Monday, September 5, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 10:

कि यो आफ्नो खुसीले विदेश जान्छ कि मैले खोजेकी केटीसँग बिहे गर्छ नत्र जता जान मन छ गए हुन्छ, बाटो खुल्ला छ ।”




आकंक्षाको घाँसको भारी पुगेकै थिएन ।  भारी नपुगी घर जान मनिन् । यतिकै गए भने त बा’ले मार्छन् भनेर त्यहि  काटेको हातले सकिनसकी घाँस काट्न थाली ।

“अझै अर्को दुईटा औला नि काट्न मन छ, तँलाई ?”

 “भारी पुराइदेन त ।” उसले हाँतको हसिया म भए तिर फालि ।

मैले मच्चि मच्चि घाँसको काँटेको उसले हेरीरही । बेला बेला “ भो ! पर्दैन तैले काट्न, घर जाम् हिँड” भन्थी तर मलाई त आफ्नो माँया जताउनु थियो । भारी नपुराई कसरी छोड्न सक्थे र । फर्कने बेलामा पनि घाँसको भारी मैले नै बोकेर घर सम्म ल्याईदिए ।

आकांक्षाको घाँसको भारी मैले बोकेको देख्नेहरू मुसुमुसु हाँस्दै हामीलाई जिस्काउन थाले ।

“काठमाण्डौ बाट घर आऊन पाएको छैन् घाँसको भारी बोक्न हतार भईसकेछ यस्लाई।”

“ तँ दशैको लागी भनेर घर आ’को कि घाँसको भारी बोक्न आ’को हो, बुझ्नै सकिएन त?” कोहि अलि बढी नै जिस्काउथे।

“ यसले आफ्नो श्रीमतिलाई त भारी बोकेर भएपनि सुख्खले पाल्छ । यसलाई जिन्दगीभर यसैगरी भारी बोकाएस् है आकाँक्षा तैले ।”

कसैले जिस्काईदिदाँ पनि बेग्लै आनन्द हुने रहेछ । मलाई त मजै आइरहेको थियो तर आकांक्षा भने लाजले भुतुक्कै भएकी थिई । उसलाइ अरूको भन्दा पनि बा”ले देखे भने के भन्ने होला भन्ने पिर परेको थियो होला ।

गोठ छेउ घाँसको भारी बिसाएपछि म आफ्नो घर तिर जादै थिए, उसले मलाई रोक्दै भनि, “आशुतोष, तिमीसँग धेरै कुरा गर्नु छ, हामी बेलुका तिर भेटौँ न है ।”

“के कुरा हो र ? अहिल्लै भन्न मिल्दैन र ?”

“ बेलुका भन्छु नि है । माथी डाँडाको चौरमा आउ है ।”

 

साँझ पर्नु भन्दा अगाडी नै म डाँडाको चौरमा आकांक्षालाई कुर्न थाले । साझ ढल्केर झमक्क रात पर्ने बेला सम्म पनि आकांक्षा भेट्न  आईन । उसलाई दर्जनौ पटक फोन पनि गरे तर मोबाईल स्विच आफ थियो ।उसैले भेट्छु बनेकी, अनि मलाई यसरी घन्टौँ कुराएर पनि उ किन आईन, मैले बुझ्नै सकिन ।

मैले पढाईको कारण देखाएर जागिर छोड्ने कुरा गरेको थिए जुन बा’आमालाई मन परेको थिएन । त्यसमाथी आकाँक्षासँग मेरो सम्बन्ध पनि म आऊनु भन्दा पहिल्लै गाऊ भरी छरपस्ट भईसकेछ । म सोच्थे, हाम्रो सम्बन्ध, हाम्रो कुराकानी हामी मात्रैमा सिमित होला तर होइन रहेछ । हाम्रो प्रेम सम्बन्धको बारेमा पुरा गाँउ परिचित रैछ, त्यहि भएर त गाउँले हरू खुलम्खुल्ला हामीलाई जिस्काउने आँट गर्दा रहेछन् त । आधा रातमा कसैले थाहा नपाउने गरि बोल्दा पनि कसरी सबै गाँलेलाई थाहा भयो । सायद भित्ताको पनि कान हुन्छ भनेको यहि भएर होला ।

म काठमाण्डौ बाट आएको पर्सीपल्ट देखीनै घरमा मेरो पढाई र जागिरको विषयलाई लिएर चर्काचर्की हुन थाल्यो । पहिला पनि अलिअलि त भएकै थियो । म बेरोजगार भएर बसेको बा’लाई मन परिरहेको थिएन ।

