One day Buddha was in an assembly, when a man walked in
looking furious. He thought that Buddha was doing something wrong. He was
drawing a huge crowed and people would just go him and meditate. He was
restless business man and he had found that his children were spending their
time with Buddha when they could engage themselves in business making more
money and ensuring their livelihood. He felt that spending four hours of their
day seated next to someone whose eyes were always closed, was a complete waste
of time. So, the father of that family was upset and he said, “I am going to
teach this man a lesson.”
With anger in his heart he walked confidently u to Buddha.
As soon as he approached Buddha, all of his thought disappeared but the anger
in his did not dissipate. He was shaking and he found himself speechless. Since
he was unable to express his emotions in words and he simply spat on Buddha’s
face. Buddha, in return, simply smiled. His disciples were sitting with him
were furious. They wanted to react and were ready to jump but the Buddha
presence did not allow them to do so. They just couldn’t believe someone could
behave in such a reprehensible manner with the Buddha.
"please, forgive me.
I did not know what I was doing"
He noticed his action had not drawn any reaction from the
people around him and Buddha had simply smile in return. A few moment later he
thought, “if I stay longer, I will burst, I will explode.” So he walked away.
Once he returns home, he could not erase the image of
smiling Buddha from his mind. For the first time in his life, he had met
someone who had such an extraordinary reaction to such a disrespectful act. He
could not sleep whole night and his whole body were underwent transformation.
He was shivering, shaking he felt as though his world had collapsed. So the
next day he got up and went and fall at Buddha feet and said, “please, forgive
me. I did not know what I was doing.” Buddha disciples were shocked about his
reaction.
All his life Buddha had been so compassionate. He had
accepted everyone in his ashram, regarding of their past. And now he was
telling this businessman that he couldn’t excuse his behavior. Buddha looked
around and found everyone to be in a state of shock. So he explained, “Why
should I excuse you, when you haven’t done anything. What wrong have you done
that I should excuse your behavior?
The businessman replied, “Yesterday I came to this assembly
and in my anger, I spat on your face, I am the same person, it’s me.”
Buddha said, “That person is not here anymore. If I ever met
that person whom you spat, I’ll tell him to excuse you. For me, to the person
who’s right here in this moment, you are wonderful. You have done nothing
wrong.”
Moral: You see in life when do you really forgive a person? True
forgiveness is when you forgive a person and that someone doesn’t know that he
is being forgiven. That person shouldn’t feel guilty for his deed. This is the right
kind of forgiveness. If you forgive someone and keep reminding them about their
mistake and make them feel guilty all the time, then in truth, you have simply
not forgiven them yet. Guilt itself should enough punishment for a person.
कहानीको सुरुमा एउटा घरमा वाल्टर मिटीलाई
देखाईन्छ जो एक ‘लाईफ’ नामक फोटो पत्रिकामा काम गर्छ । उ हरेक दिन आफ्नो बढ्दै
गइरहेको खर्चको हिसाब गरिरहन्छ । एउटा अनलाईन डेटिङ वेभ-साईटमा आफ्नो एकान्ट बनाउछ
किनकी उसको अफिसमा सँगै काम गर्ने सेरल मेल्होफ सँग नजिक हुन चाहँन्छ । सेरलले एक
महिना अघिमात्र त्यस कम्पनिमा ज्वाईन गरेकी हुन्छिन् । उ डेटिङ वेभसाईटबाट सेरललाई
मन पर्ने र मन नपर्नै कुराहरु पढ्छ । हिम्मत जुटाएर वेभसाइटमा उसले सेरललाई रिक्योस्ट
पठाउँछ । रिक्योस्ट सेन्डहुदैन । पटक पटक
कोसिस गर्दा पनि उसको रिक्योस्ट सेन्ड णभएपछि उ दिक्क मान्छ । उसको एकाउन्टमा केही त्रुटी भएको हुन्छ र उ ल्यापटप बन्द गरेर त्यँहाबाट हिंड्छ ।
मेट्रो स्टेसनमा उ डेटिङ कम्पनीको कर्मचारीसँग
आफ्नो एकाउन्टको बारेमा बुझ्छ। उसको प्रोफाईल आधाआधि मात्र पुरा भएकोले रिक्योस्ट
सेन्ड गर्न नमिलेको थाहा पाऊँछ । त्यत्तिकैमा उसले कुकुर भुकेको आवज सुन्छ र हतार
हतारआवज आए तिर भाग्छ । दगुर्दै एउटा
बिल्डिङ भित्र हाम फालेर र कुकुरलाई बाहिर निकाल्छ । त्यो बिल्डिङमा केहि बेरमा
बिस्फोट हुन्छ । त्यो कुकुर सेरलको हुन्छ । आफ्नो कुकुर सकुशल पाएपछि सेरल खुसि
