Tuesday, September 20, 2022

"PREM" a short poem series by Pradip Devkota "Musafir" Episode 1.

A short poem series.. 

Episode 1


PREM


 उसँग हुँदा पनि

उ सँगै नहुदा पनि

प्रेम त तलाई मात्र गरिरहे

ए जिन्दगी...


Thursday, September 8, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 11

“ यो कुरा सबैले कान थापेर सुनओ, म आकांक्षालाई माया गर्छु र म उसै सँग बिहे  गर्छु



हामी हराएको दुई घन्टा भन्दा बढी भईसकेको थियो । उता गाँउमा त हाम्रो खोजी हुन थालिसकेछ । बिशेष गरी आकंक्षाको घरमा । म मात्रै हराएको भए त कसैलाई केही फरक पर्दैन थियो तर म सँगै आकांक्षा पनि हराएकी थिई । हामी दुबैजना साँझ ढल्केपछि तल तिर लागेको सायद कसैले देखेको थियो कि, हामी पिङमा पुग्दा त सबैजना हामीलाई नै कुरेर बसिरहेका रहेछन् ।

त्यहाँ मुखले कसैले पनि एक शब्द बोलिरहेको थिएनन् तर सबैको आँखामा हजारौ प्रश्नहरू हामी तिर तेर्सिएर बसेका थिए । जस्तो कि अहिले सम्म हामी काँहा थियौँ ? के गर्दै थियौँ ? यति राति एकान्तमा किन भेटेको ? कुनै काम नै थियो भने दिउँसो उज्यालोमा किन नभेटेको? हामी बिचको सम्बन्ध के हो?  आदि आदि ।

आकंक्षालाई मेरो साथमा देखेपछि उनको परिवारले आकंक्षालाई भोको बाघले आफ्नो शिकारलाई झम्टिए जसरी झम्टियो । आकंक्षालाई उनको आमाले कपालमा समातेर आफुतिर लछारिन । उनको अनुहारमा थुकिन, सुन्नै नसकिने गालि गरिन र बेस्सरी गालामा दुई थप्पड लगाई । पिडाले आकंक्षा रुन थालि ।

आकंक्षाका बा’ छेउमै थिए । उनको आँखामा मैले आँगोको तातो कोईला देखीरहेको थिए । गाँउका सारा मान्छेहरू चुपचाप रमिता हेरी रहेका थिए । कसैले एक शब्द पनि चुक्क  बोलेनन्  । यसरी सारा समाजको अगडी एउटी केटीलाई आफ्नै परिवारले बेईज्जत गरेको हेर्न मेरो मनले सकेन ।त्यसमाथी आकाँक्षा त मैले माँया गर्ने मान्छे थिई, मेरो मुटुको ढुकढुकी थिई । म कसरी हेरेर मात्र बस्न सक्थे ।  आक्रोशलाई रोकेर राखेको थिए, सहन नसक्ने भएपछि ज्वालामुखि बनेर बिस्फोट भए ।

“यो के तमासा हो तिमीहरु को ? जन्म दिने आमा भएर पनि आफ्नै छोरीलाई बेश्या भनेर गालि गर्न अलिकति पनि लाज लाग्दैन है । कस्तो आमा हो तपाई ? आफ्नै छोरीको चरित्रमाथी औला उठाउने ? उसको के गल्ति गरेकी छे । उसले मसँग प्रेम गरेकी हो, जे गर्नु छ मसँग गर्नुस ।”

“तँ बिचमा नबोल् । यो हाम्रो परिवारको आन्तरिक मामिला हो । हाम्रो घरको बिषयमा तँलाई बोल्न आबश्यक छैन् ।”

“घरको मामिला हो भने घर भित्र गर्न पर्यो नि, यसरी बाहिर रमिता गरेर हुन्छ ? गाँउ समाजले के भन्छ । अलिकति इज्जतको त ख्याल गर्नु ।”

 “ यो सब तैले गर्दा भएको हो । तेरो परिवारकै मुख हेर्न मन छैन मलाई । तँ जन्मिनु नै मेरो सबभन्दा ठुलो दुर्भाग्य भयो । जस्ले अरुको घरको इज्जतमा हात हालेको छ, उही इज्जतको कुरा गर्दो रै’छ ।”

“मैले गर्न नहुने त्यस्तो के गरे ?  मेरो गल्ति नै छ भने सजाय मलाई दिनुस भनेर भनिरा’छु त ! तर आकांक्षालाई केही नगर्नुस्।”

“ तँ ठुलो कुरो नगर । अहिले जे पनि हुन सक्छ ?” यति भनि नसक्दै आकंक्षाको बा’ले मेरो छात्तिमा दरो एक मुक्का हाने । मेरो स्वासै रोकियो एकछिन् त । म पिडाले मुर्छा परेर रन्थनिदै त्यहि भुँईमा ढले ।

मेरो ढलेको शरीरलाई आमाले रुदै उठाउनु भयो । आखिर आकांक्षाको बा’ले यो सब किन भनि रहेका छन् ? उनको छोरीलाई मैले मन पराउनै मेरो गल्ति थियो त । कसैलाई पवित्र मनले माँया गर्नुको सजाय यहि हो त। यदि उनलाई म अनि मेरो परिवारसँग यति बिग्ध घृणा थियो भने आकांक्षाले किन पहिलै मलाई यो सब भनिन् ।

मैले बा’लाई भिडहरूमा खोज्न थाले तर बा त्यहाँ हुनुहुन्नथ्यो, नत्र त मेरो यस्तो हालतमा उहाँ पक्कै केही बोल्नु हुन्थ्यो ?

