँ कि यो कुरा तिमीहरूलाई कहिल्लै थाहा नदिने ।
समय बित्दै गयो, महेश्वरको घरमा पहिलो सन्तान छोरी जन्मिई । साह्रै राम्री थिई, समय नपुग्दै जन्मिएकीले अलि रोगी थिई । म धेरै खुसी थिए त्यो दिन, किनकी महेश्वरकी छोरी मात्र थिईन, हाम्रो घरको बुहारी पनि थिई । सुत्केरीको लागि चाहिने घेरै जसो खर्चहरूमा मैले नै उसलाई सहयोग गरे । हाम्रो सम्बन्ध झन प्रगाण बन्दै थियो । उसको घरमा छोरी जन्मिए पछि उसको वाचा पुरा भएको थियो तर हाम्रो घरमा तँ जन्मिएकै थिईनस्। तेसैले मेरो वाचा पुरा भएको थिएन ।
Part 10:
कि यो आफ्नो खुसीले विदेश जान्छ कि मैले खोजेकी केटीसँग बिहे गर्छ नत्र जता जान मन छ गए हुन्छ, बाटो खुल्ला छ ।”
आकंक्षाको घाँसको भारी पुगेकै थिएन । भारी नपुगी घर जान मनिन् । यतिकै गए भने त बा’ले
मार्छन् भनेर त्यहि काटेको हातले सकिनसकी
घाँस काट्न थाली ।
“अझै अर्को दुईटा औला नि काट्न मन छ, तँलाई ?”
“भारी पुराइदेन त ।” उसले
हाँतको हसिया म भए तिर फालि ।
मैले मच्चि मच्चि घाँसको काँटेको उसले हेरीरही । बेला बेला “ भो !
पर्दैन तैले काट्न, घर जाम् हिँड” भन्थी तर मलाई त आफ्नो माँया जताउनु थियो । भारी
नपुराई कसरी छोड्न सक्थे र । फर्कने बेलामा पनि घाँसको भारी मैले नै बोकेर घर सम्म
ल्याईदिए ।
आकांक्षाको घाँसको भारी मैले बोकेको देख्नेहरू मुसुमुसु हाँस्दै
हामीलाई जिस्काउन थाले ।
“काठमाण्डौ बाट घर आऊन पाएको छैन् घाँसको भारी बोक्न हतार भईसकेछ यस्लाई।”
“ तँ दशैको लागी भनेर घर आ’को कि घाँसको भारी बोक्न आ’को हो, बुझ्नै
सकिएन त?” कोहि अलि बढी नै जिस्काउथे।
“ यसले आफ्नो श्रीमतिलाई त भारी बोकेर भएपनि सुख्खले पाल्छ । यसलाई
जिन्दगीभर यसैगरी भारी बोकाएस् है आकाँक्षा तैले ।”
कसैले जिस्काईदिदाँ पनि बेग्लै आनन्द हुने रहेछ । मलाई त मजै आइरहेको
थियो तर आकांक्षा भने लाजले भुतुक्कै भएकी थिई । उसलाइ अरूको भन्दा पनि बा”ले देखे
भने के भन्ने होला भन्ने पिर परेको थियो होला ।
गोठ छेउ घाँसको भारी बिसाएपछि म आफ्नो घर तिर जादै थिए, उसले मलाई
रोक्दै भनि, “आशुतोष, तिमीसँग धेरै कुरा गर्नु छ, हामी बेलुका तिर भेटौँ न है ।”
“के कुरा हो र ? अहिल्लै भन्न मिल्दैन र ?”
“ बेलुका भन्छु नि है । माथी डाँडाको चौरमा आउ है ।”
साँझ पर्नु भन्दा अगाडी नै म डाँडाको चौरमा आकांक्षालाई कुर्न थाले ।
साझ ढल्केर झमक्क रात पर्ने बेला सम्म पनि आकांक्षा भेट्न आईन । उसलाई दर्जनौ पटक फोन पनि गरे तर मोबाईल
स्विच आफ थियो ।उसैले भेट्छु बनेकी, अनि मलाई यसरी घन्टौँ कुराएर पनि उ किन आईन,
मैले बुझ्नै सकिन ।
मैले पढाईको कारण देखाएर जागिर छोड्ने कुरा गरेको थिए जुन बा’आमालाई
मन परेको थिएन । त्यसमाथी आकाँक्षासँग मेरो सम्बन्ध पनि म आऊनु भन्दा पहिल्लै गाऊ
भरी छरपस्ट भईसकेछ । म सोच्थे, हाम्रो सम्बन्ध, हाम्रो कुराकानी हामी मात्रैमा
सिमित होला तर होइन रहेछ । हाम्रो प्रेम सम्बन्धको बारेमा पुरा गाँउ परिचित रैछ,
त्यहि भएर त गाउँले हरू खुलम्खुल्ला हामीलाई जिस्काउने आँट गर्दा रहेछन् त । आधा
रातमा कसैले थाहा नपाउने गरि बोल्दा पनि कसरी सबै गाँलेलाई थाहा भयो । सायद
भित्ताको पनि कान हुन्छ भनेको यहि भएर होला ।
म काठमाण्डौ बाट आएको पर्सीपल्ट देखीनै घरमा मेरो पढाई र जागिरको
विषयलाई लिएर चर्काचर्की हुन थाल्यो । पहिला पनि अलिअलि त भएकै थियो । म बेरोजगार
भएर बसेको बा’लाई मन परिरहेको थिएन ।
“नेपालमा बसेर जतिसुकै कमाए पनि त्यसले माथी उकास्दैन, नाथे आठ दश
हजारको जागिर पनि राम्रो सँग खान सकिनस् । भविष्यमा कसरी गरी खान्छस् ” बा’ भन्नुहुन्थ्यो
। उहाँको लागि कमाउने भनेकै कि सरकारी जागिरेले हो कि त खाडिमा गएर पसिना बगाउनेले
हो भन्ने भम्र थियो।
“दुनियाँको छोराहरू विदेश
गएर टन्न पैसा कामएका छन्, शहरमा घर खेत जोडेका छन् । सरकारी जागीर खाएर राम्रो
पदमा पुगेका छन्, हाम्रो भने भएको यहि घरबारी पनि बेच्नु पर्ला जस्तो छ ।” खाना
खाने बेलामा बा’ले फेरी कुरा झिक्नु भयो ।
“विदेश जानु मन छैन भने न जा, तर भबिष्यको लागी पनि त केही सोच्नु
पर्यो । एउटा सानो सरकारी जागिर खाइस भनेपनि गाँउ समाजको भन्ने बाटो त हुदैन्थ्यो
बाबु ।” अमा पनि गन्गनाउन थाल्नु भयो ।
“ जागिर भन्ने कुरा पछी खाँदै गरौला तर अहिले खाना त राम्रो सँग खान
दिनुस् । मेरो जिन्दगी हो, के गर्नु पर्छ त्यो मलाई राम्रो सँग थाहा छ । अरूको
घरको कुरा ल्याएर मलाई नसुनाउनु होला ।” मैले खाँदै गरेको थाल पर सारेर उठेँ ।
मलाई अब भोक थिएन । म अघाईसकेको थिए परिबारको वचनले अनि समाजले के भन्ला भन्ने डरले ।
जुठो हात लिएर म बाहिर निस्किए । बा’ आमालाई सराप्दै हुनुहुन्थ्यो ,
“तैँले गर्दा छोरो बिग्रियो । यसको चालामाला ठिक देखेको छैन मैले । कि यो आफ्नो
खुसीले विदेश जान्छ कि मैले खोजेकी केटीसँग बिहे गर्छ नत्र जता जान मन छ गए हुन्छ,
बाटो खुल्ला छ ।”
मैले आकंक्षालाई मन पराउने कुरा आमालाई भने । उहाँलाई हाम्रो सम्बन्धको बारेमा पहिल्लै देखी थाहा रहेछ, तर थाहा नभएको जसरी “ए होर ! केटी राम्री छे, सिल-स्वाभाबकि छे, मलाई त मन पर्छ” भन्नु भयो । आमालाई आकंक्षा एकदमै मन पर्छ भन्ने मलाइ पहिल्लै थाहा थियो । उहाँ खुसी भएको बेला म बेलाबेला जिस्काउदै भन्थे, “आमा ! बुहारी कहिले भित्राउने हो त ?”