“नेपालमा बसेर जतिसुकै कमाए पनि त्यसले माथी उकास्दैन, नाथे आठ दश हजारको जागिर पनि राम्रो सँग खान सकिनस् । भविष्यमा कसरी गरी खान्छस् ” बा’ भन्नुहुन्थ्यो । उहाँको लागि कमाउने भनेकै कि सरकारी जागिरेले हो कि त खाडिमा गएर पसिना बगाउनेले  हो भन्ने भम्र थियो।

 “दुनियाँको छोराहरू विदेश गएर टन्न पैसा कामएका छन्, शहरमा घर खेत जोडेका छन् । सरकारी जागीर खाएर राम्रो पदमा पुगेका छन्, हाम्रो भने भएको यहि घरबारी पनि बेच्नु पर्ला जस्तो छ ।” खाना खाने बेलामा बा’ले फेरी कुरा झिक्नु भयो ।

“विदेश जानु मन छैन भने न जा, तर भबिष्यको लागी पनि त केही सोच्नु पर्यो । एउटा सानो सरकारी जागिर खाइस भनेपनि गाँउ समाजको भन्ने बाटो त हुदैन्थ्यो बाबु ।” अमा पनि गन्गनाउन थाल्नु भयो ।

“ जागिर भन्ने कुरा पछी खाँदै गरौला तर अहिले खाना त राम्रो सँग खान दिनुस् । मेरो जिन्दगी हो, के गर्नु पर्छ त्यो मलाई राम्रो सँग थाहा छ । अरूको घरको कुरा ल्याएर मलाई नसुनाउनु होला ।” मैले खाँदै गरेको थाल पर सारेर उठेँ । मलाई अब भोक थिएन । म अघाईसकेको थिए परिबारको वचनले अनि समाजले के भन्ला भन्ने  डरले ।

जुठो हात लिएर म बाहिर निस्किए । बा’ आमालाई सराप्दै हुनुहुन्थ्यो , “तैँले गर्दा छोरो बिग्रियो । यसको चालामाला ठिक देखेको छैन मैले । कि यो आफ्नो खुसीले विदेश जान्छ कि मैले खोजेकी केटीसँग बिहे गर्छ नत्र जता जान मन छ गए हुन्छ, बाटो खुल्ला छ ।”

मैले आकंक्षालाई मन पराउने कुरा आमालाई भने । उहाँलाई हाम्रो सम्बन्धको बारेमा पहिल्लै देखी थाहा रहेछ, तर थाहा नभएको जसरी “ए होर ! केटी राम्री छे, सिल-स्वाभाबकि छे, मलाई त मन पर्छ” भन्नु भयो । आमालाई आकंक्षा एकदमै मन पर्छ भन्ने मलाइ पहिल्लै  थाहा थियो । उहाँ खुसी भएको बेला म बेलाबेला जिस्काउदै भन्थे, “आमा ! बुहारी कहिले भित्राउने हो त ?”

आकंक्षाले भेट्नु छ भनेको दिनदेखी आजसम्म भेट्न पाएको थिईन  ।पुरा पुर पाँच दिन पो भईसकेछ । कहिले काँही बहाना बनाएर म उसको घरमा जान्थे तर उ आफ्नै कोठामा बसिरहेकी हुन्थी । बिना काम केटी एल्लै बसेको कोठामा सरासर छिर्नु पनि भएन ।  उसले पनि बा’आमाको अगाडी बोल्न छोडेकी थिई । एकाएक आकांक्षाको मन र उनको परिवारले मलाई हेर्ने नजर नै बद्लिएको थियो । थाहा छैन किन उनिहरूले मलाई सकेसम्म आफ्नो घरमा नआओस् भन्ने जस्तो व्यबहार पो गर्न थालका थिए । आकाँक्षासँग मनखोलेर कुरा गर्ने, माँया साट्ने मेरो मनको धोको मनमै रहला जस्तो छ। जति जति मेरो गाँउमा बस्ने दिन छोटिदै थियो, मेरो मनमा पिडा पनि थपिदै थियो । आखिर आकाँक्षामा  एकाएक यो परिवर्तन कसरी आयो ?