आकंक्षालाई उनको परिवारले लछार्दै पछार्दै घर तिर लगे । उसको सानी बहिनि रुदै उसको पछी लागीन । केही गाँउलेहरु आकंक्षाको घर तिर लागे, केही आफ्नो घर तिर लागे र बाँकी मलाई हेरेर रमाई राखे ।

 भिडहरू पातलिदै गएपछी मैले बा’को धमिलो आकृति भिडको पछाडी देखे। उहाँको शिर झुकेको थियो । यो सब देखेर पनि उहाँ केही बोल्नु भएको थिएन ।  मैले उहाँलाई आफ्नो दबेको स्वारमा धेरै पटक बोलाए, उहाँ एकशव्द पनि बोल्नु भएन र एकछिन पछि केही नबोलि घर तिर जानु भयो ।

बा गएपछि आमाले मलाई आफ्नो हातको साहारले उठाउनु भयो । उहाँले मलाई भर्खरै हिँड सिक्दै गरेको सानो बालकलाई झै डोर्याउदै घर तिर लैजाने कोसिस गर्नु भयो ।

पिडाले शरीर कामेपनि मेरो रिस भने मरेकै थिएन । आकांक्षा रुदै गएको यो मनले सहनै सकेको थिएन । मेरो मुटुको टुक्कालाई कसैले निचोर्दौ, चिथोर्दै मेरो शरीरबाट छुटाएर लगेको थियो । मेरो छाति पिडाले दुखिको थियो, स्वास फेर्न पनि गाह्रो हुदै थियो तै पनि मैले हार  मानिन  । म बेहोसि मै कराउदै चिच्याउदै आकांक्षाको घरमा पुगे ।

आकांक्षा बा’आमासँग झगडा गरीरहेकी थिई । उनको पिडा मिसिएको आवाज मैले वरैबाट सुनिरहेको थिए । म आकाँक्षाको घरमा पुग्ने बित्तिकै उनको बा’ले एक थप्पड लगाए आकाँक्षालाई मेरै अगाडी । सायद उनि ममाथीको रिस आकांक्षामा पोखीरहेका थिए । आकांक्षालाई उनको कोठासम्म घिसार्दै लगे र बाहिर बाट ताल्चा ठोकिदिए । कोठा भित्रबाट आएको आकांक्षाको चित्कार बाहिर सम्म सुनिएको थियो ।

रिसको झोकमा आँखा देख्ने कुरै थिएन, आकांक्षाको कोठाको ढोकामा एक लात हानि दिए । म यसरी जीवनमा पहिलो पटक रिसएको थिए र देख्नेहरू सब जिल् परेका थिए । त्यहाँ रमिता हेरिरहेका सबैको होस उडेको थियो । अब के हुने हो कसैलाई केही थाहा थिएन ।

आकाँक्षाको आमा लौन नि यस्ले त घरै फुटाउन लाग्यो भन्दै रुन थालिन् । त्यहिबेला घर भित्रबाट आकांक्षाको बा’ खुकुरी बोकेर “तँलाई आज यहि आँगनमा काट्छु” भन्दै निस्किए ।

“ल ! आईज काट । सक्छस् काट्न ? मैले तेरो छोरीलाई प्रेम गरेको हो, कुनै अपराध गरेको छैन् । हिम्मत छ भने काँट ।”  मैले आफ्नो गर्दन थापेर आँगनमा लम्पसार परेर सुतिदिए । रिसको झोकमा आकांक्षाको बा’लाई तँ भनेको थिए र काटिनलाई गर्दन पनि थापिदिएको थिए, त्यसैले आकांक्षाको बा’ केही हच्चिए र हातको खुकुरी भुईमा फालिदिए ।

“तैँले यो संसारमा अरू कोही केटी पाईनस् र मेरो छोरी माथी आँखा लगाईस् । मैले यो जुनीमा सुखले बाँच्न नपाउने भए । हे भगवान् कुन दिनमा यसलाई जन्म दिएछु नि ।” आकांक्षाको बा’ टाउकोमा हात राखेर बर्बराऊन थाले ।

“ यो कुरा सबैले कान थापेर सुनओ, म आकांक्षालाई माया गर्छु र म उसै सँग बिहे  गर्छु। आकांक्षालाई म आफ्नो बनाएरै छोड्छु । कसैले आज देखी आकाँक्षाको बारेमा एक शव्द पनि बोल्यो भने त्यसलाई पनि मार्छु, म पनि मर्छु ।”

“बस् । बन्द गर यो नाटक । अब त अत्ति भो, तँ गई हाल मेरो घरबाट । मलाई तेरो अनुहार एक सेकेण्ड पनि हेर्न मन छैन् । तँ पनि मेरो कुरा ध्यान दिएर सुन, यो घरबाट कि मेरी छोरीको डोलि उठ्छ कि मलामी । बुझीस् ।” आकांक्षाको बा आफ्नो घर भित्र छिरे र मुल ढोका थुनिदिए । 