हुन्छिन र उसलाई धन्यबाद दिन्छिन् । त्यसपछि फेरी अर्को ठुलो बिस्फोटन हुन्छर वाल्टर होसमा आऊछ । उसको छेउबाट मेट्रो ट्रेन
गईहेको हुन्छ । वास्तवमा त्यँहा कुनै बिस्फोट भएको हुदैन न त उसले सेरलको कुकुरलाई
नै बचाएको हुन्छ । यो सब एक भ्रम हुन्छ । वाल्टर दिनमा पनि सपना देख्ने गर्छ ।उ
एउटा डे-ड्रिमर हुन्छ । यो पनि उसको एउटा सपना थियो ।
आफिस पुग्नै वित्तिकै उसको भेट बहिनिसँग हुन्छ किनकी
आज वाल्टरको जन्मदिन हुन्छ । उसलाई मन पर्ने केक बोकेर उनी वाल्टरको अफिसमा आएकी
हुन्छिन जुन उसकी आमाले बनाएकी थिइन्। बहिनिलाई धन्यबाद भन्नुको साटो उ आमाको
राम्रो ख्याल गर्नु भनेर त्यहाँबाट जान्छ । लिफ्टमा चढेको बेला साथीहरूले कुरा
गरेको सुन्छ । अब उनिहरुको कम्पनीले पत्रिकालाई अनलाईनमा परिवर्तन गर्न खोजिको
हुन्छ । त्यहि पछाडी बसेको एक जना नयाँ मान्छे सँग उनिहरूको परिचय हुन्छ । त्यो
मान्छे कम्पनिको नयाँ बोस हुन्छ र उसलाई कम्पनि परिवर्तन गर्दा चाहिने आवश्यक
कामदारहरू छनौट गर्न पठाइएको हुन्छ । यसको मतलब कि वाल्टरको जागिरजाने निश्चित छ किनकी उ यस कम्पनिमा नेगेटिभ
एसेट म्यानेजरको रुपमा काम गरिरहेको हुन्छ । यानिकी जतिपनि पत्रिकामा छापिने फोटोहरु
छन् ति सबै फोटोहरुलाई उसको निगरानिमा धुलाउने गरिन्थ्यो । कम्पनिले पत्रिकालाई
अनलाईनमा लगेपछि उसको कामको आवश्यकता
हुनेछैन । यहि सोच्दै उ आफ्नो कोठामा जान्छ ।
उसको साथी हार्डिनाडले उसलाई बिहानै एउटा चिठि
आएको र उपहार पनि भएको कुरा सुनाउछ । उ त्यो चिठीलाई खोलेर हेर्छ । त्यो चिठी
प्रख्यात फोटोग्राफर सोन ओक्लोनको हुन्छ । सोन र वाल्टरले सँगै काम गरेको १६ बर्ष
भइसकेको हुन्छ तर पनि अहिले सम्म उनिहरुको भेट भनेएको हुदैन । सोनलाई पनि पत्रिका
बन्द हुन लागेको थाहा हुन्छ त्यसैले यसको आखिरी अङकमा आफ्नो २५औं फोटो छपाउन
सुझाउछ । गिफ्टको पोको खोलेर हेर्छ त्यहाँ एउटा छालाको पर्स हुन्छ जसको
बाहिरिपट्टी उसको कम्पनिको मोटो (लक्ष्य)लेखिएको हुन्छ । उसको साथी हार्डिनाडले
सोनले पठाएको सबै फोटोहरू खोलेर हेर्छ तर त्यहाँ २५औँ फोटो हुदैन् । उनिहरूलाई
यसबारेमा के भइरहेको छ भन्ने थाहा नहुदै अर्को एकजना साथिले माथि बोसले वाल्टरलाई
बोलाएको कुरा सुनाउछ । वाल्टर केहीपनि नभएको जस्तो गरेर मिटिङमा जान्छ । कम्पनिको
बोसले वाल्टरसँग सोनले पठाएको २५औं फोटो माग्छ किनकी सोनले पनि बिहानै टेलिग्राम
मार्फत आफ्नो २५औँ फोटो छपाउन भनेको हुन्छ । वाल्टरसँग उक्त फोटो हुदैन तर पनि उ
बोसलाई झुट बोल्छ की फोटोलाई धुलाउने काम हुदैछ भनेर र उ त्यहाँबाट जान्छ ।
बाहिर निस्कदा वाल्टरले सेरललाई देख्छ र बोल्ने
मौका छोपेर उनिसँग सोनको ठेगाना माग्छ । सेरलले सोन कम्पनिको फोटोग्राफर भएपनि
कम्पनी सँग उसको कुनै ठेगाना नभएको बताऊछिन्। वाल्टरको साथीले फोटोहरूलाई ल्याबमा
चेक गर्दा एउटा कुरा थाहा हुन्छ । फोटो नम्बर २४ देखी २७ सम्मका फोटोहरु एकै दिन
खिचिएको थियो । सबै फोटोहरूलाई धुलाएर हेर्छ तर कुनै क्लु निस्कदैन ।
लन्च टाइमामा वाल्टर फोटोहरुलाई राम्रो सँग
नियाली रहेको हुन्छ, त्यहि बेला सेरल आईपुछिन् । सेरलले उसलाई २५औँ फोटो देखाउन
अनुरोध गर्छिन । उसले नढाँटी सबै कुरा बाताउछ कि उ सँग त्यो २५औँ फोटो छैन् भनेर ।
त्यसैले सोनसँग जसरी पनि एक चोटि मिल्ने कुरा उ सेरललाई सुनाउछ । जाँदा जाँदै
सेरले ति सबै फोटोहरूलाई राम्रो सँग हेर्न र त्यसभित्र लुकेको क्लुलाई पत्ता
लगाउने सल्लाह दिन्छे ।
अर्को सिनमा यो देखाईन्छ कि वाल्टरको आमाको मनपर्ने
पियानो नयाँ अर्पारमेन्टमा फिट हुदैन जसले गर्दा उसलाई अर्को नयाँ अपार्मेन्ट लिनुपर्ने
हुन्छ । बहिनिले उसलाई जन्मदिनको उपहार स्वारुप बाल्यकालमा उसलाई सबभन्दा मनपर्नै
खेलौना दिन्छे जुन देखेर उ खुसि हुन्छ । सामानहरू प्याक गरिरहदा उसले पुरानो
ट्राभल ब्याग र ट्राभल डायरी भेट्छ जु कुनै समय उसलाई पिताले जन्मदिनमा दिएका थिए
। उसलाई हार्डिनाडको म्यासेज आउछ र अफिसमा पुग्छ । हार्डिनाडले एउटा फोटो देखाऊछ
जहाँ एउटा डुङ्गा हुन्छ र त्यसको एउटा छेउमा केही लेखिएको हुन्छ । सेरललाई त्यसको
बारेमा सोध्छ । सेरलले आफ्नो मोबाईलमा त्यसको बारेमा सर्च गर्न लाग्दा उसलाई फोन
आऊछ । उनिहरु दुबै सँगै सेरलको छोरालाई लिन जान्छन् । सेरल फोनमा आफ्नो साथीसँग
सोनको ठेगाना सोधिरहेको बेला वाल्टर सेरलको छोरासँग स्केट बोर्ड खेलिरहेको हुन्छ ।
वाल्टर उसलाई नयाँ नयाँ तरिकाहरु सिकाउछ । सेरलको छोरा पनि वाल्टरसँग प्रभावित हुन्छ
। यो सब देखेर सेरल खुसी हुन्छिन् । सोनले यसपालिको स्यालरी दुईवटा ठेगानामा लिएको
सुनाउछे । एउटा ठेगाना यहि शहरको र आर्को चैँ ग्रिनल्यान्डको हुन्छ । त्यो सुनेपछि
उसको छटपटी झन बढ्छ ।
उ अफिसमा
पुग्छ । साथीले ऊसलाई सबै ठाँउमा खोज्दा पनि आफुले फोटो नभेटेको सुनाउछ । उसले
कोठाको भित्तामा हेर्छ। त्यहाँ सोनको फोटो हुन्छ । फोटोमा सोनले आफुलाई हातको
इशाराले बोलाईरहेको देख्छ । अफिसको सबै कामहरू छोडेर उ सोनको खोजीमा
ग्रिनल्याण्डको प्लेन चढेर एक अन्जान यात्रामा निस्कन्छ ।
ग्रिनल्याडको न्युक शहरमा ओर्लिएपछि उ एउटा ट्याक्सि