आकंक्षाले भेट्नु छ भनेको दिनदेखी आजसम्म भेट्न पाएको थिईन ।पुरा पुर पाँच दिन पो भईसकेछ । कहिले काँही बहाना बनाएर म उसको घरमा जान्थे तर उ आफ्नै कोठामा बसिरहेकी हुन्थी । बिना काम केटी एल्लै बसेको कोठामा सरासर छिर्नु पनि भएन । उसले पनि बा’आमाको अगाडी बोल्न छोडेकी थिई । एकाएक आकांक्षाको मन र उनको परिवारले मलाई हेर्ने नजर नै बद्लिएको थियो । थाहा छैन किन उनिहरूले मलाई सकेसम्म आफ्नो घरमा नआओस् भन्ने जस्तो व्यबहार पो गर्न थालका थिए । आकाँक्षासँग मनखोलेर कुरा गर्ने, माँया साट्ने मेरो मनको धोको मनमै रहला जस्तो छ। जति जति मेरो गाँउमा बस्ने दिन छोटिदै थियो, मेरो मनमा पिडा पनि थपिदै थियो । आखिर आकाँक्षामा एकाएक यो परिवर्तन कसरी आयो ?
फुलपातिको अघिल्लो दिनदेखी गाँउमा पिङ हाल्ने काम थालियो । बाँस काट्ने, बोक्ने, खरको डोरी बाट्ने काम सबै मिलेर गर्दा पनि दुई दिनमा बल्ल तल्ल पिङ तयार भयो । लिङ्गे पिङ थापेपछी पो गाँउमा दशै लागेको जस्तो भएको थियो । गाँऊभरिका भुराभुरीको भुल्ने ठाँउ थियो पिङ अनि हाम्रो लागि गफ चुट्ने र समय कटाउने थलो भएको थियो ।
आकंक्षाको घर नजिकै सम्म ठाऊ खोजेर पिङ हालिएको थियो त्यसमा मेरो अलिकति स्वार्थ थियो किनकी पिङको वहानामा भएपनि उसँग भेट होला कि भन्ने झिनो आश थियो । बिना काम पनि म आकांक्षाको घरमा गई रहन्थे । कतै मौका मिलेर बोल्न पाई हालिन्छ की ? उसले भन्न खोजेको खास कुरा के थियो म सुन्न आतुर थिए । कमसेकम उसको कुरा सुन्न मात्र पाएपनि मेरो मन हलुका हुने थियो ।
पिङ थापे पछि त मेरो बास नै पिङमा हुन थालेको थियो । बिहानै दुई गाँस भात च्यापेर घरबाट निस्किए पछी म साझ खाना खाने बेलामा मात्र आउथे । मेरो काम नै आकांक्षाको बाटो हेर्दै पिङमा ढुकेर बस्ने बाहेक अरु थिएन ।
साझ आकांक्षा पिङमा मलाई खोज्दै आई । उसको अनुहार निन्याउरो थियो, आखाँमा आशु पोखिन खोज्दै थिए । उसलाई के भयो भनेर धेरै पटक सोधे तर उसले एक शब्द पनि बोलिन । हामी त्यँहाबाट अलि पर एकान्त ठाऊमा गयौँ । मान्छेहरूको आवत जावत त्यति नहुने भएकाले त्यो ठाँऊ अलि सुरक्षित थियो ।
आकंक्षा मेरो छात्तिमा मुख लुकाएर रून थालि । सुरूमा मलाई डर लागिरहेको थियो कतै ठुलै घटना पो घट्यो कि भनेर । तर त्यस्तो खास केही भएको जस्तो लागेन । मलाई पनि उसको यति धेरै न्यास्रो लागेको थियो कि झन उसलाई एक पटक पनि भेट्न नपाउदा मलाई कस्तो भयो होला ? धेरै दिनपछी हामी भेट्न पाएका थियौँ त्यसैले उसलाई धित मरूनजेल रुन दिए । उसका ति ताता आशुले मेरो छाति चैँ पोलिरहेको थियो ।
“तिमि मसँग नजिक भएको घरमा बा’ले निको मान्नु भा’छैन । उहाँले हाम्रो संम्बन्धलाई राम्रो नजरले हेर्नु भा’छैन । मलाइ लाग्दैन की हाम्रो प्रेम सफल हुन्छ भन्ने । मलई डर छ आशु, म तिम्रो बन्न पाउदिन कि भन्ने ।”
“तिमी यो के भन्दै छौ आकाँक्षा ? यो सब कसरी भयो ?”
“खई कसरी भयो त्यो त मलाई पनि थाहा छैन् तर गाँउभरी हाम्रो बारेमा धेरै नराम्रो हल्लाहरू चलिरा’छ । घरमा मेरो हरेक दिन जस्तो झगडा पर्छ, अहिले त हुँदा हुँदा आमा र त्यो सानि बहिनि पनि मसँग बोल्न छाडि सके । थाहा छैन मबाट के गल्ति भयो ? तिमीलाई थाहा छ, मलाई घरबाट बाहिर निस्किने अनुमति सम्म छैन ? म आफ्नै घरमा पनि ज्यानमारा कैदीको जस्तो सजाय भोगिरहेको छु ।”
आकांक्षाको कुराले म सतब्ध भए । मलाई लाग्थ्यो हाम्रो सम्बन्ध सुमधुर चलिरहेको छ । आकांक्षा र म यो संसारको सबैभन्दा खुसी जोडी हौँ जस्तो लाग्थ्यो । हाम्रो सम्बन्ध कसैले टुटाउन सक्छ जस्तो लागेको थिएन तर यहाँ त आफ्नै परिवार सम्बन्ध टुटाउन लागी परेको रहेछ ।
आकाँक्षा सितिमिति हार मानेर रुने खालकी केटी त होईन तर उसको यस्तो अबस्था देख्दा लाग्थ्यो उसले निकै ठुलो दुःख भोगिरहेकी छे र त्यस्को मुख्य कारण हाम्रो सम्बन्ध थियो ।
“हामी बाट कुनै गल्ति पो भ यो कि ? ” तिमीले हाम्रो सन्बन्धको बारेमा अरू कस्लाई भनेकी थियौ ?” आकाँक्षा केही बोलिन ।
उसको मौनत जति जति बढ्थ्यो , मेरो व्याग्रता झन बढेर जान्थ्यो । मैले फेरी सोधे, “ अलि अलिहल्ला त यसैपनि चलिहाल्छ नि । यति सानो कुरामा यसरी रुनु पर्छ त ?
“तिमीलाई केही पनि थाहा छैन् यहाँ के भई रा’छ भन्ने तर यत्ति चाहि थाहा पाई राख, मेरो विहे चाढैँ हुदैछ ।”
“ह्वाट ? तिमी यो के भन्दै छौ ? तिम्रो विहेको कुरा कसरी आयो बिचमा ? यो हुनै सक्दैन । तिमि मेरो बिना अरुको हुनै सक्दिनौ ।”
“घरमा कुरा चलिसक्यो । बा’ले केटा पनि हेरिसक्नु भयो । मलाई घरमै हेर्न आउने कुरा छ।यो कुरा धेरै अगाडी बढि सक्यो, आशु।”
आकांक्षा फेरी रुन थालि । यो सब हुदाँपनि अहिले सम्म उसले मलाइ किन भनिन । फेरी आज आएर उ यो सब कुराहरू किन मलाई सुनाई रहेकी छे । आकाँक्षाले त्यो दिन भन्छु भनेको कुरा के यहि थियो ?