अब म त्यहाँ बसिरहनु कुनै औचित्य थिएन । सबैजना लाखापाखा लागेपछि म पनि आफ्नो घर तिर लागे  । आफ्नो शरिरको चोटले त के पिडा दिएको थियो र । जति पिडा आकंक्षाको हालत सम्झदा हुन्थ्यो । त्यो रात हाम्रो घरमा कसैले एक शब्द पनि बेलेनन् । मैले पनि पुरै रात रोएरै बिताए ।

भोलिपल्ट बिहान मैले केही गाँस भात मुखमा हाले तर राम्रो सँग निल्न सकिन । मेरो कारणले आकंक्षाले त्यस्तो पिडा भोग्नु परेको थियो अनि मेरो परिवारले गाँउ समाजको अपमान । आँखाबाट आशु बर्रर झर्न थाले । थालबाट भर्खरै ऊठाएको भातको गाँस पनि आशुले भिज्यो । त्यहि आशुले भिजेकको नुनिलो भात खाँए । भात त के खाए भन्नु र, भात सँगै दुःख, पिडा र अपमान खाए । आकांक्षालाई आफ्नो बनाउन नसकेको हार खाए ।

भोलिपल्ट दशैको अष्टमीको दिन थियो र गाँउमा अवस्था सामान्य भईसकेको थियो केवल आकाँक्षा र हाम्रो घरमा बाहेक । चाठवार्डको बेला कसैलाई हाम्रो चासो लिएर गफ लडाउदै हिडँने फुर्सद थिएन ।

हाम्रो घरमा पनि एउटा सानो बोकाको पाठो काट्ने सुरासार भयो । घरका मान्छेको व्यबाहार देख्दा यस्तो लाग्दै थियो कि हिजो बेलुका केही भएकै छैन् । यो दशैमा कति धेरै रमाईलो गरौँला, मासुको थरी थरी परिकार बानएर खाँउला भन्ने मेरो अघिल्लो दशै देखिको सपना थियो, सब चकनाचुर भयो । मेरो मन एकरत्ति पनि खुसी थिएन । शरीरमा काम गर्ने जाँगर पनि थिएन । घर छोडेर टाढा कतै एकान्तमा जाऊ जस्तो पनि लागेको थियो । चाडपर्वको बेला, मेरो कारणले परिवार पहिल्लै देखी दुःखी थियो फेरी दुःख थपेर झन दुःखी बनाउन मनले मानेन । मन नहुदा नहुदै पनि बा’ले जे जे भन्छन् सब खुरूखुरू गरिरहे ।

आमाले बा’लाई हिजै आकांक्षा र मेरो सम्बन्धको बारेमा भन्नु भएको थियो । बरू आकंक्षाको घरमा गएर उनको बा’सँग सल्लाह गर्ने कि भन्ने प्रस्ताव पनि राख्नु भयो तर बा’ले मान्नु भएन ।

“दशैँको माहोल छ, सबैजना आफ्नो घरमा रमाईरहेका छन्, यस्तो बेला गाँऊमा मान्छे जम्मा पारेर झगडा गर्नु पनि राम्रो हुदैन्। फेरी आकांक्षाको परिवारको रिस पनि कम भएको छैन । हामीले जति राम्रो कुरा गरे पनि दोस हाम्रै हुन्छ, यो दशै सकिन दे, म आफै गएर कुरा गर्छु ।”

बा’ को कुरा ठिकै थियो । अहिलेको समयमा जतिसक्दो शान्त बस्नु नै बेस हुन्थ्यो । कमसेकम दशैको टिकाको दिनसम्म कुर्ने बिचार भयो । त्यसपछि ठन्डा दिमागले सोचेर निर्णय गर्ने सल्लाह भयो ।   

नवमीको दिनभर म गाँऊ भन्दा अलि पर एकान्त ठाऊमा गएर बसे । बिगत देखीका घटनाक्रमहरू एकएक गरेर केलाउन थाले । भविष्यका कुराहरूलाई प्लानिङ्ग गर्न थाले । काठमाण्डौँमा आफुले चिने जानेका साथीहरूलाई फोन गरे । दिमाग ठन्डा भएपछि साझ म गाँउ फर्किए । भोलि टिकाको दिन थियो । बिहान एघार बजे टिकाको साइत रै’छ । टिका लगाएर खाना खाने कुरा गर्दै हुनुहुन्थ्यो आमा तर मेरो मनमा भने आर्कै कुरा खेलिरहेको थियो ।

हरेक दशैमा टिका लगाएपछी आकंक्षा हाम्रो घरमा आउथी । बा’आमाको हातबाट टिका थाप्थी अनि आफुले ल्याएको कोसेली दिन्थी । कहिले काहीँ म उसलाई टिका लगाइदिन्छु नि भनेर जिस्काउथे ।

“तैले लगाईदिने बेला भा’छैन, भोलि पर्सी मेरो छोराछोरीलाई मामाको हातको टिका लगाउन जाने भन्दै ल्याउछु, अनि लगाईदेलास् ” भनेर उ मलाई उल्याउथी । उसलाई थाहा थियो, यदि उसले अरू कसैसँग बिहे गरेर जान्छु भनि भने म दुःखी हुन्छु भन्ने । उ मलाई दुःख दिएर आफु खुसी हुन चाहन्थी ।