भाडामा लिएर सेरलले भनेको ठेगानामा पुग्छ । त्यो एउटा बार हुन्छ जहाँ केही
ग्रहाकहरु बियर पिउदै हुन्छन् । बारको साहुनीसँगको कुराकानीमा उसलाई थाहा हुन्छ कि
उनि वाल्टरले फोटोमा देखाएको जहाजमा मेल( सामान)हरु हेलिकप्टरको सहायताले
पुर्याउने गर्छिन् । थप कुराकानी गरिरहँदा एउटा जडह्या आएर वाल्टरसँग झगडा गर्न
खोज्छ । हात हालाहालको स्थिति बन्छ । त्यहि बेला वाल्टरले जडह्याको हातको बुढी
औँलाको औठी देख्छ जुन सोनले पठाएको फोटोमा पनि हुन्छ । त्यसपछि उनिहरु बिच
कुराकानी सुरु हुन्छ। त्यो जडह्या मेल
डेलिभरी गर्ने हेलिकप्टरको पाइलट हुन्छ । उसले हिजै मात्र सोनलाई हेलिकप्टरबाट
त्यो जहाज सम्म लगेको हुन्छ । हो न हो सोनले त्यहि बेला उसको बुढीऔँलाको फोटो खोचेको
होला । आज पनि हेलिकप्टर जहाजको केहि सामान बोकेर त्यहाँ जाँदै हुन्छ । उसले
वाल्टरलाई पनि सँगै जाने सल्लाल दिन्छ । खराब मौसम र पाईलटको हालत देखेपछि उ निरास
हुन्छ र त्यहि बसि रहन्छ । त्यहि बेला उसले पछाडि सेरलको मिठो स्वार सुन्छ र सेरल
उसको लागी गीत गाउदै हुन्छे । सेरलको गितले उसलाई हौसला मिल्छ र हतार हतार बाहिर
निस्केर हेलिकप्टर तिर भाग्न सुरू गर्छ । हेलिकप्टर उड्न लागिसकेको हुन्छ तर उ
पुरा जोस जाँगरले उफ्रिएर हेलिकप्टर भित्र पुग्छ हुन देखेर पाईलट पनि छक्क पर्छ ।
स्वयम वाल्टरलाई पनि आफ्नो कामको बिस्वास हुदैन् । त्यसपछि फेरी एक चोटी पुरा
जोसको साथ वाल्टर आफ्नो लक्ष्यलाई भेट्टाउन एक अन्जान यात्रामा निस्कन्छ ।
केहि घन्टाको यात्रापछि उनिहरु त्यो जहाजको माथी
पुग्छन् जहा मेल डेलिभरी गर्नु पर्ने थियो । समुन्द्रमा जहाज ल्यान्ड गर्ने ठाँउ
हुदैन त्यसैले पाईलटले वाल्टरलाई जहाजको सामान सहित तल अर्को सानो बोटमा हामफाल्न
लगाउछ। तल दुईवटा जहाज हुन्छ तर वाल्टरले कुरा राम्रो सँग बनबुझेकोले उ समुन्द्रमा
हामफाल्छ । उसको हातमा भएको जहाजको सामान पनि डुब्छ । उसलाई त्यहि बेला सार्कले
पनि आक्रमण गर्छ । जहाजका मान्छेहरूले उसलाई बल्लतल्ल बचाँउछन् । जहाजमा पुगेपछि
उसले सुन्छ सोन त त्याहाँबाट केहि घन्टा पहिल्लै एउटा पाइलट वोटमा आईसल्याण्ड तिर
गईसकेको हुन्छ । उ निराश हुन्छ । उसले जहाजको क्याप्टेनलाई रेडियोबाट सम्पर्क गर्न
भन्छ तर अघि उ समुन्द्रमा डुब्दा उ सँगै जहाजको रेडियोको सामान पनि डुबेको थियो
जुन उसले हेलिकप्टरमा ल्याएको थियो त्यसैले रिडियो सम्पर्क पनि हुदैन ।
जाहाजको एक यात्रुले उसलाई सोनले छोडेर गएको केक
खान दिन्छ। केकको स्वादले थाहा पाउछ की यो केक त उसको आमाले बनाएकी हुन् । यो
सोचेर उ छक्क पर्छ कि कसरी सोनले त्यो केक
पायो होला । केकको कभरमा उसले केही लेखेको देख्छ जुन सोनको आगामी फोटोग्राफि गर्ने
स्थानहरूको ठेगाना हुन्छ । एउटा ठेगान आईसल्यान्टको कुनै ज्वालामुखी क्षेत्रको
हुन्छ तर मौसम खराब हुनाले यो जहाज त्यहाँ सम्म जादैन ।
जहाजबाट ओर्लदा उसले सडक छेउ एउटा साइकल देख्छ
जुन केहि समयपछि यसै जहाजका यात्रुहरूले शहर घुम्ने प्रयोग गर्नेछन्। उसलाई आफ्नो
गन्तव्यमा पुग्न जसरीपनि यो साईकल आवश्यक
छ त्यसैले दगुर्दै सबलाई पछि पारेर उ साईकल चलाएर त्यहाँबाट भाग्छ । साईकलमा
यात्रा गर्दा उ एकदम सुनसान स्थानमा पुग्छ जहाँ उसको मनले आन्नदको महसुस गर्छ । उ
खुसि भएर आकाशतिर हेर्छ । उसले आकाशमा सेरलको आकृत्ति देख्छ जसले गर्दा उसको ध्यान
सडकबाट हट्छ र साइकलबाट लड्छ । साइकललाई त्यहि छोडेर उ हिड्दै त्यो सहर, पुग्छ जहाँ
सोन गएको थियो । तर सहर पुरा सुनसान हुन्छ । उसले केही मानिसहरु र तीन जना
बच्चाहरु देख्छ । भाषाको कारणले राम्रो कुराकानी हुन सक्दै तर पनि उ ईशाराले
उनिहरु सँग भएको स्केट बोर्ड माग्छ र बदलामा बहिनिले दिएको आफ्नो मनपर्ने खेलौना
उनिरुलाई दिन्छ । त्सपछि उ एउटा होटेलमा जान्छ । होटेलको पछाडी होटेलको मालिकआफ्नो सामान प्याक गर्दै हुन्छ । वाल्टरले
उसलाई सोनको बारेमा सोध्छ । सोन हिजो बेलुका यहि होटेलमा बसेको र आज बिहानै
नजिकैको एउटा गाँउमा गएको कुरा सुनाउछ । यसरी फेरी वाल्टरले सोनलाई भेट्न सक्दैन ।
उ कत्तिपनि निराश हुदैन र त्यहाँबाट उ स्केट बोर्डको साहारामा त्यो नजिकको गाँउमा पुग्छ
।
गाँउ पुरै सुनसान हुन्छ । कोहि पनि मान्छेहरु
हुदैन्न् । किनकी त्यहाँ केहि बेरमै ज्वालामुखी बिस्फोटन हुन लागेको हुन्छ । उसले
यो सब थाहा नपाउदै एउटा इमर्जेन्सि साइरन बज्छ । उसले आफ्नो पछाडी त्यहि होटेलको
मालिकलाई देख्छ र उसलाई अब ज्वालामुखि बिस्फोर्टन हुन लागेको कुरा सुनाउछ । माथि
आकाशमा एउटा जहाज ज्वालामुखि बिस्फोटन भएतिर गहिरहेको हुन्छ जसको माथी सोन उभिएर
फोटो खिचिरहेको हुन्छ । उनिहरु दुबै जना गाडीमा चढेर त्यहाँबाट भाग्छन् र
हेर्दाहेर्दै पुरै गाँउ ज्वालमुखिको कुइरोले ढाक्छ । हेटेलको मालिकले उसलाई एउटा
मोटेलमा लगेर छोडिदिन्छ । यसरी वाल्टरको ज्यान फेरी एक पटक जोगिन्छ तर सोनसँग
भेट्न सक्दैन । उ निराश भएर आफ्नो शहर फर्कन्छ ।
उ अफिसमा पुग्ने बित्तिकै बोसले उसलाई देख्छ र
त्यो २५ औँ फोटो माग्छ । उसले वास्तबिक कुरा भन्न नपाउदै बोस त्यहाँबाट जान्छ । अब