उसले मेरो छातिमा आफ्नो रुन्चे अनुहार लुकाउदै भनि जुन मेरो लागि सारा सर्वस्वा थियो । “लभ यु आशु । आई लभ यु सो मच् । म तिमी बिना अरूको हुन चाहान्न । मलाई थाहा छैन तिमी यो सब कसरी गर्छौ तर मलाइ तिम्रो हुनु छ । म केबल तिम्री हुँ, मात्र तिम्री ।”
Part 9:
पसिनाले उसको अनुहार निथ्रुक्क भिजेको थियो त्यसमाथी बिहानको घामको किरणमा पसिनाका दानाहरू मोति झै टल्किरहेका थिए ।
त्यसपछिका दिनहरू मेरा सहज तरिकाले बित्न थाले । दिनभर म रात कहिले
पर्छ र आकाँक्षासँग फोनमा बोल्न पाउछु भनेर घँडी हेर्दै बिताउथे किनकी दिनभरी फोन
आकाँक्षाको बासँग हुन्थ्यो । मेला मौकामा घरमा बा नहुदा उसैले फोन गर्थि ।
राम्रोसँग बोल्न पनि पाएको हुदैनथ्यौ, बा आउनु भो भनेर कुरा नसकिदै फोन काटी
दिन्थि । उसले मलाइ मिस्ड कल नदिएसम्म मैले फोन नगर्ने आदेश दिएकी थिई ।
घरका सबै परिवारहरू सुतिसकेपछि बल्ल उसले मलाई मिस्ड कल गर्थि ।
रातको एघार बजेपछि रातभरकोलागी अनलिमिटेड कल गर्न मिल्थ्यो, जसको सबैभन्दा धेरै
फाईदा हामी जस्तो प्रेमी प्रेमिकाहरुलाई हुन्थ्यो । सामान्य सँञ्चो, बिसँञ्चो
सोधेर सुरूभएको हाम्रो कुराकाहानी कहिले हाँसो त कहिले आशुमा पुगेर टुङ्गिन्थ्यो ।
आकाँक्षा आफ्नो घरको सानो सानो कुराहरू पनि नछुटाई सुनाउने गर्थी । आकाँक्षासँग
बोल्न थाले पछि मैले गाँउमा अरू कसैलाई फोन गरेर मेरो घरको हालखबर सोघ्नु
पर्दैन्थ्यो । सबैकुराहरू म आकाँक्षाबाट नै थाहा पाउथे ।
सुरुवाति दिनहरुमा आधारात सम्म कुरा गरेर बस्नु रहर थियो तर पछि पछी
भने लत नै लागेको थियो । एक रात कुराकानी
हुनसकेन भने त्यो रात तड्पिएरै बित्थ्यो । आकाँक्षा सधै मलाई गाँउ आउन आग्रह
गरिरहन्थी । एक पटक भेटेर न्यास्रो मेट्नलाई पनि गाँउ नै जानु पर्ने बाध्यात थियो,
जुन सजिलै पुरा हुनेवाला थिएन ।
दशै सुरुहुन दुईसाता जति बाँकी थियो। । मेरो स्नातक दोस्रो वर्षको
बार्षिक परिक्षा पनि नजिकिदै थियो । कामबाट छुट्टी लिईसकेको थिए । मेरो दिनभरी काम
भनेकै कि त पढ्नु कि आकाँक्षासँग फोनमा कुरा गरेर समय कटाउने मात्र थियो । हामी
हरेक रातहरू फोनमा कुरा गरेर अनिदो बिताउथ्यौँ । माँयाका कुरा, परिवारका कुरा,
भविष्यका मिठा सपनाहरू बुन्दा बुन्दै उज्यालो हुन लागेको पनि पत्तो पाउदैनथ्यौँ ।
बेला बेला रोजिना मेरो कोठामा आउथी, कहिँले काही म कौसिमा हावा खान
पनि निस्किने गर्थे । हाम्रो भेट हुनेबित्तिकै उ सोध्ने गर्थी, “भाउजु खोज्नु भो त
दादा ।” म पनि मुस्कुराउदै भन्थे, “ आवेदन खुल्ला गेरको छु, हेरौ कति जनाले पर्म
भर्दा रैछन् ।” त्यसपछि दुबैजना मरिमरि हास्थ्यौ । रोजिनालाई फेसबुकको लत तयि धेरै
बसिसकेको थियो कि उ हरेक दिन प्रोफाईल चेन्ज गर्नु पर्थ्यो । उसको फोटोमा मन
नभएपनि लाईक र कमेन्ट लेखिदिनु पर्थ्यो । फोटो हालेपछि एक दुई घन्टामा सय लाईक पनि
पुगेन भनेर नाक खुम्च्याउदै आउथी । उसले त दुईवटा फेक आईडी पनि बनाएकी रैछ । फेक
आइडीमा आफूलाई मनमा लागेका राम्रा नराम्रा कुराहरू लेख्थी तर आफ्नो रियल आइडीमा
चाँही राम्रा कुराहरू मात्र राख्थी । उसलाई कसैसँग रिस उठ्यो भने त्यो रिस पोख्ने
ठाउ उसको त्यो फेक आईडी थियो । फेक आईडी बाट यति जना केटाहरूको लभ रिक्योस्ट आयो
भनेर मलाई देखाउन आउथी ।
रोजीनाको कुरा सुन्दा र व्यबाहार देख्दा यस्तो लाग्थ्यो, उसले यो
फेसबुकको दुनियाँमा हलचल नै ल्याएकी छे । मलाई उसको कुराहरू देखी दिग्दार लाग्न
थाल्यो । त्यसपछि मैले उ आएको थाहा पाउने बित्तिकै पढाईको नाटक गर्न थाले । पछी
पछी त म अहिले बिजी छु, मलाई डिस्टर्ब नगर भनेर पनि सम्झाए । मेरो ध्यान कि त
पढाईमा थियो कि आकाँक्षाको मा । यी दुईको बिचमा अरू आएको मलाई मन पर्न छोडेको थियो
।
आकाँक्षा सँगको बोल्न थालेपछि मैले समयमा खान पनि बिर्सि सकेको थियो
। प्रेममा भोक प्यास लाग्दैन भन्थे, साञ्चैँ हो रहेछ, आज आफुले भोगेपछी थाहा पाँए
। घरबाट अड्कलेर पठाएको खर्च मैले फोनमा रिचार्ज हालेर सकेको थिए । पसलमा पनि ४-५
हजारको उधारो भईसकेको थियो ।
हरेक दशैँमा चाहिने मरमसला मैले आफैँ किनेर लगिदिन्थे, यसपालि त त्यो
किन्ने पैसा पनि बाँकी थिएन । झन त्यसमाथी आकाँक्षालाई यो ल्याईदिन्छु , त्यो
ल्याइदिन्छु भनेर मिठा मिठा सपना पनि देखाएको थिए ।
फोनमा मायाँको कुरा गरून्जेल आकाँक्षा मेरो साथमै छे जस्तो लाग्थ्यो
तर फोन काटिँएपछी फेरी यो बिरानो शहरमा एक्लो छु भन्ने महसुस हुदो रै”छ । लङ डिस्ट्यान्स रिलेशसिपको बेफाईदा नै यहि,
आफुलाई मन लागेको बेला भेटौँ न, एक छिन भएपनि नजिकै बसेर कुरा गर्यौ भन्न पनि नपाउने ।आकाँक्षा मबाट टाढा पक्कै थिइ तर उसको
याद यो मनमा गहिरो गरि बसेको थियो । मनलाई सम्झाउन भनेपनि म हेरक पल आकाँक्षालाई
भेट्ने दिनको कल्पनामा बिताउन थाले ।
परिक्षा सकियो र घर जाने दिन पनि आयो । आकाँक्षालाई पनि कहिले आउछु
भनेर भनेको थिईन् किनकी म उस्लाई भेटेर सप्राईज दिन चाहान्थे । साझ घर पुग्दा आमा
बेलुकाको घर धन्दा गर्दै हुनुहुदो रै’छ । साझको बेला छोरो टुप्लुप्क घरमा आई
पुग्दा आमाको मन खुसीले फुरूङ भएको थियो । हो, यस्तै खुसी म आकाँक्षाको आँखामा पनि
देख्न चाहान्थे ।
भोलि पल्ट बिहानै आकांक्षा घाँस
काट्न बनेली तिर झरेपछि मैले पनि सानो खुर्पी हसियाँ बोकेर उसको पछिपछि
लागे । उसँले घाँस काँटिरहदा म रूखको हाँगामा छेलिएर हेरीरहे।
पसिनाले उसको अनुहार निथ्रुक्क भिजेको थियो त्यसमाथी बिहानको घामको
किरणमा पसिनाका दानाहरू मोति झै टल्किरहेका थिए ।
आकांक्षाको अनुहारमा धेरै बेर नियालेर हेरे । उसको अनुहार एकदम शान्त