म हरेक दशैमा मामाघर जान्थे, तर यसपाली जान मन लागेन । विहानै आमालाई आकांक्षाको घर तिर पठाएको थिए । उहाँलाई पनि आकांक्षाको धेरै नै पिर परेको थियो । आमाको साथमा आकंक्षाको लागी एउटा चिठ्ठी पनि पठाएको थिए । आमा घरमा पुग्दा उनि आफ्नै कोठामा रैछिन् । उनलाई त टिका लगाएर भोलिपल्टै मामाघर पठाउने तयारी रै’छ र उतैबाट बिहे गरिदिने कुरो पनि चलिसकेछ । केटो पनि मामाघर तिर कै रै’छ, हतारमै बिहेको कुरा टुङगाएर केही दिनमै बिहे गरेर पठाईदिने कुरा छिनिसकेछन् ।

आमाको कुरा सुनेपछि मलाई यस्तो लाग्न थालिसकेको थियो कि आजैको रात मैले केही गरिन भने सायद जिन्दगी भर आकंक्षाको मुखसम्म हेर्न पाउने छैन्  । उनलाई पाउने त कुरै छोड्यौँ अनि आकांक्षा बिनाको जीवन म कसरी जिउछु होला, त्यो मलाई नै थाहा छैन् ।

खान आएर सुत्ने बेला मैले बाध्य भएर बा”लाई भने । “हजुरले भनेको सबै कुरा मान्छु , बिदेश जा भन्नुहुन्छ भने पनि जान्छु तर बिन्ति बा एक चोटी आकंक्षाको बा’सँग कुरा गरेर यो बिहे रोकिदिनुस् ।“ म बा’को खुट्टा  समातेर रुन थाले ।

“तैले भनेको जस्तो सजिलो छैन छोरा । आकंक्षाको बा’सँग हाम्रो सम्बन्ध पहिल्लै देखी राम्रो छैन् । अस्ति जे भयो त्यो त एउटा बाहाना मात्र हो ।”

बा’को कुरा सुनेर मलाई आश्चार्य लाग्यो । हाम्रो घरमा आउथी । बा’आमाको हातबाट टिका थाप्थी अनि आफुले ल्याएको कोसेली दिन्थी । कहिले काहीँ म उसलाई टिका लगाइदिन्छु नि भनेर जिस्काउथे ।

“तैले लगाईदिने बेला भा’छैन, भोलि पर्सी मेरो छोराछोरीलाई मामाको हातको टिका लगाउन जाने भन्दै ल्याउछु, अनि लगाईदेलास् ” भनेर उ मलाई उल्याउथी । उसलाई थाहा थियो, यदि उसले अरू कसैसँग बिहे गरेर जान्छु भनि भने म दुःखी हुन्छु भन्ने । उ मलाई दुःख दिएर आफु खुसी हुन चाहन्थी ।

म हरेक दशैमा मामाघर जान्थे, तर यसपाली जान मन लागेन । विहानै आमालाई आकांक्षाको घर तिर पठाएको थिए । उहाँलाई पनि आकांक्षाको धेरै नै पिर परेको थियो । आमाको साथमा आकंक्षाको लागी एउटा चिठ्ठी पनि पठाएको थिए । आमा घरमा पुग्दा उनि आफ्नै कोठामा रैछिन् । उनलाई त टिका लगाएर भोलिपल्टै मामाघर पठाउने तयारी रै’छ र उतैबाट बिहे गरिदिने कुरो पनि चलिसकेछ । केटो पनि मामाघर तिर कै रै’छ, हतारमै बिहेको कुरा टुङगाएर केही दिनमै बिहे गरेर पठाईदिने कुरा छिनिसकेछन् ।

आमाको कुरा सुनेपछि मलाई यस्तो लाग्न थालिसकेको थियो कि आजैको रात मैले केही गरिन भने सायद जिन्दगी भर आकंक्षाको मुखसम्म हेर्न पाउने छैन्  । उनलाई पाउने त कुरै छोड्यौँ अनि आकांक्षा बिनाको जीवन म कसरी जिउछु होला, त्यो मलाई नै थाहा छैन् ।

खान आएर सुत्ने बेला मैले बाध्य भएर बा”लाई भने । “हजुरले भनेको सबै कुरा मान्छु , बिदेश जा भन्नुहुन्छ भने पनि जान्छु तर बिन्ति बा एक चोटी आकंक्षाको बा’सँग कुरा गरेर यो बिहे रोकिदिनुस् ।“ म बा’को खुट्टा  समातेर रुन थाले ।

“तैले भनेको जस्तो सजिलो छैन छोरा । आकंक्षाको बा’सँग हाम्रो सम्बन्ध पहिल्लै देखी राम्रो छैन् । अस्ति जे भयो त्यो त एउटा बाहाना मात्र हो ।”

बा’को कुरा सुनेर मलाई आश्चार्य लाग्यो । हाम्रो परिवारको पुरानो दुस्मनि के थियो होला उनिसँग जस्को सजाय आज आकंक्षा र मैले भोग्नु परिरहेको छ । मलाई जान्न मन लाग्यो आखिर के कुरामा आकंक्षाको बा’ यति धेरै क्रुर बनेका छन् ।