कम्पनिले उसलाई साथै सेरललाई पनि काम बाट निकालिदिएको हुन्छ त्यसैले सेरललाई भेट्न
उ सेरलको घर जान्छ । ढोकामा घन्टि बजाउछ ।उसले ढोकामा एउटा पुरुष देख्छ जुन सेरलको
श्रीमान होला भन्ने ठन्छ र त्यहाँबाट जाँदै गर्दा उसले सेरलको छोराको लागि
आइसल्याण्डबाट ल्याएको स्केट बोर्ड ढोकामा छोडेर जान्छ ।
उ आमालाई भेट्न घर जान्छ । बहिनिले उसलाई डेलिभरी
ब्वाईलाई दिन पैसा माग्छे । पैसा झिक्दा उसले सोनले दिएको पर्स देख्छ । उसले त्यो
पर्सलाई डस्विन फालिदिन्छ । उ निराश भइरहेको हुन्छ र सोनले पठाएको तस्बिर हरु
हेर्न थाल्छ । एउटा तस्बिर उसले आफ्नो आमाको पियानोको एक छेउ जस्तैसमान पाउछ । त्यसलाई राम्रो सँग नियालेपछि उसले
आमालाई कसैले पियानोको फोटो खिचेको थियो भनेर सोध्छ । आमाले उसलाई एक जना
फोटोग्राफर उसलाई खोज्दै आएको र उसको कामको खुब तारिफ गरेको सुनाउछ । उसैले आफ्नो
क्यामाराबाट यो फोटो खिचेको र जाँदाजाँदै आफुले बनाएको केक पनि लिएर गएको
सुनाउछिन् । अब वाल्टरलाई सब कहानी थाहा हुन्छ कसरी उसको आमाले बनाएको केक पानी
जहाजमा पुगेको थियो भन्ने । उसले त्यहि केकको कभर खोलेर हेर्छ जहाँ अर्को कुनै
ठाँउको ठेगाना हुन्छ । त्यो ठेगानालाई गुगलमा सर्चगर्छ । त्यो अफगानस्थानको हिमाली क्षेत्र हुन्छ
। उसले कोठाको एउटा कुनामा त्यहि ट्राभल ब्याग देख्छ र उ फेरी एक चोटि अफगानस्थानको
यात्रामा निस्कन्छ ।
केहि दिनको कठिन यात्रापछि वाल्टर अफगानस्थानको
पहाडी इलाकामा पुग्छ । उसले हिमाली भेगका दुईजनालाई आफ्नो यात्राको गाईड बनाउछ ।
पहाडको यात्रामा उसले स्थानिय लडाकु समुहलाई भेट्छ र आफुले ल्याएको केक उनिहरुलाई
दिन्छ । हिमाली भेगको कठिन यात्रा पछि एक दिन ति दुईजना गाईडहरू पनि उबाट
छुट्टिन्छन् । अबको यात्रा वाल्टर स्वायम आफैले गर्नुपर्नै हुन्छ ।
पहाडको
चुचुरोमा हिडिँरहदा उसलाइ टोड (डेटिङ कम्पनिको कर्मचारी) को फोन आऊछ । फोनमा उसले
वाल्टरको वेभ-साइडमा धेरै केटिहरूको रिक्योस्ट आएको सुनाउछ तर त्यसमा सेरल भने नआएको
सुनेपछिउसले आफ्नो एकाउन्ट बन्द गर्न
लगाउछ । फोनमा बोलिरहदा पछाडीबाट कसैले एक छिन हल्ला नगर भनेको सुन्छ । पछाडी
फर्केर हेर्दा त्यहाँ सोन् हुन्छ । सोनलाई देखेपछि वाल्टरले आफ्नो परिचय दिन्छ ।
सोन पनि वाल्टरलाई देखेपछि एकछिन त केही सोच्नै सक्दैन ।
वाल्टरले
सोनको २५ औँ फोटो नपाएको र त्यसकै खोजीमा यहाँ आएको सुनाउछ । वाल्टरको कुरा
सुनेपछि सोनले आफुले उक्त फोटो सोनलाई उपहार स्वारुप पर्सभित्रको सानो खल्तिमा
राखेर दिएको हुन्छ जुन कुरा उसले चिठीमा पनि लेखेको थियो । वाल्टरले त्यो पर्सलाईराम्रोसँग नहेरी फालिदिई सकेको थियो । त्यसैले
उ दुखी हुन्छ । त्यहीबेरमा सोनको
क्यामारामा केही कुरा देखिन्छ । वास्तबमा सोन हिमाली क्षेत्रमा पाईने अति दुर्लभ
हिम चितुवाको फोटो खिच्न आएको हुन्छ । उसले वाल्टरलाई पनि हेर्न भन्छ । चितुवालाई
देखेपछि वाल्टर सोनलाई फोटो खिच्न भन्छ तर सोनलाई अब फोटो खिच्न मन हुदैन । उ भन्छ
संसारको अति सुन्दरबस्तुहरुले कहिल्लै
आक्रषणको माग गर्दैनन् । बस् म यसलाई आफ्नो आँखा हेरेर यो पललाई जिउन चाहान्छु
।उनिहरूले तल फाँटमा बच्चाहरु फुटबल
खेलिरहेको देख्छन् र उनिहरू पनि तेतै जान्छन् र साझ पर्ने बेलासम्म मस्त फुटबल
खेल्छन् ।
वाल्टर आमेरिका फर्कन्छ । एरपोर्टमा उसलाई
पुलिसले समात्छ किनकी उ भर्खरै अफगानस्थानबाट फर्किएको हुन्छ । पुलिसले आफुलाई
चिन्ने कोहि साथिको जमानत भए छोड्ने कुरा गरेपछि उसले टोडलाई बोलाउछ । उनिहरु
क्याफेमा बसेर गफ गर्दै कफि पिउछन् । भोलि पल्ट वाल्टर एउटा पियानो म्युजियममा
जान्छ किनकी पैसाको अभाबले उनिहरुको पियानो बेच्नु पर्ने हुन्छ । म्युजियमबाट
बाहिर निस्कदै गर्दा वाल्टरको आमाले उसलाई त्यो पर्स दिन्छिन् जुन उसले डस्टविनमा
फालेको थियो । पर्स खोलेर हेर्छ त्यहाँ सोनले भनेजस्तै सानो गोजिमा उसको २५औँ फोटो
हुन्छ । त्यो देखेपछि उ सिधै आफ्नो अफिसमा जान्छ र बोसको अगाडी त्यो फोटो
राखिदिन्छ ।
जाँदाजाँदै बोसलाई आफ्नो कम्पनिको मोटो सोध्छ तर उसले
भन्न सक्दैन । उसले बोसलाई भन्छ तैले जो जो व्यक्त्तिहरूलाई यस कम्पनोबाट निकालिस्
उनिहरुले आफ्नो पुरा जीवन यस कम्पनिको मोटो पुरा गर्न खर्चिएका थिए । यति भनेर उ
बाहिर निस्कन्छ ।एउटा क्याफेमा बसेर
आफ्नो लागी नयाँ जब खोजिरहँदा उसले एउटा इमेल पाउछ । त्यो ईमेल सेरलको छोराले
पाठएको हुन्छ । उसले वाल्टरले दिएको स्केट बोर्डमा खेलिरहेको भिडियो पठाउछ र
वाल्टरलाई धन्यबाद पनि दिन्छ ।
केहि दिन पछि उ कम्पनिमा आफ्नो बाँकी तलब भुक्तान
गर्न जान्छ । तलब लिएर बाहिर निस्कदा उसले सेरललाई देख्छ । उसले सेरललाई पछ्याउछ र
भेट्याउछ । उसले सेरललाई जब-जब आफुलाई दुःख परको बेला, आफु निराश भएको बेला सेरल
आएर हौसला बढाएको कुरा सुनाउछ । सेरलले पनि वाल्टर आफ्नो घरमा आएको बेलाको घटनाको
बास्तबिकता बताउछिन् । त्यो दिन सेरलको घरमा उसको भु.पू पति बिग्रेको फ्रिज
बनाउनको लागी मात्र आएको हुन्छ । यो सुनेर उसले सेरलसँग माफि माग्छ । उनिहरु सडकमा
कुरा गर्दै हिडिँरहदा बुक पसलमा आफ्नो कम्पनिको त्यो आखिरी संस्करण छापिएको