थियो । आत्मबिस्वासले भरीएको थियो । उसका हातका चुराहरू मिठो संगित निकाल्दै
बजिरहेका थिए । उसको अगाडी कसरी जाने होला भनेर सोचिरहेको थिए, “अईया !” आकांक्षाको
पिडाले भरिएको बोलि सुने । मेरो ध्यान भङ्ग भयो । उसले देब्रे हातको दुईबाट औला
हसियाँले काटिछ । हातबाट रगत बगिरहेको थियो । म हस्याङ फस्याङ गर्दै उसको अगाडी गए
र काटेको ठाउमा औँलाले थिचिदिए । घाउबाट रगत बग्न कम होस् भनेर उसको हातलाई टाउको
भन्दा माथी उचालि दिए । मलाई एक्कासी आफ्नो अगाडी देख्दा उस्ले त विस्वासै गर्न
सकिन् । उसलाई यति गहिरो सक लागेको थियो कि आफ्नो हातको औँलामा लागेको घाउको दुखाई
पनि भुलिसकेकी थिई । उसले दुबैहातले मेरो अनुहार सुम्सुमाई । मेरो हात समाती
। उसले आँखाबाट खुसीका आशु झर्न थाले ।
मैले उसलाई आफ्नो न्यानो अँगालोमा बेरे ।
उसलाई सप्राइज दिदा खुसी होलि भनेको त “मलाई नभनि किन आईस” भनेर
उल्टै रिसाउन पो थाली । ले पनि जिस्किदै भने, “त्यसो भए म फेरी काठमान्डौ जान्छू
अनि तैले आइज भनेपछी मात्र आउछू ।”
“ छ्या ! यो सँग त जिस्किन पनि हुदैन् “ भन्दै मलाई आफुबाट अलि पर
धकेली । उसको घाउबाट त रगत बग्न रोकिएकै रैनछ् । नजिकै झाडीबाट एक मुठ्ठी
बनमाराको पात टिपेर ल्याए । त्यसलाई आफ्नो
हत्केलाको बिचमा राखेर मिचे । बनमाराको रस काटेको ठाऊमा हाल्यो भन्ने घाउ चाँढो
निको हुन्थ्यो अनि उसको सलको सानो फेरो च्याँते र चोट लागेको औँलामा बाँधिदिए ।
Part 8:
सरी हाम्रो पहिलो प्रेमिल संम्बाद नै “सरी” बाट सुरू भयो ।
काठंमाण्डौँको बसाई भनेको जस्तो सजिलो कहाँ हुनु । बिहानको कलेज,
दिनभर पसलको भिडभाड, दौडधुप । मलाई आफ्नै बारेमा त सोच्ने फुर्सद हुदैनथ्यो,
आकाँक्षाको बारेमा झन कसरी थाहा पाउनु । म उसलाई हर बखत सम्झि रहेको हुन्थे तर
मैले संम्झेको छु भनेर सुनाईदिने कोही थिएन । के थाहा उसले पनि त मलाई सम्झदै
बसिरहेकी थिई की । कहिलेकाही आँखा फर्रपराउदा, बाडुल्की लाग्दा आकाँक्षाले सम्झि
होला भनेर मन बुझाउथे । हरेक पल्ट फोनको
घन्टी बज्दा त्यो फोन आकाँक्षाको भईदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । कुनै नयाँ
नम्बरबाट मिस् कल आउदा पनि आकाँक्षाले फोन गरेकी होली भनेर तुरुन्त कल व्याक गरि
हाल्थे । तर हरेक पल्ट मेरो आश निरासमा बद्लियो ।
एक साझ कोठामा खाना पकाउदै थिए कसैले ढोका ढक्ढक गर्यो । साझको बेला
को आयो होला पाहुना लाग्न, दिक्दार मान्दै ढोका खोले । रोजिना रैछै । मैले भित्रै
आउन भने । मेरो कोठा सफाचट देखेर उ छक्कै परी ।
“के हो दादा ! कोठामा कोही पाहुना आउदै हुनुहुन्छ हो? एकदम सफचट छ
त?”
म केही बोलिन । रोजिना तिर हेरेर फिस्स हाँसी दिए ।
“सधै यसरी एक्लै बसेर काहाँ हुन्छ । भाउजु ल्याउनु पर्यो क्या ।”
“भन्ने बित्तिकै खोजेर ल्याउनलाई हराएको सामान होर, समय लागी हाल्छ
नि ।”
“भने पछि हजुरको आज सम्म कुनै केटीलाई मन पराउनु भएको छैन ?”
रोजिनालाई के भा’छ कुन्नी, उसले मसँग पहिलो पटक प्रेमको कुरा गर्दै
थिइ । आज सम्म मैले उसलाई यस्तो कुरा
गरेको देखेको थिईन । म के भनुँ भनु भए ।जब
जब मलाई कसैले प्रमिकाको बारेमा सोध्छन् , म निशब्द हुने गर्छु । मेरो गर्लफ्रेण्ड
छ कि छैन भन्दा पनि आज सम्म एउटै किन छैन भन्ने प्रश्नले पो मलाई सताउन थाल्यो ।
साञ्चैँ, मेरो आजसम्म पनि किन कोही केटीसाथी किन छैन् जो आजकालका भूराभुरीहरू
आफ्नो भाषा गर्लफ्रेण्ड भन्ने गर्छन्।
“ कुरा बुझियो । हजुर त के सारो नामर्द हो के । त्यत्रो मेहेनत गरेर
फेसबुक आई-डी खोलिदिएको, यस्सो हुन्छ नि केटी हरूसँग हाई हेल्लो गर्ने, फोटोमा
लाईक, कमेन्टहरू गर्ने, कुरा सुरू गर्ने । हजुरलाई लभ गर्न पनि मैले नै सिकाई दिनु
पर्ने हो की ?”
“के रे? म नामर्द र ? धेरै गर्लफ्रेण्ड हुनेहरू चाँही मर्द हुन होलान्
नि हैन् । अनि फेसबुकबाट लभ पर्छ भन्ने बकवास कुरा चाँही कसले सिकायो तिमलाई ?”
मैले मलाई अलिअलि रिस पनि उठेको थियो । सायद रोजिनालाई पनि आफुले अलि धेरै नै
बोलेकी जस्तो लाग्यो होला, उ चुपचाप मेरो कुरा सुनिरहि । हामी बिच एकछिन मौनता
छायो र अन्तमा फेरी मैले नै जिस्काउदै सोधे, “तिम्रो चाहीँ कति जना व्वाईफ्रेण्ड छ
नि ?”
अब रिसाउने पालो उस्को थियो, मेरो कुरा सुनेर उ खुसी होली भनेको त
रिसले रातो पिरो पो भई । मलाई एक नजर आँखा तरी र जाने बेला कोठाको ठोका ठ्वाङ्ग
आवाज आउनेगरी ढप्काएर गई ।
रोजिनाले मेरो मनको घाउलाई गिजोलेर गई । के म नामर्दै हो त ? मेरो
गर्लफ्रेण्ड नहुनु वा कसैलाई प्रेम प्रस्ताव राख्न नसक्नु नै मेरो कम्जोरी हो त ?
पढाई राम्रै चलिरहेकै छ, सानो तिनो जागिर पनि गरीरहेकै छु, रुपमा पनि औसत नै छु तर
पनि किन मेरो कोही गर्ल फ्रेण्ड छैनन् ? आजसम्म किन मैले कुनै मस्त जवान युवतीलाई
आफ्नो सम्भावित प्रेमिका मान्न सकेको छैन् । किन मेरा रातहरू कुनै सुन्दरीको
कल्पनामा बितेको छैन् । स्कुल जीवन देखी आज सम्म मैले नजानि कति केटीहरूको सँगत
गरे होला, तर तिनीहरूमा म किन कहिल्लै
प्रेमको राग पाउदिन् ।
जब जब म कोही युवतीको कल्पना गर्छु, तब आकाँक्षाको अनुहार मेरो
दिमागमा आउछ । जब जब म कुनै सुन्दर युवतीहरूलाई हेर्छू, थाहैनपाई आकाँक्षा सँग
दाँज्न खोज्छू । आकाँक्षा सँग मेरो तेस्तो के सम्बन्ध छ, उसलाई आफूबाट पर राखेर
किन अरू कसैको बारेमा सोच्न सक्दिन् । सायद म आकाँक्षालाई मन पराउछु। मैले भन्दा
पनि धेरै त मेरो मनले आकाँक्षालाई मन पराउछ । म आफूलाई भन्दा पनि बढी खुसी
आकाँक्षा भएको हेर्न चाहान्छु । के यो मेरो माँयाको लक्ष्यण होइन र ?