“म आकांक्षालाई धेरै मन पराउछु बा । जब हामी सानै थियौँ, सँगै खेल्थ्यौँ, सँगै स्कुल जान्थ्यौ, मलाई आकाँक्षा त्यहि बेला देखी मन पर्थी । हजुरहरू पनि त उसलाई आफ्नै छोरीलाई जस्तो माँया गर्नु हुन्छ त । छोरी र बुहारीमा फरक के नै छ र बा । तपाईहरुको पुरानो दुस्मनिमा मेरो माँयाको बलिदान गर्न सक्दिन म । यदि यो घरले मलाई मेरो खुसी दिन सक्दैन भने, मलाई यो घर पनि चाहिदैन् । तपाई जे भन्नुस् , म जसरी पनि आकांक्षालाई आफ्नो बनाएरै छोड्छु ।”

मेरो ढिपिले आमाको नौनि जस्तो मन पग्लन समय लागेन । सायद उहाँलाई डर थियो कतै म घर छोडेर गाई हाल्छु कि भन्ने वा आवेशमा आएर कुनै गलत कदम पो उठाउछु कि भन्ने । आमाको मन न हो, आफ्नो सन्तानको खुसीको लागि जे पनि गर्न तयार हुन्छन्  । आमा पनि रुदै बा’लाई भन्नु भयो, “यसले भनेको ठिक हो । तपाई हरूको आपसी दुस्मनिमा बिचरा यिनिहरिको भबिष्य बर्बाद पार्नु हुदैन् । आखिर आकांक्षामा के कमि छ त्यस्तो ? यदि यो घरको बुहारी कोहि बन्छे भने त्यो केबल आकांक्षा बन्छे नत्र मैले पनि यो घर छोडिदिन्छु । ”

आमा छोराको एउटै कुराले बा केही गल्नु भयो । उहाँले लामो खुई काड्नु भयो । “हो ! मैले गल्ति गरेकै हो । मैले त्यो दिन वाचा गर्नु हुदैन थियो । मित्रताको लागि गरेको वाचा आज आफ्नै घर भाडिन्छ भन्ने थाहा पाएको भए म त्यो दिन अन्नपुर्ण थानमा जाने नै थिईन । जे हुनु भइसक्यो, अब पछुताएर केही काम छैन् । तै भन् मैले के गर्नु पर्यो ?”

बल्ल बा ठिक ठाँउमा आउनु भयो । मलाई उहाँहरू बिच के वाचा थियो र यो दुस्मनि कसरी सुरू भयो होला भन्ने  कुरा थाहा पाउन मन लाग्यो ।

बा आफ्नो त्यो बेलाको घटना सुनाउन थाल्नु भयो, “आकांक्षाको बा’ “महेश्रवर”  मेरो बालापन देखीकै साथी हो । हामी पनि तिमीहरुजस्तै सँगै मेलापात, वनपाखा गर्दै हुर्कियौँ । हाम्रो दोस्ती पुरा गाँउमा चर्चाको बिषय हुन्थ्यो । धेरैले हामीलाई दाजुभाई जस्तै मिलेको देखेर राम लक्ष्मणको जोडी भन्थे ।

समय बित्दै जाँदा हाम्रो मित्रता गाढा हुदै गयो । सुरुमा महेश्वरले बिहे गर्यो । सबैजनाले बिबाह पछी हाम्रो मित्रता टुट्छ भन्थे । अन्नपुर्ण थानको जात्रामा त बाजि नै पर्यो । हाम्रो मित्रता टुटाउन धेरै जना लागि परेका थिए त्यो बेला पनि । यो सब चाल थाहा पाएपछि हामीले ति सबैलाई साँञ्चि राखेर एउटा नयाँ नाता जोड्यौँ । हामीले एक अर्कालाई सम्धी-सम्धी भनेर जिस्काउन थाल्यौँ । वास्तबमा त्यो दिन हामी बिच एउटा वाचा भएको थियो, उसको घरमा छोरी जन्मिए हाम्रो घरको बुहारी बन्ने र हाम्रो घरमा छोरी जन्मिए उसको घरको बुहारी बन्ने । तर हामीले अर्को एउटा सर्त पनि राखेका थियौँ कि यो कुरा तिमीहरूलाई कहिल्लै थाहा नदिने ।

समय बित्दै गयो, महेश्वरको घरमा पहिलो सन्तान छोरी जन्मिई । साह्रै राम्री थिई, समय नपुग्दै जन्मिएकीले अलि रोगी थिई । म धेरै खुसी थिए त्यो दिन, किनकी महेश्वरकी छोरी मात्र थिईन, हाम्रो घरको बुहारी पनि थिई । सुत्केरीको लागि चाहिने घेरै जसो खर्चहरूमा मैले नै उसलाई सहयोग गरे । हाम्रो सम्बन्ध झन प्रगाण बन्दै थियो । उसको घरमा छोरी जन्मिए पछि उसको वाचा पुरा भएको थियो तर हाम्रो घरमा तँ जन्मिएकै थिईनस्। तेसैले मेरो वाचा पुरा भएको थिएन ।

Monday, September 5, 2022

New Nepali Novel "UNCONDITIONAL LOVE" BY PRADIPDEVKOTA ‘MUSAFIR’.