पत्रिका देख्छन् जसमा सोनको २५औ फोटो छापिएको हुन्छ र कम्पनिले यो अङ्क आफ्ना सबै
कामदारहरूलाई समर्पित गरेको हुन्छ । यो देखेर दुबैजना खुसि हुन्छन् । उनिहरु
पत्रिका नकिनि त्यो खुसिको पललाई जिउन चाहान्छन् । अन्तमा वाल्टरले सेरलको हात समातेर हिडिंरहेको
देखाईन्छ ।
यो फिल्मले यो देखाउन खोजेको छ कि हामी सबैमा
केही न केही कम्जोरी अबस्य लुकेको हुन्छ जस्तोकी वाल्टरको कम्जोरी उ दिनमा सपना
देख्ने गर्थ्यो । हामीले आफ्नो कम्जोरीलाई सधै कम्जोरीमात्र ठान्यौँ भने जीवनमा
प्रगति गर्न सक्दैनौ, त्यसैले आफ्नो कमजोरीलाई तागत बनाउन सक्नु पर्छ । आफ्नो
लक्ष्य प्राप्तिको यात्रामा हजारौ बाधा अड्चनहरु आईरहन्छन् । हामीलाई आफ्नो गन्तव्यना
पुग्नबाट रोक्न हर कोसिस गरिरहन्छन । बाधाआईपपर्यो भनेर हामीले आफ्नो यात्रालाई बिचमै रोक्नु हुदैन ।
हामीले आफ्नो रहरलाई, चहानालाई प्रायः पुरा गर्न
सकिरहेको हुदैनौँ किनकी हाम्रो जीवनमा धेरै जिम्मेवारीहरू आईपरेको हुन्छ । हरेक
दिन आफ्नो कमाई र खर्चको हिसाब गर्दागर्दै जीवन सकिसकेको हुन्छ । हामीले आफ्नो
जीवनको सबभन्दा सुन्दर पललाई राम्रो सँग देखेकै हुदैनौ, त्यसलाई जिएकै हुदैनौँ ।
यो फिल्मको अर्को राम्रो पक्ष भनेको, यसको
सिनेमेटोग्राफि हो । ग्रिनल्याण्ड र आइसल्याण्डको अति नै सुन्दर स्थानहरुमा यसको छायाङ्कन
गरिएको छ । कथालाई अघि बढाउन, ब्याकग्राउडमा बिभिन्न कुराहरू लेखिएको हुन्छ जसले
गर्दा कथाको मुख्य पात्रले के सोचिरहेको छ भन्ने कुरा स्पस्ट थाहा हुन्छ ।
यस फिल्मको मुख्य अभिनय बेन स्टेलरले निभाएका छन्
र उनी यो फिल्मको निर्देशक पनि हुन् । यो फिल्मको कुल बजेट ९० मिलियन डलर थियो भने
यसले बक्स अफिसमा १८८.३ मिलियन डलर कमाईगरेको थियो । यो फिल्म जेम्स थर्बरको कथा “
द सेक्रेट लाईफ अफ वाल्टर मिटी”बाट लिईएको थियो । यो फिल्म सन् २०१३ मा रिलिज भएको
थियो र यसको IMDb rating 7.3/10 रहेको छ ।
William Strunk Jr. and E.B White, ‘The Elements of Style,’
is an absolute must have resources for writer. The element of style is a
classic reference book found on most writers’ book shelves. It’s a bible for
the aspiring writer, copy writer, linguistic and English students. Professors Strunk referred to it as ‘the
little book’ because it contains only 105 pages during its publications in
1920.
Infact ‘ The elements of style’ remains the most brief and
practical guide to English writing that ever appeared. It contains 11
elementary principle of composition with supporting examples and 11
mattersof forms including using colloquialisms,
hyphens, exclamations and quotations. It also contains 123 words and expression
commonly misused like
Flammable. An oddity, chiefly useful in saving
lives. The common word meaning “Combustible” is inflammable. But people
are thrown off y the –in and think inflammable means “not combustible”. For
this reason truck carrying gasoline or explosive are now marked FLAMMABLE.
Interesting. An unconvincing word; avoid it as
a means of introductions. Instead of announcing that what you are about to tell
is interesting. Make it so. An interesting story is told of >>> Tell
the story without preamble.
The most effective thingsthat hit me was the 21 Reminders on
Approaches to Style. Few are
Place yourself in the background.
Write in a way that comes naturally
Do not overwrite or overstate but Revise and
review your writing
Be clear what you are writing and avoid fancy
word
Avoid foreign languages
Do not take shortcut at the cast of clarity and
many more…
Besides being a 100 years old-classic, this “The Elements of
Style” gives us how to deliver a compelling writing style using simple concise
writing methods.
घडीमा भर्खर तीन बजेको छ । बैँकर जागै बसेर यो सब सुनिरहेको छ । बाँकी घरका मानिसहरू मस्त निन्द्रामा सुतिरहेका छन् । सारा वातावरण सुनसान छ । केबल रुखहरूबाट हावाको स्वाह्-स्वाह् आवजमात्र आईसकेको छ । विना कुनै आवज ननिकाली, सुस्तरी उसले बाकसबाट चाबी निकाल्यो जुन चाबीले आजभन्दा पन्ध्र वर्ष अगाडी वकिल बसेको कोठा बन्द गरेको थियो ।
त्यसपछि उ आफ्नो ओभरकोट ओढेर घरबाट बहिर निस्कियो । बगैँचामा ज्यादै चिसो थियो र रात गहिरो अन्घकारमा डुबेको थियो । झमझम पानी परिरहेको थियो र तेज हावाको वेगमा रूखहरु भुईतिर झुकिरहेका थिए । चुक घोप्टाएजस्तो अन्धकारमा आफ्नो आँखा अगाडी केही पनि देखिने अबस्था थिएन । घना अन्धकारमा उ छामछुम गर्दै बन्दीगृहसम्म पुग्यो । त्याहा उसले चौकिदारलाई दुई पटक सम्म आवाज दियो । उता बाट कुनै प्रतिक्रिया आएन । सायद यस्तो खराब मौसममा चौकिदार कतै ओभानो ठाँउमा ओत लाग्न गयो होला । बैँकरले सोच्यो, “मलाइ आफ्नो इरादा जसरी पनि पुरा गर्नु छ । मैले हिम्मत हार्नु हुदैन । यदि भोलि कसैले थाहा पाईहाल्यो भने पनि त्यो सरासर चौकिदार नै जिम्मेवार हुनेछ ।”