फुलपातिको अघिल्लो दिनदेखी गाँउमा पिङ हाल्ने काम थालियो । बाँस काट्ने, बोक्ने, खरको डोरी बाट्ने काम सबै मिलेर गर्दा पनि  दुई दिनमा बल्ल तल्ल पिङ तयार भयो । लिङ्गे पिङ थापेपछी पो गाँउमा दशै लागेको जस्तो भएको थियो । गाँऊभरिका भुराभुरीको भुल्ने ठाँउ थियो पिङ अनि हाम्रो लागि गफ चुट्ने र समय कटाउने थलो भएको थियो ।

आकंक्षाको घर नजिकै सम्म ठाऊ खोजेर पिङ हालिएको थियो त्यसमा मेरो अलिकति स्वार्थ थियो किनकी पिङको वहानामा भएपनि उसँग भेट होला कि भन्ने झिनो आश थियो । बिना काम पनि म आकांक्षाको घरमा गई रहन्थे । कतै मौका मिलेर बोल्न पाई हालिन्छ की ? उसले भन्न खोजेको खास कुरा के थियो म सुन्न आतुर थिए । कमसेकम उसको कुरा सुन्न मात्र पाएपनि मेरो मन हलुका हुने थियो ।

 पिङ  थापे पछि त मेरो बास नै पिङमा हुन थालेको थियो । बिहानै दुई गाँस भात च्यापेर घरबाट निस्किए पछी म साझ खाना खाने बेलामा मात्र आउथे । मेरो काम नै आकांक्षाको बाटो हेर्दै पिङमा ढुकेर बस्ने बाहेक अरु  थिएन ।

साझ आकांक्षा  पिङमा मलाई खोज्दै आई । उसको अनुहार निन्याउरो थियो, आखाँमा आशु पोखिन खोज्दै थिए । उसलाई के भयो भनेर धेरै पटक सोधे तर उसले एक शब्द पनि बोलिन । हामी त्यँहाबाट अलि पर एकान्त ठाऊमा गयौँ । मान्छेहरूको आवत जावत त्यति नहुने भएकाले त्यो ठाँऊ अलि सुरक्षित थियो ।

आकंक्षा मेरो छात्तिमा मुख लुकाएर रून थालि । सुरूमा मलाई डर लागिरहेको थियो कतै ठुलै घटना पो घट्यो कि भनेर । तर त्यस्तो खास केही भएको जस्तो लागेन । मलाई पनि उसको यति धेरै न्यास्रो लागेको थियो कि झन उसलाई एक पटक पनि भेट्न नपाउदा मलाई कस्तो भयो होला ? धेरै दिनपछी हामी भेट्न पाएका थियौँ त्यसैले उसलाई धित मरूनजेल रुन दिए । उसका ति ताता आशुले मेरो छाति चैँ पोलिरहेको थियो ।

“तिमि मसँग नजिक भएको घरमा बा’ले निको मान्नु भा’छैन । उहाँले हाम्रो संम्बन्धलाई राम्रो नजरले  हेर्नु भा’छैन । मलाइ लाग्दैन की हाम्रो प्रेम सफल हुन्छ भन्ने । मलई डर छ आशु, म तिम्रो बन्न पाउदिन कि भन्ने ।”

“तिमी यो के भन्दै छौ आकाँक्षा ? यो सब कसरी भयो ?”

“खई कसरी भयो त्यो त मलाई पनि थाहा छैन् तर गाँउभरी हाम्रो बारेमा धेरै नराम्रो हल्लाहरू चलिरा’छ । घरमा मेरो हरेक दिन जस्तो झगडा पर्छ, अहिले त  हुँदा हुँदा आमा र त्यो सानि बहिनि पनि मसँग बोल्न छाडि सके । थाहा छैन मबाट के गल्ति भयो ?  तिमीलाई थाहा छ, मलाई घरबाट बाहिर निस्किने अनुमति सम्म छैन ?  म आफ्नै घरमा पनि ज्यानमारा कैदीको जस्तो सजाय भोगिरहेको छु ।”

आकांक्षाको कुराले म सतब्ध भए । मलाई लाग्थ्यो हाम्रो सम्बन्ध सुमधुर चलिरहेको छ । आकांक्षा र म यो संसारको सबैभन्दा खुसी जोडी हौँ जस्तो लाग्थ्यो । हाम्रो सम्बन्ध कसैले टुटाउन सक्छ जस्तो लागेको थिएन तर यहाँ त आफ्नै परिवार सम्बन्ध टुटाउन लागी परेको रहेछ ।