 Part 10:

कि यो आफ्नो खुसीले विदेश जान्छ कि मैले खोजेकी केटीसँग बिहे गर्छ नत्र जता जान मन छ गए हुन्छ, बाटो खुल्ला छ ।”




आकंक्षाको घाँसको भारी पुगेकै थिएन ।  भारी नपुगी घर जान मनिन् । यतिकै गए भने त बा’ले मार्छन् भनेर त्यहि  काटेको हातले सकिनसकी घाँस काट्न थाली ।

“अझै अर्को दुईटा औला नि काट्न मन छ, तँलाई ?”

 “भारी पुराइदेन त ।” उसले हाँतको हसिया म भए तिर फालि ।

मैले मच्चि मच्चि घाँसको काँटेको उसले हेरीरही । बेला बेला “ भो ! पर्दैन तैले काट्न, घर जाम् हिँड” भन्थी तर मलाई त आफ्नो माँया जताउनु थियो । भारी नपुराई कसरी छोड्न सक्थे र । फर्कने बेलामा पनि घाँसको भारी मैले नै बोकेर घर सम्म ल्याईदिए ।

आकांक्षाको घाँसको भारी मैले बोकेको देख्नेहरू मुसुमुसु हाँस्दै हामीलाई जिस्काउन थाले ।

“काठमाण्डौ बाट घर आऊन पाएको छैन् घाँसको भारी बोक्न हतार भईसकेछ यस्लाई।”

“ तँ दशैको लागी भनेर घर आ’को कि घाँसको भारी बोक्न आ’को हो, बुझ्नै सकिएन त?” कोहि अलि बढी नै जिस्काउथे।

“ यसले आफ्नो श्रीमतिलाई त भारी बोकेर भएपनि सुख्खले पाल्छ । यसलाई जिन्दगीभर यसैगरी भारी बोकाएस् है आकाँक्षा तैले ।”

कसैले जिस्काईदिदाँ पनि बेग्लै आनन्द हुने रहेछ । मलाई त मजै आइरहेको थियो तर आकांक्षा भने लाजले भुतुक्कै भएकी थिई । उसलाइ अरूको भन्दा पनि बा”ले देखे भने के भन्ने होला भन्ने पिर परेको थियो होला ।

गोठ छेउ घाँसको भारी बिसाएपछि म आफ्नो घर तिर जादै थिए, उसले मलाई रोक्दै भनि, “आशुतोष, तिमीसँग धेरै कुरा गर्नु छ, हामी बेलुका तिर भेटौँ न है ।”

“के कुरा हो र ? अहिल्लै भन्न मिल्दैन र ?”

“ बेलुका भन्छु नि है । माथी डाँडाको चौरमा आउ है ।”

 

साँझ पर्नु भन्दा अगाडी नै म डाँडाको चौरमा आकांक्षालाई कुर्न थाले । साझ ढल्केर झमक्क रात पर्ने बेला सम्म पनि आकांक्षा भेट्न  आईन । उसलाई दर्जनौ पटक फोन पनि गरे तर मोबाईल स्विच आफ थियो ।उसैले भेट्छु बनेकी, अनि मलाई यसरी घन्टौँ कुराएर पनि उ किन आईन, मैले बुझ्नै सकिन ।

मैले पढाईको कारण देखाएर जागिर छोड्ने कुरा गरेको थिए जुन बा’आमालाई मन परेको थिएन । त्यसमाथी आकाँक्षासँग मेरो सम्बन्ध पनि म आऊनु भन्दा पहिल्लै गाऊ भरी छरपस्ट भईसकेछ । म सोच्थे, हाम्रो सम्बन्ध, हाम्रो कुराकानी हामी मात्रैमा सिमित होला तर होइन रहेछ । हाम्रो प्रेम सम्बन्धको बारेमा पुरा गाँउ परिचित रैछ, त्यहि भएर त गाउँले हरू खुलम्खुल्ला हामीलाई जिस्काउने आँट गर्दा रहेछन् त । आधा रातमा कसैले थाहा नपाउने गरि बोल्दा पनि कसरी सबै गाँलेलाई थाहा भयो । सायद भित्ताको पनि कान हुन्छ भनेको यहि भएर होला ।

म काठमाण्डौ बाट आएको पर्सीपल्ट देखीनै घरमा मेरो पढाई र जागिरको विषयलाई लिएर चर्काचर्की हुन थाल्यो । पहिला पनि अलिअलि त भएकै थियो । म बेरोजगार भएर बसेको बा’लाई मन परिरहेको थिएन ।

“नेपालमा बसेर जतिसुकै कमाए पनि त्यसले माथी उकास्दैन, नाथे आठ दश हजारको जागिर पनि राम्रो सँग खान सकिनस् । भविष्यमा कसरी गरी खान्छस् ” बा’ भन्नुहुन्थ्यो । उहाँको लागि कमाउने भनेकै कि सरकारी जागिरेले हो कि त खाडिमा गएर पसिना बगाउनेले  हो भन्ने भम्र थियो।