बैकरले झ्याल खट्खटायो तर पनि वकिलमा किनै हलचल देखिएन । त्यसपछि बैँकरले होसियार पुर्वक तालाको सिल तोड्यो र चाबी घुसायो । तालामा खिया लागोले केही बल गरेपछि ताला खुल्यो । बैँकर सोचिरहेको थियो कि अब वकिल हड्बढाउदै उठ्छ होला तर सबथोक पहिलेकै जस्तो शान्त थियो । केही समय त्यहीँ अढिएपछि उ बिस्तारै कोठाभित्र छिर्यो । उसले टेबल छेउको कुर्सीमा एउटा मानब आकृति देख्यो जसको बाहिरी स्वारूप केबल मानब ढाँचा मात्र थियो । उसको कपाल महिलाको जस्तो लामो थियो र गालाभरी झुस्स दारी थियो । उ हातले शरीरलाई आड दिएर बसिरहेको थियो जुन शरीर अस्थिरपञ्जर समान थियो , जसलाइ देखेपछि हर कोहि डराउन सक्छन् । उसको कपाल चाँदीको जस्तो सेतो थियो । उसलाइ देखेपछि बिस्वासनै हुदैनकी उ जम्मा चालिस वर्षको छ ।
उसको सामुन्नेको टेबलमा एउटा कागज छाडिएको छ र त्यसमा केही कुराहरू लेखिएको छ । बैँकर सोच्न थाल्यो, “बिचरा मस्त सुतिरहेको छ । सायद सपनामा आफुले करोडौँ रूपैया देखिरहेको होला जुन उस्लाई मबाट मिल्नेवाला छ तर म सोचिरहेको छु कि यसलाई यहि ओछ्यानमा फ्याँलेर सिरानीले मुख दबाएर यसको सास रोकिदिऊँ । कोही कसैलाई अलिकति पनि थाहा हुनेछैन कि यसको मृत्यु कसरी भयो भनेर । सबैजानाले यसको मृत्यु प्राकृतिक तरिकाले नै भयो भन्ने सम्झने छन् ।”
त्यो भन्दा अधि उसले यो कागजमा के लेखेको छ हेर्नु पर्यो । यो सोचेर बैँकरले टेबलको कागज उठायो र पढ्न सुरु गर्यो, “भोलि रातको बाह्र बजे मलाइ मेरो आजादि मिल्ने छ साथै सबैसँग भेट्ने अधिकार पनि पाउने छु तर यो कोठा छोडेर सूर्य देबताको स्पर्श गर्नु भन्दा पहिले म सोचिरहेको छु कि तँपाईहरू सबैको लागी आफ्नो बिचारहरू लिपिबद्ध गरू । परमेश्वर जो मलाई देखिरहनु भएको छ, उहाँलाई साँञ्चि राखेर मेरो अन्तस्करणबाट भन्दै छु कि मेरो मुक्त्ति, मेरो जीवन, स्वास्थ्य लगायत सबै कुराहरू जस्लाइ म बरदान भनिरहेको छु, यी सबै कुराहरूबाट विरक्त्त भएको छु । यो पन्ध्र वर्षमा मैले यो ग्रहमा रहेका सबैलाई देख्न त पाइन तर उनिहरुले लेखेका पुस्तकहरूबाट मैले सुरपान गरेको छु । सुमधुर संङ्गितको स्वाद लिइको छु ।
जङ्गलमा हरिण र जङ्गली जनावरहरुको शिकार गरेको छु, रमणीहरूसँग प्रेम गरेको छु । यस्ती सुन्दरीहरू जो अलौकिक बादलमा कविको कल्पनामा बस्दछन् । रातमा प्रतिभाशाली व्याक्तिहरु मेरो छेउ आएर अनेकौँ प्रकारको काहानीहरू सुनाउथ्ये जसलाई सुनेपछि म मन्त्रमुग्ध हुन्थे । यि किताबहरुले मलाई पहाडको शिखरमा पुर्याउथ्यो छ र म माउन्ट प्लान्ट र माउन्ट एभरेष्टको यात्रा गर्दथे । त्याहाँ बाट सूर्यदय र सूर्यअस्तको दर्शन गर्दथे । महासागरका गहिराई तथा पहाडका टाकुराहरुमा म घुमफिर गर्दथे ।
म देख्ने गर्थे कि आकाशमा बिजुली कसरी चम्केर बादललाई फाट्थ्यो । मैले हरियाली जङ्गल र फाँटहरू , नदि, ताल र शहरहरू देखे । जलपरीहरुले गित गाइरहेको सुने । यी किताबहरूले मलाई अनन्त सिमासम्म लैजान्थ्यो र अनेकन चमत्कारी कुराहरू देखाउथ्यो । शहरहरु जल्दै र खरानी हुदै गरेको देखे, नयाँ नयाँ धर्म प्रचारकहरुलाइ सुने र धेरै देशहरु माथी बिजय प्राप्त पनि गरे ।
यी किताबहरुबाट मैले अनेकन ज्ञानहरू प्राप्त गरे । मानवको अटल बिचार धारा जो सदियौँ देखि सञ्चित भएको थियो, मेरो मस्तिष्कमा एक क्रान्ति बनेर बसेको छ र म यो पनि जान्दछु कि म अन्य मानिस भन्दा धेरै ज्ञानि छु । म अहिले यी पुस्तकहरुलाइ तुच्छ ठान्दँछु र सारा ज्ञान बरदानहरुको उपेक्षा गर्दछु । यहाँ हरेक जीव-जीवात्माहरु क्षणभंङ्गुर छन् । काल्पनिक छन् । तपाईहरू यो सौन्दर्यको अथाह भण्डार प्रति गर्व गर्न सक्नुहुन्छ तर मृत्युको जालमा परेपछि यो संसार यसरी गल्नेछ जसरी लिसोमा परेको मुसा मरेर जान्छ । हाम्रो सारा इतिहास तथा मानवको सारा ज्ञान पृथ्वीको गर्तमा भासिएर जानेछ ।
मेरो बिचार सँग तपाईहरू सबै असहमति जनाउन सक्नु हुनेछ । सत्यलाई झुट र कुरुपलाई सौन्दर्य मानिरहनु हुनेछ । तपाईहरुले पृथ्वीको सुखको लागी स्वार्गलाई लिलामीमा राखिदिनु भएको छ वा हुनसक्छ त्यसलाई बेचिदिनु भएको छ । त्यसैले ती सबै सुखको खातिर मैले यो निश्चित गरिसकेको छु की मेरो काराबासको समय सकिनु भन्दा ठिक पाँच मिनेट पहिले म यहाँ बाट भाग्ने छु र आजीवन सन्यास लिनेछु जसले गर्दा बैँकरले मलाई दिने आफ्नो सम्पत्ति आफैसँग राख्न सकोस् ।”
बैँकरले उक्त पत्र पढे पछि त्यसलाई त्यहि टेबलमा राखिदियो र यस्तो अद्भूत व्याक्तिको निधारमा चुम्बन गरेर रुन लाग्यो । केहि समय पछि बैँकर त्यहाँबाट बाहिर गयो । उसलाई आफुमाथी यति धेरै ग्ल्यानि हुदै थियो कि जुन आज भन्दा पहिले कहिलै भएको थिएन । उ आफ्नो कोठामा आयो र ओछ्यानमा पल्टियो । उसको हृदयको हलचलले उ निदाउन सकेन र उसको आँखाबाट आशु बगिरह्यो ।
भोलिपल्ट विहान चौकीदार भाग्दै बैँकर भएको ठाँउमा आयो र सबै कुरा बताउन थाल्यो कि कसरी बन्दी झ्यालबाट बाहिर निस्केर भाग्यो । अफबाहबाट बच्नको लागि उ बन्दी कोठामा गयो र टेबलमा छोडेको कागज उठायो । उ कोठामा आयो र त्यो कागजलाई आफ्नो बाकसमा सदासदाको लागी बन्द गरिदियो ।