आकाँक्षा सितिमिति हार मानेर रुने खालकी केटी त होईन तर उसको यस्तो अबस्था देख्दा लाग्थ्यो उसले निकै ठुलो दुःख भोगिरहेकी छे र त्यस्को मुख्य कारण हाम्रो सम्बन्ध थियो ।

“हामी बाट कुनै गल्ति पो भ यो कि ? ” तिमीले हाम्रो सन्बन्धको बारेमा अरू कस्लाई भनेकी थियौ ?” आकाँक्षा केही  बोलिन ।

 उसको मौनत जति जति बढ्थ्यो , मेरो व्याग्रता झन बढेर जान्थ्यो । मैले फेरी सोधे, “ अलि अलिहल्ला त यसैपनि चलिहाल्छ नि । यति सानो कुरामा यसरी रुनु पर्छ त ?

“तिमीलाई केही पनि थाहा छैन् यहाँ के भई रा’छ  भन्ने तर यत्ति चाहि थाहा पाई राख, मेरो विहे चाढैँ हुदैछ ।”

“ह्वाट ? तिमी यो के भन्दै छौ ? तिम्रो विहेको कुरा कसरी आयो बिचमा ? यो हुनै सक्दैन । तिमि मेरो बिना अरुको हुनै सक्दिनौ ।”

“घरमा कुरा चलिसक्यो । बा’ले केटा पनि हेरिसक्नु भयो । मलाई घरमै हेर्न आउने कुरा छ।यो कुरा धेरै अगाडी बढि सक्यो, आशु।”

आकांक्षा फेरी रुन थालि । यो सब हुदाँपनि अहिले सम्म उसले मलाइ किन भनिन । फेरी आज आएर उ यो सब कुराहरू किन मलाई सुनाई रहेकी छे । आकाँक्षाले त्यो दिन भन्छु भनेको कुरा के यहि थियो ?

उसले मेरो छातिमा आफ्नो रुन्चे अनुहार लुकाउदै भनि जुन मेरो लागि सारा सर्वस्वा थियो । “लभ यु आशु । आई लभ यु सो मच् । म तिमी बिना अरूको हुन चाहान्न । मलाई थाहा छैन तिमी यो सब कसरी गर्छौ तर मलाइ तिम्रो हुनु छ । म केबल तिम्री हुँ, मात्र तिम्री ।” 

Wednesday, August 31, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 9:

पसिनाले उसको अनुहार निथ्रुक्क भिजेको थियो त्यसमाथी बिहानको घामको किरणमा पसिनाका दानाहरू मोति झै टल्किरहेका थिए ।



त्यसपछिका दिनहरू मेरा सहज तरिकाले बित्न थाले । दिनभर म रात कहिले पर्छ र आकाँक्षासँग फोनमा बोल्न पाउछु भनेर घँडी हेर्दै बिताउथे किनकी दिनभरी फोन आकाँक्षाको बासँग हुन्थ्यो । मेला मौकामा घरमा बा नहुदा उसैले फोन गर्थि । राम्रोसँग बोल्न पनि पाएको हुदैनथ्यौ, बा आउनु भो भनेर कुरा नसकिदै फोन काटी दिन्थि । उसले मलाइ मिस्ड कल नदिएसम्म मैले फोन नगर्ने आदेश दिएकी  थिई ।

घरका सबै परिवारहरू सुतिसकेपछि बल्ल उसले मलाई मिस्ड कल गर्थि । रातको एघार बजेपछि रातभरकोलागी अनलिमिटेड कल गर्न मिल्थ्यो, जसको सबैभन्दा धेरै फाईदा हामी जस्तो प्रेमी प्रेमिकाहरुलाई हुन्थ्यो । सामान्य सँञ्चो, बिसँञ्चो सोधेर सुरूभएको हाम्रो कुराकाहानी कहिले हाँसो त कहिले आशुमा पुगेर टुङ्गिन्थ्यो । आकाँक्षा आफ्नो घरको सानो सानो कुराहरू पनि नछुटाई सुनाउने गर्थी । आकाँक्षासँग बोल्न थाले पछि मैले गाँउमा अरू कसैलाई फोन गरेर मेरो घरको हालखबर सोघ्नु पर्दैन्थ्यो । सबैकुराहरू म आकाँक्षाबाट नै थाहा पाउथे ।