 “दुनियाँको छोराहरू विदेश गएर टन्न पैसा कामएका छन्, शहरमा घर खेत जोडेका छन् । सरकारी जागीर खाएर राम्रो पदमा पुगेका छन्, हाम्रो भने भएको यहि घरबारी पनि बेच्नु पर्ला जस्तो छ ।” खाना खाने बेलामा बा’ले फेरी कुरा झिक्नु भयो ।

“विदेश जानु मन छैन भने न जा, तर भबिष्यको लागी पनि त केही सोच्नु पर्यो । एउटा सानो सरकारी जागिर खाइस भनेपनि गाँउ समाजको भन्ने बाटो त हुदैन्थ्यो बाबु ।” अमा पनि गन्गनाउन थाल्नु भयो ।

“ जागिर भन्ने कुरा पछी खाँदै गरौला तर अहिले खाना त राम्रो सँग खान दिनुस् । मेरो जिन्दगी हो, के गर्नु पर्छ त्यो मलाई राम्रो सँग थाहा छ । अरूको घरको कुरा ल्याएर मलाई नसुनाउनु होला ।” मैले खाँदै गरेको थाल पर सारेर उठेँ । मलाई अब भोक थिएन । म अघाईसकेको थिए परिबारको वचनले अनि समाजले के भन्ला भन्ने  डरले ।

जुठो हात लिएर म बाहिर निस्किए । बा’ आमालाई सराप्दै हुनुहुन्थ्यो , “तैँले गर्दा छोरो बिग्रियो । यसको चालामाला ठिक देखेको छैन मैले । कि यो आफ्नो खुसीले विदेश जान्छ कि मैले खोजेकी केटीसँग बिहे गर्छ नत्र जता जान मन छ गए हुन्छ, बाटो खुल्ला छ ।”

मैले आकंक्षालाई मन पराउने कुरा आमालाई भने । उहाँलाई हाम्रो सम्बन्धको बारेमा पहिल्लै देखी थाहा रहेछ, तर थाहा नभएको जसरी “ए होर ! केटी राम्री छे, सिल-स्वाभाबकि छे, मलाई त मन पर्छ” भन्नु भयो । आमालाई आकंक्षा एकदमै मन पर्छ भन्ने मलाइ पहिल्लै  थाहा थियो । उहाँ खुसी भएको बेला म बेलाबेला जिस्काउदै भन्थे, “आमा ! बुहारी कहिले भित्राउने हो त ?”

आकंक्षाले भेट्नु छ भनेको दिनदेखी आजसम्म भेट्न पाएको थिईन  ।पुरा पुर पाँच दिन पो भईसकेछ । कहिले काँही बहाना बनाएर म उसको घरमा जान्थे तर उ आफ्नै कोठामा बसिरहेकी हुन्थी । बिना काम केटी एल्लै बसेको कोठामा सरासर छिर्नु पनि भएन ।  उसले पनि बा’आमाको अगाडी बोल्न छोडेकी थिई । एकाएक आकांक्षाको मन र उनको परिवारले मलाई हेर्ने नजर नै बद्लिएको थियो । थाहा छैन किन उनिहरूले मलाई सकेसम्म आफ्नो घरमा नआओस् भन्ने जस्तो व्यबहार पो गर्न थालका थिए । आकाँक्षासँग मनखोलेर कुरा गर्ने, माँया साट्ने मेरो मनको धोको मनमै रहला जस्तो छ। जति जति मेरो गाँउमा बस्ने दिन छोटिदै थियो, मेरो मनमा पिडा पनि थपिदै थियो । आखिर आकाँक्षामा  एकाएक यो परिवर्तन कसरी आयो ?

फुलपातिको अघिल्लो दिनदेखी गाँउमा पिङ हाल्ने काम थालियो । बाँस काट्ने, बोक्ने, खरको डोरी बाट्ने काम सबै मिलेर गर्दा पनि  दुई दिनमा बल्ल तल्ल पिङ तयार भयो । लिङ्गे पिङ थापेपछी पो गाँउमा दशै लागेको जस्तो भएको थियो । गाँऊभरिका भुराभुरीको भुल्ने ठाँउ थियो पिङ अनि हाम्रो लागि गफ चुट्ने र समय कटाउने थलो भएको थियो ।

आकंक्षाको घर नजिकै सम्म ठाऊ खोजेर पिङ हालिएको थियो त्यसमा मेरो अलिकति स्वार्थ थियो किनकी पिङको वहानामा भएपनि उसँग भेट होला कि भन्ने झिनो आश थियो । बिना काम पनि म आकांक्षाको घरमा गई रहन्थे । कतै मौका मिलेर बोल्न पाई हालिन्छ की ? उसले भन्न खोजेको खास कुरा के थियो म सुन्न आतुर थिए । कमसेकम उसको कुरा सुन्न मात्र पाएपनि मेरो मन हलुका हुने थियो ।

 पिङ  थापे पछि त मेरो बास नै पिङमा हुन थालेको थियो । बिहानै दुई गाँस भात च्यापेर घरबाट निस्किए पछी म साझ खाना खाने बेलामा मात्र आउथे । मेरो काम नै आकांक्षाको बाटो हेर्दै पिङमा ढुकेर बस्ने बाहेक अरु  थिएन ।