त्यो रात मैले एउटा निर्णय गरे, जसरी पनि आकाँक्षालाई फोन गर्छु ।
फोन सम्पर्क हुन सकेन भने पनि कुनै बहाना बनाएर एक रातको लागी गाँउ गएर भएपनि
उसलाई आफ्नो मनको कुरा भन्छु । आज सम्म यो मनमा लुकेर रहेको मनको भारीलाई बिसाउछु
र आफूलाई हलुका बनाउछु ।
भोलिपल्ट बिहानै गाँउमा आफूले चिनेका बिस्वास लागेका केही
मान्छेहरूलाई फोन गरे जस्ले बेलाबखत घरमा बा”आंमा सँग मेरो फोनमा कुरा गराईदिन्थे
। केही बिस्वासिला मान्छेहरुलाई कसम खुवाएर आफुलाई आकाँक्षाको फोन नम्बर चाहिएको
कुरा गरे । उनिहरूले सरूमा किन चाहियो अरूको फोन नम्बर भनेर दिन मानेन् । तर एकजनाले दाईले मेरो इच्छा पुरा गरिदिए । उनिबाट नै थाहा पाए, आकाँक्षाको
घरमा एउटा मात्रै फोन रहेछ जुन उनको बा’ले बोक्ने गर्दारैछन् । बेलाबखत मौका
मिलाएर फोन गर्दा आकाँक्षासँग पनि भेट हुने धेरै सम्भाबना थियो । त्यति भएपनि मेरो
मनले शान्ति पायो । आखिरमा एक दिनको कडा मेहेनतमा आकाँक्षाको फोन नम्बर जो भेटिएको थियो ।
केही दिन सम्म पनि फोन गरौँ कि नगरौको दोधारमा परिरहे । फोन गर्दा आकाँक्षाका बा’ले उठाए के
भनेर जवाफ दिने होला ? सम्भाबित घटनाहरूको आकलन गरे पछि एक रात आकाँक्षालाई फोन
गर्ने निधओ गरे । रातको नौ बजे तिर आकाँक्षाको
नम्बर डायल गरे र स्पिकर मोडमा राखे । मुटुको धड्कन एक्कासी बढेको थियो । मन मनै
प्रथाना पनि गरीरहेको थिए, “हे भगवान, फोन आकाँक्षाले नै ऊठाइदियोस् ।”
फूल घन्टी गयो तर फोन उठेन । फेरी रि-डायल गरे ।लास्ट सेकेन्डमा एउटा
बुढो धोत्रो आवाजमा हेल्लो ! हेल्लो ! बनेको सुने । त्यो आवाज आकाँक्षाको बा’को
थियो । दुई तिन पटक सम्म पनि हेल्लो भन्दा कोही नबोलेपछि उनले फोन आकाँक्षालाई दिए
। यत मैले फोन नकाटी उनिहरूको कुराहरू सुनिरहेको थिए ।
एक छिन पछि एउटा सुमधुर आवाज सुने, जस्ले मेरो मनको सारा पिडा, दुःख,
तनाबलाई शान्त पारिदियो । त्यो आवाज आकाँक्षाको थियो । मेरो आँखाबाट हश्राशु झर्न थाले । मेरो गला अबरूध भयो, बोलिनै
फुटेन । उता बाट आकाँक्षा हेल्ले हेल्लो भनिरहेकी थिई, यता म सुक्सुकाउन थालि
सकेको थिए । केही समय आकाँक्षा पनि मौन बसि र बिस्तारै भनि, “ आशु ! हेल्लो आशु !
म आकाँक्षा । बोल् न ओई, किन नबोलेको ? मलाई थाहा थियो तैले एकदिन मलाई अवस्य फोन
गर्छस् भन्ने म तेरो फोन कुर्दा कुर्दा थाकिसकेको थिए, तर हार मनेको थिईन ।
अब रुने पालो आकाँक्षाको थियो । उ उता रोईरहि, यता म सुक्सुकाई रहे ।
अब रुन पुग्यो, केही त बोल्नु पर्छ भन्ने
लागेपछि जब बोल्न मात्रै लागेको थियौ
दुबैको मुखबाट एकैचोटि “सरी” नस्कियो । मैले बेलैमा आकाँक्षाको नम्बर खोजेर फोन
गर्न नसकेकोमा माफी मागे, उसले पनि त्यो दिन नम्बर नदिएकोमा माफी मागि । यसरी हाम्रो
पहिलो प्रेमिल संम्बाद नै “सरी” बाट सुरू भयो ।
Part 7:
लेखिएको थियो @loveA123 । मनमनै पढेँ A फर आकाँक्षा ।
यो काठण्माडौँ शहर कति फरक छ । नागढुङ्गाबाट गाडी उकालो लागेपछि मन
गह्रौँ हुदै गयो । थानकोट चेकपोष्ट कटेर कलङ्की पुग्दा नपुग्दै मेरो आँखा आशुले
भरी सकेका थिए । कमसेकम आकाँक्षाको फोन नम्बर भएको भएपनि एक कल फोन गरेर मनको सबै
भारी बिसाउनु हुन्थ्यो ।
भारी मन बोकेर झमक्क साँझ परेपछि बल्ल म कोठामा पुगे । दिनभरी बसको
यात्राले ज्यान थिलो थिलो भएको थियो, पेटमा भोक थियो तर शरीरमा जाँगर थिएन । भाँडा
माज्नु, पानी थाप्नु, दाल तरकारी किन्न जानु, पकाउनु, खानु ओहो कति धेरै कामहरू
मलाई पर्खेर बसिरहेका थिए । घरमा पो पस्किएर राखिदिएको तातो खाना खान पाईन्थ्यो होटेलमा
जसरी। घरमा जस्तो शहरमा हुँदो रैनछ ।
कुकुरको सिठ्ठीको आवाज सुनेपछि घरबेटी बा” खोक्दै तल मेरो कोठा तिर
झरे । आमामा हालिदिनुभएको गुन्द्रुक भटमास, धिउका पोकाहरू असरल्ल थिए । ढोकाबाट
छिर्ने बित्तिकै बुढाले सोधिहाले, “फर्कियौँ बाबु । सामान त निक्कै ल्याएछौ त ?”
“हजुर ! काममा फर्किहाल्नु पर्ने भयो , त्यसैले ।” खाटमा राखेको सानो
तरकारी र धिउको पोको बुढाको हातमा राख्दै भने, “ यो आमाले हालिदिनु भएको । हजुरलाई
।”
बुढाको आँखा खुसीले चम्कियो । कोसेली बोकेर माथी उक्लदै गर्दा बुढाले
औपचारीकतालाई भने “ खाना बनाउन किन दुःख गर्नु पर्थ्यो, म माथी नै नबाउथ्ये नि त
।”
एका बिहानै ढोका ढक-ढक गरेको आवाजले म ब्युँझिए । घडी हेर, भर्खर सवा
सात मात्र भएको रहेछ । को आयो फेरी बिहान बिहानै। झिजो मानी मानी ढोका खोले । ढोका
खोलेपछि पो थाहा भयो, म त एकसरो भेस्ट र हाफ पाइन्टमा मात्र थिए । आँखा राम्रो सँग
खुलेको पनि थिएन, एउटा छाँया सरासर मेरो कोठामा छिर्यो । म ढोका ढेपेर पछाडी
फर्केको त घरबेटीको छोरी रोजिना पो रैछे । ल पर्यो फसाद । मेरो भएको अलिअलि ईज्जत
पनि माटोमै मिल्ने भयो । म हतार हतार आफ्नो लुगा खोज्न थाले ।
मलाई लाजमर्दो अबस्थामा देखेर पनि रोजिनाले केही भनिन् बरु मेरो भद्रगोल कोठालाई व्यबस्थित गर्न तिर
पो लागि । म त छक्कै परे उसको पारा देखेर। उसले यस्तो व्यवाहार देखाईरहेकी थिईकी
यी सब कुराहरूबाट उ पहिलै देखि परिचित छे र उस्लाई मेरो हरेक व्यवाहारहरू थाहा छ ।
अबस्था सामान्य भएपछी मैले भने, “किन आयौँ यति बिहान बिहानै ? केही