सुरुवाति दिनहरुमा आधारात सम्म कुरा गरेर बस्नु रहर थियो तर पछि पछी भने लत नै लागेको थियो । एक रात  कुराकानी हुनसकेन भने त्यो रात तड्पिएरै बित्थ्यो । आकाँक्षा सधै मलाई गाँउ आउन आग्रह गरिरहन्थी । एक पटक भेटेर न्यास्रो मेट्नलाई पनि गाँउ नै जानु पर्ने बाध्यात थियो, जुन सजिलै पुरा हुनेवाला थिएन ।    

दशै सुरुहुन दुईसाता जति बाँकी थियो। । मेरो स्नातक दोस्रो वर्षको बार्षिक परिक्षा पनि नजिकिदै थियो । कामबाट छुट्टी लिईसकेको थिए । मेरो दिनभरी काम भनेकै कि त पढ्नु कि आकाँक्षासँग फोनमा कुरा गरेर समय कटाउने मात्र थियो । हामी हरेक रातहरू फोनमा कुरा गरेर अनिदो बिताउथ्यौँ । माँयाका कुरा, परिवारका कुरा, भविष्यका मिठा सपनाहरू बुन्दा बुन्दै उज्यालो हुन लागेको पनि पत्तो पाउदैनथ्यौँ ।

बेला बेला रोजिना मेरो कोठामा आउथी, कहिँले काही म कौसिमा हावा खान पनि निस्किने गर्थे । हाम्रो भेट हुनेबित्तिकै उ सोध्ने गर्थी, “भाउजु खोज्नु भो त दादा ।” म पनि मुस्कुराउदै भन्थे, “ आवेदन खुल्ला गेरको छु, हेरौ कति जनाले पर्म भर्दा रैछन् ।” त्यसपछि दुबैजना मरिमरि हास्थ्यौ । रोजिनालाई फेसबुकको लत तयि धेरै बसिसकेको थियो कि उ हरेक दिन प्रोफाईल चेन्ज गर्नु पर्थ्यो । उसको फोटोमा मन नभएपनि लाईक र कमेन्ट लेखिदिनु पर्थ्यो । फोटो हालेपछि एक दुई घन्टामा सय लाईक पनि पुगेन भनेर नाक खुम्च्याउदै आउथी । उसले त दुईवटा फेक आईडी पनि बनाएकी रैछ । फेक आइडीमा आफूलाई मनमा लागेका राम्रा नराम्रा कुराहरू लेख्थी तर आफ्नो रियल आइडीमा चाँही राम्रा कुराहरू मात्र राख्थी । उसलाई कसैसँग रिस उठ्यो भने त्यो रिस पोख्ने ठाउ उसको त्यो फेक आईडी थियो । फेक आईडी बाट यति जना केटाहरूको लभ रिक्योस्ट आयो भनेर मलाई देखाउन आउथी ।

रोजीनाको कुरा सुन्दा र व्यबाहार देख्दा यस्तो लाग्थ्यो, उसले यो फेसबुकको दुनियाँमा हलचल नै ल्याएकी छे । मलाई उसको कुराहरू देखी दिग्दार लाग्न थाल्यो । त्यसपछि मैले उ आएको थाहा पाउने बित्तिकै पढाईको नाटक गर्न थाले । पछी पछी त म अहिले बिजी छु, मलाई डिस्टर्ब नगर भनेर पनि सम्झाए । मेरो ध्यान कि त पढाईमा थियो कि आकाँक्षाको मा । यी दुईको बिचमा अरू आएको मलाई मन पर्न छोडेको थियो ।

आकाँक्षा सँगको बोल्न थालेपछि मैले समयमा खान पनि बिर्सि सकेको थियो । प्रेममा भोक प्यास लाग्दैन भन्थे, साञ्चैँ हो रहेछ, आज आफुले भोगेपछी थाहा पाँए । घरबाट अड्कलेर पठाएको खर्च मैले फोनमा रिचार्ज हालेर सकेको थिए । पसलमा पनि ४-५ हजारको उधारो भईसकेको थियो ।

हरेक दशैँमा चाहिने मरमसला मैले आफैँ किनेर लगिदिन्थे, यसपालि त त्यो किन्ने पैसा पनि बाँकी थिएन । झन त्यसमाथी आकाँक्षालाई यो ल्याईदिन्छु , त्यो ल्याइदिन्छु भनेर मिठा मिठा सपना पनि देखाएको थिए ।