साझ आकांक्षा  पिङमा मलाई खोज्दै आई । उसको अनुहार निन्याउरो थियो, आखाँमा आशु पोखिन खोज्दै थिए । उसलाई के भयो भनेर धेरै पटक सोधे तर उसले एक शब्द पनि बोलिन । हामी त्यँहाबाट अलि पर एकान्त ठाऊमा गयौँ । मान्छेहरूको आवत जावत त्यति नहुने भएकाले त्यो ठाँऊ अलि सुरक्षित थियो ।

आकंक्षा मेरो छात्तिमा मुख लुकाएर रून थालि । सुरूमा मलाई डर लागिरहेको थियो कतै ठुलै घटना पो घट्यो कि भनेर । तर त्यस्तो खास केही भएको जस्तो लागेन । मलाई पनि उसको यति धेरै न्यास्रो लागेको थियो कि झन उसलाई एक पटक पनि भेट्न नपाउदा मलाई कस्तो भयो होला ? धेरै दिनपछी हामी भेट्न पाएका थियौँ त्यसैले उसलाई धित मरूनजेल रुन दिए । उसका ति ताता आशुले मेरो छाति चैँ पोलिरहेको थियो ।

“तिमि मसँग नजिक भएको घरमा बा’ले निको मान्नु भा’छैन । उहाँले हाम्रो संम्बन्धलाई राम्रो नजरले  हेर्नु भा’छैन । मलाइ लाग्दैन की हाम्रो प्रेम सफल हुन्छ भन्ने । मलई डर छ आशु, म तिम्रो बन्न पाउदिन कि भन्ने ।”

“तिमी यो के भन्दै छौ आकाँक्षा ? यो सब कसरी भयो ?”

“खई कसरी भयो त्यो त मलाई पनि थाहा छैन् तर गाँउभरी हाम्रो बारेमा धेरै नराम्रो हल्लाहरू चलिरा’छ । घरमा मेरो हरेक दिन जस्तो झगडा पर्छ, अहिले त  हुँदा हुँदा आमा र त्यो सानि बहिनि पनि मसँग बोल्न छाडि सके । थाहा छैन मबाट के गल्ति भयो ?  तिमीलाई थाहा छ, मलाई घरबाट बाहिर निस्किने अनुमति सम्म छैन ?  म आफ्नै घरमा पनि ज्यानमारा कैदीको जस्तो सजाय भोगिरहेको छु ।”

आकांक्षाको कुराले म सतब्ध भए । मलाई लाग्थ्यो हाम्रो सम्बन्ध सुमधुर चलिरहेको छ । आकांक्षा र म यो संसारको सबैभन्दा खुसी जोडी हौँ जस्तो लाग्थ्यो । हाम्रो सम्बन्ध कसैले टुटाउन सक्छ जस्तो लागेको थिएन तर यहाँ त आफ्नै परिवार सम्बन्ध टुटाउन लागी परेको रहेछ ।

आकाँक्षा सितिमिति हार मानेर रुने खालकी केटी त होईन तर उसको यस्तो अबस्था देख्दा लाग्थ्यो उसले निकै ठुलो दुःख भोगिरहेकी छे र त्यस्को मुख्य कारण हाम्रो सम्बन्ध थियो ।

“हामी बाट कुनै गल्ति पो भ यो कि ? ” तिमीले हाम्रो सन्बन्धको बारेमा अरू कस्लाई भनेकी थियौ ?” आकाँक्षा केही  बोलिन ।

 उसको मौनत जति जति बढ्थ्यो , मेरो व्याग्रता झन बढेर जान्थ्यो । मैले फेरी सोधे, “ अलि अलिहल्ला त यसैपनि चलिहाल्छ नि । यति सानो कुरामा यसरी रुनु पर्छ त ?

“तिमीलाई केही पनि थाहा छैन् यहाँ के भई रा’छ  भन्ने तर यत्ति चाहि थाहा पाई राख, मेरो विहे चाढैँ हुदैछ ।”

“ह्वाट ? तिमी यो के भन्दै छौ ? तिम्रो विहेको कुरा कसरी आयो बिचमा ? यो हुनै सक्दैन । तिमि मेरो बिना अरुको हुनै सक्दिनौ ।”

“घरमा कुरा चलिसक्यो । बा’ले केटा पनि हेरिसक्नु भयो । मलाई घरमै हेर्न आउने कुरा छ।यो कुरा धेरै अगाडी बढि सक्यो, आशु।”

आकांक्षा फेरी रुन थालि । यो सब हुदाँपनि अहिले सम्म उसले मलाइ किन भनिन । फेरी आज आएर उ यो सब कुराहरू किन मलाई सुनाई रहेकी छे । आकाँक्षाले त्यो दिन भन्छु भनेको कुरा के यहि थियो ?

उसले मेरो छातिमा आफ्नो रुन्चे अनुहार लुकाउदै भनि जुन मेरो लागि सारा सर्वस्वा थियो । “लभ यु आशु । आई लभ यु सो मच् । म तिमी बिना अरूको हुन चाहान्न । मलाई थाहा छैन तिमी यो सब कसरी गर्छौ तर मलाइ तिम्रो हुनु छ । म केबल तिम्री हुँ, मात्र तिम्री ।”