काम थियो भने म आफै माथी आईहाल्थे त ।“
“बिर्सिनु भो? छ्या ! हजुर त कस्तो भुलक्कड । हजुर काठमाण्डौँ आउने
बित्तिकै फेसबुक आईडी बनाउने भनेको हैन् । साईबर खुलिसक्यो । जाऊ छिटो ।”
“फेसबुक आईडी ?” मैले सम्झन कोसिस गरे जस्तो नाटक गरे । उसले आफ्नो
टर्च स्क्रिन फोनमा मैले पठाएको एस्.एम.एस् देखाई । अब मैले हैन, नाई भन्ने ठाऊ नै
बाँकि रहेन । बाथरुममा हात मुख धोएर म रोजिनाको पछि पछि साइबर क्याफे तिर लागे ।
“हजुरको इमेल आईडी के राखम् ?” रोजिना मेरो कानमै सुसाई । बिहानै
देखी साइबरमा मान्छेहरू आइसकेका थिए ।
“जे राखे पनि भयो । सम्झन सजिलो हुने कुनै राखिदेऊ ।”
रोजिनाले आफ्ना खिरिला औँलाहरू किबोर्डमा टाईप गरी । उसले मेरो
मोबाईल नम्बर मागी । मेरो मोबाईलमा टुङ्ग म्यासेज आयो । उसले मोबाईल पनि मागी ।
मैले मेरो सानो नोकिया सेट खल्तिबाट झिकेर दिएर । मेरो फोन देखेर उ झण्डै वेहोस्
भईन् । यस्तो पुरानो जमनाको फोनमा फेसबुक कसरी चललउनु हुन्छ भनेर मलाई उल्लिबिल्लि
बनाई । अर्को महिना नेट चल्ने स्क्रिन टच फोन किन्छु भनेपछि बल्ल उसले मलाई उडाउन
छोडी ।
“पासओर्ड के राखौँ ?” फेरी रोजिनाले सोधी ।
“ जे राखेपनि हुन्छ तर सजिलो राख ।“
उसले दुई-तिनवटा पासओर्ड टाईप गर्दै मेट्दै गरी । एक छिन पछि ल पुरा
भयो जाम भनेर उठी । मेरो फेसबुक एकाउन्ट बन्यो त अब ? भनेर सोध्दा अझै पुरा
भा’छैन, अब एउटा काम बाँकी छ भनि । कति काम गर्नु पर्ने रैछ यो आईडी बनाउन पनि ।
यो भन्दा सजिलो त बरु ब्याङ्कमा खाता खोल्न हुन्छ होला।
खाना खाएपछि म उसको घरको छतमा उक्लिए । उ मलाई नै कुरेर बसेकी रैछ ।
काठमाण्डौँ शहरलाई ब्याकग्राउन्डमा पारेर उसैले एउटा फोटो खिचिदिई । पछी पो थाहा
पाए प्रोफाईल पिक्चरको लागी खिचेकी रैछ । बैंकमा खाता खोल्दा फोटो टाँसे जस्तो ।
मलाई काममा जान हतार भईसकेको थियो, त्यसैले म सिढीँ अर्लदै थिए, उसले एक छिन रोकि
।
“अझै बाकीँ छ यो फेसबुक आईडी बनउन ?” मैले झिझो माने ।
उसले मुस्कुराउदै भनि, “सबै काम सकियो, हजुरलाई आईडी र पासओर्ड दिऊ
भनेर ।”
एउटा सानो कागको टुक्रमा सुन्दर आक्षरले ईमेल आईडी र पासओर्ड लेखिएको
थियो । मेरो नजर सुरुमै पासओर्डमा पर्यो । लेखिएको थियो @loveA123 ।मनमनै पढेँ A फर आकाँक्षा ।
Part 6:
हाम्रो मित्रतालाई म प्रेमको उचाईमा पुर्याउन चाहान्थे । सायद गल्ति मेरै थिए ।
साझ खाना खाएर म आकांक्षाको घर तिर लागे । उ घरमा थिईन । मैले उसकी
सानी बहिनिलाई सोधे, “दिदी खै त बुनु ?”
“तल कञ्चन दिदिको घरमा जानु भा’छ ।”
आकांक्षा र म सानामा भाँडाकुटी खेल्दा, उनि मेरो बेहुली बन्दा सायद हामी
पनि बुनु जत्रै थियौ होला । आकाँक्षा पनि त यस्तै मायालु, गाला पोक्चि परेकी थिई। मैले
उनको गालामा म्वाई खाईदिए । उनले मुख बिगार्दै हातले आफ्नो जुठो भएको गाला पुछिन् ।
म कञ्चनको घरमा पुगे । घरका सबैजना बसेर भलाकुसारी गरिरेका थिए ।
मैले ढोकाबाट छिर्ने बित्तिकै आकांक्षालाई
देखे । मेरो मन खुसीले फुरूङ्ग भयो तर यसरी रातको समयमा म कञ्चनको घरमा पुग्नु
आश्चर्यको कुरा थियो । मैले आकंक्षालाई नदेखे जस्तो गरेर भने, “ए ! यो पनि यतै छे ।”
वास्तवमा म उसैलाई खोज्दै आएको थिए तर यो कुरा अरूले थाहा नपाउनु
भनेर मैले कुरा बनाए ।
“तँलाई के चासो होला, म जता भएपनि । तँ चाही यति राति के खोज्दै
हिडेँको नि ?” आकांक्षाले पहिलो प्रश्नले सिधै झटारो हानी ।
“ घुम्दै आएको नि । म यता आउनु हुदैन र।”
“खुब घुम्छस् राति राति । किचकन्नेले तानेर लान्छ नि थाहा पाउछस् ।
भन किन आइस ?”
“किचकन्ने त यहि रैछे, कस्ले लान्छ मलाई ।” मेरो कुरा सुनेपछि त्यो
घर भरी हाँसोको फोहोरा छुट्यो ।
म भित्र खाँटको डिलमा टुसुक्क बसे । किचकन्यको कुरा निस्किसकेको थियो
, त्यसपछि त्यहाँ भुत हुन्छ कि हुदैन भन्ने कुरा सुरू हुन थाल्यो । कञ्चनको बा’ले
आफुले धेरै पटक भुत भेटेको कुरा गरे । हामी सबैले कान तिखो पारेर सुन्न थाल्यौ ।
उनि भन्दै गए ।
कञ्चनको बाले किचकन्यको कथा सके तर मेरो मन त किचकन्यको डरमै
कामिरहेको थियो । यो कथा थियो कि वास्तबिक घटना त्यो त हामीलाई पनि थाहा थिएन,
बुढाले भनेपछी त बिस्वास गर्नै पर्यो । मलाई त्यो घटना सम्झदा पनि डर लागिरहेको
थियो । बाहिर रात पनि छिप्पिसकेको थियो, “म घर जान्छु है!” भनेर म त्यहाँबाट निस्किए ।
मेरो हातमा टर्च-लाईट पनि थिएन । जुनको मधुरो उज्यालोमा बाटोलाई
पैतलाले छाम्दै म घर तिर लागे । मेरो पछाडी पछाडी आकांक्षा पनि आउदै रैछे । उसको
हातमा उज्यालो थियो ।त्यसकै साहारामा हामी
हिड्न थाल्यौँ ।
मैले आकंक्षालाई तर्साउने बिचार गरे, “ओई सुन न ! साचिक्कै किचकन्य
हुन्छ हो ? तँलाई डर लाग्छ कि लाग्दैन ?”
“ खै ! हुन्छ होला नि। हामी सबै मरेपछि भुत नै बन्ने हो । म मरे भने
त किचकन्य बन्छु अनि सुरूमा तलाई तर्साउन आउछु । हि हि हि ।” आकंक्षा किञ्चकन्य हाँसेको
जसरी हाँस्न थालि ।
“तलाई थाहा छ, यो गल्लिमा त
तर्साउछ रे नि ? यहाँ एक्लै हिडँनेलाई...” मेरो कुरा सकिएकै थिएन आकंक्षा चिच्याई
।
“आबुई ! मलाई त कस्तो डर लाग्न थाल्यो। साँञ्चि हो .”