फोनमा मायाँको कुरा गरून्जेल आकाँक्षा मेरो साथमै छे जस्तो लाग्थ्यो तर फोन काटिँएपछी फेरी यो बिरानो शहरमा एक्लो छु भन्ने महसुस हुदो रै”छ ।  लङ डिस्ट्यान्स रिलेशसिपको बेफाईदा नै यहि, आफुलाई मन लागेको बेला भेटौँ न, एक छिन भएपनि नजिकै बसेर कुरा गर्यौ भन्न पनि  नपाउने ।आकाँक्षा मबाट टाढा पक्कै थिइ तर उसको याद यो मनमा गहिरो गरि बसेको थियो । मनलाई सम्झाउन भनेपनि म हेरक पल आकाँक्षालाई भेट्ने दिनको कल्पनामा बिताउन थाले ।

परिक्षा सकियो र घर जाने दिन पनि आयो । आकाँक्षालाई पनि कहिले आउछु भनेर भनेको थिईन् किनकी म उस्लाई भेटेर सप्राईज दिन चाहान्थे । साझ घर पुग्दा आमा बेलुकाको घर धन्दा गर्दै हुनुहुदो रै’छ । साझको बेला छोरो टुप्लुप्क घरमा आई पुग्दा आमाको मन खुसीले फुरूङ भएको थियो । हो, यस्तै खुसी म आकाँक्षाको आँखामा पनि देख्न चाहान्थे । 

भोलि पल्ट बिहानै आकांक्षा घाँस  काट्न बनेली तिर झरेपछि मैले पनि सानो खुर्पी हसियाँ बोकेर उसको पछिपछि लागे । उसँले घाँस काँटिरहदा म रूखको हाँगामा छेलिएर हेरीरहे।

पसिनाले उसको अनुहार निथ्रुक्क भिजेको थियो त्यसमाथी बिहानको घामको किरणमा पसिनाका दानाहरू मोति झै टल्किरहेका थिए ।

आकांक्षाको अनुहारमा धेरै बेर नियालेर हेरे । उसको अनुहार एकदम शान्त थियो । आत्मबिस्वासले भरीएको थियो । उसका हातका चुराहरू मिठो संगित निकाल्दै बजिरहेका थिए । उसको अगाडी कसरी जाने होला भनेर सोचिरहेको थिए, “अईया !” आकांक्षाको पिडाले भरिएको बोलि सुने । मेरो ध्यान भङ्ग भयो । उसले देब्रे हातको दुईबाट औला हसियाँले काटिछ । हातबाट रगत बगिरहेको थियो । म हस्याङ फस्याङ गर्दै उसको अगाडी गए र काटेको ठाउमा औँलाले थिचिदिए । घाउबाट रगत बग्न कम होस् भनेर उसको हातलाई टाउको भन्दा माथी उचालि दिए । मलाई एक्कासी आफ्नो अगाडी देख्दा उस्ले त विस्वासै गर्न सकिन् । उसलाई यति गहिरो सक लागेको थियो कि आफ्नो हातको औँलामा लागेको घाउको दुखाई पनि भुलिसकेकी थिई । उसले दुबैहातले मेरो अनुहार सुम्सुमाई । मेरो हात समाती ।  उसले आँखाबाट खुसीका आशु झर्न थाले । मैले उसलाई आफ्नो न्यानो अँगालोमा बेरे ।

उसलाई सप्राइज दिदा खुसी होलि भनेको त “मलाई नभनि किन आईस” भनेर उल्टै रिसाउन पो थाली । ले पनि जिस्किदै भने, “त्यसो भए म फेरी काठमान्डौ जान्छू अनि तैले आइज भनेपछी मात्र आउछू ।”

“ छ्या ! यो सँग त जिस्किन पनि हुदैन् “ भन्दै मलाई आफुबाट अलि पर धकेली । उसको घाउबाट त रगत बग्न रोकिएकै रैनछ् । नजिकै झाडीबाट एक मुठ्ठी बनमाराको  पात टिपेर ल्याए । त्यसलाई आफ्नो हत्केलाको बिचमा राखेर मिचे । बनमाराको रस काटेको ठाऊमा हाल्यो भन्ने घाउ चाँढो निको हुन्थ्यो अनि उसको सलको सानो फेरो च्याँते र चोट लागेको औँलामा बाँधिदिए ।