अध्याँरोमा सिढीँ खोज्दै उ बगैँचाको हलमा पुग्यो । साघुँरो बाटो हुदै उ बन्दी कोठाको ढोकामा पुग्यो । त्यहाँ पुगेपछि उसले सलाई कोर्यो । सलाईको उज्यालोमा उसले देख्यो कि ढोकामा लगाएको सिल जस्ताको तस्तै थियो । सलाई निभेपछि उसले डराइडराई झ्यालबाट चिहायो । कोठाभित्र मैन बत्ति मधुरो सँग बलिरहेको थियो । बन्दी एउटा मेचको छेउमा बसेको थियो । उसको ढाड, हात र कपाल मात्रै देखिएको थियो । त्यहाँ मेच र टेबलभरी किताबहरू असरल्ल छरिएका थिए । पाँच मिनेटसम्म उसले कुरिरह्यो तर बन्दी एकपल्ट पनि बिना हलचल मेचमा स्थिर बसिरहेको थियो । पन्ध्र र्षको काराबासले उसलाई हिडँडुल बिना एकै ठाँउमा बसिरहन सिकाएको थियो ।
शरदको सघन अध्याँरो रातमा एक बुढो बैँकर आफ्नो अध्ययन कोठामा यताउति हिंडिरहेको थियो । उ सम्झदै थियो आज भन्दा पन्ध्र बर्ष अघि उसले शरद ऋतुको रातमा दिएको त्यो भोज । उक्त भोजमा शहर भरिका विद्वानहरु उपस्थित भएका थिए । ऊनिहरू बिच धेरै रोचक कुराकानीहरू भएको थियो । कुराकानीकै सिलसिलामा मृत्युदण्डको सजायमा आएर रोकिएको थियो । त्यहाँ आमन्त्रित विद्वान तथा पत्रकारहरुले मृत्युदण्डको सजायलाई ठाडै अस्विकृत गरिदिए किनकी यो प्रथा सभ्य समाज र क्रिस्चियन राज्यमा अनैतिक छ । तिनिहरु मध्ये कसैकसैको मृत्युदण्ड सजायको बिकल्पमा आजीवन कारावासको सजाय दिनु उत्तम हुने तर्क थियो ।
” म तँपाईसँग सहमत छैन् ।” भोजको आयोजक बैँकरले भने । “मैले आफैंले न त मृत्युदण्डको सजाय भोगेको छु न त आजीवन कारावास तर मेरो बिचारमा मृत्युदण्डको सजाय आजीवन कारावासको सजाय भन्दा बढी नैतिक र मानवीय छ । मृत्युदण्ड दिएर जो कसैलाई पनि तुरुन्तै मार्न सकिन्छ तर कारावासमा मान्छे हरेक पल मर्दै बाँच्नु पर्छ । त्यसैले यदि कसैलाई जिन्दगीभर तड्पाएर मार्नु भन्दा एकै पटक कम पिडामा मृत्युदण्ड दिनु नै बेस हुन्छ । ”
“ यो दुबै अनैतिक छ । ” एक अतिथी बोले “ किनकी दुबैको उदेश्य एउटै छ जीवनको नस्ट गर्नु । राज्य भगवान होइन । कुनै फिर्ता गर्न नसकिने कुरा लिने अधिकार कसैलाई छैन् । यदि त्यस्तो हो भने फरक कुरा ।”
त्यहि भिडमा एक वकिल पनि थिए । उनको उमेर त्यस्तै पच्चिस बर्ष जतिको हुदो हो । उनको धारणा सोधेपछि उनले भने, “ मृत्युदण्ड र आजीवन कारावास दुबै अनैतिक छन् तर पनि यदि मलाइ ति दुईमध्ये एक छनौट गर्नु पर्ने अबस्था आयो भने म दोस्रो विकल्प छनौट गर्नेछु । मर्नु भन्दा केही समय थप बाँच्नु ठिक हो । ”
त्यस विषयमा घनिभूत छलफल भयो । अघि देखि रिसले चुर भएर बसेको जवान बैँकरको रिसको पारो एक्कासि बढ्यो । उनले टेबकमा एक मुठ्की हाने र वकिल तिर फर्कदै चिच्याए, “ यो सरासर झुट हो । म दुई करोडको बाजी लगाएर भन्न सक्छु कि तिमी पाँच वर्ष पनि जेलमा बस्न सक्दैनौँ ।”
“ यदि बाजी नै लगाउने भए म तयार छु,” वकिलले भने, “ म पाँच वर्ष होइन पुरा पन्ध्र वर्ष बस्न सक्छु ।”
“ पन्ध्र वर्ष ! पक्का ?” बैँकर चिच्यायो । “ सज्जनहरु, ल म दुई करोड दिन तयार छु ।”
“ राजी भए । तँपाईले आफ्नो दुई करोड बाजी लगाउनु भयो, मैले मेरो स्वतन्त्रता,” वकिलले बाजी पक्का गर्यो ।
यस प्रकारले यो जङ्गली, हास्याँस्पद बाजी लाग्यो ।
बैँकर त्यस समयमा धेरै सम्पन्न थियो । उ सँग करोडौँ धन सम्पत्ति थियो । जसले गर्दा उ घमण्डी र सन्की थियो ।
खाना खाने समयमा उसले युवा वकिललाई खिस्याउदै भन्यो, “ अरे अझै समय छ । तिमी होसमा आऊ । म सँग त प्रसस्त धन सम्पत्ति छ, मेरो लागि दुई करोड केही पनि होईन तर तिमी बेकारमा आफ्नो जीवनको महत्वपुर्ण तीन चार वर्ष किन खेरा फाल्छौँ । म तीन चार वर्ष किन भनिरहेको छु भने मलाई पुरै बिस्वास छ कि तिमी त्यो भन्दा बढि बस्न सक्दैनौँ । यो कुराको ख्याल गर्नु कि स्वाइच्छा र बाध्यतामा धेरै अन्तर छ । जब मनमा आफू जुनसुकै बेला स्वातन्त्र हुन सक्छु भन्ने बिचार आउछ तब तिम्रो जेलजीवन धेरै कष्टकर हुनेछ । मलाई त तिमी प्रति ज्यादै दया लागिरहेको छ ।”
अहिले बैँकर एउटा कुना बाट अर्को कुनामा छट्पटाउदै छ । उसले आफ्नो बिगत सम्झियो र आफैलाई प्रश्न गर्यो, “ मैले किन त्यस्तो सर्त लगाए ? आखिर कस्लाई फाइदा भयो ? त्यो वकिलले आफ्नो जीवनको पन्ध्र वर्ष नष्ट गर्दियो र मैले मेरो दुई करोड गुमाए । के यसले मानिसहरुलाई यो विस्वास दिलाउन सक्छ कि मृत्युदण्ड सजाय भन्दा आजीवन कारावास सजाय राम्रो हो या होइन भनेर । यो सब बकवास हो । म भित्र त धनको घमण्ड थियो तर त्यो वकिललाई चाढैँ धनी बन्ने लालच ।”
उसलाई यो पनि याद भयो कि त्यो भोजपछि यो तय भएको थियो कि वकिलले कारावासको समयमा कडा निगरानिमा बैँकरको घरको बगैँचामा रहेको जेलमा सजाय भोग्नुपर्ने छ । यो पनि तय भएको थियो कि यो कारावासमा बस्दा उसले कुनैपनि पत्रिका वा पत्र प्राप्त गर्ने छैन् । उसलाई एउटा बाद्य यन्त्र राख्न, पुस्तकहरू पढ्न, चिठीहरु लेख्न, मदिरापान र धुम्रपान गर्ने अधिकार दिईने छ । बाहिरी संसारसँग सम्पर्क गर्नको लागी एउटा सानो झ्यालमा आफुलाई आवश्यक कुराहरु जस्तो कि संगित, पुस्तकहरु, वाईनहरू जति चाहेपनि मगाउन सक्नेछ । त्यसको लागि उसले समानहरुको लिस्ट कागजमा लेखेर सानो झ्यालबाट खसाल्नु पर्नेछ ।