आकंक्षा डरले थुर थुर कामिरहेकी थिई । उसको मेरो पाखुरामा यति दरो
सँग समातेकी थिई कि मलाई पनि नमिठोसँग दुःखी रहेको थियो ।
मैले पनि साँञ्चिकै भुत देखेको जसरी डराउदै भने, “ओई भुत हेर् त ।”
“मम्मी हो !” आकांक्षा मेरो छात्तिमै टाँसिन आईपुगि ।उसको मुटुको धड्कन
एक्कासी बढेको थियो र स्वास फुलेको थियो । उसको शरीरको तातोपन मैले महसुस गरिरहेको
थिए । जिवनमा आजसम्म आकाँक्षासँग धेरै पटक छोईए होला, तर आजको छुवाई बेग्लै थियो ।
आज पहिलो पटक आकांक्षा र म यति नजिक टाँसिएर हिडिँरहेका थियौँ । रातको अन्धकार अनि
भुतले डराएकी आकांक्षालाई नाजुक तर मुल्यवान वस्तुलाई जसरी जतनसाथ समाल्दै उसको घर
सम्म छोडिदिए ।
आकाँक्षाबाट छुटिने बेला म भोलि बिहानै काठमाण्डौँ फर्कन लागेको कुरा
सुनाए । मलाई लागेको थियो, उसले मलाई रोक्छे होला । अझै दुई चार दिन त बस् न, तँ
सँग कति धेरै कुराहरू गर्नु छ भन्छे होला भनेर सोचेको थिए तर उसले त कुनै
प्रतिकृया नै जनाईन । यस्तो लाग्दै थियो म उसँग हुनु वा नहुनु, उस्लाई केही फरक
पर्दैन । म त उसलाई आफ्नो मनको कुरा भन्छु भनेर आएको थिए तर निशब्द बनेर फर्किदै
थिए ।
हाम्रो मित्रतालाई म प्रेमको उचाईमा पुर्याउन चाहान्थे । सायद गल्ति
मेरै थिए । मैले नै आकाँक्षाको बारेमा धेरै सोचेछु । हाम्रो मित्रता त छदै थियो नि,
त्यसलाई प्रेमको तुच्छ उपमा दिएर मैले कतै गल्ति त गर्दै छैन् । जे होस् केही भनेर
आकाँक्षालाई दुःखी बनाउनु भन्दा केही नभनी आफै दुःखी हुनु नै बेस । त्यो रात मलाई
जीवन मै सबै भन्दा लामो रात लाग्यो । आकाँक्षासँग बिताएका पुराना दिनहरू एक एक
गरेर सम्झिन थाले । म चैतको अन्तिम साता घर गएको थिए, अब फेरी भेट हुन कार्तिकको
दशैँ सम्म कुर्नु पर्ने छ । यो छ महिनामा कति दिन, कति घन्टा वा सेकेण्ड बाँकी छ होला,
यहि सोच्दै ओछ्यानमा ओल्लो कोल्टो, पल्लो कोल्टो फेर्दा फेर्दै उज्यालो भयो ।
झिसमिसे उज्यालोमै गाँउका अरू मान्छेहरू उठेर कामधन्दा गर्नु भन्दा अगावै म
काठमाण्डौ जाने गाडी चढिसकेको थिए ।
Part 5:
उसको मुख थुन्न मैले यति मात्र भने, “आकांक्षा मेरो बेस्ट फ्रेण्ड हो ।”
दिउँसो टन्टलापुर घाम लागेको थियो । आकाशमा बादलको एक टुक्रा पनि कतै
देखिएको थिएन । सबैजना गर्मीले प्याक प्याक्ति परेका थिए । हावा चलको थिएन ।
मान्छेहरू पात हल्लिन्छ कि भनेर रूखको वरिपरी छाहारी खोजेर बसेका थिए । गाँउका एक
हुल भुराहरू खोलामा पौडी खेल्न जाने भनेर तातिए । यस्तो गर्मीको बेला, त्यसमाथी
बाह्र बजेको घाम । नजाने त कुरै थिएन । हामी हुल बाधेँर खोला तिर झरेको आकाँक्षाले
देखेकी रैछ, उ पनि हामीलाई पछ्याउदै खोला सम्म आई ।
खोलामा पानी सानो थियो तर त्यसलाई स्याउला र ढुङ्गाले थुनेर पौडी
खेल्न मिल्ने बनाएका थियौँ । लगभग एक मान्छे डुबाउने जति गहिरो बन्यो । हाम्रो सात
जनाको जम्बो टोलीले भूत छोई खोल्ने निर्णाय गर्यो । आकांक्षा पौडी खेल्न मानिन ।
उसलाई पौडिन त आउथ्यो तर हामी सँग खेल्न असहज मानी । खासै लजाउनु पर्ने कुरा त
केही थिएन किनकी त्यहा म बाहेक सबै दश एघार वर्षका भुराहरू थिए । तैपनि उसलाई धेरै
कर पनि गर्न मन लागेन । किनकी उसको लागि
लाजमान्नु पर्ने मान्छे म जो थिए ।
आकांक्षा रूखको ओझेलमा खोला भन्दा अलि पर बसि । हामी भने खोला छेउको
ठुलो ढुङामा गयौ र शरीर बाट लुगा उतार्न थाल्यौ । म मात्र एउटा सानो कट्टुमा थिए
बाँकी सबै भुराहरु नाङ्गै पौडि खेल्न तम्सिए । हामीले भुत छोई खेल्ने भयौँ ।
एक घन्टाको भागम्भाग पछि सबैजना थाकेर तातो बालुवा माथी नाङ्गो शरीर
माछा पाखामा पल्टिए जसरी पल्टिन थाले । सैलेशले बालुवामा पानको पात बनाएर “एस प्लस
बि” लेख्यो । पानको पातलाई एउटा तिरले छेड्यो ।
मनोजले ढुङ्गाहरूको खात बनाएर नौ तले धरहरा बनायो । उसको धरहरा
राम्रो सँग उठिसकेकै थिएन भिमसेनले एक लात्ति हानेर ढालिदियो । मनोज भिमसेनलाई
लखेट्दै बयर घारी तिर कुद्न थाल्यो । भिमसेन आफ्नो खुट्टामा अल्झिए लड्यो । मनोजले
उसलाई दुई लात्ति हान्यो र तातो बालुवाले सर्लकै पुरीदियो । दिनभर खोला बगरमा खुब
रमाईलो भयो ।
घर फर्कदै गर्दा सैलेशले मलाई सोध्यो , “आशुतोष दाई ! हजुरको
गर्लफ्रेण्ड छैन् ?”
म त छक्कै परे । यी भुराभुरीलाई अहिल्लै देखी गर्लफ्रेण्ड के हो थाहा
भइसकेछ । मैले उसको गाला चिमाट्दै भने,
“ छैन् भाई बरू तेरो गर्लफ्रेण्ड को हो भन् त ? त्यो अघि एस् प्लस बि
कस्को नाममा लेखीस् ?”
“बबिताको । त्यो मेरो बेस्ट फ्रेण्ड पनि हो ।” उसले बेस्ट फ्रेण्ड
भन्दा मैले पुलुक्क आकाँक्षा तिर हेर । मैले सम्झिए, हामी पनि स्कुल पढ्दा एक
आर्कालाई बेस्ट फ्रेण्ड भनेर बोलाउथ्यौँ ।
“बेस्ट फ्रेण्ड भए लभ साईन भित्र “एस् प्लस बि” किन लेखेको त ?”
“म उसलाई मन पराउछु नि त तर
उसको अर्कै व्वाईफ्रेण्ड छ हाम्रै क्लासमा । उसले मलाई तिमी मेरो बेस्ट फ्रेण्ड हो
भन्छे , तेई भ’र मैले पनि उसलाई बेस्ट फ्रेण्ड भन्नु पर्छ । ”
सैलेशले दार्शनिकको जस्तो गहिरो कुरा गरेको थियो । उसले कति सजिलै
आफुले माँया गर्ने मान्छेलाई बेस्ट फ्रेण्डमा मात्र सिमित गर्न सकेको थियो । उसले
मलाई फेरी त्यहि प्रश्न तेर्सायो , “तपाईको गर्लफ्रेण्ड छैन् ?” मैले आकांक्षा तिर
हेर । उ सुनेको नसुनै झै गरी हामी भन्दा पर पर हिडीरेकी थिई ।
“छैन ! एउटै पनि छैन ।“ भन्न त मन थियो नि, उ त्यो आकांक्षा,
तिमीहरुको दिदी, मेरो गर्लफ्रेण्ड हो भनेर । मनले हजार पल्ट आकाँक्षा भने पनि
मुखले “छैन” भनिदिए ।
मेरो जबाफले उ सन्तुष्ट भएन । उसको मनमा खै के कुरा खेलिरहेको थियो
फेरी सोध्यो , “शहरमा त सबैको गर्लफ्रेण्ड व्बाईफ्रेण्ड हुन्छ रे । तपाईको मात्र
किन भएन ? तर एउटा कुरा सोध्यौ ?”
“अः नडराई सोध न ।”
“आकांक्षा दिदी हजुरको गर्लफ्रेण्ड होईन ?”
हे भगवान । यसलाई अब के जबाफ दिने ? बाँच्नु र मर्नुको स्थितिमा
पार्यो सैलेशले । खुब जान्नि भएर भुराहरूलाई गर्लफ्रेण्डको बारेमा सोध्ने भएको
।आकाँक्षा नै गर्लफ्रेण्ड हो भनु भने मलाई पनि थाहा छैन् आकांक्षाले मलाई मन
पराउछे कि नाई , हैन भनू भने उसले यसरी सोधेको थियो कि उसलाई सबैकुरा थाहा र उ
केबल कम्फम गर्न मात्र चाहान्छ ।
उसको मुख थुन्न मैले यति मात्र भने, “आकांक्षा मेरो बेस्ट फ्रेण्ड हो
।”
सायद उसको लागि बबिता बेस्टफ्रेण्ड भए जस्तै मेरो लागि आकांक्षा पनि
त्यस्तै बेस्ट फ्रेण्ड होला भन्ने बुझ्यो कि ? उसले लामो लेध्रो तानेर “ए...! ”
मात्र भन्यो । यो पल्ट मैले आकाँक्षालाई हेर्नै सकिन ।
part 4:
आकांक्षा अब सानी रैनछै भन्ने आज उसको खुलेको सुन्दरता देखेपछी मात्र थाहा पाए ।
गाँउको पधेँरो, एका बिहानै भिड हुने भईहाल्यो । पालो कुर्दा कुर्दा
मेरो मुखको मञ्जन सुकेर कट्कटिएको थियो । हात खुट्टा धोए, मुख कुल्ला गरे,
गाग्रीमा पानी भरिने बेलासम्म त्यसलाई हेरीरहे । गाग्रीमा पानीले हिर्काउदा मिठो
संगित निस्किरहेको थियो ।
पानी भरिए पछि त्यसलाई पधेँराको डिलमा राखेर म टाउकोमात्र नुहाउनलाई
टि-सर्ट खोल्दै थिए । म निहुरिएको मात्र के थिए कसैले माथीबाट भरी पानीको गाग्री
घोप्ट्याईदियो । म शिर देखी पाउसम्म भिजे ।
म पानीमा रूझेको बिरालो जस्तो जाडोले लुगलुग काम्न थालेको थिए । रिसको झोकमा पछाडी
फर्केर हेर्दा त आकांक्षा पछ्यौराले मुख छोपेर मुर्छा परेर हाँसिरहेकी थिई ।
उसका नशालु ति आँखाहरु, गुलाबि ओठ, हाँस्दा डिम्पल गर्ने गाला । मैले
आफू पानीले भिजेको पनि बिर्सिसकेछू । आकाँक्षालाई तल देखी माथी सम्म निहारे, पातालो
छिनेको कम्मर, लामा लामा हात गोडाहरू मैले आजसम्म आकाँक्षालाई राम्रोसँग हेरेकै
रैनछु । उसको सुन्दरताको दर्शन त मैले आज सम्म पाएकै रैनछु ।
घरबाट टाढा हुँदा, म कहिलेकाँही आकांक्षालाई सम्झन्थे, सधै स्कुल
पढ्दा देखेको अनुहार मात्र दिमागमा आउथ्यो । मेरो सम्झनामा आकाँक्षा अरू युवती सरह
समान थिई कुनै खास आक्रषण देख्दिन थिए । हामी एउटै गाँउमा जन्मिएर हुर्किएको भएपनि
हाम्रो उमेरमा केही फरक थियो तर पनि उ मेरो सबैभन्दा मिल्ने केटी साथी थिई ।
आकांक्षा अब सानी रैनछै भन्ने आज उसको खुलेको सुन्दरता देखेपछी मात्र
थाहा पाए । आज पहिलो पटक आकांक्षालाई देख्दा मेरो मनमा काउकुति लागेको अनुभब भयो ।
धेरै समय पछि मेरो मनमा हलचल पैदा भएको थियो । म एकोहोरो उसलाई हेरेर टोलाएको
देखेर उसले एक अञ्जुलि पानी मेरो अनुहारमा फालिदिई । म फेरी नमज्जा सँग झस्किए ।
“ बल्ल खाईस, मेरो बदला बल्ल पुरा भयो ।” कुनै ठुलो युध्द जिते जसरी
उ पुकलित भई ।
मैले भने “यो कस्तो बदला होला ?”
“हिजो आमाको अगाडी मलाई के भनेको थिईस ? खुब मलाई आफ्नो घरको बुहारी
बनाउने भा’को ? मलाई पाउन त्यति सजिलो कहाँ छ । तेरो शहरका केटीहरु जस्ती सजिलै
मानिहाल्ने सम्झीस् कि के हो मलाई ?”
“ के भन्दैछस् तँ ?यो बदला त्यसैको थियो? त्यति सानो कुराको सजाय यति
धेरै ? यो त अत्ति भएन र ?”
“ तँलाई त अझै पुगेकै छैन् । मलाई फोन किन नगरेको ? थाहा छ राति
बाह्र बजेसम्म तेरो फोन कुरेर बसेको थिए ,”
“फोन ? कस्लाई ? फोन गर्नलाई त मसँग तेरो नम्बर पनि हुनु पर्यो नि ?”
“हिजो बेलुका त्यो कागजमा दे’को के त? कि हेर्दै नहेरी फालिदिईस ?
मलाई थाहा थियो, तँ मेरो कुराहरूलाई खासै महत्व दिदैनस् भन्ने । शहरमै राम्री
राम्री तरूनिहरू हेरेको होलास्, गाँउ छोडेर जान नसकेको म जस्तीलाई के हेर्थिस् । ”
“ मनमा लाग्यो भन्दैम जे पायो त्यहि चाँही नभनिहाल त !मैले तँलाई
कैले वेवास्ता गरे? ”
“तैले सधै गरि त राछस् नि । आजसम्म मलाई केही गिफ्ट लयाईदिस् त शहर
बाट । उल्टै मैले नम्बर दिदाँ पनि फोन नगर्ने हैन् ।”
“ओ सेट् !” मैले आफ्नो हात टाउकोमा ठोक्काउदै भने, “त्यसमा तेरो फोन
नम्बर थियो ? ”
मैले त्यो कागज त हेरेकै थिईन। एकछिनमा हेर्छु भन्दा भन्दै बिर्सेछु
। हिजो सुत्दा लगाएको प्यान्ट अहिले शरीरमै थियो। खोल्तिमा हात हालेर छाम्दा पो
फेला पर्यो , बिचरा कागज त पानीमा भिजेर धुजा धुजा भएछ । अब त्यसमा आकाँक्षाको फोन
नम्बर कसरी खोज्नु ।
मेरो हातमा कागजको टुक्राहरू देखेपछि उसको अनुहार मलिन भयो । मैले
उसले दिएको कुरालाई वास्तै नगरी छोडेको थिए । उसलाई फकाउनलाई उसको फोन नम्बर फेरी
मागे तर उसले दिन मानिन । भनि “ जस्लाई मेरो बारेमा कुनै मत्तलब छैन् , त्यसलाई म
बारम्बार फोन नम्बर दिईरहन सक्दिन्, मन भए आफै खोजेर गर्नु नत्र कसैको फोन कुरेर
बस्नि खालकी केटी हैन म ।”
म आकाँक्षालाई फकाउन खोज्दै थिए, त्यहिबेला साईडमा राखेको मेरो
मोबाईलमा घन्टी बज्यो । मेरो र आकाँक्षाको नजर एकैचोटी त्यो फोनमा पर्यो । म फोन
उठाउनलाई अगाडी मात्र के बढेको थिए हतपत आकाँक्षाले मेरो फोन उठाई ।
“हेल्लो ! को बोल्नु भ’को ?”
( मौनता)
“कस्लाई खोजेको ?”
( मौनता)
“तिमीलाई के चाहियो म जो बोलेपनि । के काम छ आशुतोष सँग ।”
(मौनता)
“काम छैन भने किन फोन गरेकी त बेकारमा अरूलाई । फोन राख् ।”
आकाँक्षाको अनुहार अमिलिएर कालो निलो भयो, रिसाउदै पनि थिई होला
सायद, आँखा पनि रातो रातो भएको थियो । उसले सिधै सोधि “को हो यो रोजिना भन्ने ?”
रोजिनाले पो फोन गरेकि रैछे, मैले मुस्कुराउदै भने, “बहिनि हो,
घरबेटी कि छोरी ।”
“बहिनी मात्रै हो की गर्ल फ्रेण्ड पनि ?”
“के रे ? के भनिस् ? फेरी भन त ?”
“ केही होईन, ला तेरो फोन ।” आकाँक्षाले फोन म भएतिर फालिदिई । मैले
केही बुझ्नै सकिन । यो केटीलाई एक्कासि यो के भयो । बिहान बिहानै यसलाई कुन भुत
चढ्यो यसरी । एक कल फोनको भरमा आकाँक्षाको अनुहारको रङ यसरी उडेको थियो कि म त
लगभग डराइसकेको थिए । हिजो हाँसी मजाकमा बुहारी बनाउछु भन्दा एक गाग्री पानी
खनाईदिनेले आज यो फोनको बदला कसरी लिन्छे होला, हेर्न बाँकी थियो ।