सर्त अनुसार जेलमा बस्दा सानो भन्दा सानो कुराहरू ख्याल गरिएको थियो । त्यसैले यो कुनै कालकोठरी भन्दा कम थिएन । यसरी १४ नोभेम्बर १८७० को राती १२ बजे देखी १४ नोभेम्बर १८८५ को १२ बजेसम्म पुरा १५ बर्ष बस्नुपर्ने छ । यदि वकिलले बाजी पुरा हुनुपुर्व दुई मिनेट अगाडी मात्रै पनि भागेमा वा भाग्ने कोसिस गरेमा बाजीको रद्द हुनेछ र बैँकरले बाजी अनुसारको दुई करोड वकिललाई दिनुपर्ने छैन् ।
वकिलले कोठाको सानो झ्यालमा छोडेको नोटको आधारमा भन्नु पर्दा उसले कारावासको पहिलो वर्ष एक्कोपन र उदासीमा बितायो । रातदिन उसको कोठाबाट पियानोको आवाज आउथ्यो । उसले राक्सि र चुरोटलाई हातै लगाएन । उसले लेखेको थियो “ यस्को प्रयोगले ममा लत लाग्छ र त्यहि लत एक बन्दी जीवनमा मुख्य शत्रु हो । अहिले एकलै रक्सि पिउनुको कुनै मतलब छैन फेरी चुरोटको धुँवाले कोठाको वातावरण दुर्गन्धित बनाऊँछ ।” पहिलो वर्ष उसले हल्काफुल्का किताबहरु पढ्यो जसमा उसले हलुका सामन्य खालका पात्रहरू भएको, जटिल प्रेम सम्बन्ध भएको, अपराध र कल्पनाका कथाहरु र त्यस्तै उपन्यासहरु पढ्यो ।
दोस्रो वर्ष उसको कोठामा पियानो बज्न बन्द भयो । वकिलले उत्कृष्ट शास्त्रीय साहित्यहरू मात्रै माग्यो । पाचौँ वर्षमा फेरी संगीत सुनिन थाल्यो र मदिराको पनि माग भयो । झ्यालबाट चिह्याउनेहरुले उसलाई केबल खाईरहेको, पिईरहेको र सुतिरहेको मात्र देखे । अघिक्तम समय उ हाई गरीरहेको हुन्थ्यो र कहिले काहीँ आफैसँग रिसाउदै कुरा गर्थ्यो । उसले पढ्नलाई पनि कम गरेको थियो । कहिलेकाहीँ उ रातमा लेख्न बस्थ्यो र आधा रात सम्म पनि लेखि रहन्थ्यो । फेरी बिहान उठेपछि आफुले लेखेका सबै कुराहरू च्यातेर फ्याँकिदिन्थ्यो । उ धेरै पटक रोइरहेको पनि देखिन्थ्यो ।
छैठौँ वर्षको अन्तमा उसले विभिन्न भाषा, साहित्य, दर्शन र इतिहासमा रुचि लिन थाल्यो र किताबहरू बढो जोसका साथ पढ्न थाल्यो । बैँकरलाई उसको मागलाई पुरा गर्न हम्मेहम्मे पर्यो । चार वर्षमा उसले छ सय भन्दा धेरै किताबहरु मगाएको थियो । त्यसै मागको सिलसिलामा उसले बैँकरलाई एउटा चिठी लेख्यो । “मेरो प्रिय जेलर, म यो चिठी छ वटा भाषामा लेखिरहेको छु । यसलाई विभिन्न भाषाविज्ञहरु सँग जाँच गराउनुहोस् । यदि त्यसमा कहिँ कतै पनि गल्ति भेटिएन भने तँपाई आफ्नो बगैँचामा गोली चलाईदिनु होला । मलाई यत्ति मात्र जानाकारी होस् कि मेरो मेहनत खेर गएको छैन् । विभिन्न देश र समयका प्रतिभाशालि जिज्ञाशुहरू आफ्नो भावनालाई विभिन्न भाषामा लेखेका छन् र उनिहरू सबैमा एउटै ज्ञानको ज्योति जगमगाईरहेको छ । मलाई जसरी यो दिव्य अन्नद मिलेरहेको छ कास् तँपाईले त्यो बुझ्नु होला ।”
कैदीको इच्छा पुरा गरियो । बैँकरको आदेश अनुसार बगैँचामा दुई पटक बन्दुक पड्काइयो ।
दश वर्ष पछि, वकिल आफ्नो टेबल अगाडी स्थिर अबस्थामा बस्न थाल्यो । उ बाइबलको नयाँ नियम मात्र पढ्न थाल्यो । बैँकर यो देखेपछि अचम्ममा पर्यो जबकी उसले चार वर्षमा छ सय किताबहरू पढिसकेको थियो तर उ अहिले एक वर्षसम्म केबल बाइबलको नयाँ नियम मात्र पढिरह्यको छ । उसले त्यस्मा त्यस्तो के पायो, यति सानो किताब पढेपछि उसले धर्मको इतिहास र ब्रह्मविद्या पढ्न सुरु गर्यो ।
आफ्नो कारावासको आखिरी दुईवर्ष उसले असाधरण रुपले आफ्नो मनमा जे आउछ त्यहि पढ्न थाल्यो । सुरुमा प्राकृतिक विज्ञान पढ्यो । त्सपछि ब्रायोन र सेक्सपियर पढ्न थाल्यो । त्सपछि उसले रसायनशास्त्र र चिकित्साशात्रको माग गर्न थाल्यो । त्यसपछि उपन्यास, दर्शन र धर्मशास्त्रको विवेचना गरिएका पुस्तकहरू पनि उसको मागमा थियो । यस्तो लाग्दै थियो उ विशाल समुन्द्रमा डुब्दै छ र उसको वरिपरी भग्नावषेशका टुक्राहरु छरिएका छन् । आफ्नो जीवन रक्षाको लागी उ एक-एक टुक्राहरू समातिरहेको छ ।
बैँकरलाई यी सबै घटनाहरु याद आइरहेको थियो र उ सोच्दै थियो, “ भोलि बाह्र बजे उसले स्वातन्त्रता पाउने छ र मैले बाजी अनुसार उसलाई दुई करोड दिनुर्ने छ । यदि मैले यो सबै दिनु पर्यो भने त म कङ्गाल हुनेछु ।”
पन्ध्र वर्ष पहिले जब उसले यो बाजी लगाएको थियो त्यो बेला बैँकर सँग प्रसस्त घन सम्पत्ति थियो तर पछि उसले सबै सम्पत्ति सट्टा बाजी र जुवामा हार्यो । उसले यो लतलाई कहिल्लै छोड्न सकेन र आफ्नो भएभरको सम्पत्ति पनि बर्बाद गर्यो । पहिले धनको आडमा सन्की र घमण्डी बनेको बैँकर अहिले साधरण अबस्थामा आइसकेको थियो ।
अब उ सानो भन्दा सानो घाटामा पनि हरेस खान थालेको छ । आफ्नो टाउको समातेर उ सोच्न थाल्छ, “ मैले कस्तो बेवकूफी गरेछु । अनि त्यो वकिल पनि जेलमा किन मर्न सकेन अहिले सम्म । उ त भर्खर चालिस वर्षको मात्र छ । उसले म सँग सबै पैसा असुल्ने छ र त्यहि पैसाले विवाह गर्ने छ । उ आफ्नो जीवन आनन्दसँग बिताउने छ । उ जुवा खेल्नेछ, खुब रमाइलो गर्ने छ तर मैले भिखारी बनेर उसको मजाक सुन्नु पर्नै छ । उ भन्ने छ कि मेरो यो सबै सुख सुबिधा हजुरले नै दिनु भएको हो । म हजुर प्रति आभारी छु । म तँपाईलाई कुनै सहयोग गर्न सक्छु कि, भन्नुहुला ।” यी सब कुराबाट छुट्कारा पाउनको लागि मैले त्यो कैदीलाई मार्नै पर्छ ।
Like, Comment and Share: Part (2/2) To be Continue...